Daily Archives 1st February 2019

“आगो बालिदिने” गीत बजारमा (भिडियो)

काठमाण्डौ । कला पंगेनी र बिजय तिवारीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ युट्युबमा रिलिज भएको छ । आशिष अविरलले संगीत संयोजन गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा मोडल द्वय दिपाशा बिसी र जेम्स बिसीले अभिनय गरेका छन् । नमराज घिमिरेले खिचेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन । गायक बिजय तिवारीको युट्युब च्यानलबाट गीत सार्वजानिक भएको छ ।
More

रोजगार संयोजकमा २४ हजारको आवेदन

काठमाडौँ– प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् । यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा आज अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५३ स्थानीय तहमा एक÷एक जना रहने गरी रोजगार संयोजकको आवेदन गरेको थियो । प्रदेश नं १ बाट तीन हजार ६६५, प्रदेश नं २ बाट तीन हजार ६७१, प्रदेश नं ३ बाट चार हजार ९९४, गण्डकी प्रदेशबाट एक हजार ९५५, प्रदेश नं ५ बाट दुई हजार ३०१, कर्णाली
More

अमेरिका रूससँग भएको आएनएफ सन्धिबाट फिर्ता हुने घोषणा

वासिङ्टन– शीत युद्धकालीन समयमा अमेरिका र रूसबीच भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा अमेरिकाले गरेको छ । अमेरिकाले सन्धिको रूसी पक्षबाट उल्लङ्घन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको छ । शनिबारदेखि लागुहुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा नियमलाई नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने बताइएको छ । आइएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी छ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी एक विज्ञप्तिमा बताइएको छ । यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले अमेरिकाले आइएनएफ सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ
More

निगमको जहाज अवरोधप्रति पर्यटन क्षेत्रका १२ भन्दा बढी संस्थाको संयुक्त विज्ञप्ति

काठमाडौँ– पर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संस्थाले आज संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन प्रवद्र्धनार्थ निगममा हाल देखिएको गतिरोध अन्त्य गर्दै जहाज खरीद र सञ्चालनलाई गति दिने वातावरण सिर्जना गरिदिन सम्बन्धित निकायलाई अपिल गरेका हुन् । विगत लामो समयदेखि जहाजको आवश्यकता महशुस गरिरहेका पर्यटन उद्योगसँग सरोकार राख्ने सङ्घ, सङ्गठन तथा व्यवसायीको लागि जहाज आउने तथा सञ्चालनमा ल्याइने कुराले निकै खुशी र उत्साहीत भएसँगै वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौलताले गम्भीर बनाएको छ । सरकारले नेपाल
More

लक्की शेर्पाको राजीनामा स्वीकृत

काठमाडौँ– सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिए । मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले राजीनामा दिएकी हुन् । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणसमेत सोधेको थियो ।
More

Breaking News : डा केसीले तोडे २४ दिन लामो अनसन

काठमाडौं– २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले एकपक्षीय रुपमा अनसन तोडेको घोषणा गरेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर केसीले अनसन तोडेको घोषणा हुन् । सरकारले उनलाई अनसन तोडाउन कुनै पहल नगरेको बरु केसीको माग सबै पूरा भइसकेको प्रतिक्रिया दिएपछि केसी अप्ठ्यारोमा परेका थिए । सरकारले केसीको मागसँग जोडिएको चिकित्सा शिक्षा विधेयक संसदको दुबै सदनबाट पारित गरिसकेको छ । त्यसपछि केसीलाई अनसन तोड्न चौतर्फी दवाव परेको थियो । केसीलाई बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवाले भेटेर अनसन तोड्न आग्रह गरेका थिए भने आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काँग्रेस नेता रामचन्द्र पौडेल पूर्वराष्ट्पति रामबरण यादव लगायतले भेटेर अनसन तोड्न आग्रह गरेका थिए
More

