Daily Archives 7th February 2019

‘आयरल्यान्डसँगको सीमामा कडाइ गर्ने घोषणा’

लन्डन – बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै युरोपेली संघ (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन्। प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रूपमा हटाउन आफूले पहल गर्ने बताइन्। भन्सार कार्यालय र सवारी जाँच चौकी पुनःराख्न लागिएको भन्ने सम्बन्धमा प्रकाश पार्दै प्रधानमन्त्री मेले बेलायत सरकार इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा छैन भनेकी छन्। उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहेकी प्रधानमन्त्री मेले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधान नराखिने तर सीमा व्यवस्था नयाँ ढंगबाट गर्नुपर्ने बताइन्। उनले सन्
More

‘लन्डनमा कविता कन्सर्ट सीजन २’

लन्डन । लन्डनमा ‘कविता कन्सर्ट सीजन २’ को आयोजना गरिने भएको छ । गतवर्ष कविता कन्सर्ट सीजन १ को सफलता पछि वेलायतस्थित नेपाली समुदायतको आग्रहमा सीजन २ को आयोजना गरिन लागिएको कार्यक्रम संयोजक रामशरण सिमखडाले जनाए । क्षेत्री समाज बेलायतको आयोजनामा हुने सो कन्सर्टमा कवि नबराज पराजुली र गजलकार ईश्वर दाहालको विशेष प्रस्तुती रहने वताएको छ । कन्सर्टबाट संकलिन रकम महाभूकम्पको अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको टेकनपुस्थित कालिका माविमा विधुतीय पुस्तकालय निर्माणार्थ सहयोग गरिने जानकारी सिमखडाले जानकारी दिए । विद्यालयमा दुई कोठे भवन सहित विधुतीय पुस्तकालय स्थापनाको लागि सहयोग गर्ने आयोजकले जनाएको छ । वेलायतमा हुने अन्य कार्यक्रम भन्दा फरक शैलीमा
More

यसकारण देशभर वर्षा, शनिबारसम्म पानी गर्ने

काठमाडौँ–पश्चिमी वायुको प्रभावले आज देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर सिमसिमे वर्षा भएको थियो । लगातारको वर्षाले सर्वसाधारणलाई कठिनाइ भएको थियो । आज सबैभन्दा बढी जुम्लामा २३.२, वीरेन्द्रनगरमा २२.५, पोखरामा १९ र दाङमा १८ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी डडेलधुरामा ८.८, नेपालगञ्जमा ७.९, भैरहवामा सात, धनगढीमा दुई र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ । उपत्यकामा बिहानैदेखि बदली र निरन्तर वर्षा भएकाले आज बढी चिसो महसुस गरिएको थियो । न्यूनतम बादलले न्यूनतम तापक्रम बढेर ७.५ पुगे पनि अधिकतम तापक्रम भने घटेर
More

जब माछा खोज्दा अजिङ्गर भेटियो

झापा– झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार आज स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् । आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।
More

माल्टामा एनआरएनएको शाखा गठन हुने

लण्डन । गैरआवासीय नेपाली संघको माल्टा राष्ट्रीय समिति गठन हुने भएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तका अनुसार १२ फेब्रोवरीमा त्यहाँस्थित नेपाली समुदायको एक भेलाले संघको नयाँ शाखा गठनको तयारी गरेको हो । सो भेलामा उपाध्यक्ष कुमार पन्त, युरोप संयोजक शिव वरुवाल, सहकोषाध्यक्ष सोम सापकोटा लगायत संघका पदाधिकारीहरुको समेत उपस्थित रहने छन् । करिब ५ लाख जनसंख्या रहेको माल्टालाई लण्डनस्थित नेपाली दुतावासले हेर्दै आएको छ । माल्टा नेपाली समुदायको समेत बाक्लो उपस्थित रहेको वताएको छ ।
More

सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यले दिए राजीनामा

काठमाडौँ–सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिएका छन् । आयोगका सदस्य मञ्चला झाका अनुसार अध्यक्ष गुरुङ र सदस्य खनालले आयोगको सचिवालयमा यही माघ २७ गतेदेखि लागु हुने गरी आज राजीनामा दिएका हुन् । आयोगको म्याद पनि यही माघ २७ गतेदेखि सकिँदैछ । आयोगका पदाधिकारीले चार वर्षसम्म पीडितको पीडालाई महसुस गरेर काम गर्न नसकेको आलोचना भइरहेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनको दफा ७ ले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । तर अध्यक्ष र सदस्यले आयोगकै सचिवालयमा राजीनामा बुझाएका छन् । सरकारले दुवै आयोगको म्याद एक वर्ष थप गर्ने तथा वर्तमान पदाधिकारीको
More

लण्डनमा कार्लमार्क्सको समाधीस्थल तोडफोड

लण्डन । महान विचारक कार्लमार्क्सको लण्डनस्थित समाधिस्थलमा तोडफोड भएको छ । आक्रमणकारीले हाइगेटमा रहेको समाधिमा रहेको मार्वलको पाटीमा क्षति पु-याएका छन् जुन सन् १८८३ को माक्र्सको मूल समाधिमा लगाइएको थियो । त्यसलाई सन् १९५४ मा स्मारक स्मारकसहितको समाधि निर्माण गर्ने क्रममा जस्ताको तस्तै राखिएको थियो । हाईगेट सिमेट्रीमा रहेको माक्र्सको स्मारकमा वर्षेनी लाखौं मानिसहरु भ्रमण गर्ने गर्छन् । हाइगेट सिमेट्रीले आफ्नो ट्वीटरमा राखेको माक्र्सको स्मारकको पछिल्लो तस्विरमा स्मारकको मार्वलमा कुदिएका अक्षरहरु र मार्वल आफैमा क्षति पु¥याइएको देखिन्छ । समाधिमा हतौडाको प्रयोग गरेर तोडफोड गरिएको बताइएको छ । ‘फ्रेण्ड अफ हाइगेट सिमेट्री ट्रष्ट’का प्रमुख अधिकृत इयान डङभेलले समाधिमाथिको हमलालाई ‘घृणित कार्य’
More

८४८ उपसचिवमध्ये प्रदेशमा ८ र स्थानीय तहमा ४ जनाको समायोजन

काठमाडौँ– सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताए । उनका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ । समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो
More

मेलम्चीले ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता तोड्यो

काठमाडौँ–सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो कम्पनीसँग गरिएको सम्झौता आज रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । सिएमसीले गत मङ्सिर २९ गते एकतर्फीरुपमा आयोजना स्थल छाडेर गएपछि आयोजनामा नयाँ चुनौती र अन्योलताको स्थिति सिर्जना गरेको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाको ठेकेदारसँगको सम्झौता खारेज भएपछि आयोजनामा थप समस्यामा परेको छ । पछिल्लो समय आयोजनाको भौतिक प्रगति र निर्माण कार्य सम्पन्न हुन केही प्रतिशत मात्रै बाँकी रहेको अवस्थामा ठेकेदार कम्पनीले एकतर्फीरुपमा आयोजना स्थल
More

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

काठमाडौं। प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने ललितपुर लेले बस्ने २० वर्षीय प्रचण्ड रामजाली मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बा.४ ख १७६ नम्बरको मिनि टिपर जाँच गर्ने क्रममा कागजपत्र नभएको भनी चालक मगरले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए। यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी ढुंगे अड्डास्थितबाट प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने धादिङ थाक्रे गाउँपालिका–२ बस्ने ३५ वर्षीय केदार मल्ललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले बा.५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा चालक मल्लले कागजपत्र नभएको भनी प्रहरीलाई उक्त
More

नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्छु : राजदूत आचार्य

काठमाडौं। भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन्। भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताए। बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गरे। आर्थिक कूटनीतिको माध्यामबाट मुलुकमा लगानी भित्रयाउन आवश्यक पहल गर्ने नवनियुक्त राजदुत आचार्यको योजना छ। उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताए। राजदुत आचार्यले नेपालमा
More

बेलायतका लागि पुर्वराजदुत बस्न्यातको निधन

काठमाडौं : नेपालका लागि बेलायतका पूर्व राजदूत एवं गीतकार डा. सिंहबहादुर बस्न्यातको निधन भएको छ। ‘द ब्रिटेन नेपाल सोसाइटी’ले उनको निधनको पुष्टि गरेको छ। सन् १९९७ मा उनी बेलायतका लागि छैटौं नेपाली राजदूत थिए। उनले भारतीय अभिनेत्री माला सिन्हाका लागि पनि गीत लेखेका थिए। उनको शब्द रहेको ‘कुनै दिन पहाडमा’ बोलको गीतमा मालाकै स्वर सुन्न सकिन्छ। उनी जयन्ती मेमोरियल ट्रस्टका अध्यक्ष थिए। गायन र भोइलेनमा उनको रुचि थियो। उनले कोलम्बिया विश्वविद्यालबाट इन्टरनेसनल अफेयरमा स्नातकोत्तर गरेका थिए। जर्ज वासिङ्टन विश्वविद्यलयबाट एमफिल र पिएचडि गरेका थिए उनले। ‘कुनै दिन पहाडामा, वस्तुमा हेर्न गाको,संजोगले हामी दुईको त्यहाँ भेट भाको’ उनले लेखेको गीतको अंश।
More

सरकारबाटै ‘लुटिन्छन्’ विमानस्थलमा नेपाली

चिरन शर्मा । लण्डन – नेपाल सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको भन्सार शुल्क सम्बन्धी नयाँ नियमले प्रवासी नेपालीहरु मारमा परेको भन्दै गैरआवासीय नेपालीहरुले चर्को विरोध जनाएको छ। झिटीगुन्टाको नाममा काठमाडौंस्थित त्रिभुवन विमानस्थल अध्यागमनमा नेपाल सरकारले लागू गरेको उक्त नयाँ नियमप्रति प्रवासी नेपालीहरुले समेत संघको विरोधमा समर्थन जनाउँदै विरोध सुरु गरेका छन्। सरकारको पछिल्लो कदमलाई मध्यपूर्व लगायतका देशमा कार्यरत नेपालीहरुले समाजिक संजाल मार्फत आलोचना सुरु गरेका हुन्। सरकारले चालु आर्थिक वर्पदेखि विदेशबाट फर्किँदा ल्याउन पाइने केही वस्तुहरुलाई प्रतिवन्ध गर्दै नयाँ व्यवस्था गरेपछि पछिल्लो समय देखिनै विरोधका आवाजहरु उठेका थिए। सरकारले झिटीगुन्टा आदेशमा संशोधन मार्फत सुन, मदिरा र समदर भन्सार लगायतका
More

भेनेजुएला प्रकरणमा फेरि बोले प्रचण्ड

चितवन– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा कतैबाट पनि हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ आफूले भेनेजुयला प्रकरणमा वक्तव्य दिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सो वक्तव्यबारे असन्तुष्टि जनाईरहेका बेला अध्यक्ष दाहालले बिहीबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ पार्टीको सचिवालय बैठक र परराष्ट्र मन्त्रालयले समेत सोही स्पिरिटको वक्तव्य जारी गरीसकेकाले त्यसमा अरुका व्यक्तिगत कुराले केही अर्थ नराख्ने पनि स्पष्टपारे । अर्को प्रकरणमा प्रचण्डले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्दैै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन् । उनले भने, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको
More

गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनाउने

काठमाडौं– गण्डकी प्रदेश सरकारले यही फागुन ४ गते शनिबार स्थापना दिवस मनाउने निर्णय गरेको छ । गत वर्ष फागुन ४ गतेकै दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । सोही दिनको सन्दर्भमा प्रदेश सरकारले स्थापना दिवस भव्यताका साथ मनाउन लागेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । स्थापना दिवस मनाउन गुरुङकै संयोजकत्वमा ६ सदस्सीय समारोह समिति गठन गरिएको छ । समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल, मुख्यमन्त्री कार्यालयका सचिव लालमणि ओझा, धर्मराज कुइँकेल र दलबहादुर अधिकारी रहेका छन् । स्थापना दिवस मनाउन विभिन्न तीन
More

डिभोर्सपछि जसकाे सम्बन्ध टुंगिएन, बने मिल्ने साथी

मुम्बई – बलिउिडमा त्यस्ता केही कलाकार छन् । जसको डिभोर्स भएपछि सम्बन्ध अझै साथीका रुपमा मजबुत रहेको छ । बलिउडका ती कलाकार जो डिभोर्स पछि पनि एक अर्काको राम्रो साथी रहेका छन् । आमिर खान र रीना दत्तले १९८६ मा भागेर बिबाह गरेका थिए । १६ बर्षसँगै रहेपछि दुबै छुट्टिएका हुन् । डिभोर्सपछि पनि यी दुबैले बच्चाको ध्यान राख्ने गरेका छन् । रीना धेरै समय आमीरका साथ पार्टी तथा फ्यामिली फङ्शनमा पनि देखिने गरेकी छन् । यी दुबै आज पनि राम्रो साथी रहेका छन् । आमिरको ५० औ जन्मदिनमा रीना सहित पुरै फ्यामिली समेत सरिक भएका थिए । आमिरको दोस्रो
More

विप्लवको पार्टीले किन बन्द गरायो देशभरका विद्यालय ?

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो । अखिल ९क्रान्तिकारी०का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
More

नेपाल बैक लिमिटेडले खोल्यो सबै प्रदेशमा कार्यालय, कुन प्रदेशमा , कुन प्रदेशमा कहाँ ?

नेपाल बैक लिमिटेड्ले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं ,प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ । यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको र हाललाई प्रदेश नं ६ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको वीरेन्द्रनगर शाखा र प्रदेश नम्बर ७ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको
More

तोलामा ४०० ले घट्यो सुनको भाउ

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको भाउ रु ४०० घटेको छ । बुधबार तोलमा ६२ हजार ४०० मा कारोबार भएको सुनको भाउ बिहीबार रु ४०० घटेर ६२ हजारमा कारोबार भएको छ । यस्तै आज तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ । चाँदी भने आज रु ८ घटेर ७७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
More

रवि ओडको स्पष्टीकरण : बाध्यताले ‘सालको पात’ गाएको हुँ

काठमाडौं । नेपाल आइडल रवि ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा भएको त्रुटीबारे मुख खोलेका छन् । दर्शकको मागअनुसार ‘वाध्यतावश’ गीत गाउनुपर्दा राम्ररी न्याय गर्न नसकेको उनले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै रविले आफ्नो प्रष्टिकरण दिएका हुन् । उनले लेखेका छन्, ‘दर्शक, श्रोतामाझ पर्फम गरिरहँदा कोही बेला यस्तो माग वा परिस्थिति आउँदोरहेछ, जहाँ आफूले तयार नगरेको वा पूरा नआउने गीतलाई गुन्गुनाइदिनुपर्ने अनुरोध आउँछ । ‘सालको पातको टपरी’ मा मलाई यस्तै बाध्यता आइलागेको हो ।’ आफूले यो गीत पूरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकहरुले धर नदिएको रविले बताएका छन् । ‘दर्शकहरुको अपार मागको अगाडि मैले जे जति आउँछ गाउनैपर्ने वाध्यता
More