Daily Archives 28th January 2019

हङकङङ्को निर्यातमा ७.३ र आयातमा ८.४ प्रतिशतको वृद्धि

हङकङ- हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ । यसबाट हङकङलाई सन् २०१८ मा ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्यापार घाटा भएको छ । सरकारका प्रवक्ताले गत बर्षको शुरूको समयमा कारोबारमा मजबुत नतिजा देखिएको बताए । सामान निर्यातका र आयात दुवैमा गत बर्ष वृद्धि देखिएको हो । तर बर्षको अन्त्य अर्थात् डिसेम्बरमा हङकङको सामान कुल
More

के छ बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ? पढ्नुहाेस्

काठमाडौँ- बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि ऐन बन्ने प्रायः निश्चित भएको छ । तर प्रा डा गोविन्द केसीको मागअनुसार यो विधेयक संसद्मा प्रवेश गरे पनि केसीको अनशन भने अझै समाप्त भएको छैन । हालै प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा के छ त ? शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पत्रकारहरुलाई उपलब्ध गराएको विधेयकको सारमा चिकित्सा शिक्षा सुधार गर्ने सम्बन्धमा विभिन्न समयमा गठित आयोग, समिति तथा कार्यदलको प्रतिवेदनको मर्म र भावना समेतलाई
More

सडक दुर्घटनामा ज्यान गुमाएका एसपीको अन्त्येष्टि

काठमाडौं– दुर्घटनामा परी निधन भएका सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको आज अन्त्येष्टि गरिएको छ । एसपी पोखरलेको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महारीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए । अन्त्येष्टिका क्रममा स्व पोखरेलप्रति सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो । पोखरेलको शव आइतबार राजधानी ल्याइएको थियो । श्रद्धाञ्जलिका लागि पोखरेलको शव ढुङ्गेधारास्थित निवासमा राखिएको थियो । आजै गृहमन्त्री रामबहादुर थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत उच्च प्रहरी अधिकारीले निवासमै पुगेर स्व पोखरेलप्रति श्रद्धाञ्जलि व्यक्त गरे । कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको वनभोज
More

एनआरएन पूर्वप्रवक्ता डा. भुर्तेललाई मातृशोक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व प्रवक्ता डा. जुगल भुर्तेललाई मातृशोक परेको छ । भुर्तेल परिवारकी जेष्ठ सदस्य स्व राम प्रसाद भुर्तेलकी श्रीमती ९० वर्षीया रुद्रकुमारी भुर्तेलको सोमबार निधन भएको हो । भूर्तेलका ५ भाइ छोरा र २ छोरी रहेका छन् । सोमबार दिउँसो निधन भएकी भुर्तेलको साँझ साढे ६ बने विद्युतीय शवदाह गृह पशुपतिमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
More

बम दिदीबहिनीको पत्रकार सम्मेलन, निर्मला प्रकरणमा यस्तो छ बयान (पूर्णपाठ)

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूलाई मानव अधिकारकर्मी भन्नेहरुले चरित्र हत्या गर्नेगरि स्थलगत अध्ययन तथा अनुशन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए । निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्,‘निर्मला मेरी साथी हुन् । यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्छ ।’ प्रहरी अनुशन्धानले आफूहरुलाई दोषी सावित गरि नसकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरि
More

गुण्डा नाइके भनेर चिनिने दीपक मनाङेले पनि लिए शपथ

पोखरा– गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराए । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी भएका उनी शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन । सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उनले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिएका थिए । मनाङ गुण्डा नाइकेको रुपमा परिचित छन् । यसअघि संघीय संसदका सांसद रेशम चौधरीले सपथ लिएका थिए ।
More

नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज, चम्किए पारस

काठमाडौं– नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो । तीन खेलको सिरिजमा पहिलो खेल गुमाए पनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २–१ ले जितेको हो । आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि
More

