Daily Archives 23rd January 2019

प्रधानमन्त्रीको खुट्टामा १ लाखको जुत्ता !

लन्डन । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा स्वीट्जरल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्माले लगाएको जुत्ता अहिले सामाजिक संजालमा चर्चामा छ । ओलीले बिश्वको महँगो ब्रान्ड लुइसभुटन जुत्ता लगाएसंगै सामाजिक संजालमा यो तस्विर भाइरल भएको हो । ओलीले जर्मनीको एक टिभिलाई अन्तर्वार्ता दिने क्रममा सो जुत्ता लगाएका थिए । सो जुत्ताको मूल्य बिश्व बजारमा फरक फरक दरमा बिक्रि हुदै आए पनि बेलायतमा ८५ हजार मात्र रहेको छ ।
More

नेपाल-युएई कुटनीतिक सम्बन्ध कायम भएको ४२ वर्ष पूरा

युएई। नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको मंगलबार ४२ वर्ष पूरा भएको छ । नेपाल र युएईबीच सन् १९७७ जनवरी २२ मा कुटनीतिक सम्बन्ध सुरु भएको थियो । नेपालले युएईमा सन् २००४ को अप्रिल ११ मा नेपाली दूतावास स्थापना गरेको हो । २००७ सम्म कार्यबहाक राजदूतका रुपमा दूतावास रहेता पनि सन् २००७ को डिसेम्बर २१ बाट युएईमा पूर्णराजदूतले जिम्मेवारी सम्महालेका हुन् । करिब तीन वर्षयता युएई राजदूतविहीन थियो । सरकारले युएईका लागि कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्त गरेको छ । कार्यबाहक राजदूतको जिम्मेवारी सागरप्रसाद फुयाँलले सम्महालि रहेका छन् । युएईले पनि सन् २०१६ मे १० मा काठमाडाैंमा दूतावास स्थापना गरेर
More

प्रम ओली र भियतनामी प्रम भेटवार्ता

डाभोस । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भियतनामी प्रधानमन्त्री हुअन सुअन फुकले बुधबार बिहान भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा सहयोग विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो । भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीको पनि उपस्थिति थियो ।
More

गोर्खा मुगलयुद्धको २५६ वर्ष: मकवानपुरगढी विजयोत्सव

–रिपेश दाहाल हेटौँडा । गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन आज नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो । इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा सबैभन्दा बढी एक हजार ७०० शत्रु मारिएको दिन हो । २५६ वर्षअघि भएको सो युद्ध नै नेपाल(गोरखा)को विदेशीबीच भएको युद्ध हो । माघ १० गते बिहीबार विजयोत्सव मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पटकको विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निम्तो दिइएको छ । मकवानपुरगढी
More

एनआरएनए साउदीले श्रमिक समस्या विषयक कार्यक्रम गर्ने

काठमाडौँ । एक विडम्वना भनौं या सौभाग्य नेपाली युवाहरुको बैदेशिक रोजगारीको सिलसिलामा मातृभूमि छोड्न बाध्यता बनेको छ । बैदेशिक रोजगारीकै क्रममा खाडी मुलुक भासिएका युवाहरू दिनानुदिन विभिन्न समस्यामा पर्दै आएका छन् ।विशेषता हालको विश्व अर्थतन्त्र साथै जारी गृहयुद्ध र क्षेत्रीय युद्धको कारण पनि खाडी मुलुकहरुमा श्रमिक समस्या चुलिंदै गएको छ । सोही समस्याका निराकरणका लागि खोजी गर्दै एनआरएनए साउदीले कार्यक्रमको आयोजना गर्न लागेको एनआरएनएका महासचिव तेजबहादुर थापाले बताए । उनका अनुसार कार्यक्रम सम्बोधनका लागि नेपाली राजदुतावास रियादलाई निमन्त्रणा पठाएको र कार्यक्रम संचान अनुमतिका लागि परराष्ट्र मन्त्रालयलाई निवेदन बुझाएको छ । राजदुत प्रा.डा. महेन्द्र सिङ राजपुतको उपस्थितिमा हुने कार्यक्रममा पीडित श्रमिक
More

सरकारद्वारा तीन राजदूत अनुमोदित

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ ।समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो ।
More

लगानीमैत्री कानुन दुई महिनाभित्र

काठमाडौं – उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले करिब दुई महिनाभित्र औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन संसदबाट पारित भएर मुलुकमा औद्योगिक लगानीको वातावरण सिर्जना हुने बताएका छन्। महानिर्देशक सिंहले एकद्वार केन्द्रबाट सेवा दिन पूर्वाधार तयार भइसकेको बताउँदै नेपालमा जलविद्युत्, खानी, निर्माण, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, र खाद्य प्रशोधन जस्ता क्षेत्रमा लगानीको सम्भावना रहेको जानकारी दिए। उनले नेपालको चीनसँगको व्यापारले दोस्रो स्थान ओगटेको र सरकारको नीति नियम व्यापार घाटा कम गर्नेतर्फ लागेको बताए। चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) का उपाध्यक्ष झाङ सेनफेङको नेतृत्वमा नेपाल आएको चिनियाँ टोलीसँगको कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले चिनियाँ लगानीकर्ताले
More

बस र बारुणयन्त्र ठोक्किँदा २७ जना घाइते

काठमाडौँबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ। अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। रासस
More

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित

मुस्ताङ। मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ। जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ। सडकमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ। बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन। यातायातका साधन चलिरहेका छन्। चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको ठिनीका बासिन्दा सुवास थकालीले बताए। घरभित्रै आगो तापेर बसेका छन्। गाई, भेँडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ। चरनका लागि
More

काठमाण्डौमा चिसो बढ्यो चन्द्रागिरी ,फूलचोकी र दामनमा हिमपात

काठमाण्डौ – गएराति देखि देशका प्रायजसो स्थानमा वर्षा भइरहेको छ । हुम्ला ,मुगु , बाजुरा ,बाग्लुङ ,म्याग्दी तथा काठमाण्डौका केही स्थानमा समेत हिमपात परेको छ भने हुम्ला ,मुगु ,बाजुरा लगायतका क्षेत्रहरुमा जनजीवन समेत प्रभावित भएको छ । यसैबीच काठमाण्डौको चन्द्रागिरी डाँडामा , दामनमा ,फूलचोकीमा पनि वर्षा ेका साथसाथै हिमपात पनि भएको छ ।
More