Daily Archives 24th January 2019

ट्रम्पले पठाए किमलाई पत्र

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन्। उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएकाे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ। साथै यस विषयमा बिहीबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले पनि जानकारी गराएका छन्। यसअघि करिब हप्तादिन अघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाएको समाचार आएको थियो। उक्त पत्रको अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जवाफ दिएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ। ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डर्सलाई उद्धृत गर्दै उक्त टिभीले जनाएको छ– राष्ट्रपति ट्रम्पले किमको पत्रको जवाफमा बुधबार उत्तर कोरियाली नेता किमलाई पत्र लेख्नुभएको छ। बिहीबार उत्तर कोरियाली
More

कांग्रेस केन्द्रीय समितिको बैठकमा को को बोले ?

काठमाडौँ । नेपाली काङ्ग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घीय सरकारअन्तर्गत राखी दुवै संस्थाको भविष्य सुरक्षित गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सरकारले पूर्वप्रधानमन्त्री कोइरालाद्वयका नाममा खुलेका दुवै स्वास्थ्य संस्थालाई विघटनको सङ्घारमा पु¥याएको आरोप लगाएको छ । बैठकले सरकारको सो कार्यप्रति आपत्ति प्रकट गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ । विकास समिति ९गठन० आदेशबाट गठन भई क्रियाशील ११ स्वास्थ्य संस्थालाई सङ्घ ९केन्द्र० अन्तर्गत राख्ने प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश हुँदा सरकारले कोइरालाद्वयका नाममा खुलेका उक्त दुवै अस्पताललाई मात्र हटाएर बाँकी नौ वटालाई
More

लचिलो परराष्ट्र नीति बनाउन सुझाव

ललितपुर । नेपालका पूर्वपरराष्ट्रमन्त्रीहरुले राष्ट्रियहितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले बलियो परराष्ट्र नीति बनाउन राष्ट्रिय चाख र कौतुहलताका विषयलाई अघि सार्नुपर्ने सुझाए दिए । ललितपुरमा आज आयोजित ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति’ विषयक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीहरुले नेपालको परराष्ट्र नीति अन्य मुलुकको नीतिसरह सवल र दरिलो बनाउन आवश्यक रहेको बताए । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले मुलुकको राजनीति, संस्कार, आर्थिक अवस्था र सुरक्षालाई ध्यानमा राखि अघि बढ्दा देश उन्नतितर्फ लम्किने बताउनुभयो । “नेपाल गरीब मुलुक भएका कारण अन्य देशसँग आत्मनिर्भर हुनुपर्दा विदेश नीति परिवर्तन गराउन निकै पछि परेको छ”, उहाँले भन्नुभयो, “भारतले नेपालमा तीनपटक नाकाबन्दी गर्दा पनि हामीले
More

श्रद्धा अर्याल अब म्युजिक भिडियोमा

लण्डन । कान्तिपुर टेलिभिजनकी चर्चित प्रस्तोता श्रद्धा अर्यालको म्युजिक भिडियो सार्वजानिक भएको छ । पछिल्लो पुस्तामा निकै चर्चामा रहेकी अर्यालको यो पहिलो म्युजिक भिडियो हो । विहीवार युट्युव मार्फत सार्वजानिक भएको मायाई माया शिर्षकको सो म्युजिक भिडियोमा दिपक लिम्बुको स्वर रहेको छ भने लक्षमण भट्टको समेत अभिनय रहेको छ । महेश खड्काको म्युजिक रहेको सो भिडियोको इडिटिगं विकास धमलाले गरेका हुन् । १५ वर्ष अघि रेडियोको माध्यमबाट संचार क्षेत्रमा प्रवेश गरेकी अर्याल विगत १ दशक देखी टेलिभिजन प्रस्तोता छन् । नयाँ युवा पुस्तामा उदयमान अर्याल कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम कान्तिपुर आजको निर्मात समेत हुन् ।
More

