Daily Archives 18th January 2019

एनआरएन मिडिया तथा प्रकाशन समितिको बैठक सम्पन्न

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मिडिया तथा प्रकाशन समितिको बैठक संघका प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बस्यो । ६ जनवरी आइतवार साइवर कन्फ्रेन्समार्फत् बसेको बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, नेपाल पत्रकार महासंघका महासचिव तथा समितिका सदस्य रमेश बिष्टको विषेश उपस्थिति थियो । संघको मिडिया समितिले गतवर्ष गरेका गतिविधि र अगामी वर्षका लागि नयाँ कार्यदिशा सम्वन्धमा बैठकमा छलफल भएको थियो । बैठकमा बोल्ने अधिकांश सदस्यले समितिको पछिल्ला गतिविधि, संघको हितमा रहेको विचार व्यक्त गर्दै आगामी दिनमा संघको प्रकाशन नीतिलाई अझ प्रभावकारी तथा व्यवस्थित गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएको थियो । बैठकमा उपसंयोजक हेमन्त काफ्ले, एनआरएनए समाचार संयोजक
More

परराष्ट्र मन्त्री ज्ञवालीसँग एनआरएन टोलीको भेट

काठमाडौं -गैर आवासीय नेपाली संघको टोलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट गरेको छ । संघका उपाध्यक्ष कुमार पन्तको नेतृत्वको गएको प्रतिनिधि मण्डलको टोलीले मन्त्री ज्ञवालीसँग भेट गरेको हो । संघका पदाधिकारीहरुले मुख्यतया गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा भएका पहलहरु बारे जानकारी गराउनुभएको थियो । यसका साथै बन्न लागेको गैरआवासीय नेपाली नागरिकताको प्रावधान र संविधानको भावना अनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन लगायत अन्य ऐनमा पनि संशोधन हुनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । त्यस्तै, गैरआवासीय नेपालीहरुका विदेशी पत्नी वा पतिलाई नेपाल आउँदा रहनको लागि एक प्रकारको गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउनको लागि अनुरोध गरिएको छ । साथै यस प्रकारणको सुविधाले
More

गायिका कला पंगेनीलाई एपिक म्यूजिक अवार्ड

‘कला र गलाको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराको साथ सम्पन्न एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा लोक तथा दोहोरी गायिका कला पंगेनीले अवार्ड हात हात पार्न सफल भएकी छन् । गीतकार एवं संचारकर्मी दुर्गा पंगेनीको शब्द सृजना तथा लोकप्रिय गायक पशुपति शर्मा र गायिका कला पंगेनीको आवाजमा रहेको “जोगाउनुछ कालापानी” बोलको गीतले एपिक नेपाल म्यूजिक अवार्ड २०७५ को राष्ट्रिय भाव अन्तर्गतको विधामा अवार्ड हात पार्न सफल भएको छ । उक्त गीतले राष्ट्रिय भाव बोक्नुका साथै बाध्यतावस विदेशिन बाध्य नेपालीहरुको कथा व्यथालाई गीत मार्फत प्रस्तुत गर्न खोजेको छ । ‘जोगाउनुछ कालापानी’ गीत मार्फत अवार्ड प्राप्त गर्दा अत्यन्त खुशी लागेको छ
More

महिला टि-२० स्म्यासः नेपाल फाइनलमा

काठमाडौँ । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक÷एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो । एघार रन बनाउँदा इण्डोनेसियाले
More

डा. के.सी आइसियुमा ;;भेटघाटमा रोक

नौ दिनदेखि इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेपछि शुक्रबार विहान उनलाई अचानक काठमाडौं ल्याएर थप उपचार सुरु गरिएको छ । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताको आइसियु कक्षमा उनको उपचार भइरहेको छ । थप उपचार पछि उनले आराम महसुस गरेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । अहिले आइसियु कक्षको सबै बत्ति निभाएपछि डाक्टर केसी निदाएका छन् । डाक्टर केसी निदाएकाले कसैलाई पनि भेटघाट गर्न दिइएको छैन । नयाँ पत्रिका
More

प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। शुक्रबार १२ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरको कार्यतालिका राखिएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको सचिवालयले जनाएको छ। पुस २२ मा प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गरिसकेपछि प्रमुख प्रतिपक्ष दलका सांसदले प्रश्न राख्न नपाएपछि संसद अबरुद्ध भएको थियो। प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न बैठक सुरु हुनुभन्दा १ घण्टा अगाडि नै प्रश्न टिपाउनुपर्ने छ। बैठक सुरु हुनुभन्दा १ घण्टाअघि नै प्रश्न टिपाउनुपर्ने छ । सभामुखको अनुमति लिई सांसद्ले आफ्नै ठाउँबाट प्रश्न गर्नुपर्नेछ। एक दिनमा १० जना सांसदले मात्र प्रश्न सोध्न पाउने छन् । प्रधानमन्त्रीको
More

