Daily Archives 11th January 2019

गैर आवासीय नेपाली संघको विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म

काठमाण्डौं । गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न काठमाण्डौमा शुक्रबार आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा सो निर्णय गरिएको हो । कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो । यसैबीच बैठकले बहुप्रतिक्षित गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ । यस्तै जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना समेत अन्तिम चरणमा रहेकोले छिटै सो परियोजना पूरा हुने जानकारी बैठकमा गराइएको छ । यसैगरी नेपालमा
More

भिरबाट खसेर हवल्दारको मृत्यु

जाजरकोट । सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ । तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका–८, गङ्थलेपाखाको भिरबाट एक्कासि चिप्लिएर तल खस्नुभएको थियो । घटनास्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा लिनका लागि गाडी नहुँदा स्टेचरमा लगिएको थियो । बिहीबार राति घाइते खड्कालाई कोहलपुर मेडिकल कलेज लगिए पनि उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । लडेर घाइते भएका खड्काको समयमै उद्धार गरी अस्पतालमा लगिएको भए ज्यान बचाउन सकिने प्रहरीको भनाइ छ
More

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

काठमाडौँ । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिए । बैंकले आव २०७४-७५ मा तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट
More

डेढ वर्षदेखि रोक लगाइएको जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले २०७४ साल साउनदेखि रोक लगाइएको जग्गाको कित्ताकाट फुकुवा गरेको छ । शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पद्मा अर्यालले सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने जानकारी दिइन् । ‘अंशबण्डा लगायतका व्यावहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभाग लगायतलाई निर्देशन गरिएको छ,’ मन्त्री अर्यालले भनिन्, ‘तर खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने रोक लागेकै छ ।’ रोक्का गर्दा व्यवहारीक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको प्रष्टीकरण छ । २०७४ साउन २६ देखि कित्ताकाट गर्न सरकारले रोक लगाएको
More

आचारण विपरीत काम गर्नेलाई न्यायालयमा राख्न सकिन्न : प्रन्या जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताउनुभएको छ । सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज आयाजना गरेको कार्यक्रममा उहाँले संसदीय सुनुवाइका क्रममा आफूले न्यायालयको छविलाई माथि उठाउने ढङ्गले कुरा गरेको स्मरण गर्नुभयो । प्रधानन्यायाधीश राणाले भन्नुभयो, “न्यायको दीप सर्वोच्च अदालतबाटै प्रमाणित गरेर देखाउनु छ, संविधानले दिएको जिम्मेवारी, दायित्व र कर्तव्यबाट म कुनै पनि हालतमा विचलित हुन्न ।” बार एशोसिएशनले न्यायाधीश दीपकराज जोशीलाई न्यायपरिषद् सदस्यबाट हटाएकोलगायतका विषयलाई लिएर आफूले सर्वोच्चका सम्पूर्ण न्यायाधीशसँग छलफल गरी उपयुक्त निर्णय लिने स्पष्ट पार्नुभयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले
More

किन फुट्यो विवेकशील साझा पार्टी ?

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिमध्ये १६ जना निर्वाचन आयोगमा पुगेका छन । नयाँ दलको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्र्टी गलत बाटोमा हिँडिरहेको भन्दै अर्का संयोजक रविन्द्र मिश्रको विरोध गरेका थिए । संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।
More

राष्ट्रपति भण्डारी सलामी ग्रहण गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाको सलामी ग्रहण गर्दै । तस्बिर: प्रदीपराज वन्त
More

पार्टी एकीकरणको प्रक्रिया अन्तिम चरणमा : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापाले पार्टीको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन् । नेकपा पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा थापाले पार्टी एकिकरणको बाँकी कामको गृहकार्य गर्न गठित कार्यदलले एकता प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताएका हुन् । कार्यदलको संयोजक समेत रहेका थापाले माघको पहिलो सातासम्ममा एकता पक्रिया टुंगोमा पुग्ने दावि गरे । कार्यक्रममा मन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याएरै छाडने प्रतिबद्धता जनाए । सरकार अन्याय गर्न नभई अन्यायको अन्त्यको लागि बनेको उनको भनाइ थियो ।
More

नेविसंघका ८ पदाधिकारीले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आज पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएका हुन् । राजिनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजिनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् ।
More

आलुखेती

कञ्चनपुरको शुक्लाफाँटा–३ का स्थानीय किसान आलु गोडमेल गर्दै । यहाँका किसान आलुखेती लगाएर मनग्य आम्दानी गर्दछन । तस्वीर: राजेन्द्रप्रसाद पनेरु
More

प्रधानसेनापति थापा आज भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणमा आज भारत प्रस्थान गर्दै छन प्रधानसेनापति भइसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई शनिवार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मानबाट सम्मानित गर्ने परम्परा छ ।
More