लण्डन दूतावासद्धारा मतदाता नामावली संकलनको तयारी

लण्डन । आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि सरकारले सकृयता देखाएको नेपाली दूतावास लण्डनले जनाएको छ । विहीवार एक सूचनाजारी गर्दै दूतावासले सम्मानित सर्वोच्च अदालतबाट विदेशमा वस्ने नेपालीहरुका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गर्न परमादेश जारी भएको तथा संसदीय समितिबाट आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन भएबमोजिम मतदानको व्यवस्थाको लागि अध्ययन शुरु भएको जनाएको हो । यसअघि अदालत र संसदीय समितिको निर्देशन अनुसार निर्वाचन आयोगले एक कार्यदल गठन गरि विदेशबाट मतदान गर्ने विधि र प्रक्रियाबारेमा अध्ययनको लागि विदेशमा रहेका नेपाली नागरिकहरुको व्यक्तिगत विवरण संकलन गर्ने निर्णय गरेको थियो । यसै बीच नेपाली दूतावास लण्डनले बेलायत, आयरल्याण्ड र माल्टामा
More

‘सुबिसु क्यान इन्फोटेक मेला माघ १५ देखि २० गतेसम्म हुने

काठमाडौँ । सूचना प्रविधिसम्बन्धी मेला ‘सुबिसु क्यान इन्फोटेक’को २५औँ संस्करण यही माघ १५ देखि २० गतेसम्म हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि नागरिकसम्म पु¥याउने उद्देश्यले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले सो मेला आयोजना गर्न लागेको हो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको उक्त मेलाको तयारी पूरा भएको क्यान महासङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको
More

अष्ट्रेलियामा वृद्ध कुटेको अभियोगमा नेपालीलाई ८ महिना जेल

सिड्नी। अष्ट्रेलियामा एकजना नेपालीलाई ८ महिना जेल सजाए तोकिएको छ। काम गर्ने ठाउँमा एक वृद्धमाथि हातपात गरेको आरोपमा अष्ट्रेलियामा कार्यरत प्रकाश पौडेललाई त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको हो। नर्सिङ होम्समा डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको थिए। एबीसी न्युज च्यानलका अनुसार गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका भिडियो सार्वजनिक भएको थियो। पौडेलले गत महिनानै कानुनी कारबाहीका क्रममा गल्ती भएको र क्षमा दिन आग्रह गरे पनि परिवारले अदालतमा मुद्दा दायर गरेका थिए।
More

सांसदहरुलाई डा. केसीको पत्र

काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । डाक्टर केसीले अनशनस्थलबाटै प्रतिनिधि सभाका सदस्यहरुलाई लेखेको सार्वजनिक पत्रको पूर्ण पाठसहित : माननीय प्रतिनिधिसभा सदस्यज्यूहरू, १६औं पटकको सत्याग्रहको १६औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईहरूलाई यो पत्र लेखिरहेको छु। यतिवेला मैले २०६९ असार २१ को पहिलो अनसन सम्झिरहेको छु। त्यसपश्चात वितेका झण्डै ७ बर्षमा चिकित्सा क्षेत्रको सुधार गर्ने र सुधारको प्रयासलाई रोक्ने विचको संघर्ष नै विगतका १५ वटा सत्याग्रह हुन । यस विचमा जतिपनि संघर्षहरू भए त्यसमा मेरो कुनै व्यक्ति, कुनै समुह, कुनै दल वा कुनै संस्थाका प्रति नत कहिल्यै रुझान
More

बेलायती रोजगार दरमा सन् १९७१ पछि कै उच्च गिरावट

लण्डन। सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ । उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक्ति रहेको देखाएको छ । यो सन् २०१८ को जुनदेखि अगस्टसम्मको तथ्याङ्कभन्दा एक लाख ४१ हजार बढी र सन् २०१७ पहिलेभन्दा तीन लाख २८ हजारले बढी हो । सन् २०१८ को सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा बेरोजगार जनसङ्ख्या १३ लाख ७० हजार रहेको देखिएको छ । यो तथ्याङ्कमा जुनदेखि अगस्टको तथ्याङ्कभन्दा सामान्य परिवर्तन (बढी) हो भने अघिल्लो
More

विदेशी जेलमा परेका व्यक्तिका परिवार चरम समस्यामा

काठमाडौं – भीमदत्त नगरपालिका–७, कञ्चनपुरकी जानकी नाथ साँझ–बिहान हातमुख जोर्न पाएमात्र सन्तोषको सास फेर्छिन्। वैदेशिक रोजगारीमा गएर घरको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेका पति पदम कतारमा जेल परेपछि पत्नी जानकी र छोरीको अवस्था झनै कमजोर बन्न पुगेको छ। यतिखेर जानकीको एकमात्र चाहना दुई छाकको जोहो कसरी गर्ने भन्ने हो। साँझ–बिहानका लागि चाहिने सामान्य खानेकुराको जोहो गर्न पनि उनका लागि कष्टकर भएपछि पतिको नाममा रहेको जमिन बिक्री गर्ने प्रयास पनि सफल भइरहेको छैन। ‘गाउँघरमा काम गरेको पारिश्रमिकले मेरो र छोरीको खर्च जुटाउन नसकेपछि पतिको नाममा रहेको जमिन बिक्री गर्न खोजेकी हुँ,’ सहयोगको याचना गर्दै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा पुगेकी जानकीले
More

