Daily Archives 26th January 2019

शेर्पा केदुंगको सरकारी श्रोतमेला

सामुदायीक गतिविधिमा अग्रणी संस्था शेर्पा केदुंगले सरकारी श्रोतमेला आयोजना गरेको छ । न्यूयोर्क शहरको २५ डिष्ट्रिकका काउन्सिलम्यान ड्यानियल ड्रम र अन्य सरकारि अधिकारीहरुको विशेष उपस्थितीमा हुने मेला ४१–०१, ७५ स्ट्रिट अल्महर्समा २७ जनावरी आइतबार दिउसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ । न्युयोर्कको नेपाली समुदायलाई लक्षित गरी  युनाईटेड शेर्पा एशोसिएसन न्यूयोर्कको आयोजनामा आम सेवाग्राहीलाई सिटीबाट प्राप्त हुने सेवा सुविधा र अवसरबारे जानकारी प्रदान गर्ने उद्धेश्यले उक्त सरकारी श्रोत मेलाको आयोजना गरिएको युनाईटेड शेर्पा एशोसिएसनका अध्यक्ष उर्गेन शेर्पाले बताउनुभयो ! एशोसिएसनले उक्त कार्यक्रममा उपस्थित भई अमेरिकि सरकारले प्रदान गर्ने सम्पूर्ण सेवाबाट भरपूर लाभ लिन नेपाली कम्युनिटी तथा सर्बसाधारणलाई अपिल गरेको छ !
More

प्लमस्टिडमा नेपालीको नयाँ फार्मेसी

लण्डन । साउथ इष्ट लण्डनमा नेपालीहरुको लगानीमा एक नयाँ फार्मेसी सुरु भएको छ । कण्डेल ग्रुपको तेस्रो फार्मेसीको रुपमा प्लमस्टिडमा स्थापित प्लमस्टिड फार्मेसी शनिबार एक समारोहकाबीच उद्घाटन गरियो । सो ग्रुपले यसअघि सन् २००९ देखि एबिउडमा ‘निम ट्रि फार्मेसी’ र सन् २०१३ देखि वुल्वीचमा ‘वुल्वीच लेट नाइट फार्मेसी’ सञ्चालन गर्दै आएको छ । स्थानीय ग्रीनवीच काउन्सिलकी मेयर क्रिस्टिन मेले रिबन काटेर प्लमस्टिड फार्मेसीको उद्घाटन गरेकी थिइन् । त्यसअवसरमा मेयर मेले स्थानीय समुदायको हितका दृष्टिले फार्मेसीको ठूलो महत्व रहने बताइन् । ग्रीनवीच बरोमा उल्लेख्य संख्यामा रहेका नेपालीहरु प्लमस्टिड फार्मेसीबाट थप लाभान्वित बन्ने विश्वास उनले व्यक्त गरिन् । फार्मेसी सञ्चालक कंडेल ग्रुपका
More

सशस्त्रका एसपीको दुर्घटनामा मृत्यु, सीडीओ घाइते

काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो । बिरगञ्जका एसपी रेवती ढकालका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको बिरगञ्ज हेल्थ केयरमा उपचार भईरहेको छ । त्यहाँ सानो
More

काठमाडौंमा अमेरिकाविरोधी प्रर्दशन, प्रचण्ड पनि विरोधमा

काठमाडौं–भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंमा शनिबार प्रर्दशन गरिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावास अघि ‘साम्राज्यवाद विरोधी’ नाम दिइएको एक समूहले भेनेजुयलाको निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो । प्रर्दशनकारीहरुले त्यस क्रममा तत्काल भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न पनि अमेरिकासँग माग गरेका छन । भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गर्नु परेको उनीहरुले जनाए । शुक्रबारमात्रै नेकपा अध्यक्ष प्रचण्डले पनि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति निकालेका थिए ।
More

