Daily Archives 4th February 2019

वेल्जियमबाट वृद्धाश्रमलाई डेढ लाख सहयोग

नेपाली जनसम्पर्क समिति वेल्जियमले सर्लाहीको जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आर्थिक सहयोग गरेको छ । वेल्जियममा कार्यरत नेपालीले आश्रमका लागि एक लाख ५७ हजार छ सय ९१ रुपिँया आर्थिक सहयोग गरेका हुन् । रकम उपलब्ध गराउन सहजीकरण गर्नुभएका सञ्चारकर्मी ओमप्रकाश ठाकुरको अध्यक्षता तथां सङ्घीय सांसद एवं नेपाली काँगे्रस सर्लाहीका सभापति नागेन्द्र कुमार रायको प्रमुख आतिथ्यतामा आश्रमको खातामा रकम जम्मा भएको भौचर आज एक कार्यक्रमगरी आश्रमलाई प्रदान गरिएको हो । बृद्धाश्रमका आश्रीत बृद्धबृद्धाको पालनपोषणमा टेवा पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको नेपाली जनसम्पर्क समिति वेल्जियमका सदस्य एवं वेल्जियमै कार्यरत सर्लाहीको कविलासी नगरपालिका–७ गैरका बलिराम झाले जानकारी दिनुभयो । पछिल्लो समय
More

बेल्जियममा सरकारविरुद्ध विरोध

बेल्जियम । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेल्जियममा समेत विरोध गरिएको छ । बेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार ब्रसेल्सस्स्थित नेपाली दूतावासमा जम्मा भएर सरकारको विरोध गर्दै सरकार बिरुद्ध ज्ञापनपत्र दिए । नेपाली जनसम्पर्क समिति बेल्जियका सभापति शुवास गुरुङको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बेल्जियका लागि नेपाली राजदूत लोक बहादुर थापा मार्फत प्रधानमन्त्री केपी ओलीलाई ९ बुँदे विरोधपत्र पेश गरेको थियो । ज्ञापनपत्रमा, वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको न्यायिक छानविन गर्नुपर्ने, संवैधानिक परिषदले गरेका सम्पूर्ण निर्णय तत्काल खारेजी गर्नुपर्ने, निर्मला पन्त हत्यामा संलग्नलाई कारबाही गरिनुपर्ने, ३३ किलो सुन
More

‘लण्डनमा केपी ओली नेतृत्वको सरकारविरुद्ध ज्ञापनपत्र’

लण्डन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत प्रदर्शन गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनको अगाडि जम्मा भएर सरकारको विरोध गर्दै सरकार बिरुद्ध ज्ञापनपत्र दिए । नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी मार्फत प्रधानमन्त्री केपी ओलीलाई ८ बुँदे विरोधपत्र पेश गरेको थियो । ज्ञापनपत्रमा, निर्मला पन्त हत्यामा संलग्नलाई कारबाही गरिनुपर्ने, ३३ किलो सुन काण्डका अभियुक्तलाई कारबाहीको दायरामा ल्याइनुपर्ने, वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको न्यायिक छानविन गर्नुपर्ने,
More

सरकार समृद्धिको बाटोमा हिँड्न सकेन : प्रदीप पौडेल

दमाैली- प्रमुख प्रतिपक्ष कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोधसभा र प्रदर्शन गरेको छ । सरकारले जनविरोधी काम गरेको भन्दै कांग्रेसले आज देशैभरी विरोध कार्यक्रम गरेको हो । नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा बाेल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाए । काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताए । उनले दुई तिहाइ सरकारलाई असफल हुने छुट नरहेको भन्दै सरकारले राम्रो काम गर्नुपर्ने बताए। प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर नभएसम्म काङ्ग्रेसले आन्दोलन जारी राख्ने र वाइडबडी छानबिनकै क्रममा रहेको भन्दै भ्रष्टाचारीलाई
More

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिइयो

काठमाडौं–सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए । ‘परम्परागत शैली र मौलिकतालाई विेशेष ध्यान दिई पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइनेछ’ उनले भने । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुट–शिखर शैलीमा गर्ने भन्ने विवाद
More

पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (नामावलीसहित)

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ‘समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको’ ठहर गर्दै अख्तियारले परिषदका तत्कालीन अध्यक्षसमेत रहेका न्यौपानेसहित तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जक्ष् बिहारी प्रसाद चौधरी, सदस्य हरि न्यौपाने, मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, सदस्य–सचिव रविन्द्र कुमारलगायत १४ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध एकतीस करोड वाउन्न लाख सत्र हजार छ सय पचहत्तर रुपैया विस पैसा बिगो माग गरिएको छ ।
More

जर्मनीमा गोरखाली भेला

डिल्लीराम अम्माई । जर्मनी । एनआरएनएका पुर्व ग्लोबलअध्यक्ष तथा साहित्यकार जिवा लामिछानेको प्रमुख आतिथ्यतामा जर्मनीको फ्रान्क्फार्टमा गोर्खालीहरुको एक बृहद भेला सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, सोही संघका संस्थापक रामप्रताप थापा, गैरआवासीय नेपाली संघ फ्रान्सका संस्थापक हरिहर अर्याल तथा गोर्खाली समाज बेल्जियमका अध्यक्ष राम घले समेतको विशेष उपस्थितिमा भएको भेलाले वाशु अर्यालको अध्यक्षतामा गोर्खाली समाज जर्मनी गठन गरेको हो। गोरखामा लगानी तथा परोपकारको मूल उद्देश्य राखेर गठन भएको गोर्खाली समितिको पदाधिकारीहरुमा उपाध्यक्ष बन्दना पन्त, महासचिव सुजन थापा, सचिव जीवनढकाल र कोषाध्यक्षमा राधिका खनाल रहेका छन् । त्यस्तै, सदस्यहरुमा डा. सरोज अर्याल, सारदा देवकोटा, पार्वती फुँयाल, ज्योती चालिसे
More

बागलुङमा कांग्रेसको प्रदर्शन (फोटो फिचर)

बागलुङ । सरकारको अधिनायकवादको विरोध लगायतका १६ बिभिन्न माग राख्दै नेपाली कांग्रेस बागलुङले सरकारको विरोध गरेको छ । सदरमुकाम बागलुङमा कांग्रेसले प्रदर्शन गरेको हो । कांग्रेस नेतासहित कार्यकर्ताले सदरमुकाममा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् । के के हुन् १६ वटा मुद्दा ? कांग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्यङ्ग्य कस्दै आएका छन् । यही सेरोफेरोमा कांग्रेसले १६ मुद्दा उठाएको हो । ती मुद्दाहरु यस्ता छन्– १, सरकारको अधिनायकवादको विरोध
More

फर्किए क्रिकेटमा इतिहास बनाउने हिरोहरु

नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । उपीहरुलाई स्वागत गर्न ठूलो संख्यामा समर्थक विमानस्थल गुगेका थिए । नेपाली टोलीले युएई विरुद्दको एकदिवसिय र टी-२० सिरिज जितेको थियो ।
More

वाइडबडी प्रकरणको विरोध गर्न काँग्रेसले बनायो डमी जहाज (फोटोफिचर)

नेपाली काँग्रेसले राजधानी सहित देशभर सरकारविरुद्द प्रदर्शन गरेको छ । काठमाडौंमा शान्तिबाटीकामा प्रदर्शन गरियो । सो क्रममा काँग्रेसले वाइडबडी प्रकरणको विरोध गर्न डमी जहाज नै प्रदर्शन गर्‍यो । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाइ समर्थन प्राप्त सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कमजोर ठानेमा उसको भूल हुने बताएका छन्। सिंहले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विधिको शासनमा चुकेको आरोप लगाए। ‘राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्व गरेको कांग्रेसको जिम्मेवारीपनलाई सरकारले कमजोरी ठान्यो भने जनताले जवाफ दिन्छन्। त्यो समयमा यो सरकारले विदा लिन्छ,’ उनले भने। वाइड बडी खरिदमा भ्रष्टाचार छानबिन नगरेको, मेलम्ची निर्माण कार्य छिटो पूरा
More

