Daily Archives 5th February 2019

‘विवादै विवादमा स्पेनस्थित नेपाली दूतावास, एनआरएन नेतालाई कडा चेतावनी’

लण्डन –स्थापनाकालदेखि नै विवादै विवादमा फसेको युरोपको कान्छो राजदूतावास बनेको स्पेनस्थित नेपाली राजदूतले एउटा अचम्मलाग्दो विज्ञप्ति निकालेको छ । स्पेनस्थित गैरआवासिय नेपाली संघका एक अधिकारीले दूतावासको कमजोरीबारे फेसबुकमा स्टाटस लेखेपछि दूतावासले चेतावनीयुक्त भाषामा विज्ञप्ति निकालेको हो । सरकारले तत्कालिन राजदुत भरत बहादुर रायमाझीलाई फिर्ता बोलाएपछि परराष्ट्रका कर्मचारी हहिरकान्त पौडेलले दूतावास समाल्दै आए पछि झन विवादमा परेको हो । म्याड्रिडस्थित दूतावासले निकालेको सो विज्ञप्तिमा दूतावासको लेटरहेडमा गल्ती भएको स्वीकारेपनि स्टाटस लेख्ने एनआरएनका अधिकारीप्रति भने आक्रोश व्यक्त गरिएको छ । विज्ञप्तिमा एनआरएन युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले सामाजिक सञ्जालमा सोमबार पोस्ट गरेको स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दूतावासले प्रेसलाई छाप्न दिएको ड्राफ्टमा
More

रविको यो काममा सघाउने भन्दै निकिताले दिइन् चलचित्र विकास बोर्डबाट राजीनामा

काठमाडौँ–चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिएकी छिन् । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिएकी हुन् । पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा श्रीमान रवि लामिछानेको प्रोजेक्ट र अरु समाज सेवामा समर्पित हुने बताइन् ।
More

पार्टी एकताको स्वागत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) आवद्ध विद्यार्थी संगठनले भर्खरै सम्पन्न पार्टी एकताको स्वागत गरेको छ । “समयको माग, आम कार्यकर्ता र सुभेच्छुकहरुको चाहना बमोजिम सम्पन्न दुई राप्रपा बीचको एकताले देशव्यापी सकारात्मक तरंग ल्याएको छ । विद्यार्थी संगठन दुई राप्रपाबीच सम्पन्न एकताको स्वागत र समर्थन गर्दछ,” राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) का अध्यक्ष धनशुर शाहीले बताए । मंगलबार काठमाडौंमा सम्पन्न विद्यार्थी संगठनको वैठकले, मूलधार राप्रपाको रुपमा राप्रपा (संयुक्त) ले राष्ट्रवादी एकतालाई बृहत बनाउदै लैजानु पर्ने ठहर समेत गरेको छ । राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच सम्पन्न एकता एक कार्यक्रमबीच माघ १८ काठमाडौंमा घोषणा गरिएको थियो । घोषणा सभामा
More

३३ वर्षपछि ब्रिटीस आर्मीमा नेपाली युवा सर्वाधिक छनोट

लन्डन– सन् २०१९ का लागि बेलायती सेनामा खुलाइएको भर्नाको नेपालमा छनोट प्रक्रिया सम्पन्न भएको छ । सो छनोट प्रक्रियाबाट ३३ वर्षयताकै सर्वाधिक नेपाली युवा छनोटमा परेका छन् । फोर्स डटनेट नामक अनलाइनका अनुुसार गएका सेम्टेम्बरमा भएको क्षेत्रीय छनोट प्रक्रियामा १० हजार जनामध्येबाट अन्तिम मूल्यांकनका लागि ५८० लाई पोखरा बोलाइएको छ । बेलायती पक्षले ब्रिटीस आर्मीमा नेपाली युवाको सहभागिता संख्या बढाउने सहमति अनुसार सर्वाधिक छनोट गरिएको हो । समाचार अनुसार यसअघि लिइँदै आएको ३२० जनाको सट्टा ३३ वर्षपछि अब ४०० जना भन्दा बढी नेपाली युवा भर्ती हुने निश्चित भएको छ । अन्तिम मूल्यांकनमा विभिन्न परीक्षणहरु हुनेछन् ।
More