सरकारले वास्ता नगरेपछि अनसन तोड्ने तयारीमा डा केसी

काठमाडौं– २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले एकपक्षीय रुपमा अनसन तोड्ने तयारी गरेका छन् । सरकारले उनलाई अनसन तोडाउन कुनै पहल नगरेको बरु केसीको माग सबै पूरा भइसकेको प्रतिक्रिया दिएपछि अप्ट्यारोमा परेका थिए । सरकारले केसीको मागसँग जोडिएको चिकित्सा शिक्षा विधेयक संसदको दुबै सदनबाट पारित गरिसकेको छ । त्यसपछि केसीलाई अनसन तोड्न चौतर्फी दवाव परेको थियो । केसीलाई बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवाले भेटेर अनसन तोड्न आग्रह गरेका थिए भने आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काँग्रेस नेता रामचन्द्र पौडेल पूर्वराष्ट्पति रामबरण यादव लगायतले भेटेर अनसन तोड्न आग्रह गरेका थिए ।
More

गोलीसहित समातिएका प्रकाण्डका छोरालाई तत्काल रिहा गर्न माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् नेकपा प्रवक्ता प्रकाण्डपुत्र नरेन्द्र बिकलाई अविलम्ब रिहाई गर्न सरकारसंग माग गरेको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दे संगठनले माघ १७ गते (हिजो) साँझ विराटनगरबाट काठमाडौँ फकिने व्रmममा पक्राउ परेका विश्वकर्मालाई बिना सर्त तुरुन्त सकुशल रिहाईको माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष चिरञ्जिवी ढकालले अहिलेको सरकारले प्रहरी लगाएर अपहरण शैलीमा विश्वकर्मालाई गिरफ्तार गरेको भन्दै पनि आरोप लगाए । उनले भने,‘कमरेड नरेन्द्रको गिरफ्तारी प्रतिव्रmान्तिको एउटा अमानवीय हर्कत हो र व्रmान्तिकारीहरुलाई झुठ्ठा मुद्दा लगाएर जेल, नेल र यातना दिएपछि व्रmान्तिको प्रवाहलाई रोक्न सकिने ध्येय राख्नु
More

दुई राप्रपा एक भएकै दिन बोहराको बिद्रोह !

काठमाडौं– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीच एकीकरण भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच यी दुई पार्टीबीच एकीकरण भएको हो । यी दुई पार्टीबीच एकता हुँदै गर्दा राप्रपा राष्ट्वादीका प्रभावशाली नेता दीपक बोहरा, केशरबहादुर विष्ट लगायतले भने विरोध गर्दै एकता प्रक्रिया बहिस्कार गरेका छन् । हेर्नुहोस् बोहराको विज्ञप्ति बोहरा समूहको बहिस्कारका बीच गरिएको एकीकृत पार्टीको नाम राप्रपा संयुक्त प्रस्ताव गरिएको छ । घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वयले पार्टीले संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रासहितको सनातन हिन्दू राज्य हुने व्यवस्थालाई मूल मुद्दा बनाउने बताएका छन् । दुई पार्टीका शीर्ष
More

नेकपाका सांसदलाई बालुवाटार बोलाएर के–के भने केपी ओलीले ?

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताएका छन् । नेकपाका सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सुझाव दिए । ‘पार्टीको एकता प्रक्रिया टुङ्गोमा नपुग्दा केही अन्योल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ । त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् ’ सो क्रममा ओलीले भने । तत्कालीन नेकपा एमालेले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भए पनि तल्ला तहको एकीकरणहुन सकेको छैन ।
More

हृदयघात भएका पारस डिस्चार्ज, ‘रिसिभ’ गर्न पुगिन् प्रेरणा

काठमाडौँ– पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएका उनको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलले शुक्रबार डिस्चार्ज गरेको हो । डिस्चार्ज पछि उनी निर्मल निवास फर्किएका छन् । आइतबार अस्पताल भर्ना भएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुगेका थिए । उनको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ । उनी अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ । उनलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म तीन पटक हृदयाघात भएको जनाइएको छ ।
More

नेपालले लियो बदला, दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी

काठमाडौं–ः घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको छ । योसँगै नेपालले युएईविरुद्ध बदला पनि लिएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो खेलमा नेपालले युएईलाई विकेटले हराएको हो । युएईले दिएको १०८ रनको सामान्य लक्ष्य नेपालले ६ विकेट गुमाउँदै १०.३ ओभरमा पुरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले नटआउट ४७ रनको योगदान दिए । यस्तै करण केसीले २० र पवन सर्राफले १८ रनको योगदान दिँदा अरु खेलाडीले दोहोरो अंक छुन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा अलआउट
More

