Daily Archives 17th January 2019

दुर्घटना अपडेट ;; मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। बेनीबाट नारायणगढतर्फ जाँदै ग१ख ६१०८ नं को बस आज बिहान पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना भएको हो। दुर्घटनामा ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याइएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी
More

शिशु जन्माएर मार्ने आमा पक्राउ

काठमाडौँ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ। शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। यस्तै प्रहरीले तीन हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले दक्षिणकाली नगरपालिका क्षेत्रबाट ५०० लिटर र महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ शङ्खरापुर नगरपालिकाबाट ५०० लिटर
More

मालढुङ्गामा बस दुर्घटना ६ जनाको मृत्यु

सरु पौडेल , काठमाण्डौ – म्याग्दी जिल्लाको बेनी बजारबाट नारायणगढको लागि छुटेको बस पर्वतको मालढुङ्गामा आज बिहान दुर्घटना भएको छ । ग १ ख ६१०८ नम्बरको ४० जनाभन्दा बढी यात्रु बोकेको बस कुश्मा नगरपालिका वडा नं. १ को सुकुम्बासी टोलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने बसमा सवार अन्य गम्भीर घाइते भएका छन् । मृत्यु भएका मध्ये ३ जनाको घटनास्थलमा र ३ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जानकारी दिएको छ ।घाइतेको धौलागिरी अञ्चल अस्पताल बाग्लुङ र पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
More

२० वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

पर्सा – कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा फरार रहँदै आएका पर्सा छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो । विसं २०५५ साउन २४ गते भएको हत्यामा कानु संलग्न भएको भन्दै जिल्ला अदालत पर्साले उनलाई पक्राउ आदेश जारी गरेपछि उनी फरार रहँदै आएका थिए । हत्याका अभियोगी कानु घरमै लुकी बसेको सूचनाका आधारमा कारवाही गर्दा उनलाई घर नजिकैबाट पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । पक्राउ परेका कानुलाई आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराई आवश्यक अनुसन्धानका लागि म्याद बुझेको प्रहरीले
More