केन्द्र सरकारविरुद्ध मुद्दा हाल्ने प्रदेश नम्बर २ का मुख्यमन्त्रीको चेतावनी

काठमाडौं–प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरीसम्बन्धी विल र आन्तरिक सूरक्षासम्बन्धी विल संविधान र संघीयताविरोधी भएको दाबी गरेका छन् । उनले यसलाई तत्काल फिर्ता गर्नुपर्ने पनि माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने,‘यो विद्येयक फिर्ता गरिएन भने प्रदेश सरकार यसको लागि सडकमा पनि संघर्ष गर्छ । कन्स्टीच्यूसनल बेन्चमा पनि मुद्दा हालेर अगाडि बढ्छ ।’ उनले थपे,‘यी दुवै विल संघीयता र संविधान विरोधी छन् । हिजो यहाँका बरिष्ठ अधिवक्ताहरुसँग छलफल गर्दाखेरि उहाँहरुको धारणा के थियो भनेदेखि–की यो संविधानलाई समाप्त गर्ने खालको यो विल हो । संघीयतामा यसरी प्रदेशलाई एउटा विकास यूनिटको रुपमा राख्ने,
More

विधेयकको पक्ष र विपक्षमा प्रदर्शन

  काठमाडौँ–चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ । अनशनरत डा गोविन्द केसी र विजय थापाका पक्षधरले विद्येयकको पक्ष र विपक्षमा प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा केसी एलाइन्सले शुक्रबार संसद्बाट पारित विद्येयक फिर्ता गर्न माग गरेका छन् भने थापाका समर्थकले सार्वभौम संसद्को सम्मान गदै विद्येयक लागू गराउन माग गरेका छन् । संसद्ले शुक्रबार बहुमतबाट विद्येयक पारित गरेको थियो । डा केसी समर्थकले ‘केसीसँग गरिएका सम्झौता पालना गर्नुपर्ने’, ‘विद्येयकबाट बनेको चिकित्सा शिक्षा आयोग चाहिँदैन’ जस्ता नारा लगाएका थिए । त्यसैगरी निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्तिः संयुक्त सङ्घर्ष समितिले ‘चिकित्सा शिक्षा विद्येयक कार्यान्वयन गर’, ‘शिक्षा,
More

ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन– अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो । अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका लागि समस्या उत्पन्न भएको थियो । त्यसको अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएपछि आगामी तीन हप्ताका लागि बाटो खुलेको समाचारमा जनाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा शुक्रबार अबेरतिर हस्ताक्षर गरेका हुन् । उनले सरकारी खर्चका लागि आगामी फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरेको समाचारमा जनाइएको छ ।
More

एक महिनाभित्र नेपाल सरकारले २० हजार कर्मचारीका लागि भर्ना खुलाउने

काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताएका छन् । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताए ।
More

नेपाल वायु सेवा निगमद्वारा अन्तर्राष्ट्रिय उडानको टिकटमा छुट दिने घोषणा

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । आगामी तीन महीना जनवरी, फेबुअरी र मार्चसम्म यो योजना लागू हुने निगमले जनाएको छ । पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । काठमाडौँ–बैंकक उडानका लागि टिकटमा हरेक यात्रुले मूल्य अभिवृद्धि करबाहेक रु १२ हजार तिर्नुपर्छ । निगमले यो गन्तव्यमा सातामा तीन दिन सोमबार, बुधबार र
More

नेकपा नेता अधिकारीको स्वास्थ्यमा सुधार

काठमाडौँ–नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारन्मुख देखिएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहेका अधिकारीको स्वास्थ्य अवस्था सुधारान्मुख देखिएको उनका स्वीकय सचिव महेश विष्टले जानकारी दिए । गत पुस २३ गते अस्पतालमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो । घर लगेपछि उनको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि गत माघ २ गते भर्ना गरिएको थियो । उनको मुटु, श्वासप्रश्वास र छातीमा सङ्क्रमण देखिएको छ । मुटुमा समस्या भएपछि गत बुधबारदेखि सघन कक्षमा उनको उपचार भइरहेको छ ।
More