Daily Archives 3rd February 2019

भियतनाममा खिचियो लभ स्टेशन नयाँ गीत

चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै फिल्मको रिलिज डेट तय गरिएको हो । यस अघि अमेरिका र भियतनाम युद्ध सम्बन्धि सिनेमा सहित किङकङ, एनाकोण्डा जस्ता हलिउडको सिनेमा छायाँकन गरेको भियतनाममा लभ स्टेशनको एउटा गीत छायाँकन गरिएको छ । यो चलचित्रको लभ सङ घाम जुन नै चाहिँदैन…को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।
More

साढे ४ लाख पैसा रहेको झोला अर्कैले लगिदिएपछि…

सिन्धुली–कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उनको खुशीको सीमा नै थिएन । आज काठमाडौँबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साटिएको थियो । झोलामा सो रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई उपलब्ध गराएको हो । शान्तिनगर चोकमा झरेका श्रेष्ठले झोला सडक छेउमा राखे । सोही क्रममा उनले सडकमा राखेको झोला अर्को यात्रुले बोकेर गए । दुवै जनाको एकनासको झोला थियो । बच्चालाई बान्ता गराउन खोल्सातिर गएका श्रेष्ठले फर्केपछि मात्र पैसा भएको झोला साटिएको पत्तो पाए । तत्काल उनले प्रहरीलाई फोन गरी झोला साँटिएको जानकारी
More

अविवाहित युवतीले बच्चा जन्माएपछि…

इलाम– इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ । शिशुको बाबु को पत्तो लाग्न बाँकी रहेको बताइएको छ ।
More

सरकारले गर्यो पानीजहाज कार्यालयको दरबन्दी स्वीकृत

काठमाडौँ– सरकारले नेपाल पानी जहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक÷एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको मन्त्रालयका सूचना अधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिए । पानीजहाज ऐन २०२७ अनुसार गठन हुने कार्यालय काठमाडौँमै रहने जनाइएको छ ।
More

नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौँ–नेकपाको सचिवालयको बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक लामो समयपछि बस्न लागेको हो । बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो । गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो ।
More

क्रिकेटमा नेपालको सफलतापछि उपराष्ट्रपति र प्रचण्डले दिए बधाई

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्धको एक दिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सृङ्खला जितेर ईतिहास बनाएकोमा खुशी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम, प्रशिक्षक र सम्पूर्ण नेपालीहरुलाई बधाई दिएका छन् । एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले नेपाली क्रिकेटमा नयाँ ईतिहास रचेर सारा नेपालीलाई खुशी दिएकोमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत तमटा, कप्तान पारश खड्का र सदस्यहरुप्रति विशेष धन्यवाद सहित सम्मान व्यक्त गरेका छन् । उनले प्रतियोगिताको क्रममा अन्तर्राष्ट्रियमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने रोहितकुमार पौडेल र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरा लगायत विभिन्न रेकर्ड बनाउने खेलाडीहरुलाईपनि बधाई तथा धन्यवाद दिएका छन् । उनले
More

टि–२० सिरिज जित्दै नेपालले रच्याे इतिहास

काठमाडौँ-संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो । युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई÷दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले
More

बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-८ बस्ने १० वर्षीया बालिका रुमती दासलाई जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका-८ बलुवाही बस्ने १९ वर्षीय चन्दु महतो र सोही ठाउँ बस्ने २५ वर्षीय भुट्टु भन्ने अब्वास अन्सारी रहेका छन् । उनीहरु दुबैजना मजदुर हुन् । घटना पश्‍चात् जिल्ला प्रहरी कार्यालय मोरङबाट तत्काल अनुसन्धानमा खटिएको प्रहरीले अभियुक्तको खोजी तथा अपराधको गहन अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । माघ १२ गते राति करिब ८ बजे बालिका दास हराएको भन्दै उनका बाबुले
More