पुर्वी रुकुममा कर्फ्यु :जनजीवन अस्तव्यस्त

काठमाडौं– पुर्वी रुकुममा सदरमुकाम सार्ने बिषयले उग्ररुप लिए पछि त्यहाँको प्रशासनले कफ््रयु लगाएको छ । यस अघिको सरकारले हाल सदरमुकाम रहेको रुकुमकोट बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडामा सदरमुकाम सार्ने गरेको निर्णयलाई कार्यन्वयनको माग गर्दै त्यहाँका बासीन्दाले आन्दोलनको घोषणा गरे लगत्तै सम्भावित असुरक्षालाई ध्यानमा राखी सदरमुकामको चार किल्लामा प्रबेश निषेध गरी कर्फ्यु लगाईएको त्यहाँका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । रुकुमकोट र गोलखाडावासी बिच शनिवार आईतवार भएको छपलफलमा दुई पक्षले आ–आफ्नो स्थान मै सदरमुकाम हुनु पर्ने दावी नछाडे पछि घम्साघम्सीको अबस्था सिर्जना भएको थियो । गोलखाडावासीले माघ २२ गते रुकुमकोटमा शक्ति प्रदर्शन गर्ने घोषणा गरे पछि दुबै पक्ष बिच हिंसा
More

भेनेजुएला प्रकरणलाई अनावश्यक उचाल्न खोजियो : डा. भट्टराई

काठमाडौँ – प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भेनेजुएला प्रकरणलाई आवश्यकता भन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको आरोप लगाएका छन् । भौगोलिक र विविध सम्बन्धका हिसावले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविश्यको फैसला नै यसैले नै गर्ने गरि हल्ला गरिनु आवश्यक नभएको भट्टराईले बताए । सोमबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तर संबाद कार्यक्रममा बोल्दै डा. भट्टराईले सरकार संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्तमा रहेर बनेको विदेश नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमा आन्तरिक समस्या आउँदा त्यसको समाधानका लागि निर्णय गर्ने अधिकार त्यहि देशका जनताले पाउनुपर्छ भन्ने धारण नै सरकारको
More

फागुन ७ गतेबाट जनसंघर्ष गर्ने राप्रपाको घोषणा

कमल थापा नेतृत्वको राप्रपाले फागुन ७ गतेबाट जनसंघर्ष गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीहरुमा मुख्य मन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने निर्णय पनि गरेको छ । सनातन हिन्दुराष्ट्र पूनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातिय विभेद र छुवाछुत अन्त्यका लागि राप्रपाले आगामी फागुन १५ गतेदेखि ३० सम्म ताप्लेजुङ्ग देखि कञ्चनपुर हुँदै काठमाण्डौसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने पनि राप्रपाले जनाएको छ । शान्तिपूर्ण जनसंघर्षको स्वरुप र विस्तृत कार्यक्रम फागुन ३० गते हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा घोषणा गरिनेछ
More

नेकपा सचिवालय बैठकको यस्तो छ निर्णय

काठमाडौं– नेकपाले तल्लो तहको एकीकरणसम्बन्धी सुझाव दिन गठित कार्यदललाई मंगलबार (आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । सोमबार बसेको सचिवालयको बैठकले सो निर्देशन दिएको हो । नेकपाले पुस १२ गते सम्पन्न पार्टी स्थायी समितिको बैठकले पार्टीको एकीकरणसम्बन्धि थाँति काम पूरा हुने गरी सुझावसहितको प्रतिवेदन बुझाउन पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको नौं सदस्यीय कार्य दल गठन गरेको थियो । सोही कार्य दललाई आफ्नो प्रतिवेदन मंगलबारसम्म बुझाउन निर्देशन दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
More

