Daily Archives 12th January 2019

प्रधानसेनापति थापालाई मनार्थ महारथीको दज्र्यानी

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति थापालाई आज नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गर्नु भएको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ । भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ जानुभएका प्रधानसेनापति थापाले नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
More

बटुकहरुलाई ज्याकेट

म्याग्दीको गलेश्वरमा सञ्चालित संस्कृत वेदविद्याश्रममा संस्कृत अध्ययनका लागि विभिन्न ठाउँबाट आएका बटुकहरु गलेश्वर क्षेत्र विकास कोषले दिएको न्यानो ज्याकेट लगाएपछि सामूहिकरुपमा तस्वीर खिचाउँदै । तस्वीर: धु्रबसागर शर्मा
More

‘साठी हजार कर्मचारी समायोजनका लागि तयार’

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिनुभयो । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने प्रष्ट पार्नुभयो । सङ्घ, प्रदेश र स्थानीय निकायमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी सङ्घीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने मन्त्री पण्डितले जानकारी दिनुभयो । उहाँले स्तरोन्नति, थप ग्रेड वृद्धि तथा वृत्ति विकास गर्न कर्मचारीका
More

थारु समुदायको -याली

माघी महोत्सवको अवसरमा शनिबार रुपन्देहीको सैनामैना नगरपालिकामा थारु समुदायले निकालेका -यालीमा सहभागी । तस्बिर: निरु गौतम
More

‘हामीले एक-अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं’

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी फुटाएर गएका उज्वल थापासहितका नेतालाई आगामी यात्राका लागि शुभकामना दिएका छन् । लक्ष्य समान भए पनि बाटोको हिसाबले गर्दा फरक पर्न गरेको टिप्पणी पनि उनले गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबकुमा एक स्टाटस लेख्दै आफूहरुबीच प्रेम विवाह भएको बताए । अरुले भनिदिएका भरमा प्रेम विवाह गरेको भए पनि विवाहमा हतार भएको मिश्रले लेखेका छन् । उनले फेसबुकमा लेखेको स्टाटस् : “देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ” हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो । तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक-अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं । विवाह लामो समय टिक्न सकेन
More

नेकपा नेता भरतमोहन अधिकारी अस्पताल भर्ना

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् । छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिए । चिसोले गर्दा अधिकारीको छातीमा संक्रमण भएको उनले बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ । ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइ रहेको छ । उनको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।
More

डा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न माग

काठमाडौं । डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो । सो संस्थामा आबद्ध एक समुहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । सरकारले विगतमा डा केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ । सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गई डा
More

थारु संस्कृति संरक्षणमा युवायुवती

दाङको घोराही उपमहानगरपालिका–१० ढिकपुरका थारु समुदायका युवायुवती समुदायको चर्चित मयूर नृत्य प्रस्तुत गर्न परम्परागत भेषभूषामा सजिएका अवस्थामा । तस्वीर : नवीन नेपाली
More

मलेसिया जान खोज्ने कामदार प्रभावित

काठमाडौं । सरकारले ८ महिनादेखि मलेसियामा कामदार पठाउनमा रोक लगाएको छ । कामदार पठाउने गरी मलेसियासँग श्रम सम्झौता भएपनि सम्झौता कार्यान्वयनका लागि दुवै पक्षले आवश्यक पहल नगर्दा नेपाली कामदार मलेसिया जान पाएका छैनन् । गत कार्तिक १२ गते नेपाल सरकार र मलेसियाबीच कामदार लैजाने विषयमा श्रम सम्झौता भयो । समझदारी पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । तर सम्झौता भएको २ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन जसले गर्दा मलेसिया जान पर्खेका हजारौं युवा अन्योलमा परेका छन् । मलेसियामा नेपाली कामदार जान थालेको १७
More

नेपालसँग चीन १० विकेटले पराजित

काठमाडौं । थाइल्याण्ड वुमन्स टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई हराउँदै विजयी सुरुवात गरेको छ । थाइल्याण्डमा आजदेखि जारी उक्त प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा गर्‍यो । नेपालको जितमा सीता राना मगरले नटआउट २४ रन बनाइन् । सीताले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् यस्तै काजल श्रेष्ठले नटआउट १४ रन जोडिन् । २९ बल खेलेकी काजलले १ चौका प्रहार गरिन् । त्यसअघि एसिया इन्स्चिट्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाएको थियो । नेपाली
More