Daily Archives 16th January 2019

गैह्र आवासीय नेपाली संघ आमेरीकाको सदस्यता किन लिने ?

सत्य नारायण चौधरी, ईलिनोई च्याप्टर अध्यक्ष, एनआरए एनसीसी, अमेरिका । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) संसारभर रहेका गैह्र आबासीय नेपालीहरूलाई एकसूत्रमा जोड्ने एकमात्र संस्था हो। हालको एनआरएनए अमेरीकाका पदाधीकारीहरूको कार्यकाल केही महिनामै समाप्त हुदै गर्दा मेम्बरसीप ड्राईभ कार्यक्रमले गतिशीलता लिएकोछ। एनआरएनएको आगामी निर्बाचनमा मत खसाल्न र उम्मेदवार बन्न आगामी फेब्रूअरी १५ तारीक सम्म सदस्यता लिईसक्नुपर्ने भएकोले बिभिन्न शहरमा यो मेम्बरसीप ड्राईभ गर्ने सिलसिला आगामी एक महिना सम्म चलिरहने निस्चितछ। यस सन्दर्भमा सर्बसाधारण गैह्र आवासीय नेपालीले एउटै मात्र महत्वपूर्ण प्रश्न गर्ने गर्छ, त्यो हो: एनआरएनए अमेरीकाले के नै गरेकोछ र यसको सदस्यता लिने? यसै सप्ताहन्त, मैले एनआरएनए ईलिनोई च्याप्टर अध्यक्षको हैसियतले
More

बन्धक बनाइएका एक जनाको उद्दार

कैलाली। कुटपिट गरी बन्धक बनाइ राखिएको अवस्थामा प्रहरीले एक जनाको उद्दार गरेको छ। बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले कैलाली गोदावरी नगरपालिका–६ घइ भइ धनगढी उपमाानगरपालिका–४ उत्तरबेहडीस्थित होटल जसलमामा हेल्परको काम गर्ने १७ वर्षीय बसन्त भाटलाई उद्दार गरेको हो। उनलाई बन्धक बनाउने कार्यमा संलग्न डोटी पूर्वी गाउँपालिका(२ फुलौट बस्ने २१ वर्षीय चक्र खड्का, कैलाली धनगढी उपमहानगरपालिका(२ बैयाबेहडी बस्ने १९ वर्षीय कुन्दन जोशी र कैलाली धनगढी उपमहानगरपालिका(२ बैयाबेहडी बस्ने १९ वर्षीय हर्केश बागलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा काम गर्ने चक्र खड्का समेत ६ का जनाले कुटपिट गरी जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरी लगेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी
More

प्रहरीको कुटाइबाट घाइते भएका बस्नेत आइसियुमा

बाग्लुङ : प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्‍नेत गम्भीर घाइते भएका छन्। घाइते बस्‍नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ। पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उनको उपचार भइरहेको बस्‍नेतकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन्। बस्‍नेतको पिसाब नली फुटेको छ। कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ। स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निघात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। सोमबार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्‍नेतसहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरीबीच भनाभनपछि कुटपिटमा परिणत
More

चिच्याएर वर मागे मात्र पुरा हुने मन्दिर ,जहाँ वर्षको २ चोटी मात्र पुजा हुन्छ

बाग्लुङ जिल्लाको दक्षिण भागको बरेङ गाउँपालिकाको साग्दी भन्ने ठाउँमा अवस्थित सत्यवती ( बैरी बज्यैको) मन्दिरमा वर्षको दुईचोटी मात्र पुजा हुन्छ । चर्को आवाजमा चिच्याएर वर मागे मागेको कुरा पुग्ने यस मन्दिरमा जेठको पूर्णिमा र मंसिरको धान्य पूर्णिमामा मात्र पूजा हुन्छ ।अरु दिन यो मन्दिर खुल्दैन । वर्षको २ चोटी मात्र पुजा हुने हुनाले अघिल्लो दिन नै भक्तजनहरुको भिड हुने गर्दछ । अघिल्लो राती १०– ११ बजेदेखि नै मन्दिरमा पुजा गर्नको लागि भक्तजनहरु लाइनमा बस्दछन् । अघिल्लो दिनदेखि नै पञ्चहल ल्याउन सुरु गरिन्छ र पूर्णिमाको दिन दिउँसो १२ बजेपछि मात्र बलि दिने पूजा सुरु हुन्छ र त्यो दिन राती १२ बजेसम्म
More

समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो

काठमाडौं। समायोजनको फाराम भर्न तोकिएको एक दिन अघि मंगलबार सम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन्। आज बुधबार समायोनजका लागि फाराम भर्ने अन्तिम दिन तोकिएको छ। गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीहरुले फाराम भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल समाचारपत्रलाई जानकारी दिP। फाराम भर्ने म्याद एक सकेन्ड पनि नथप्ने जनाउँदै मन्त्री पण्डितले चिठी पाएको २१ दिन भित्रमा तोकिएको ठाउ“मा नजाने कर्मचारीलाई कडाईका साथ खटाउने दावी गरे। समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने भएको छ। मन्त्रालयले
More

काभ्रेमा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ। सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित सिङ्दान डाँडालाई छनोट गरिएको छ। तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तत्कालीन राजा रेञ्जेन दोर्जेको समयमा भएका युद्धका सामग्रीका अवशेष तथा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने इतिहासविद् लीलाबहादुर तामाङले बताए। “सङ्ग्रहालयमा तामाङले दैनिक रूपमा प्रयोग गर्ने भाँडावर्तन तथा औजार समेत राखिनेछ,” उनले भने। सङ्ग्रहालय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद बमध्वज तामाङले रु ५० लाख विनियोजन गरेका छन्। प्रदेश नं ३ का प्रदेशसभा सदस्य रत्न ढकालले गुम्बा, भ्यूटावर र सङ्ग्रहालयका लागि
More

बँदेलको आक्रमणबाट किशोर घाइते

मार्तडी – बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकायालाई बँदेलले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अछामको बयालपाटा अस्पताल लगिएको छ । रासस
More