यी बलिउड जोडी : जसको प्रेमभन्दा ब्रेकअप चर्चित भयो

मुम्बई –बलिउड फिल्ममा कयौ सुन्दर जोडी पर्दामा देख्न सकिन्छ । ति मध्य केही जोडी पर्दामा मात्र होइन । रियल जिन्दगीमा पनि रिलेशनसिपमा रहेन गर्दछन् । निजी जिन्दगीमा यी कलाकारको रिलेशनसिप चल्न त केही समय राम्रो चल्ने गर्दछ । तर केही समयपछि ब्रेकअपमा पुगेर सकिन्छ । आज हामीले जोडीको चर्चा गर्न खोजेका छौ, जसको अफेयर भन्दा ब्रेकअप बन्यो चर्चित । विवेक ओवराय र ऐश्वर्या राय सलमान खानसँगको ब्रेकअपपछि ऐश्वर्या विवेकसँग नजिकिएकी थिइन् । यी दुबैको रिलेशनसिप निर्कै चर्चामा पनि र्हयो । तर यी दुबैको सम्बन्ध लामो समय टिकेन । ब्रेकअपको खबरले झन् सन्नसनी मच्चायो । रणवीर कपुर र दीपिका पादुकोण एकसमय
More

सुनको भाउ तोलामा २ सय बढ्यो

काठमाडौं– साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा ६२ हजार ५०० पुगेको छ । साताको पहिलो दिन आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो । यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
More

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले दुई फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट साविक गेडहीगुढी गाविस घर भई हाल तनहुँको व्यास नगरपालिका–४ बस्ने २३ वर्षीय बाबुलाल धोती भन्ने बाबुलाल शाह र व्यास नगरपालिका–१२ बस्ने विनोद पन्थ रहेका छन् । शाहलाई ज्यान मार्ने उद्योगअन्तर्गत र पन्थलाई बहुविवाह मुद्दाअन्तर्गत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । विसं २०७४ भदौ २० गते राति दमौलीस्थित ड्राइभ इन होटलमा वीरेन्द्र गुरुङलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रही बाबुलाल फरार रहेका थिए । विनोदलाई भने तनहुँ जिल्ला अदालतले २०६३ सालमा बहुविवाह मुद्दामा एक वर्षको कैद फैसला गरेको थियो । पक्राउ
More

सरकारविरुद्ध काँग्रेस सडकमा

काठमाडौँ– नेपाली काँग्रेसले सरकारविरुद्ध सोमबार देशभर शक्ति प्रदर्शन गर्दैछ । काँग्रेसले विरोध प्रदर्शनमा वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन र प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा आयोगहरूमा अध्यक्षको नियुक्ति सिफारिस जस्ता विषयलाई प्राथमिकता दिएको छ । यी एजेण्डासहित काँग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्न लागिएको जनाएको छ । विरोध सभाका लागि काँग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू जिल्लामा पुगिसकेका छन् । विरोध प्रदर्शनमा सहभागी हुन अधिकांश शीर्ष नेताहरूले आफ्नो गृह जिल्ला छानेका छन् । साथै बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय, भेनेजुएला प्रकरणमा सरकार र नेकपाले गरिरहेको अमेरिकाको विरोध,
More

हेरिटेज पेजेन्टस् २०१९’मा ३० देशका ४० सुन्दरी

काठमाडौं –नेपाली संस्था इप्लानेट नेपाल आयोजक रहेको अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०१९’को तयारी सुरु भएको छ । सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनको उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । प्रतियोगिताको नयाँ सिजन सुरु भएको छ । संगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा १० फेब्रअरीदेखि १७ सम्म प्रतियोगिता आयोजना हुँदैछ । यसपटकको ‘हेरिटेज् पेजेन्टस् २०१९’ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को उपाधि लागि प्रतिस्पर्धा हुनेछ । विश्वका ३० मुलुकका ४० प्रतिस्पर्धी सहभागी हुने प्रतियोगीता सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल,
More

प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ।सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो। सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ। मन्त्रालयका शिक्षा महाशाखा प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार तीन वर्षे स्नातक तहमा र प्रमाणपत्र तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक १०० छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’ प्रदान गरिनेछ। “सरकारी स्कूल पढेका र कर्णाली प्रदेशका स्थायी बासिन्दालाई छोरीबुहारी छात्रवृत्ति प्रदान गरिनेछ”, उनले भने, “यसबाट गरीब परिवारका छात्रालाई प्राविधिक शिक्षामार्फत आत्मनिर्भर बन्न मद्दत पुग्ने छ।” मन्त्रालयअन्तर्गतको शिक्षा विकास
More