वार्षिक समीक्षा गर्न गैरआवासीय नेपाली संघको फेस टु फेस बैठक आरम्भ

काठमाडौं । वार्षिक समीक्षा गर्दै भावी रणनीति तय गर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को फेस टु फेस बैठक सुरु भएको छ । सचिवालय भवनमा आरम्भ भएको बैठकले बाँकी समयमा गर्न सकिने कार्यको टुंगो लगाउनेछ । बैठकका लागि विभिन्न विषयमा एजेन्डा तय गरिएको र सोही अनुसार बैठक सञ्चालन हुने प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । बैठकमा विश्वभरी रहेका एनआरएनका आइसीसी पदाधिकारी, सल्लाहकार, संरक्षक, सदस्य, क्षेत्रीय समितिका पदाधिकारी र विभिन्न समितिका संयोजकहरु सहभागी छन् । प्रवक्ता घिमिरेका अनुसार बैठकमा प्रत्यक्ष रुपमा ७० जना भन्दा बढीको सहभागिता छ । फेस टु फेस बैठक भनिए पनि विगतको जस्तै सहभागी हुन नसक्नेलाई अनलाइनमा स्काइवको
More

पृथ्वीनारायण शाहको योगदानको सबैले कदर गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । पृथ्वीजयन्तिका अवसरमा दिएको शुभकामना सन्देशमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको पनि स्मरण गरेका छन । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको
More

पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोण सरकारलाई प्रेरणादायी : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाएको बताएकी छिन् । राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको बताएकी हुन् । उनले एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव थिएन भनेकी छन् । पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोण सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सामयिक संकल्प पूरा गर्न प्रेरणादायी हुने विश्वास समेत उनको
More

नेपाल–जापान श्रम सम्झौता काठमाडौँमा हुने

काठमाडौं । नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ । नेपालको दुईदिने भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्री कोनोले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता व्यक्त भएको थियो । उहाँले दुई देशबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले
More

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो । गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए । शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ
More

भ्रष्टाचारका मुद्दाको पेशी सार्ने प्रतिस्पर्धा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले ओमप्रकाश मिश्रका पालामा हेर्दा हेर्दै र सुनुवाईको चरणमा राखेका भ्रष्टाचार, राजस्व छली तथा सरकारी जग्गासम्बन्धी मुद्दाहरुको इजलास परिवर्तन गर्न थालेका छन् । मिश्रका पालामा यस्ता मुद्दाहरु दीपकराज जोशी, शारदा घिमिरे, केदार चालिसे, डम्बर वहादुर शाही, पुरुषोत्तम भण्डारीका इजलासबाट टुंगो लगाइन्थे । घिमिरे हालै अवकाश भएका छन् । सर्वोच्च अदालतमा यसलाई स्थायी इजलासको अभ्यास र खुलेआम बेन्च सपिङको रुपमा आलोचना भएपछि राणाले यस्ता मुद्दाहरु ती न्यायाधीशको इजलासमा पार्न छाडेको स्रोतले जनाएको छ । सकेसम्म आर्थिक मामिलामा विवादमा नपरेका न्यायाधीशहरुको इजलासमा राजस्व छली, भ्रष्टाचार र सार्वजनिक जग्गासम्बन्धी मुद्दा पार्न थालिएको छ । यसको प्रभाव पनि अदालतमा
More

जलपक्षी गणना सम्पन्न

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणना सम्पन्न भएको छ । विशेषज्ञको सहयोगमा चार दिन लगाएर जलपक्षी गणना गरिएको हो। निकुञ्जको रानीताल, सलगौडी, कालीकिच, तारा, सिकारी र बाबा ताल तथा महाकाली नदीलगायतका ताल र सीमसार क्षेत्रमा जलपक्षी गणना गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले बताए । उहाँका अनुसार सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले शुक्लाफाँटामा जलपक्षीको सङ्ख्याप्रति वर्ष बढ्दो क्रममा छ । उत्तरी धु्रवमा चिसो बढेपछि चिसो छल्नका लागि बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, ताल तलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्दछन् । जलपक्षी गणनाको नतिजा चरा गणना सकिएपछि संयुक्तरुपमा सार्वजनिक गरिने उनको भनाइ छ
More

बालिकाको सामुहिक बलात्कार आरोपमा चारजना पक्राउ

भक्तपुर । एक बालिकालाई कोठामै बोलाएर चारजनाले सामुहिक बलात्कार गरेका छन्। उदयपुर त्रियुगा घर भई हाल काठमाडौँ बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गट्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन्। यही पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारै जनाले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त थिमिले चारै जनालाई
More

एनआरएन पुस्तकालय तथा स्रोत केन्द्र हस्तान्तरण

काठमाण्डौं । गैरआवासीय नेपाली संघ, नेपालपत्रकार महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते भएको त्रिपक्षीय सम्झौता बमोजिम निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपाली संघको आर्थिक सहयोगमा निर्मित सो संरचना नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक तत्वाधानमा निर्माण भएको हो । कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले संघले पढ्ने प्रवृत्तिलाई विकास गर्ने उद्देश्यले संघले पुस्कालयको अवधारणाल्याएकोमात्यसले मूर्त रुप लिएको उल्लेख गर्नुभयो । उहाँले हाल पुस्तकालयको सानो स्वरुपमा सुरु गरिएको अवधारणालाई आगामी दिनमा सञ्चार संग्रहालयको रुपमा विस्तार गर्नुपर्ने र त्यसका लागि संघको तर्फबाट गर्नुपर्ने सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रेश काउन्शिलका
More