Daily Archives 10th January 2019

विश्वकै सर्वाधिक धनी बेजोसद्वारा सम्वन्ध विच्छेद

वासिङ्टन डिसि । हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ । संस्थापक जेफ बेजोस र उहाँकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन् । अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका छन् । उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् । “लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,” वक्तव्यमा भनिएको छ । एक अर्काप्रति कृतज्ञाता प्रकट गर्दै उनीहरुले
More

चैत १ गतेदेखि राप्रपा देशव्यापी आन्दोलनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाउँदै पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने भएको छ । बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा थापाले ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न हुँदैन’–भने । उनले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । राष्ट्रिय एकता दिन–प्रतिदिन संकटमा पर्दै गएको भन्दै अध्यक्ष थापाले राष्ट्र निर्माताको सम्मान हुन नसके राष्ट्रिय अखन्डतामासमेत आँच आउनसक्ने बताए ।
More

मगर समुदायले दुई दिन ‘माघे सकराती’ मनाउने

काठमाडौं । मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यस वर्ष मगर समुदायले दुई दिन मनाउने भएको छ । नेपाल मगर सङ्घले आज पत्रकार सम्मेलन गरी यही पुस ३० गते र आगामी माघ १ गते काठमाडौँको टुँडिखेलमा माघे सकराती मनाउने भएको हो । माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुआत पनि हो । ‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौँ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौँ’ भन्ने नारासहित सङ्घले चाड मनाउने सङ्घका अध्यक्ष नवीन रोका मगरले जानकारी दिनुभयो । पर्वका अवसरमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी तथा मौलिक मगर खाना तथा पोशाकको प्रदर्शनी गरिने बताइएको छ ।
More

सुमार्गीलाई वैदेशिक लगानीबाट निकालेको रकम जम्मा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले अयजराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीबाट निकालेको रकम नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गर्न आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीश डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले मङ्गलबार जारी गरी आज सार्वजनिक गरेको लिखित आदेशमा सुमार्गीलाई वैदेशिक लगानीबाट आएर निकालेको रकम पुनः सो खातामा जम्मा गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “कानूनबमोजिम रकम नेपाल भित्र्याइएकोे हो वा होइन भन्ने प्रश्न अनुत्तरित्त अवस्थामा हुँदा कानूनबमोजिम जे जस्तो कारवाही र प्रक्रिया अपनाउनुपर्ने हो अपनाइ सो रकम इन्भेष्टमेन्ट बैंकमा राख्नु, राख्न लगाउनु ।” नेपाल राष्ट्र बैंकको लिखित जवाफमा रकम पठाउने अजयराज सुमार्गी
More

‘निगममा प्वालैप्वाल, टाल्दाटाल्दै हैरान’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ । निगमको ४९ औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले निगममा जताततै प्वालैप्वाल रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निगममा प्वालैप्वाल परेको छ, तेलमा प्वाल परेपछि कति चुहिन्छ ? ढुवानीकर्ता, ट्याङ्कर चालक, प्रशासक, बिक्रेता, सचिव अनि मन्त्री पनि सबैले अलिअलि भाँडो थापेकै छन् । अनि जनता जहिले पनि मारमा परेको प¥यै ।” निगममा देखिएका विकृतिको चाङ हटाउन आफूलाई निकै गाह्रो भएको भन्दै मन्त्री यादवले आफू निगममा देखिएको प्वाल टाल्दाटाल्दै हैरान भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,
More

श्री पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा २९७औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजना गरिएको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक प्रवचन एवम् प्रतिमा अनावरण कार्यक्रममा श्री पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री
More

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !

काठमाडौं । नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ । सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा भिन्नता आएको देखिँदैन । राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना, राष्ट्रिय जीवनयापन सर्वेजस्ता सरकारी आँकडालाई विश्लेषण गर्दा विश्वका अन्य मुलुकमा झैँ नेपालमा आर्थिक तथा पारस्परिक असमानताले गरीब तथा सीमान्तकृत जनसङ्ख्यालाई अझ गरीबी र पछ्यौटेपनतर्फ धकेलिरहेको देखिएको हो । मानवीय जवाफदेहीता अनुगमन
More

सालको पातका दुई करोड ‘भ्युअर्स’

बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो । ‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र
More

बम्जन आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

सिन्धुली । बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले हेटौँडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताउनुभयो । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताए पनि अन्य जानकारी भने दिएको छैन । यसैबीच सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली
More

सबै रोगको एउटै औषधि सिटामोल !

सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश स्वास्थ्य चौकीमा सिटामोलबाहेक अन्य औषधिबाट स्थानीय जनता वञ्चित हुँदैआएका छन् । सरकारले स्वास्थ्य चौकीमा सबै प्रकारको औषधि पठाए पनि सेवाग्रहीले सिटामोलबाहेक अन्य औषधि पाएका छैनन् । सरकारले दिने अन्य औषधि आखिर कहाँ जान्छ त ? जिराभवानी गाउँपालिका–३, नेकपाका नेता भोला महतो थारु भन्नुहुन्छ, “राम्रो तथा महँगो औषधि कर्मचारीले
More