क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना

म्याड्रिड । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने भने छैन । त्यसअघि उनी सञ्चारमाध्यमको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका पाँच पटकसम्म युरोपको ’बालन डो’र’ अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन् । यी स्टार खेलाडीले सन् २०११ देखि २०१४
More

बेलायत विदेशी लगानीका लागि खुला

डेभोस। बहिर्गमन (ब्रेक्जिट) प्रक्रियामा केही अन्यौल सिर्जना भएका कारण संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीका लागि असुरक्षाको वातावरण भएको बताएपनि बेलायत लगानीका हिसाबले विश्वको प्रमुख गन्तव्य भएको यहाँका व्यापार मन्त्रीले बताएका छन् । बेलायत र यूरोपेली संघ छुट्टिने दिन करिब दुई महिना रहेका समय बहिर्गमन प्रक्रियामा केही अन्यौल सिर्जना भएको स्वीकार गर्दै स्वीट्जरल्याण्डमा सञ्चारकर्मीसँगको कुराकानीमा बुधबार मन्त्री लियाम फक्सले भन्नुभयो, “ब्रेक्जिट प्रक्रियाबारे निर्णय नआउँदा संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीबारे संशय गर्नु स्वभाविक हो तर यसको छिट्टै टुङ्गो लाग्छ ।” फर्म तथा कम्पनीहरूले स्थानान्तर गर्ने घोषणाबारे उहाँले लगानीका लागि कुनै पनि कम्पनी बाहिरिनु नपर्ने साथै उनीहरूको
More

हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र

सोलुखुम्बु ।सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध भएको छ । बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडाँै सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा राजधानी काठमाडाँै, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुनसक्ने दुर्घटनालाई दृष्टिगत गरी जिल्ला भित्रने सवारी साधन ओखालढुङ्गाको
More

हिउँ परेपछि चन्द्रागिरीमा हिउँ खेल्नेको भिड

चन्द्रागिरि। उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो। नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल्फीमा रमाउने पर्यटकका लागि बुधबार मौसममा आएको परिवर्ततसँगै झण्डै तीन इन्चजति बाक्लो सेताम्मे हिउँले भुलायो। दुई साता अघिमात्रै परेको हिउँको मजा भुल्न नपाउँदै उपत्यकावासीले यस वर्ष दोस्रो पटक हिउँसँग खेलेर औधी मनोरञ्जन लिए। “यस्तै त होला नि स्वर्गझैँ अनुभूति भयो, चारैतिर सुन्दर दृश्य, क्षितिजमा देखिएको हिमशृङ्खला, सेताम्मे हिउँ अनि त्यही हिउँमा खेल्न पाउनु जीवनकै ऐतिहासिक क्षण बन्यो”, मैतीदेवी बस्दै आउनुभएका सिन्धुलीका जीवन दाहालले अनुभव सुनाए। उनीसँग गफिँदा साथीहरु निरज
More

काङ्ग्रेस बैठक आज बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पार्टीको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावलाई मध्यनजर गरी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको थियो । केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । काङ्ग्र्रेसको भ्रातृ
More

चरिरहेका ५२ भेडा चट्याङको सिकार

बाजुरा । चट्याङ लागेर बुधबार बाजुरामा ५२ भेडा मरेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ। भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए। चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटको भनाइ छ। चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन बुधबार मात्र तयार पारिएको उनले जानकारी दिए। साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच
More

दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ : छुट्टौछुट्टै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित सडकमा बा१९च ९६४५ नम्बरको गाडीको ठक्करबाट सिनामङ्गलमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका ८ की १८ वर्षीया अनिमा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौँ महानगरपालिका– १ भाटभटेनीमा बा३०प २६४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको इनारमा खस्दा मोटरसाइकलमा सवार वसुन्धारामा डेरागरी बस्ने
More