Daily Archives 9th January 2019

फिनल्यान्डमा फसिएला है

नम्रता शर्मा २०१८ मार्चमा म फिनल्यान्ड गएकी थिएँ । त्यहाँ बस्ने नेपालीसंँग भेटघाटका क्रममा अन्तरंग कुराकानी भयो । एनआरएनएको आयोजनामा नेपालीसँंग छलफल पनि गरेँ । फिनल्यान्डमा नेपालीका धेरै रेष्टुराँ छन् र ती लोकप्रिय पनि छन् भन्ने थाहा पाएँ । एउटा रेष्टुराँमा खाना खान गयौं । त्यहाँ नेपालीभन्दा भारतीय खाना धेरै थिए । नेपाली खाना ‘हाइब्रिड’जस्ता लागे । नेपालमा धेरै दिन बिताएर गएका कतिपय फिनिस नागरिक र केही नेपाली कामदारले ती रेष्टुराँ बाहिर देखिएजस्तो नभएको जानकारी दिए । ‘त्यो भनेको के हो रु’ मैले सोधेँ । जवाफमा सुटुक्क केही सूचना पाएँ । यो सामग्री त्यसैको ‘फलोअप’ हो । स्थिति बुझ्दै जाँदा धेरैले कुरा गर्न चाहेनन् । कारण थियो, कामबाट निकालिने डर । मैले चिनेका केही
More

आलु रोप्दै किसान

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९, भण्डारी गाउँस्थित बुधवार खेतमा आलु रोप्दै किसानहरु । आलुको सुपरजोन परियोजना सञ्चालन भएको काभ्रेपलाञ्चोकमा अझै पनि किसानहरुले परम्परागत रुपको आलु काटेर विऊ रोप्ने गर्दै आएका छन् । तस्वीर: पेमा लामा
More

परराष्ट्रमन्त्री बिहीबार भारत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ । भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नुहुनेछ । मन्त्री ज्ञवाली यही शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
More

सहसचिव श्रेष्ठविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिवमा कार्यरत हुनुहुन्छ । सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा छानविन गर्दा रु एक करोड ३४ लाख ५७६ बराबरको सम्पत्ति अवैध रहेको अनुसन्धानका क्रममा फेला परेको आयोगले जनाएको छ । सहसचिव श्रेष्ठले विसं २०३८ माघ २८ गतेदेखि जाँच अवधिसम्म रु दुई करोड १० लाख ७७ हजार चार बराबरको आय आर्जन गरेको पाइएको छ । सो अवधिमा
More

गण्डकी प्रदेशबाट पनि श्रम स्वीकृति दिइने

काठमाडौं । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले सरकारले सो प्रदेशबाट पनि पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो । सरकारले पहिलो चरणमा यही पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न शुरु गरिसकेको छ । पोखराबाट श्रम स्वीकृति प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । प्रदेश कार्यालयबाट प्रारम्भिक चरणमा पुनः
More

एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

चितवन । मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रुपैयाँ हिनामिना गरी फरार भएका छन् । दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलले जानकारी दिए । गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा एक करोड ७१ लाख रुपैयाँ बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । मंसिर ६ गते
More

डा. गोविन्द केसीले सुरु गरे १६ औं अनसन (विज्ञप्तीसहित)

काठमाडौं । डा. गोविन्द केसीले १६ औं अनसन सुरु गरेका छन् । आफूसँग साउन १० मा भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन उनले माग गरेका छन् । आजै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट विधेयक पारित भएको छ । डा. केसीसँग भएको मागको मर्म अनुसार नै विधेयक भएको सत्ता पक्षीय सांसदहरुले तर्क गरे पनि कांग्रेसका गगन थापा लगायतका सांसदहरुले भने फरक मत राखेका छन् । डा. केसीसँग भएको सम्झौता हुबहु विधेयकमा राखिनुपर्ने कांग्रेसको माग छ । यस्तो छ- डा. केसीको विज्ञप्ति देशमा हाल व्याप्त कुशासनको अवस्था यहाँहरुलाई ज्ञात नै छ । देशका मन्त्री र प्रधानमन्त्रीलगायत शीर्षज्ञ राजनीतिज्ञहरु
More

एनआरएनए बैठकमा पुरानै अजेण्डा (अजेण्डा सहित)

दोहा । शुक्रवार देखि काठमाण्डौंमा शुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्ण बैठक (फेस टु फेस) मा भाग लिन केन्द्रिय पदाधिकारीहरु काठमाण्डौंमा उत्रिन थालेका छन् । बुढानिलाकण्डस्थित पार्क भिलेज रिसोटमा आयोजना हुने सो बैठकमा आधिकांस पुरानै अजेण्डाहरुलाई प्राथामिकतामा राखिएको छ । गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडाका अनुसार बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिकका क्षेत्रका गैरआवासीय नेपालीहरु काठमाण्डौंमा आइपुगेका छन् । संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि केसी, लगायतका पदाधिकारी काठमाण्डौं पुगिसकेका छन् । शंखमुल पार्क, एनआरएनए भवन, लार्रपाक, माइक्रो फाइनाइन्स्, उज्यालो नेपाल लगायतका पुरानै अजेण्डा माथि पुनः छलफल
More