एनआरएनए स्कटल्याण्डद्वारा विभिन्न निर्णय

स्कटल्याण्ड। गैर आवासिय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद्को बैठकले एनआरएनएको स्कटल्याण्डमा संगठन विस्तार र भावी कार्ययोजनाको लागि विभिन्न निर्णय गरेको छ। एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले उक्त बैठकमा एनआरएनएको स्कटल्याण्डमा संगठन बिस्तारको लागि विभिन्न कार्यहरु गर्ने र भिजिट नेपाल २०२० को लागि स्कटल्याण्डमा कार्यहरु गर्ने बिषयमा छलफल गरिएको बताउनु भयो। बैठकले स्कटल्याण्ड राज्य परिषदको नियमित कार्य सञ्चालन गर्नका लागि अध्यक्ष मोहन कार्कीको संयोजकत्वमा स्कटल्याण्ड राज्यपरिषद कार्यविधी निर्देशिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ।यस्तै गरी स्कटल्याण्डका नेपाली समुदायबीच खेलकुदको विकास गर्ने अभिप्रायले समितिका सदस्य उज्ज्वल कार्कीको संयोजकत्वमा खेलकुद समिति र कलासंस्कृति को विकास एबम् जगेर्ना गर्नेको लागि परिषदका सचिव
More

पारस शाह अस्पताल भर्ना

पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा एकाएक समस्या आइपरेपछि नर्भिक भर्ना भएका हुन् । अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी अस्पताल भर्ना भएको बताउँदै के भएको भन्नेबारे चाहिँ खुल्न बाँकी रहेको बताए ।
More

एनआरएन नागरिकता सम्वन्धी संसोधन प्रस्ताव संसदीय समितिबाट सर्वसम्मत रुपमा पारित

लण्डन– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले गैरआवासिय नेपाली (एनआरएनए) ले उठाएका केही चासो र गुनासोसमेतको सम्बोधन गर्दै सो संसोधन प्रस्ताव पारित गरेको हो । *संसोधन प्रस्तावको दफा ७ क देखी ङ सम्म गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने भन्ने विषय बस्तु माथि छलफल गरेर टुंगो लागेको हो । आजको बैठकले गैरआवासीय नेपाली नागरिकता सम्वन्धि विषय बस्तुलाई मात्र किनारा लगाए पनि नागरिकता सम्वन्धमा अन्य विषयमा भने छलफल बाँकी रहेको छ । गैरआवासिय नेपालीलाई दिइने नागरिकताका सम्बन्धमा विधेयक मस्यौदामा राजनीतिक अधिकारबाहेकको
More

चिनियाँ नयाँ वर्ष २०१९ मनाउँदै चिनियाँ युवा युवती नेपालमा ( भिडियो) नेपाली गीत पनि गाइन् चिनयाँ युवतीले

सरु पौडेल ,काठमाण्डौ – चिनियाँ कलाकारहरुले चिनको संस्कृति र कला जोगाउने उद्देश्यले चिनियाँ दुतावासद्वारा शनिबार काठमाण्डौको भृकुटी मण्डपमा नयाँ वर्ष २०१९ मनाएका छन् । कार्यक्रममा विभिन्न गीत ,संगित , मार्सल आर्टस् , सिंह खेल हात्ति खेल ,नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सञ्चालक चिनियाँ युवतीले नेपाली गीत रेशम फिरिरी गाउँदा नेपाली दर्शक चिच्याउँदै ताली पिटेका थिए ।
More

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि विराटनगरमा तनाव

मोरङ– टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको ज्यान गएपछि विराटनगर क्षेत्र तनावग्रस्त बनेको छ । सोमबार बिहान विराटनचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले आगजनी र तोडफोड गरेका हुन् । बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ठक्क्रपछि भाग्न खोज्दा उक्त टिपर बेलेपुर चोकमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको टिपरलाई स्थानीयले आगो लगाउनुका साथै आधा दर्जन टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । यसैबीच मोरङ प्रशासनले स्थिति नियन्त्रणमा लिन उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । ११
More