बालबालिका हराएको १२ घण्टापछि जंगलको झाडीबाट सफल उद्दार

जाजरकोट – जाजरकाेट जिल्ला भेरी नगरपालिका वडा नं. ६ पुन्माका दुर्ग बहादुर पुनका५ बर्षीय छोरा वीर बहादुर पुन र साेही ठाउँका तिलक पुनका ६ बर्षिया छाेरी कविता पुन आइतबार दिउसाेदेखि नजिकैकाे जंगलमा हराइ रहेकाे थिए।हराएका बालबालिकालाई झण्डै १२ घण्टा पछि उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जंगलमा हराएका बालबालिकालाई १२ घण्टा भन्दा पछि उद्धार गरेको हो । बालिका कविता झाडीमा लड्दा टाउकाेमा तीन टाउमा चाेट लागेका छ भने बालक वीर बहादुर पुनकाे अबस्था भने सामान्य रहेको छ । आइतवारका दिन आमा, बुवा घरमा नभएको अवस्थामा दिउसोको समयमा नजिकैको जंगलमा गएर बालबालिका हराएको सोहि वडाका वडाध्यक्ष
More

आन्तरिक स्रोत परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल हुर्दैन : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्र बैंक र वित्तिय संस्थाहरुले वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । आज अर्थ मन्त्रालयमा सम्पन्न उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडी बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरु सहकार्य गरेर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल नहुने भन्दै बाह्य स्रोत परिचालन र प्रर्वद्धनमा समेत ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो । प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्नुका साथै बैंकहरुलाई विदेशी स्रोत परिचालनमा थप सहजीकरया गर्न आवश्यक भए सो तर्फ ध्यान
More

वार्षिकोत्सवमा नेपाल टेलिकमले ल्यायो छुटै–छुटको अफर

काठमाडौं– नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न छुट अफर सार्वजनिक गरेको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विभिन्न छुट योजना सार्वजनिक गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रममा उनले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिवी अलटाईम डाटा र सय मिनेटसम्म भ्वाईस बोनस दिने घोषणा गरे । प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौं सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलव ३ जिबी डाटा र ५ सयको रिचार्जमा फ्रि रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिए । प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार
More

आदित्य धरको निर्देशनमा बनेको उरीः द सर्जिकल स्ट्राइकले २४ दिनमा १८९ करोड भारुभन्दा बढी कमाइ

आदित्य धरको निर्देशनमा बनेको उरीः द सर्जिकल स्ट्राइकले २४ दिनमा १८९ करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ । विक्की कौशल, यामी गौतम, परेश रावल र माहित रैनाको प्रमुख भूमिका रहेको उक्त फिल्म भारतीय सेनाले पाकिस्तानी सीमाभित्र प्रवेश गरेर गरेको अकस्मिक हमलाको वास्तविक घटनामा आधारित छ । भारत प्रशासित जम्मु काश्मिरतर्फ रहेको उरीमा रहेको भारतीय सेनाको क्याम्पमा पाकिस्तानमा शरण लिइरहेका आतंकवादीहरुले हमला गरेका थिए । यसमा १९ भारतीय सैनिकको ज्यान गएको थियो । त्यसको एक हप्तापछि भारतीय सेनाले भारत–पाकिस्तान सिमाना पार गरेर जवाफी कारबाही गरेको थियो । सोही घटनामा बनेको फिल्म भारतमा लोकप्रिय बनेको छ । फिल्मको लोकप्रियतामा भारतको केन्द्रीय सरकारको
More

उपराष्ट्रपतिसँग साउदी राजदूतको भेट

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन् । मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपतिले नेपाल र साउदी अरबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म विस्तार भइरहेको बताए । उनले विभिन्न माध्यामबाट दुईदेशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताए । उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउनु हुँदै साउदी अरबियालाई नेपालमा लगानी गर्न आग्रह गरे । नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँनुहुँदै उपराष्ट्रपतिले साउदीबाट अधिकतम
More

क्यानको निलम्बन फुकुवा हुँदैछ, अब खेलाडीले सबै पारिश्रमिक पाउँछन् : मन्त्री विश्वकर्मा

काठमाण्डौ ।युवातथा खेलकूदमन्त्रीजगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपालक्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गरे । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग ्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसिसीले भने अनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताए
More