एनआरएनए ९ औं विश्व सम्मेलन: यस्तो छ निर्वाचन समीकरण

‘केन्द्रीय निर्वाचन आयुक्तमा रिजाल’ लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन अगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने भएको छ । संघको जनवरी महिनामा सम्पन्न पूर्ण बैठकले विश्वभर छरिएका ८० वटा राष्ट्रिय समितिलाई केन्द्रिय सदस्यता वितरण प्रणालीमा आबद्ध गर्दै ती समितिहरुलाई निर्वाचनको तयारी गर्न निर्देशन समेत दिएको छ । यस्तै संघले ९ औं महाधिवेशनको लागि कानुनविद् शिव रिजालको संयोजकत्वमा एक निर्वाचन समिति समेत घोषणा गरिसकेको छ । गैरआवासीय नेपाली संघ अमेरिका, युके लगायतका राष्ट्रिय समितिले सदस्यता वितरणलाई तीब्र पार्दै लगेका छन् । संघको नयाँ नेतृत्वको समेत निर्वाचन हुने सो महाधिवेशनको लागि कतिपय उम्मेदवारहरु आ–आफ्नो तयारीमा
More

देशलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने सम्भावना

२०७५ साल जेष्ठ महिनामा बिरगंजमा सम्पन्न राप्रपा केन्द्रीय परिषदको बैठकले मुलुकको एक दशक लामो राजनीतिक संक्रमण र त्यसले नेपाली समाजमा पारेको प्रभावको बिश्लेषण गर्दै पार्टीको भावि बैचारिक कार्यदिशा, राणनीति र कार्यनीति निर्धारण गरेको थियो । केन्द्रीय परिषदको उक्त मार्गनिर्देशन अनुरुप हामी अहिले क्रियाशील रहेका छौ । वर्तमान अवस्थामा पार्टीलाई नया“ढंगबाट अघि बढाउने सन्दर्भमा एकता महाधिवेशन र केन्द्रीय परिषद बैठकका मार्गदर्शनहरुको सिंहावलोकन गर्नु उपयुक्त हुनेछ । केन्द्रीय परिषद बैठकको मुख्य सन्देश र ठहर देहाय बमोजिम रहेको छ : निर्वाचनको पुर्वसन्ध्यामा पार्टीको विभाजन, नेपाली कांग्रेससंगको सहकार्यमा ईमान्दारिताको अभाव, हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी पटक पटक सरकारमा गएको जनताले मन नपराउनु तथा
More

रवी लामिछानेसँग बिहे गरेकी निकिताको पद धरापमा !

काठमाडौं– मन्त्रालयका विभिन्न बैठकमा मातहतका विभागीय प्रमुखहरु नै अनुपस्थित हुन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा रुष्ट बनेकी छन् । आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगतिविवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित बनेका हुन् । उनले अनुपस्थित प्रकरणलाई गम्भीरता पूर्वक लिई स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको स्रोतको भनाई छ । निकितालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
More

धुर्मुस– सुन्तलीले थाले क्रिकेट रंगशाला निर्माणको काम

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १६, शान्तिचोकमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आइतबार एक समारोहबीच विस्तृत योजना प्रतिवेदन (डीपीआर) शुभारम्भ गरिएको छ । डीपीआर शुभारम्भ कार्यक्रममा स्वस्फूर्तरुपमा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । रकम संकलनको कुनै योजना नभएपनि स्वस्फूर्तरुपमा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले शुभारम्भ कार्यक्रममा रकम संकलनको बारेमा नसोचिएको र स्वस्फूर्तरुपमा दाताहरुले आर्थिक सहयोग गर्नु भएको बताउनु भयो । डीपीआर शुभारम्भ कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीले २५ लाख, आशा अस्पताल भरतपुरकी निर्देशक डा। शारदा
More

देशभर नेपाल टेलिकमको फोजी विस्तार गर्न सम्झौता

काठमाडौं–नेपाल टेलिकमको फोरजी÷एलटीई सेवा विस्तारका लागि आज सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । फोरजी÷एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क – ¥यान (RAN) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । नेपालभर ६५ लाख क्षमताको फोरजी÷एलटीई विस्तारका लागि एउटा
More

गगन थापाको व्यङ्ग्य : सरकारलाई बधाई छ !

