Daily Archives 15th January 2019

आज माघेसक्रान्ती चाकु र घ्यू खाई मनाईँदै

काठमाडौं । देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ । नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् भने नुवाकोटको तारुकामा जुधाएर रमाइलो गर्ने अनौठो चलन छ । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले
More

राष्ट्र बैंकले ३ अर्बको ट्रेजरी बिल आज बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको २८ दिने र रु एक अर्ब बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो । सरकारलाई आवश्यकपर्ने अल्पकालीन खर्च जुटाउन यस्तो बिल बिक्री गर्ने गरिन्छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
More

५ महिनामा १४ सय पर्यटकले हिमाल आरोहण

काठमाडौं। नेपालका हिमाल संसारकै लागि आकर्षणको केन्द्र हुन्। नेपालका हिमाललाई विदेशीले ‘हीरा’को संज्ञा दिने गरेका छन्। नेपालमा त्यस्ता हिमाल छन् जुन हिमाल विश्वकै सबैभन्दा अग्ला र सुन्दर छन्। विश्वका अग्ला १४ वटा हिमाल मध्ये नेपालकै मात्र ८ वटा हिमाल पर्दछन्। पर्वतारोहीका लागि नेपालमा ५५ वटा हिमाल खुला गरिएका छन्। विश्वकै चर्चित सगरमाथा, कञ्चनजङ्गा, मनास्लु, लोत्से, अन्नपूर्णलगायतका हिमालहरुमा वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने गरेका छन्। सरकारले प्रर्वतारोही पर्यटकका लागि हिमाल चढ्न १ सय ७३ वटा रुट प्रमिटहरु जारी गरेको छ। जुन रुटमा सहजता हुन्छ त्यो रुटमा पर्यटकहरुले हिमाल चढ्ने गरेका छन्। संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको पर्यटन विभागले
More

टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । एकानब्बे प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको सभाले आव २०७४÷७५ का लागि विभिन्न प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आव २०७४÷७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद
More

‘बेलायतको ईयूबाट बहिगर्मन बारे आज संसदमा मतदान’

लन्डन — बेलायत युरोपेली संघ (ईयू) बाट बहिगर्मनको मुद्दा गम्भीर मोडमा आइपुगेको छ । प्रधानमन्त्री टेरेजा मेले प्रस्ताव गरेको ब्रेक्जिट डिलबारे बेलायती संसद हाउस अफ कमन्समा मंगलबार साँझ ७ बजे मतदान हुँदैछ । गत ११ डिसेम्बरमा हुने भनिएको उक्त मतदान प्रधानमन्त्री मेले विफल हुने सम्भावनाबीच झण्डै महिनादिन पछि सारेकी थिइन्। सत्तारुढ दलकै एकसय जना र डियूपी पार्टीका केही सांसद सो प्रस्तावविरुद्ध मतदान गर्ने अनुमान गरिँदै गर्दा प्रधानमन्त्रीले राखेको प्रस्ताव संसदले अस्वीकृत गर्ने धेरैको विश्वास छ। प्रमुख विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बीनले यदि प्रधानमन्त्रीको प्रस्ताव संसदले अस्वीकार गरेमा उनी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने जनाएका छन्, त्यसो भयो भने
More

सरकारको बेवास्ताले पुल बनेन: सभापति देउवा

अमरगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको बेवास्ताका कारण नेपाल–भारत जोड्ने महाकाली पुल निर्माण कार्य अगाडि बढ्न नसकेकोे बताउनुभएको छ । डडेल्धुराको परशुराम नगरपालिका–५ महाकाली किनारमा जोगबुढामा ‘परशुराम धार्मिक, पर्यटन महोत्सवको आज उद्घाटन गर्दै सभापति देउवाले महाकालीमा पक्की पुल बनाउने योजना आफ्नो सरकारको पालामा अगाडि बढेको बताउनुभयो । आफू प्रधानमन्त्री भएको बेला उक्त सम्झौता गरे पनि वर्तमान सरकारले त्यसप्रति बेवास्ता गरेको उहाँले आरोप लगाउनुभयो । “महाकालीमा पुल बनाउन सके नेपाल–भारतबीचको व्यापारसमेत बढ्छ,” उहाँले भन्नुभयो । परशुराम धामको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि महाोत्सव आयोजना गरिएको आयोजक परशुराम नगरपालिकाका नगरप्रमुख तथा परशुराम धार्मिक, पर्यटन महाोत्सवका संयोजक
More

देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

चितवन । पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा आज बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ । हरिहर सन्यास आश्रमका पीठाधीस्श ज्ञानानन्द सरस्वती, महेश सन्ध्यास आश्रमका मधुसुधानन्द गिरी, गलेश्वर आश्रमका अद्योतानन्द गिरी लगायतको उपस्थितिमा लिङ्गो ठड्याइएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो अवसरमा शालिग्रामवाहिनी कृष्णागण्डकी र त्रिशूली नदीको सङ्गममा गङ्गाजीको विधिवत् पूजाआजा गरी बटुकहरुले स्वस्तिवाचन गरेका थिए । सन्त, महन्थ, तीर्थालु भक्तजन, विभिन्न गुरुकुलका विद्यार्थी, देवघाट क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यलगायतको सो अवसरमा उपस्थिति थियो । लिङ्गो ठड्याएसँगै आजदेखि औपचारिक रुपमा माघे सङ्क्रान्ति मेला अर्थात मकर मेला शुरु भएको हो
More

स्थानीय तहमा गुनासो

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जिल्लामा रहेका स्थानीय तहका प्रमुख तथा वडा अध्यक्षसँग सोमबार यहाँ अन्तक्र्रिया गरेको छ । स्थानीय तहमा भ्रष्टाचार भएको गुनासो आएसँगै आयोगले जिल्लाका जनप्रतिनिधिलाई राखेर कार्यक्रम गरेको हो । सो अवसरमा आयोगका आयुक्त तथा कर्मचारीले स्थानीय तहमा भ्रष्टाचारका उजुरी बढी आएको बताए । कार्यक्रममा आयोगका आयुक्त डा सावित्री थापा गुरुङले भ्रष्टाचार गर्नेलाई नछाड्ने बताउनुभयो । “भ्रष्टाचार नियन्त्रण गरे सुशासन कायम हुन्छ,” उहाँले भन्नुभयो, “स्थानीय तहको जिम्मेवारी बढेसँगै अधिकार र कार्यान्वयनमा सुनिश्चितता हुन आवश्यक छ ।” आयोगका अर्का आयुक्त डा गणेशराज जोशीले स्थानीय तहमा बढी समस्या देखिएको बताउनुभयो । नीतिगत निर्णयलाई परिभाषित गर्दै कानून
More