फुल व्यापारीले कमाउँछन् दिनमै लाखभन्दा बढी

सरु पौडेल ,काठमाण्डौ – पछिल्लो समयमा फुलको व्यापार निकै फस्टाउँदै गएको छ । कुनै विवाह ब्रतबन्ध तथा अन्य शुभकार्यमा पनि फुलको प्रशस्त प्रयोग गरिन्छ । कसैलाई सम्मान गर्न होस् ,कसैलाई उपहार दिन या मृत्यु हुँदासमेत फुलको प्रयोग गरिन्छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेका फुल पसलहरुमा एक दिनमै एक लाखभन्दा बढीसम्मको व्यापार हुने व्यापारीहरु बताउँछन् । सयपत्री फुल ,बुकी फुल ,दुबो ,मखमली फुललगायत अन्य फुलहरुको मूल्इ दर फरकफरक रहेको व्यापारी बताउँछन् । नेपालबृटेनसँग कुरा गर्दै एक व्यापारीले भने – सिजन हेरेर हुन्छ विहेको सिजनमा २ लाखसम्म पनि व्यापार हुने गरेको छ । फुल हेरेर र कत्तिको बाक्लो सजाउने हो त्यो हेरेर गाडी
More

सुन प्रकरण: उच्च अदालतका पाँचजना न्यायाधीश छानबिनमा

काठमाडौँ। पेसी र सुनुवाइ व्यवस्थापनमा प्रचलित मान्यता तोडेको आरोपमा उच्च अदालतका पाँचजना न्यायाधीश छानबिनमा तानिएका छन्। तेत्तीस किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका पाँच जना न्यायाधीशलाई छानबिनका लागि सर्वोच्च तान्ने तयारी भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको नेतृत्व लिएसँगै गठन भएको निगरानी समितिको प्रतिवेदनका आधारमा न्यायाधीशहरू छानबिनमा तानिएका हुन्। न्याय परिषद र सर्वोच्चको संयुक्त निगरानी टोलीको प्रतिवेदन अनुसार सर्वोच्च प्रशासनले उनीहरूलाई पत्राचारको तयारी गरेको छ। परिषद् सचिव नृपध्वज निरौला नेतृत्वको टोली तीन दिन विराटनगर बसेर शाक्य हत्या प्रकरणलगायतका अन्य मुद्दाका पेसी र इजलास व्यवस्थापनबारे अध्ययन गरेको थियो। स्रोतका अनुसार न्यायाधीशहरु नगेन्द्रलाभ
More

एउटै कोठामा चार जना डाक्टर !

बागलुङ – बुधवार बिहान १०ः३० बजे धौलागिरी अञ्चल अस्पतालको एउटा साँघुरो कोठामा ४ जना डाक्टरले दन्त सेवाको काम गरिरहेका थिए । त्यसकै छेउको सानो कोठामा डा. शैलेन्द्र पोखरेलले नाक कान घाँटीका बिरामीको स्वास्थ्य परीक्षण गरिरहेको भेटिए । अस्पतालमा भवन अभावले भएका चिकित्सकले पनि सास्ती खेपेर सेवा दिइरहेका छन् । निर्माणाधिन भवनहरु पुरा नभएकोले यति धेरै सास्ती खेप्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले बताए । ‘कतिपय डाक्टर र बिशेषज्ञ नआएर सेवा प्रवाहमा समस्या छ ,भएकालाई राख्न पनि कोठा पुगेको छैन’ रानाले भने, ‘भवन समयमा नबनेकोले धेरै दुःख पाइएको छ ।’ सेवा ग्राहीले पनि भवन अभावमा सास्ती खेपीरहेको उनले बताए ।
More

तीन पेट्रोल पम्प कारवाहीमा

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ। विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई बिहीबार कारवाही गरेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिक्री गर्ने मात्राभन्दा कम मात्रामा तेल बिक्री वितरण गरेकाले कारवाही गरिएको जानकारी दिए। ठगी गर्ने उक्त तीन पेट्रोल पम्पलाई नोजलहरु शिल गरी कारोवार रोक्का गरिएको विभागले जनाएको छ। रासस
More