चीनद्वारा कोटेश्वर–कलंकी सडकखण्ड आज नेपाललाई हस्तान्तरण

काठमाडौं । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक निर्माण भएको आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ सडक खण्ड चिनियाँ सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सोमबार एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यांकीले प्रधानमन्त्री केपी ओलीलाई उक्त सडक खण्ड हस्तान्तरण गरेकी हुन्। सातदोबाटोस्थित राष्ट्रिय प्रकृति प्रतिष्ठान नास्टमा आयोजित कार्यक्रममा चीनले नेपाल सरकारलाई उक्त सडक खण्ड हस्तान्तरण गरेको हो। चिनियाँ सरकारको सहयोगमा निर्माण गरिएको यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले लिएको थियो। यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन्। अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन्। यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार
More

आमासँग निर्मलाको डीएनए म्याच, आशंका मेटियो

काठमाडौं– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको भजानइल स्वाव र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ । ‘भजानइल स्वाव’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो । दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ । योसँगै निर्मलाको डीएनएबारे उठाइएको आशंका हल भएको छ ।
More

सुन तस्करी र हत्याका बाँकी मुद्दा एकै इजलासमा

काठमाडौं। सुन तस्करी र सनम शाक्य हत्या मुद्दा अब एकै इजलासमा हेरिने भएको छ । छुट्टाछुट्टै हेरिँदा विवाद बढेपछि यो मुद्दाको पेसी २५ पटकसम्म सरिसकेको छ । उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले अब एकै इजलासले निरन्तर हेर्ने र आदेश पनि एकसाथ गर्ने तयारी भएको बताए । उनका अनुसार कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले सुन मुद्दालाई नफुटाउने गरी एउटै इजलासमा राख्न आदेश दिएको छ। कामु मुख्य न्यायाधीश अधिकारी हेटौंडा उच्च अदालतबाट विराटनगर सरुवा भएका हुन्। न्यायपरिषद्ले काज सरुवा गरेका न्यायाधीशहरू उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद
More

हुम्लामा हिमपातपछि हवाई सेवा अवरुद्ध

हुम्ला : हुम्लामा हिमपातपछि सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सिमकोट विमानस्थलको हिउँ पन्छाउने थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार हवाईसेवा बन्द हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानेलाई समस्या भएकाले हिउँ फाल्ने कार्यलाई निरन्तरता दिइएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीदगायतले हिउँ पन्छाउन थालेका छन् । हवाईसेवा बन्द हुँदा जिल्लामा दैनिक उभोग्य सामानको अभाव भएको छ । रासस
More

डाक्टरहरु गोविन्द केसीको समर्थनमा, टिचिङमा रिले अनसन

काठमाडौं– डा गोविन्द केसीको अनसनमा ऐक्वबद्धता जनाउँदै डाक्टरहरु त्रिवि शिक्षण अस्पतालमा रिले अनसन बस्ने भएका छन् । सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म डाक्टरहरु रिले अनसनमा बस्न लागेको नेपाल चिकित्सक संघले जनाएको छ । संघका अनुसार सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गरेर केसीसँग विगतमा भएको सम्झौताको उलंघन भएको छ । संघले केसीको माग तत्काल सम्बोधन गर्दै उनको जीवन रक्षाको माग गरेको छ । सरकार केसीको माग पूरा गराउन तयार नभए आगामी दिनमा अस्पताल बन्द गर्ने सम्मका संघर्षका कार्यक्रम गर्न बाध्य हुने संघले चेतावनी दिएको छ ।
More

स्पेनिस ला लिगामा बार्सिलोना विजयी, मेस्सी र सेमेडाले हाने गोल

म्याड्रिड– लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले गिरोनामाथि सहज जित हात पारेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित गिनोनालाई २–० गोलले हराएको हो । गिरोनाको घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा खाता खोलेको थियो । सेमेडोले इभान राकिटिकको पासमा गोलगर्दै बार्सालाई अगाडी बढाए । खेलको ५१औं मिनेटमा बर्नान्डो इस्पिनोसा दोहोरो पंहेलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि गिरोना १० खेलाडीमा समेटिएको थियो । बार्सिलोनाले त्यसलगत्यै फाइदा उठाएको थियो । ६८औं मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर बनाए । जितसँगै बार्सिलोनाले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २१ खेलबाट ४९
More