Daily Archives 11th February 2019

ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्छ, सबैभन्दा धेरै जर्मनी प्रभावित

लण्डन– युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ । सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले विना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने छ । जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा रहेको आइडब्लुएच इन्स्टिच्युटका अध्ययनकर्ताहरुले यस्तो निस्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार युरोपको सवैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा एक लाख तीन हजार रोजगारीलाई चुनौती हुनेछ भने दोस्रोमा फ्रान्सको ५० हजार रोजगारी खतरामा पर्नेछ । यसले युरोपेली मुलुकहरुमा मात्रै नभई अन्य मुलुकहरुमा पनि असर पर्ने अर्थशास्त्रीहरुको अध्ययनले
More

टी–२० वरियतामा पारस खड्काको छलाङ

काठमाडौं– हालै युएईविरुद्ध तीन दिवसीय र टी–२० क्रिकेट खेलेको नेपाली राष्ट्रिय टोलीको चर्चा अझैं सेलाएको छैन । सो खेलमा नेपाल विजयी हुँदै प्रशंसा बटुल्यो । यही क्रममा क्रिकेटमा अर्को खुसीको खबर छ । कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल –आईसीसी) को टी–२० बरियतामा ठूलो फड्को मारेका छन् । आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारस पहिलो पटक अलराउन्डर वरियताको शीर्ष ४० भित्र परेका छन् । पारसले ७६ रेटिङ पोइन्ट पाएका छन् । टी–२० ब्याटिङ वरीयतामा भने पारस ९०‍औं स्थानमा छन् । यसैगरी बलिङ वरियतामा नेपालका तीव्र गतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन् ।
More

एनआरएनका संस्थापक ढकाल सम्मानित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक मध्येका एक चिरञ्जीवी ढकाल नेपालमा सम्मानित भएका छन् । ढकाललाई सोमबार चितवनको देवघाटमा १० दिनदेखि जारी ज्ञान महायज्ञमा प्रशंशापत्रसहित खादा ओढाएर सम्मानित गरिएको हो । ढकाललाई गुरुकुलका पिठाधिश १००८ स्वामी रमणानन्द महाराज तथा आयुर्वेद शिरोमणि तथा आचार्य वालकृष्णजी महाराजले संयुक्त रुपमा सम्मान गरेका हुन् । सम्मान ग्रहणपछि बोल्दै ढकालले आफूलाई योग्य ठानेर सम्मानित गरेकोमा खुसी व्यक्त गरे । सम्मानले आफूलाई थप ऊर्जा र हौसला मिलेको भन्दै ढकालले महेश संस्कृत गुरुकुलपरिवारप्रति आभार प्रकट गरे । सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतो समेतको उपस्थिति थियो । ढकाल नेपालब्रिटेन
More

नेपालमै पहिलो पटक टेष्ट ट्युब बेवीबाट ५४ बर्षिय महिला आमा बनिन्

काठमाडौं–महिनावारी सुकेको ४ बर्षपछि पनि काठमाण्डौकी एक महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट आमा बन्न सफल भएकी छन् । ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी बिशेषज्ञ डा. नुतन शर्मासँग उपचार गराएकी काठमाण्डौकी ५४ बर्षिय महिला आमा बन्न सफल भएकी हुन । टेष्ट ट्युब बेवी बिशेष डा. शर्मासँग एक बर्षदेखी बाँझोपनको उपचार गराउँदै आएकी ती महिलाको आइतवार राती ९ बजे काठमाण्डौको बयोधास्थित अस्पतालमा जुम्ल्याह सन्तान जन्मिएका हुन । जन्मिएका सन्तान मध्ये छोरीको तौल १ दशमलव ६ र छोराको १ दशमलव ४ छ । अहिले आमा र बच्चाहरुको स्वास्थ्य अवस्था राम्रो रहको डा. शर्माले जानकारी दिइन
More

