Daily Archives 25th January 2019

‘लगानीको नाममा ‘एनआरएनए’ को दुरुपयोग’ (टिप्पणी)

संस्थाको बदनाम हुने खतरा, नेतृत्व किन मौन ? लण्डन । सन् २००३ मा नेपालबाट संसारका विभिन्न कुनाकाप्चामा पुगेका नेपालीहरु एकीकृत भई गैरआवासिय नेपाली संघ (एनआरएनए) को स्थापना गरियो । त्यतिबेला विदेशमा प्राप्त गरेका ज्ञा, सिप, र पूँजीलाई नेपालमा लगानीको रुपमा भित्राउने उद्देश्यका साथ एनआरएनको स्थापना गरिएको थियो । १५ वर्षे इतिहासमा विभिन्न आरोह–अवरोह छिचोल्दै अहिलेको अवस्थामा पुगेको एनआरएनए हाल नेपालमा लगानी स्रोतको एक प्रमुख मेरुदण्डको रुपमा दरिन सफल भइसकेको छ । । हुन पनि संघले स्थापनाकालदेखि विदेशमा रहेका नेपाली समुदाय र नेपाल सरकार बीच एक गतिशिल पुलको रुपमा काम गर्दै आएको छ । पूर्वाधार, पर्यटन, ऊर्जा, होटल, बैंकिङलगायतका क्षेत्रमा एनआरनको
More

तनावका बीच बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौँ–प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेका थिए । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा लामो छलफल, रस्साकस्सी र बहसपछि बहुमतका आधारमा अघि बढाइएको उक्त विधेयकलाई निकै चासोका साथ हेरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकार र प्रा डा केसीबीच गत साउनमा भएको
More

प्रसुतिगृहमा कार्यरत डाक्टरकी छोरी अपहरित

काठमाडौँ– राजधानीको प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको शुक्रबार करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने बित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको प्रहरीले अपराह्न ४ बजे सकुशल फेला पारेको हो । अपराह्न ४ बजे तिलगङ्गाबाट बालिका सकुशल फेला र अपहरणकारी धनुषाका मनिषकुमार गुप्ता फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि करीब ९ बजेतिर छोरी हराएको खबर आएको बताइन् । घटना ८ः३० बजेतिरको भएको प्रहरीको अनुमान छ । उनले तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर
More

नेपाललाई धक्का, युएईसँग हार्यो

काठमाडौँ– यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । दुबईमा आज भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा सात विकेट गुमाएर पुरा गरेको हो । यूएइको जितमा फहद नवाजले सर्वाधिक ३० रनको योगदान गरे । त्यस्तै अमिर हायात र इमरान हैदरले अविजित २४ र १८ रनको योगदान गरे । आठौँ विकेटका लागि आमिर हायात र इमरान हैदरले अविजित ४३ रनको साझेदारी गर्दै जितसम्म पु¥याए । हायातले ४२ बलमा २४ रन तथा हैदरले ३९ बलमा १८ रनको योगदान दिए । नेपालका पारस खड्का, करण केसी र सन्दीप लामिछानेले दुई
More

अश्लिल भिडियोबारे बोल्यो नेपाल प्रहरी

काठमाडौँ– सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारवाही गर्ने बताए । प्रहरीले आजै एक विज्ञप्तिमार्फत हाल सामाजिक सञ्जालमा देखिएको अश्लिल भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पष्ट भएपछि सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए ।
More

४० जन्ती बाेकेको बसमा करेन्ट लाग्यो, ९ जनाको मृत्यु

काठमाडौं– धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ६ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेका थिए ।
More

एनआरएन अमेरिकाको विज्ञ भेला सियाटलमा सम्पन्न

   अमेरिकामा आर्जन गरेको ज्ञान र अनुभव नेपालसँग जोड्न २० वटा कार्यपत्र  प्रस्तुत   अमेरिकालाई ‘ल्याण्ड आफ अपरचुनिटी’ , ‘ल्याण्ड अफ इनोभेशन’ , ‘ल्याण्ड अफ मोर्डन साइन्स एण्ड टेक्नोलोजी’ लगायतका थुप्रै नाम र विशेषण लगाएर चिनाइन्छ । हो, थुप्रै नेपाली त्यसैको पछाडि लाग्दै यहाँ आइपुगेका हुन् । नेपालमा सामान्य परिवारमा जन्मेर यहाँ आएपछि आर्जन गरेको अनुभव, ज्ञान, सिप, क्षमता, अध्ययन र अनुसन्धानलाई नेपाल र नेपालीको हितमा जोड्न सके राम्रो हुने थियो भन्ने  सबैलाई लागिरहेकोहुन्छ । त्यही छटपटाहटका कारण अमेरिका आएर विभिन्न क्षेत्रमा काम, अध्ययन, अनुसन्धान र प्राध्यापन गरिरहेका नेपाली विज्ञहरू आफ्नो सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा जोड्न एकजुट भएर
More

