Daily Archives 7th February 2019

एकता प्रक्रिया टुङ्ग्याएर छिट्टै अभियानमा जाने अध्यक्ष प्रचण्डको भनाई

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्दैै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन् । चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग कुरा गर्दै फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने जानकारी दिए । उनले भने, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन् । विकास निर्माणका काममा गति पक्रिन थालेको छ ।’ सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै अध्यक्षले भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने पनि बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘नेपालमा शान्ति प्रक्रियाको बाँकी
More

एनसेललाई बिक्रीको लाभ कर तिर्न सर्वोच्चको परमादेश

बागलुङ – सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभ कर एक्जिएटा कम्पनी र एनसेलबाट असुल्न सरकारका नाममा परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बुधबारको इजलासले एनसेल र यससँग जोडिएका कम्पनीको रिट निवेदन खारेज गर्दै कर असुलीको परमादेश दिएको हो। रिट निवेदक र एनसेलकातर्फबाट बहस सकिएपछि सर्वोच्चले कर असुलीको फैसला गरेको हो। एनसेल कर विवादमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित पाँचजनाले रिट दायर गरेका थिए। एनसेलले आफूले कर तिर्नु नपर्ने दाबी गर्दै भिन्नै रिट दायर गरेको थियो। एनसेलले ३८ अर्ब बढी कर तिर्न बाँकी छ । यसअघि उसले १५ प्रतिशत कर भने तिरिसकेको छ। एनसेलको
More

नदीमा गाडी खसालेर युवतीको हत्या गर्ने खड्कालाई जन्मकैद

म्याग्दी -सात महीनाअघि कालीगण्डकी नदीमा गाडी खसालेर युवतीको हत्या गर्ने एक व्यक्तिलाई जिल्ला अदालत म्याग्दीले ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार निजलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए ।
More

बहुविवाह गर्ने जोडी कारागार चलान

भोजपुर जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरेको हो । उनीहरुले यही माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजुरीपछि यही माघ ८ गते पक्राउ गरिएको हो । डिसी नेपाल
More

टिपर दुर्घटनामा दुईको मृत्यु

बनेपा: सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित भई सडक छेउमा पल्टिँदा उक्त गाडीमा सवार तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते हुनेहरुमध्ये तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र सोही ठाउँका १२
More

विद्यार्थी बिदेसिने क्रम अत्यधिक, ४ वर्षमा साढे दुई लाख बिदेसिए

काठमाडौं । अध्ययनका लागि विदेसिने विद्यार्थीको संख्या चार वर्षकै अन्तरालमा दुई गुणा बढीले बढेको पाइएको छ । २०७० सालमा २८ हजार १ सय २६ जना विद्यार्थी बिदेसिएकामा २०७४ सालमा बढेर ५८ हजार ७ सय ५८ पुगेको छ । राजधानी दैनिकमा खबर छ । पछिल्लो पाँच वर्षयता झन्डै २ लाख ४० हजार विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । अध्ययन अनुमतिपत्र लिएर ७१ देशमा २ लाख ३५ हजार ७४ विद्यार्थी बाहिरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७०/०७१ मा २८ हजार १ सय २६, २०७१/०७२ मा ३० हजार ६ सय ९६, २०७२/०७३ मा
More

अबाेध बालककाे चित्कार : ‘मेरो बाबालाई किन आगो लगाउने ?’

डोटी–जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार भएको निधनले गाउँभरि रुवाबासी चल्यो। तर उनका अञ्जान छोरा अनिश जोरालाई के हुँदै छ भन्ने कुराको कुनै जानकारी थिएन। घरबाट शव यात्रा शुरू भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए। शवयात्रासँगै उनी पनि मसानघाट पुगे। यति बेलासम्म पनि कुनै भेउ पाएका थिनन् उनले। तर बुबालाई चितामा राखेर ‘आगो लगाऊ’ भन्दै उनको हातमा राँको दिइएपछि आत्तिदै भने– ‘मेरो बाबालाई किन आगो लगाउने ?’ बाबालाई पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन्। परिवारका अन्य सदस्यले सम्झाइबुझाइ गरेपछि आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउन छाडेनन्। बाबालाई किन आगो लगाएको भन्दै
More

अमेरिकी राजदूतसँग ओलीले भने– प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लियो’

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अथ्र्याएका थिए । ओलीलेभने, ‘हाम्रो कुनै विवाद होइन, कहिलेकाहीँ (राष्ट्रपति) ट्रम्पको पनि टङ स्लिप हुन्छ, हाम्रा प्रचण्डजीको पनि वर्ड स्लिप भएको हो । स्लिप भएपछि भयो । दुई–तीन शब्द बढी गएको हो ।’ ट्रम्पले ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको ब्रिफिङमा नेपाल भारतमा पर्ने भन्ने होइन र भन्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम’ म्यागेजिनले
More