राजदूत शेर्पाद्वारा लक्की राजीनामा

काठमाडौँ — अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन् । मानव बेचविखनको आरोप लागेकी उनीमाथि परराष्ट्र मन्त्रालयले छानबिन गर्दा दोषी पाइएपछि उनीमाथि राजीनामा दिनुपर्ने दवाव बढेको थियो । सुरुमा सरकारले बर्खास्ती नै गर्ने तयारी गरेपनि उनकै आग्रहमा राजीनामा दिने मौका दिइएइको थियो । जसअनुसार शुक्रबार उनले पदबाट राजीनामा दिएकी हुन् । बुधबार अस्ट्रेलियाबाट सुटुक्क नेपाल फर्किएकी शेर्पाले शुक्रबार सरकारसमक्ष राजीनामा दिएकी हुन् । उनलाई आफ्नै सवारी चालक वाङ्चु शेर्पाले अस्ट्रेलिया लैजान्छु भन्दै विभिन्न व्यक्तिहरुसित पैसा असुलेको आरोप छ । आरोपित राजदूत शेर्पालाई सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पुस २६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित
More

नेबिसंघको सिंहदरबारमा प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडीबाट बेलुन उडाएको हो । केन्द्रिय सदस्य सुशील भट्टको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनमा निरन्जन थापा, पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, जानुका पन्त ,सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ ,बिजय ढुङ्गाना, सुदिप अधिकारी, लगायत सहभागी थिए । निशेधित क्षेत्रमा भएको प्रदर्शनको प्रहरीले सुइको समेत पाएन ।
More

कलाकार राणाको निधन

काठमाडौ – नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनाँै चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र
More

गाडीको ठक्करबाट एकको मृत्यु

बेझाड – गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले आज बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिनुभयो । अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा हिँड्ने क्रममा विकलाई एक्कासी बसले ठक्कर दिएको हो । रासस
More

सिरहामा माघ २० देखि झण्डा मेला लाग्ने

लहान – राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ । ‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ २० गतेदेखि २९ गतेसम्म चल्ने महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखिने आयोजकले जनाएको छ । सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजना हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घारायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पदन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । प्रदर्शनले किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुने बताउँदै अध्यक्ष यादवले सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृत गरिने बताउनुभयो । पहिलोपटक
More

५ जना भारतीय महिला पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई आज दिउँसो पक्राउ गरेको हो वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कुँवरको रु ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको बताए । “सार्वजनिक सवारीमा धकेलाधकेल गरी पैसा चोरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ । लोकान्तर
More

एकहप्ते ‘सडक सुरक्षा अभियान’ शुरु

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एकहप्ते ‘सडक सुरक्षा अभियान’ शुरु गरेको छ । महाशाखाले सडक विभागसँगको सहकार्यमा सडक प्रयोगकर्तालाई लक्षित गरी आजदेखि सडक सुरक्षा अभियान शुरु गरेको हो । ट्राफिक प्रहरी, जनपथ प्रहरी, विद्यार्थी, स्थानीय जनप्रतिनिधि र समुदायको सहयोगमा उक्त अभियान शुरु गरिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमअन्तर्गत सडक विभागसँग मिलेर उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए। “अभियानअन्तर्गत चालक, सहचालक, यात्रु र पैदलयात्रुलाई पर्चा, पम्प्लेट, ब्रोसर वितरण गरेर कक्षा सञ्चालन गरेका छौँ,” उनले भने । अभियानसँगै सडकमा हुने दुर्घटनामा कमी आउने लक्ष्य महाशाखाले लिएको छ । अभियान सातदोबाटो, लगनखेल, जावलाखेल, रत्नपार्क,
More

धुर्मुस–सुन्तलीलाई धोका ? क्रिकेट रंगशाला बनाउन मुद्दा परेको जग्गा

काठमाडौं– सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र महानगरपालिकाबीच रंगशाला निर्माण गर्न सम्झौता भएपछि विवाद भएको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
More