Daily Archives 6th January 2019

पानीजहाज आउँछ, काउन्टर पनि खुल्छ, टिकट पनि काट्न पाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज आउनेमा ढुक्क भएर बस्न आग्रह गरेका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानीजहाजको टिकट खोज्नेहरुलाई पानीजहाज ल्याउने कुरालाई हावामा नउडाउन भन्दै पानीजहाज पनि आउने र पानीजहाजको टिकट काट्न काउन्टर पनि आउने बताएका हुन् । ‘मेरो सुझाब छ, धैर्य गरौं । रेल आउँछ, पानीजहाज पनि आउँछ । टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ’ उनले भने, ‘त्यसको सूचना पनि हुन्छ । म साथीहरुलाई ढुक्क रहन आग्रह गर्न चाहन्छु ।’ गत असार १४ गतेको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान निम्ता दिएका थिए । तर, सो मितिमा पानीजहाज नचलेपछि सामाजिक
More

पत्रकार कुलुङको निधन

काठमाडौं । पत्रकार मकरध्वज (एमडी) कुलुङ राईको निमोनियाका कारण ४८ वर्षको उमेरमा आज बिहान निधन भएको छ । राजधानी दैनिकका वरिष्ठ उपसम्पादक राईको चावहिलस्थित हेल्पिङ् ह्याण्ड्समा उपचारका क्रममा निधन भएको हो । मधुमेह र उच्च उक्तचापबाट पीडित राईलाई केही दिनयता ज्वरोले च्यापेपछि शनिबार उपचारका लागि सो अस्पताल लागिएको थियो । विसं २०२७ कात्तिक १९ गते सङ्खुवासभाको साविक मकालु गाउँपालिका, बालुङमा जन्मनुभएका उहाँ शिक्षा पत्रकार समूहका पूर्व कोषाध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा छन् । उहाँको कुलुङ संस्कृतिअनुसार सोमबार अन्त्येष्टि गरिने जनाइएको छ ।
More

सरकारी चिकित्सकहरुद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश र नयाँ संगठन संरचनाको विरोध गर्दे सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् । उनिहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धी आफ्ना माग पुरा नभएसम्म कोही पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने बताएका छन् । स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई उपेक्षा तथा अबमुल्यन गरिएको भन्दै उनिहरुले मन्त्रालय घेराउ गरेका हुन् । स्वास्थ्यकर्मीलाई पटक–पटक विभेद गर्ने तथा मनोबल गिराउने कार्य भैरहेको भन्दै शान्तिपुर्ण ध्यानाकर्षण गराईरहदा समेत सरकारले बेवास्ता गरेको चिकित्सकहरुले गुनासो गरेका छन् । सरकारले वार्ता र सहमतिका लागि कुनै पहल नगरे आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरि आन्दोलनमा उत्रने
More

रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह

डोटी । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो । एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गर्नुभयो । ‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै
More

प्रदेश पाँच सरकारले आठ करोड खर्चेर भित्र्यायो १३ वटा गाडी

बुटवल । प्रदेश नम्बर ५ मा १३ वटा गाडी ८ करोडमा खरिद गरिएको छ । प्रदेश सरकारले जनअपेक्षा अनुसार काम नगरेको गुनासो चौतर्फी बढिरहेका बेला आफनो सेवा सुविधाका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर ८ करोडमा गाडी किनिएको हो । संघीय व्यवस्थापिकाका सांसदहरु दोहोरो सेवा सुविधा लिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश ५ को सभाले करिव ८ करोडमा गाडी खरिद गरेको छ । प्रदेशसभामा सत्तापक्षका सचेतकदेखि प्रत्येक विषयगत समितिका सभापतिहरुका लागि १३ वटा नयाँ गाडी खरिद गरिएको हो । १३ वटा गाडी खरिदका लागि प्रदेशसभाले करिब ८ करोड रुपैयाँ खर्च गरेको छ । १३ गाडीमध्ये ११ वटा गाडी टाटा स्ट्रम रहेका
More

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्न लागेका हुन् । गत बिहीबार नै सम्वोधनको कार्यक्रम राखिएको भएपछि प्रधानमन्त्रीको ब्यस्तताका कारण हुन सकेको थिएन । संसदमा प्रधानमन्त्री ओलीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितता लगायतका विषयमा सरकारको धारणा सार्वजनिक गर्ने बताइएको छ । सम्बोधनमा प्रधानमन्त्रीलेसमसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे पनि जानकारी गराउने छन् । बुधबार मात्रै संसदको सार्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले वाइडबडी खरिदका क्रममा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो
More

सरकारी छानविनमाथि देउवाले उठाए प्रश्न ; वाइडबडी प्रकरण

विराटनगर । विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए । नेपाल राष्ट्रिय मगर संघले मोरङ्गको लेटाङ्गमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रममा कांग्रेस सभापति देउवाले भने, ‘वाइडबडीमा जुन भ्रष्टाचार भएको छ, छानविन कमिटी बनाएर त्यसलाई लुकाउन खोजेको हो कि ? बचाउन खोजेको हो कि भन्ने जायज शंका उठेको छ ।’ हाम्रो पार्टीले विपक्षमा भएपनि वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्नेहरुलाई कुनै हालतमा नछाड्ने
More

एक करोडमा रेडक्रस उपशाखा भवन निर्माण सम्पन्न

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–१७ द्वारा छोरेपाटनमा एक करोड पाँच लाख ७१ हजार ८१७ को लागतमा चारतले पक्की भवन निर्माण सम्पन्न भएको छ । सो भवन निर्माणका लागि मन्त्री रवीन्द्र अधिकारीमार्पmत संसद् विकास कोषबाट रु सात लाख, पोखरा महानगरपालिकाबाट रु नौ लाख, संस्थाका विशिष्ठ, आजीवन र साधारण सदस्य गरी कूल ३९९ जनाबाट लगभग ७७ लाख सङ्कलन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीका नाउँमा सिद्धार्थ राजमार्गमा रहेको छ आना दुई दाम एक पैसा क्षेत्रफलको जग्गामा निर्माण गरिएको सो भवनका तीन वटा फ्ल्याट भाडामा दिइएको छ भने माथिल्लो तल्लामा हलसहितको कार्यालय रहेको छ । सो भवनको आज एक समारोहबीच पोखरा
More