Daily Archives 12th February 2019

एनआरएनए नाइजेरियाले रक्तदान गर्ने

लेगोस। नाइजेरिया । गैरआबासिय नेपाली संघ , नाइजेरियाले, नाइजेरियाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । लेगोसमा दोश्रो पटक लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोससंगको सयुक्त आयोजनामा यहि फेब्रुअरी २४ मा रक्तदान कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागीता रहने र सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने जानकारी संघका महासचिव रोशन थापाले जनाए । रक्तदानमा स्थानीय समुदाय र एनआरएनहरुको उल्लेख्य उपस्थिती रहने विश्वास संघका अध्यक्ष बिश्वास पौडेलको रहेको छ ।
More

माल्टमा एनआरएनएको ८० औं शाखा विस्तार

विदेशमा जस्तै सम्भावनाहरु नेपालमा पनि छन्: उपाध्यक्ष कुमार पन्त लण्डन ।  करिव ४ हजार नेपाली बसोवास गर्ने देश माल्टामा तेज वहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समन्वय समिति गठन   गरिएको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलवार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै उपाध्याक्ष पन्तले माल्टामा छरिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्ने कदमको सुरुवात गरेको बताउनुभयो । कुनैपनि मुलुकमा विभिन्न सम्भावना स्थापित गर्न सके समृद्ध बनाउन सकिने बताउँदै उहाँले भन्नुभयो, माल्टा जस्तो सानो मुलुकमा पनि अथाह सम्भावना भएरै हो आज हाम्रै ४ हजार बढी नेपाली दाजुभाई
More

राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडीहरु सहभागी हुन पाउने

लण्डन । नेपालमा आयोजना राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडी सहभागी गराउने सम्बन्धमा गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रिय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपाली खेलाडीहरु सहभागी गराई प्रतिभा प्रस्तुत गर्ने आधार तयार गर्ने उद्देश्यले सम्झौता गरिएको हो । संघका तर्फबाट अध्यक्ष भवन भट्ट र राष्ट्रिय खेलकुद परिषदका तर्फबाट सदस्यसचिव केशव कुमार विष्टले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार संघ र परिषदले नेपाली खेलकुद क्षेत्रको विकासका लागि संयुक्त रुपमा नीति नियमको निर्माण, स्रोत साधनको विकास तथा योजना कार्यक्रम तर्जुमा गर्ने सहमति गरिएको छ ।
More

नेविसङ्घले गरेका निर्णय काँग्रेसद्वारा बदर

काठमाडौँ– नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एनपी साउँदले जानकारी दिए । सङ्घका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा विघटित कार्यसमितिबाट केही मनोनयन भएको जानकारीमा आएपछि पार्टीले सो निर्णय गरेको हो । सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि सङ्घका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामादिएका थिए र सोही दिन राजीनामा स्वीकृत भएको थियो । पार्टी सभापति शेरबहादुर
More

दुई करोड ५० लाख बुझाएर छुटे गोपाल खड्का

काठमाडौँ–विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले आज बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्ने आदेश जारी गरेकोे विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा रु १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख थियो
More

आईजीपी खनाल भारत प्रस्थान

काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा हुने आतङ्कवाद नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । आगामी फागुन १ र २ गते सञ्चालन हुने १९औँ ‘सिनर्जीष्ट नेशनल रेस्पोन्स टु इमजजिङ एण्ड टेरोरिष्ट थ्रेट’का विषयमा हुने सेमिनारमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन् । उनीसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीसमेत त्यसतर्फ गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतसँग अन्तरक्रिया हुने भएकाले अन्तर्राष्ट्रियस्तरमा सुरक्षासम्बन्धी सम्बन्ध विस्तार हुने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशीलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने विश्वास लिइएको कार्यालयले जनाएको छ ।
More

रङ्गेहात अख्तियारको फन्दामा परेका असइ फरार

महोत्तरी–दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको फन्दामा परेका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक (असइ) फरार भएका छन् । आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असइ रामनरेश साह फरार भएका छन् । औरहीस्थित नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए तापनि स्थानीयवासी अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाएअनुसार असइ अहिले सम्पर्कविहीन रहेको र औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । अख्तियारको फन्दाबाट फरार भएका असइ साहलाई खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाएका छन् । बर्दिबासस्थित कार्यालयबाट
More

धुर्मुस–सुन्तलीले उठाए मलेसियाबाट ३५ लाख ७१ हजार

लण्डन– अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तलीले मलेसियामा कार्यक्रम गरेर ३५ लाख ७१ हजार सहयोग उठाएका छन् । धुर्मुसले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै मलेसियामा उठेको रकम सार्वजनिक गरेका हुन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेपश्चात रंगशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भए बमोजिम मलेसियाका तीन वटा शहरहरु क्लालालम्पुर, जोहोर बाहु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्योभन्दा बढी स्वतस्फूर्त रुपमा तीनवटै कार्यक्रममा रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग खुलेर गर्नुभयो’, धुर्मुसले फेसबूकमा लेखेका छन्, ‘आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने कुरामा आशावादी छौँ ।’ साथै
More