नेपाली टोली श्रम सम्झौतामा सहमति खोज्न यूएई र ओमन जाँदै

काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमन र यूूएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझादारी (एमओयु) गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार र सुरक्षाको प्रत्याभूतिको लागि सरकारले यूूएईसँग भएको एमओयू नवीकरण तथा ओमनसँग नयाँ श्रम सम्झौताको प्रक्रियामा वार्ताको तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली श्रम सम्झौता तथा श्रम समझदारीमा सहमति जुटाउन शनिबार त्यसतर्फ जान लागेको टोलीका संयोजक घिमिरेले बताए । घिमिरेका अनुसार कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिवलगायतको उक्त टोलीले आइतबार र सोमबार ओमनसँग छलफल गर्नै भएको
More

लगानी सम्मेलन सफल बनाउन प्रमद्वारा आग्रह

जुरिच । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गर्नुभएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडाँैमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक
More

पत्रकार सुवेदीको उपचारका लागि सहयोग सङ्कलन अभियान

म्याग्दी । कलेजो र पित्तनलीको समस्याले थलिनु भएका मोफसलका पत्रकार अर्जुन शर्माको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, ओमकुमारी शान्ति कोषलगायत सङ्घ संस्थाहरूले बेनी नगरपालिका–९ जम्रेनीका सुवेदीको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेका हुन् । पत्रकार महासङ्घको बिहीबार बसेको बैठकले शाखाकोतर्फबाट रु १० हजारका साथै सदस्यबाट स्वेच्छिकरुपमा सहयोग उपलब्ध गराउने निर्णय गरेको शाखा अध्यक्ष तारानाथ शर्माले जानकारी दिनुभयो । सिद्धार्थ बैंकको बेनी शाखाका कर्मचारीले खाजा खर्च कटाएर रु आठ हजार २०० सहयोग गरेका छन् । अस्टे«लीयामाा बसोबास गर्दै आएका म्याग्दी जलजला परिवारले सञ्चालन गरेको अभियानबाट बिहीबारसम्म एक हजार ५०० डलर
More

हिउँमा कठ्याङ्ग्रिएर एकको मृत्यु

जुम्ला : सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । उनीसँगै हिउँमा कठ्याङ्ग्रिएर अचेत उनका दाजु बाँचे बुढाको उद्धार गरीएको छ । मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी हिमपातका कारण लेकको बाटो हिँड्दै गरेका दाजुभाइ चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि एकजनाको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्दार गरिए पनि मृतक भाइको भने बुधवार मध्यान्ह १२ बजे मात्रै शव भेटिएको थियो । स्थानीय नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाँउपालिकास्थित पट्माराबाट राडीपाखी किनेर डाँफे लेक हुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै थिए । घर जान बाटो लागेका उनीहरु नाकुल्लीमा चलेको हुरीबतास र हिमपातका
More

घाइते पत्रकारलाई राहत

दाङ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको बैठकले दुर्घटनामा परी घाइते भएका कार्यसमिति सदस्य प्रेमविवश घर्ती र साधारण सदस्य अमर क्षितिज भण्डारीलाई रु पाँच/पाँच हजार राहत प्रदान गर्ने निर्णय गरेको छ। यस्तै पत्रकार विकास डाँगीको आमाको उपचारका लागि रु १० हजार सहयोग गर्ने निर्णय गरेको छ। बैठकले पत्रकार डाँगीको आमाको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोग गरिदिन सबैलाई आह्वानसमेत गरेको छ। पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाले नेपाल पत्रकार महासङ्घको संस्थागत विकासका लागि विनियोजन गरेको बजेट पत्रकार महासङ्घको भवनको स्तरोन्नतिका लागि खर्च गर्ने निर्णय गरेको छ। लामो समय पत्रकारिता क्षेत्रको विकासका लागि क्रियाशील रहेर
More