एनआरएनले बुझायो लाप्राक बस्ती निमार्णको प्रगति विवरण

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोमबार सरकारलाई गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्ती निर्माणको प्रगति विवरण बुझाएको छ । संघको तर्फवाट केन्द्रीय अध्यक्ष भवन भट्टले उक्त विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बुझाएका हुन् । एनआरएनले सरकारलाई पेश गरेको विवरणमा लाभग्रहीलाई घरहरु हस्तान्तरण गर्नको लागि आवश्यक कित्ताकाट प्रकिया, लालपूर्जा उपलव्ध बनाउन निवेदन, परिमार्जित गुरु योजना, गोला प्रथाबाट तोकिएको लाभग्राहीको सूची र घर नम्बर सहितको आवश्यक कागजातहरु समावेश रहेका छन् । सो क्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली लाप्राक परियोजनामा निर्माण प्रक्रियामा प्राधिकरणको पूर्ण सहयोग रहने वताउँदै अहिले सम्म भएको प्रगतिप्रति खुसी व्यक्त गरे । ०७२ बैशाख
More

नेपालमा लगानीका थूप्रै सम्भावना छन् : चन्द्र ढकाल, उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहनुभएका ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकोले नेपालका कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि विदेशी
More

चरित्र हत्या गरेको आरोपमा एभिन्युज टेलिभिजनका पत्रकारद्वारा उजुरी

काठमाडौं– आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । पीडित पत्रकारको उजुरीपछि महासंघका सचिव रामप्रसाद दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारले राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशिन गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको जनाएका छन् । महासंघले सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गरेको छ । अन्यथा महासंघले श्रमजीवीको पक्षमा
More

चरित्र हत्या गरेको भन्दै नेपाल पत्रकार महासंघमा उजुरी

काठमाडौं– आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । पीडित पत्रकारको उजुरीपछि महासंघका सचिव रामप्रसाद दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारले राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशिन गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको जनाएका छन् । महासंघले सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गरेको छ । अन्यथा महासंघले श्रमजीवीको पक्षमा
More

एनआरएन ईंग्ल्याण्ड राज्य समिति गठनको लागि जोडदार माग

लण्डन । बेलायतको मिडल्याण्ड क्षेत्रका नेपालीहरुको संस्था साझा नेपाली नेपाली समाज यूकेले एनआरएन ईंग्ल्याण्ड राज्य समिति गठनको लागि जोडदार माग गरेको छ , लेस्टरस्थित हेरिटेज इण्डिया रेष्टुरेन्टमा समाजका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सोमबार बैठक सम्पन्न बैठकले उक्त माग गरेको हो । बैठकमा साझा नेपाली समाज यूकेलाई च्यारिटीमा दर्ता गर्ने सम्बन्धमा अध्यक्ष अधिकारीले प्रगति विवरण पेश गरेका थिए । अंग्रेजी भाषामा अनुवादको कार्य भइसकेको तथा अन्य कार्यहरु अघि बढेको जानकारी उनले गराएका थिए । बैठकले एनआरएन यूकेले ईंग्ल्याण्ड राज्यसमिति गठन गर्ने सम्बन्धमा १९ नोभेम्बर २०१८ को बैठकले निर्णय गरे बमोजिम नै ईंग्ल्याण्ड राज्य समितिको जोडदार मागमा अडान कायम राख्ने निर्णय गरेको
More

युएईले दियो हिन्दी भाषालाई आधिकारिक भाषाको दर्जा

युएईले एक ऐतिहासिक फैसला गर्दै हिन्दीलाई आफ्ना अदालतभित्र प्रयोग गरिने तेस्रो आधिकारिक भाषाको दर्जा दिएको छ । त्यहाँको अदालतमा अरबी र अंग्रेजीलाई पहिलेदेखि आधिकारिक भाषाको दर्जा प्राप्त थियो । न्यायापालिकाको यो निर्णय त्यहाँ न्यायको दायरा फराकिलो बनाउनको लागि गरिएको बताइएको छ । अबुधाबीको न्यायिक विभागले शनिवार श्रमिकहरुसँग जोडिएका मुद्धाहरुमा अरबी र अंग्रेजीको अतिरिक्त हिन्दीमा पनि बयान, दावी, अपिल लिन सुरु गरेको बताएको छ । विभागले हिन्दी भाषीहरुलाई तिनको मुद्धा प्रक्रियामा सहयोग गर्नको लागि यो कदम चालिएको बताएको छ । यसका साथै तिनलाई तिनका अधिकार र कर्तव्यहरु भाषाको कुनै अड्चनबीनानै बुझाउनको लागि पनि यो बदलाब ल्याइएको विभागको दावी छ ।
More