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सांसद गगन थापाले सरकारलाई बधाई दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सरकारले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी लागेको भन्दै व्यग्यात्मक रुपमा बधाइ दिएको हुन् । थापाले भने ‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ । सरकारको अपार सफलतामो माननीय सांसदहरु खुसी नहुने कुरै भएन तर, खुसी हुनेहरुको लाममा अरु पनि उभिएका रहेछन् ।’ साथै उनले कांग्रेसको विरोधका बीच विधेयक पारित गर्ने लागि परेका सत्ता पक्षका सांसद्हरुप्रति पनि व्यंग्य गरे । ‘मेडिकल शिक्षाका नाममा विद्यार्थी विदेश पठाउने, खडेबाबा
More

भियतनाममा खिचियो लभ स्टेशनको नयाँ गीत

काठमाडौं–चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै फिल्मको रिलिज डेट तय गरिएको हो । यस अघि अमेरिका र भियतनाम युद्ध सम्बन्धि सिनेमा सहित किङकङ, एनाकोण्डा जस्ता हलिउडको सिनेमा छायाँकन गरेको भियतनाममा लभ स्टेशनको एउटा गीत छायाँकन गरिएको छ । यो चलचित्रको लभ सङ घाम जुन नै चाहिँदैन…को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।
More

नवनियुक्त राजदूत आचार्यद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं– भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । सो समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
More

कम्युनिष्ट सरकार र पार्टी अमेरिकाविरुद्ध लाग्योः काँग्रेस

काठमाडौँ । सरकारले अमेरिकासँगको सम्बन्ध बिगारेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जानएको छ । आइतबार सिंहदरबारमा काँग्रेस संसदीय दलको बैठकले सरकार र सत्तासीन दल नकेपाले कुटनीतिक परिपक्ताविना विज्ञप्ति निकालेर अमेरिकालाई चिढ्याउने काम गरेको निष्कर्ष निकालेको हो । बैठक सकिएलगत्तै संसदीय दलका प्रमुख सचेतक बाकृष्ण खाँणले सरकार र नेकपाका कारण अमेरिकासँग चिसोपना उत्पन्न भएको बताए । उनले भने, ‘सत्तारुढ दलका एक जना अध्यक्ष पुष्पकमल दाहालले नेपालको विभिन्न क्षेत्रमा ठूलो सहयोग गर्दै आएको राष्ट्रप्रति जुन खालको विज्ञप्ति दिनुभयो । त्यसमा हाम्रो पाटीको आपत्ति छ । सरकारे पनि त्यसतै खालको विज्ञप्ति निकाल्नु दुःख हो भन्ने हाम्रो धारण हो ।’
More

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं–महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गुण्डा नाइके राजु गोर्खालीलाई राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले उनलाई बिहीबार पक्राउ गरिएको पुष्टि गरे । राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । तर, पचिाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए ।
More

संसदीय सुनुनवाई समिति बैठक काँग्रेसले यसकारण गर्यो बहिस्कार

काठमाडौं– नेपाली काँग्रेस सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् । काँग्रेस सांसदहरुले राजदुतहरुको नाम अनुमोदन गर्न सिंहदरवारमा आइतबार बोलाइएको समितिको बैठक बहिस्कार गरेका हुन् । उनीहरुले संविधान विपरित विपक्षी दलको नेता सहभागी नभई विभिन्न संबैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै समिति बैठक बहिस्कार गरेका हुन् । समितिमा काँग्रेस सांसदहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुषाल सदस्य रहेका छन् ।
More

शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला

ललितपुर– वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
More