Daily Archives 6th February 2019

‘ भन्सारमा नेपालीले दुःख पाउदा एनआरएन नबोलेको भन्दै आलोचना’

सरकारले भन्सारमा गरेको कडाइप्रति गत सोमबार सरकारले विदेशबाट नेपाल फर्केका नेपालीहरूबाट जफत गरिएको २ करोडभन्दा बढी मुल्य बरबारको सामानहरूको लिलामीको सूचना निकाल्यो । सरकारले विदेशबाट नेपाल फर्कंदा अधिकतम ५० ग्रामसम्मको गहना लगाएर वा लिएर जान पाइने, बढीमा एक लिटर वा एक बोटल रक्सी लान सकिने, एक एक थान ल्यापटप, कम्पुटर वा ट्याबलेट, घडी क्यामेरा, भिडियो क्यामेरा, सेलुलर, मोबाइल फोन लैजान पाइने झिटीगुन्टा आदेश जारी गरेको थियो । झिटीगुन्टा आदेश अनुसार तोकिएको भन्दा धेरै सामान ल्याएकोले जफत गरिएको प्रतिक्रिया दिएको छ । सरकारले भन्सारमा गरेको कडाइप्रति विदेशमा बस्ने नेपालीहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । उनीहरूले भन्सारमा भएको कडाइ व्यवहारिक
More

फेसबुक मेसेन्जरमा झुक्किएर कसैलाई गलत सन्देश गयो ? अब डिलेट गर्न मिल्छ

काठमाडौं — तपाईँ फेसबूकमा मेसेन्जरमा झुक्किएर कसैलाई गलत सन्देश पठाउँदा समस्यामा पनि पर्नुभएको हुनसक्छ । त्यो समस्याबाट धेरै प्रयोगकर्ताहरु गुज्रिरहेको थियो । कतिले फेसबुकले डिलेटको सुविधा राख्नुपर्ने माग गर्दै आएका पनि थिए । यही मागलाई सम्बोधन गर्दै फेसबुकले मेसेजिङ सर्भिस मेसेन्जरमा पनि ह्वाट्सयाप र इन्स्टाग्राम जस्तै पठाइएको मेसेज डिलिट गर्ने फिचर थपेको छ । फेसबूकले नयाँ सो फिचरलाई रिमुभ फर एभ्रिवन नाम दिएको छ । यो फिचर आएपछि अब मेसेन्जरमा पठाइएको मेसेजलाई १० मिनेटभित्र डिलिट वा अन्सेन्ड गर्न सकिनेछ । यसले ग्रूप च्याटमा पनि काम गर्नेछ । जसमा रिमुभ फर यु भन्ने अप्सन पनि छ जसमा मेसेजलाई तपाईंको आफ्नो च्याटबाट
More

केपी सरकारको एक वर्षः के भन्छन् अर्थविद् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पछिल्लो समय मुलुकको मुल्यवृद्धिको अवस्था असाध्यै अनुकुल रहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै क्षेत्रीले भने,‘२÷४ वटा पक्षहरु नकरात्मक छैनन् । मुल्यवृद्धि ३.७ प्रतिशत छ, यो असाध्यै अनुकुल हो ।’ त्यस्तै उनले राजश्वपनि यो ५÷६ महिनामा ४४ प्रतिशत उठिसकेको सुनाए । उनले भने,‘यो राम्रो पक्ष हो । सालभरिमा उठाउनुपर्ने राजश्वमध्येबाट यो ६ महिनामा ४४ प्रतिशत उठिसकेको छ ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय नेपाल भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको सुनाए । उनले भने,‘सन् २०२०
More

ट्रमले उत्तर कोरियाली नेता कीमलाई भेट्ने मिति घोषणा

वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन् । अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताए । तर आणविक निःशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म ठोस कार्यक्रम र रुपरेखा तय भइसकेको छैन । राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले गत साता कङ्ग्रेसको एक समितिमा अमेरिकी गुप्तचर अधिकारीहरुले अझै
More

प्रचण्डको दाबीः फागुन पहिलो साता पार्टी एकता सकिन्छ

सिन्धुपाल्चोक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताएका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताए । उनले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको आरोप लगाए । गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिए ।
More

राष्ट्र बैंकले ५ अर्बको रिपो बोलकबोल गर्ने

काठमाडौँ–नेपाल राष्ट्र बैङ्कले बिहीबार रु पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैङ्कले आज एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा बैंकले रिपो र टे«जरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ । बिहीबार बोलकबोलबाट बिक्री हुन लागेको रु पाँच अर्ब बराबरको रिपो एक साताका लागि हुने छ । सो रिपोको अवधि आगामी फागुन २ गतेसम्मका लागि हुनेछ ।
More

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति

पोखरा– पोखरा उद्योग वाणिज्य सङ्घले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति जनाएका छन् । सङ्घले आज विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो सङ्संस्थासँग सहकार्य गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । सङ्घद्वारा जारी विज्ञप्तिमा ब्याजदरमा भएको अत्याधिक वृद्धिले उद्योग÷व्यवसायमा लागत वृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग व्यवसायबाट हातै धुनुपर्ने स्थिति सिर्जना भएको उल्लेख गरिएको छ । “ऋणको ब्याजमा वृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ”, सङ्घका अध्यक्ष दामु अधिकारीद्वरा जारी विज्ञप्तिमा भनिएको छ “ब्याजदर वृद्धिले नागरिकको दैनिक जीवनमा थप व्ययभारको अवस्थासमेत आएको
More

लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा फन्दामा

काठमाडौँ– सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत् पूर्ण इजलाशले आज एनसेल बिक्रीबापतको लाभकर कम्पनी नियन्त्रणमा लिएर सञ्चालन गर्नेले नै तिर्नुपर्ने फैसला गरेको हो । एनसेल बिक्रीबापतको लाभकर सोही कम्पनीबाट असुलउपर
More

मेलम्चीको विषयमा मेलम्ची बोर्ड र सिएमसीका प्रतिनिधिहरु बीच सिंगापुरमा वार्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्ता सिंगापुरमा जारी छ । सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भईरहेको छ । मेलम्चीको काम छिटो भन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिहेको छ । आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो । भोलिसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता भईरहेको छ
More

७४ केजी गाँजासहित एक जना हेटाैडाबाट पक्राउ

मकवानपुर । ७४ केजी गाँजासहित एक जना पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका १९ सिराङ चोक बस्ने चन्द्र बहादुर भोलनलाई अवैध लागूऔषध गाँजा करिब ७४ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले भोलनको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। डिसी नेपाल
More