Daily Archives 21st January 2019

Padma Ratna Memorial Event in London

London, Pasa Puchah Guthi UK (PPGUK) London & SOAS Nepal Society jointly organised a memorial event to commemorate the life and contributions of late Dr Padma Ratna Tuladhar on Sunday 20th January 2019 at SOAS University, London. The event attended by 30 guests, including university students of various subjects related to social anthropology and politics of Nepal, was attended by representatives from the Embassy of Nepal in London. Conducted by Sports Secretary Mr Sumeet Bajracharya, the event started with an introduction of all speakers by President of PPGUK London Mr Sanyukta Shrestha. Secretary to His Excellency the Ambassador, Mr Tejendra
More

एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने

पेरिस । बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ । उक्त बिमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ । डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष ७१ थान एयरबस खरिद गरेको थियो । ठूलो संख्यामा बिमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा कमी आउने कम्पनीले जनाएको छ । विश्वकै ठूलो बिमान खरिदबिक्री र लिजमा बिमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरुको साझेदारीमा स्थापना भएको हो । गत जनवरी ३ मा एयरबस कम्पनीले अमेरिकी एयरलाइन्स जेटब्लूलाई ११ अर्ब अमेरिकी डलरमा १२० थान ए२२०–३०० सिरिजका बिमानहरु बिक्री गर्न लागेको जनाएको
More

युएई भ्रमणका लागि सन्दीप नेपाल आए

काठमाडौँ । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् । बङ्गलादेशमा सिलेट सिक्सर्सबाट बीपिएलका छ खेल खेलेर सन्दीप आज अपराह्न काठमाडौँ आइपुगेका हुन् । उनले सिलेटका लागि छ खेलबाट चार विकेट लिएका थिए । यमी माघ ११ गतेदेखि नेपालले गर्ने युएई भ्रमणको लागि सन्दीप आएका हुन् । युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान तीन एक दिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । नेपाली टोली मङ्गलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको
More

मेलम्चीको ठेक्का तोड्ने तयारी

काठमाडौँ। मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाई वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ। कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र (टर्मिनेसन लेटर) तयार भएको तर घोषणा हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। ‘सोमवार ठेक्का रद्द गरिएको घोषणा गरिने छ,’उनले भने। सीएमसी अन्तर्राष्ट्रिस्तरमै वित्तीय सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका प्रतिनिधि एक महिनाअघि काम छोडेर भागेका थिए तर प्रहरीले आठ जनालाई पक्राउ गरेपछि नयाँ वर्ष मनाएर फर्किने शर्तमा छाडिएको थियो। कम्पनी फर्किने सम्भावना नदेखिएपछि एकतर्फी रूपमा ठेक्का रद्द गरेर धरौटी जफत गर्न लागिएको हो। पटक–पटक आग्रह गर्दा
More

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौँ – नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिनुभयो । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो”, उहाँले भन्नुभयो । कारागार अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई रोगको प्रकृति हेरेर वीरअस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पतालमा पठाउँदै आएको डा श्रेष्ठले बताउनुभयो । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० तिरबाट कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै
More

चोरीमा संलग्न गिरोह पक्राउ

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न पाँच जनाको समूहलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा गरिएको चेकिङ, स्विप अपरेशन, व्यक्तिहरुको निगरानी तथा सूचना सङ्कलनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । चितवन राप्ती नगरपालिका–११ घर भई पोखरा १० घलेचोक बस्ने १९ वर्षीय सुनील श्रेष्ठ, बाग्लुङ जैमिने नगरपालिका–९ का २७ वर्षीय खुमप्रसाद थापा, पोखरा पुथ्वीचोक बस्ने २३ वर्षीय गगन खवाससहित पाँच जनाको समूहलाई चोरीका सामानसहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो
More

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

रत्ननगर – चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिनुभयो । बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ । रासस
More