Daily Archives 6th February 2019

बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त

स्पेनिस कोपा डेल रे फुटबलमा चर्चित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त बुधबार राती हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिने सेमिफाइनलको पहिलो लेग रोचक बन्ने अपेक्षा गरिएको छ । बार्सिलोना र रियलबीचको इएल क्लासिको विश्वकै चर्चित र सबैभन्दा धेरैले हेर्ने फुटबल प्रतियोगिता हो । कोपामा बार्सिलोना र रियलको भेट यसपटक सेमिफाइनलमै भएको छ । यसअघि यी दुई टोली सन् २०१४को फाइनलमा भिडेका थिए । त्यतिवेला रियल विजयी भएको थियो ।
More

अमेरिकामा यसरी मनाइयो ल्होसार

न्युयोर्क । तामाङ समाज अमेरिकाले २८५५ औँ सोनाम ल्होसार भव्य रुपमा मनाएको छ । नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदुत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युयोर्कका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज विशेष अतिथिका रुपमा सहभागि रहेका थिए । प्रमुख अतिथि सुवेदीले छोटो समयमा तामाङ समाज अमेरिकाले धेरै रचनात्मक सामाजिक कार्यहरु सम्पन्न गरेर नेपाली डायस्पोरामा प्रमुख भूमिका निर्वाह गरेकोमा मुक्त कण्ठले प्रशंसा गरे । तामाङ समाज अमेरिकाका सल्लाहकार भोजराज थोकरले तामाङ समाजले कर्मभुमिमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोमा प्रशंसा गरे । कार्यक्रममा तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जन्मभुमि र कर्मभुमि दुवै ठाउँमा तामाङ समाज अमेरिकाले महत्वपूर्ण सहयोगहरु गरिरहने बताइन् ।
More

साईप्रसमा २८५५ औं सोनम ल्होसार

साईप्रस – तामाङ समुदायको पर्व २८५५ औं सोनम ल्होसार साईप्रसमा पनि मनाइएको छ । यूरोपको दक्षिण पुर्वमा पर्ने साईप्रसको लिमासोल भन्ने सहरमा तमाङ घेदुङ साईप्रस शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी ल्होसार पर्व मनाइएको हो । तमाङ घेदुङ साईप्रसकी अध्यक्ष साग्मु थोकरको सभापतित्व तथा साईप्रसका महाबणिज्यदुत डा.राम जीवन पंजियारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरअवासीय नेपाली सघं साईप्रसका अध्यक्ष शुवास मल्ल लगाएत विभिन्न सघंसस्थाका प्र्रतिनिधिहरुको सहभागिता रहेको थियो । ल्होसारको शुभकामना दिदै महाबिणज्यदुत डा. पंजियारले प्रवासमा रहेका सबै नेपालीहरु एक आपसमा सहयोगी बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो
More

सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ

प्रहरीले बाँकेको जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ । बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछी मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनपुर्ण नाराबाजी गरेपछी प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् । पक्राउ परेका सिके राउतका कार्यकर्तामाथी राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।
More

काङ्ग्रेस बैठक बस्दै

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । काङ्ग्र्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको
More

भ्रष्टाचार आरोप लागेका साह ६ लाख धरौटीमा छुटे

काठमाडौँ । बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु छ लाख धरौटीमा छुटेका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले धरौटीमा छुट्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए । परिषद्मा भ्रष्टाचार गरेको आरोपमा परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । परिषद्का तत्कालीन कार्यकारी निर्देशक साहले रु ६२ लाख ८८ हजार ५०० भ्रष्टाचार गरेको आयागले दर्ता गरेको आरोपपत्रमा उल्लेख छ । भारतीय सरकारको सहयोगमा सञ्चालित धनुषाको जनकपुरधामस्थित परिषद्मा आठ
More

यसरी मनाईयो सोनाम ल्होछार: हेर्नुहोस् तस्विर (फोटोफिचरसहित)

काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाएको छ। मञ्जुश्री पात्रोअनुसार मंगलबारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ। यो २८५५औँ सोनाम ल्होछार हो। मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ। ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए। मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम
More

कार्यदलमा सहमति नहुँदा नेकपामा अन्योल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ । लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले सो कार्यदललाई आजसम्म एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकोमा आज कार्यदलको बैठक बस्न सकेन । कार्यदलका सदस्य कतिपय काठमाडौँ उपत्यका बाहिर रहेको र कार्यसूचीमा मतभिन्नता कायमै रहेकाले प्रतिवेदन बुझाउन कार्यदल असमर्थ भएको हो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा छ महीनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएकामा यसबीचमा नेताहरुको व्यस्तता, विवाद,
More