आगोमा जलेर एकै परिवारका तीन जनाको मृत्यु

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिका ९ अंगाउपानीस्थित भुगेचौरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घरमा सुती रहेको अवस्थामा गएराती आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया अम्बा बोहोरा उनका ९ वर्षीय छोरा सुरेश बोहोरा र ७ वर्षीय छोरा रमित बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सञ्चार कक्षका प्रहरी जवान योगेश चन्दले लोकान्तरलाई बताए । तीन जनाको शव जलेको अवस्थामा घरमा भेटिएको प्रहरीले जनाएको छ । जस्ताले छाएकाे एकतले घरमा आगाे लागेकाे हाे । आगलागीको कारण खुल्न सकेको छैन । लोकान्तर
More

नयाँ पुस्ताको भविष्यका लागि संघर्ष गर्दैछु

सिलसिला आचार्य, सीईओ, एचसीआई जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक नलिए केही समयपछि विश्व दुर्घटनामा पर्ने सिलसिला आचार्य बताउँछिन् । नर्वेबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरेपछि नेपालको वातावरण जोगाउन उनी संस्थागत रूपमा लागेकी छन् । नेपालको वातावरण क्षेत्र र यसका समस्याबारे आचार्यसँग कुमार राउतले गरेको कुराकानी : ० एचसीआई भनेको के हो ? – हिमालयन क्यलाइमेट इनिसिएटिभ वातावरणसँग सम्बन्धित गैरसरकारी संस्था हो । गैरनाफामूलक यो संस्था स्थापना भएको सात वर्षजति भयो । ० यसले के काम गर्छ ? – जलवायु परिवर्तनको प्रतिरोध क्षमतालाई विकास गर्नुका साथै समावेशिता मिलाई हामी दिगो विकासलाई अगाडि बढाउँछौं । ० अहिलेसम्म के गर्नुभयो ? – ‘पर्दैन मसँग
More

माग पूरा नभए डा. केसीले आज ४ बजेपछि इलाममा सत्याग्रह थाल्ने

इलाम । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले १६ औं पटक सत्याग्रह गर्ने घोषणा गरेका छन् । सरकारसँग सम्झौता भएको माग पूरा नभए आज अपराह्न ४ बजेपछि डा. केसी इलाममा सत्याग्रह थाल्ने उनका सहयोगीले बताएका छन् । सत्याग्रहका लागि डाक्टर केसी दोस्रो पटक इलाम पुगेका हुन् । गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर, विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा डाक्टर केसी छन् । सरकारसँग भएको सम्झौता अनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका
More

जापानका विदेशमन्त्री नेपालमा : के–के विषयमा समझदारी बन्दैछ ?

काठमाडौं । नेपाल र जापानबिच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आएपछि दुई देशबिच हवाई सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच आज अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुने जनाइएको छ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धनका लागि द्विपक्षीय परामर्श संयन्त्र निर्माण समेत गरिनेछ । परामर्श संयन्त्र निर्माण सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर तथा आदानप्रदान हुनेछ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आउन लागेका हुन् । भ्रमणबाट नेपालमा जापानी लगानी तथा पर्यटन प्रवर्द्धन
More

३० किलो चरेससहित तीन जना पक्राउ

नेपालगञ्ज । बाँकेको कोहलपुरबाट गए राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन्। तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ। रासस
More

हुम्लामा अत्यधिक हिमपात

हुम्ला । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । “एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,” स्थानीयवासी पासाङ लामाले भन्नुभयो ।
More

आगलागीमा परी तीन बालबालिकाको मृत्यु

बागलुङ । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । हिजो सोमबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभयो । यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो । आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको
More

बहिनी बलात्कारका आरोपी कारागार चलान

ताप्लेजुङ : आफ्नै १० वर्षीया बहिनीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारगार चलान भएका छन् । मंसिर २६ गते पक्राउ परेका १९ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले थुनामा राख्न आदेश थिएको प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिका–१ का ती युवकले घरमा कोही नभएको मौका पारी बहिनीलाई बलात्कार गर्ने गरेको र अन्तिम पटक गत मंसिर १८ गते जबरजस्ती गरेका थिए । दिदीले प्रहरी कार्यालयमा उजुरी दिएपछि कारवाही अघि बढाएको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्ट
More

अनियमितताका दोषीलाई कारवाही माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितताका दोषीलाई कडा कारवाहीको माग गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा उक्त जहाज प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार अत्यन्त गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै देशकोप्रशासनयन्त्र नै भ्रष्ट रहेको आरोप लगाएको छ । विज्ञप्तिमा केपी शर्मा ओली सरकारको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रतिबद्धता पनि अर्थहीन हुन सक्नेमा चिन्ता व्यक्त गरिएको छ । डिसी नेपाल
More

वैदेशिक रोजगारीका क्रममा ठगिएका युवालाई क्षतिपूर्ति

राजविराज । आप्रावासी स्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा ठगिएका सप्तरीका पाँच युवालाई क्षतिपूर्ति दिलाएको छ। न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सक्रियतामा सो रकम फिर्ता गराउन सफल भएको केन्द्रका कार्यक्रम संयोजक रामप्रवेश मण्डलले बताए। शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका सुरेन्द्रप्रसाद साहले सोही ठाउँ बस्ने राजेशकुमार सरदार, श्रीप्रसाद सरदार, भूपेन्द्रप्रसाद सरदार, रमानन्द सरदार र सञ्जीव सरदारलाई वैदेशिक रोजगारीका लागि मलेशिया पठाइदिने भन्दै रकम ठगी गरेका थिए। साहले यहाँबाट फर्निसिङ कार्पेन्टरको कामका लागि भनेर मलेसिया पठाए पनि त्यहाँ काठ चिर्ने काममा लगाइएको पीडितले बताएका छन्। साहले भने अनुसार काममा नलगाएका बारे बारम्बार ताकेता गरे पनि काम
More