अदालत परिसरबाटै हतकडीसहित अभियुक्त फरार

कैलाली– जिल्ला अदालत परिसरबाट आज एक अभियुक्त फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । हतकडी लगाएकै अवस्थामा दमाईं फरार भएको जनाइएको छ । फरार दमाईंको पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक वलीले बताए ।
More

देउवा सहितका पदाधिकारीलाई ढोकैमा रोकी विद्यार्थीले दिए चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवा सहितका पार्टी पदाधिकारीहरुलाई केन्द्रीय समिति बैठकमा जानु अघि चेतावनी दिएर पठाएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयको मूल द्वारमा नै सभापति सहितका नेताहरुलाई रोकेर विद्यार्थीहरुले विधान विपरित ३२ वर्ष भन्दा माथिका नेताको नेतृत्वमा तदर्थ समिति गठन गरिए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् । केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गर्नुअघि सभापति शेरबहादुर देउवा, बरीस्ठ नेता रामचन्द्र पौडेल ,उपसभापति बिमलेन्द निधि, विजय कुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला, पूर्ण बहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्ब अध्यक्ष एवं केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत नेताहरुलाई कार्यालयको मूल ढोकामा नै विद्यार्थीहरुले रोकेका हुन्
More

ढकाल युएईका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं–युएईका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ढकाल नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई संयुक्त अरब ईमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ढकाल परराष्ट्र सेवाका कर्मचारी हुन् ।
More

घाँटी रेटेर पोखरामा १४ बर्षिय बालकको हत्या

कास्की । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडमा १४ बर्षिय बालक सचिन सिन्जालीको घाँटी रेटेर हत्या भएको छ । लेकसाइड स्थित निर्माण भइरहेको एक घरमा माघ २९ गते मंगलबार हत्या भएको अवस्थामा शव फेला परेका हो । पाल्पा जिल्ला घर भइ लेकसाइडमा परिवारसगँ बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
More

स्कटल्याण्डमा फोर्थ भ्याली नेप्लिज एसोसियसन गठन

प्रकाश अर्याल । स्कटल्याण्ड– एनआरएन स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्ष मोहन कार्कीको पहलमा फोर्थ भ्याली नेप्लिज एसोसियसन गठन भएको छ। स्थानीय फलक्रिक काउन्सिलसँगको साझेदारीमा गठन गरिएको एसोसियसनको अध्यक्षमा मोहन कार्की र सचिवमा चन्द्र कश्यप चयन भएका छन् । यस्तै कोषाध्यक्षमा कमला ग्रीन रहेका छन् । सदस्यहरुमा हेम श्रेष्ठ, दिपेन्द्र श्रीष र संजय खड्का रहेका छन् । समिति गठन समारोहमा फलक्रिक काउन्सिलका चार्ली हास्टी, मिसेल कनीन्हम, फ्रयांक मक्कोर तथा सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डका लोरा मालिस, अरुण गोपीनाथको उपस्थिति रहेको थियो। समितिका अध्यक्ष कार्कीले स्थानीय फलक्रिक काउन्सिल र स्कटिस सरकारको समन्वयमा एसोसियसनले कार्यहरु गर्ने बताए । स्थानीय काउन्सिलको साझेदारको रुपमा रहेर
More

संघ र प्रदेशबीच द्वन्द्व हुने खतरा

काठमाडौं– नेकपा सांसद जनार्दन शर्माले संसदमा प्रस्तुत भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय) विधेयकप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश सरकारलाई निकम्मा बनाउने गरी विधेयक ल्याइएको र यसबाट सरकारमा केन्द्रीत प्रशासन चलाउने उद्देश्य देखिएको बताए । उनले भने, ‘प्रदेश सरकार भन्दा माथि सिडियोलाई राखेर अधिकार दिइएको छ । सिडियो कसरी प्रदेश सरकारभन्दा माथि हुन सक्छ ? प्रदेशप्रति सिडियो प्रतिबद्ध हुनुपर्छ ।’ सरकारले अघि बढाएको सो विधेयकलाई जस्ताकोतस्तै पारित गरिए संघ र प्रदेशमा द्वन्द्व हुने खतरा पनि उनले औंल्याए । विधेयक नसच्याइए विकास र समृद्धि नभई प्रदेश तथा केन्द्र झगडामै रुमल्लिरहने
More

नयाँदिल्लीको होटलमा भीषण आगलागी

भारतको राजधानी दिल्लीको करोल बागस्थीत गुरुद्वारा रोडमा रहेको होटल अर्पित प्यालेसमा मंगलबार विहान आगलागी भएको छ । घटनामा १७ जनाको मृत्यु भएको छ । ज्यान बचाउनको लागि तीन जनाले चौथो तल्लाबाट हामफालेका छन् । हामफाल्ने मध्य एकको मृत्यु भएको छ भने बाँकी दुई जना घाइते भएका छन् । दिल्ली प्रहरीका एक वरिष्ठ अधिकृतका अनुसार घाइतेहरुलाई राम मनोहर लोहिया अस्पतालसमेत तीन अस्पतालहरुमा लगिएको छ । प्रत्यक्षदर्शीको भनाईमा होटलको कोरिडोरमा लगाइएको काठको प्यानलको कारण आगो तीब्र गतिमा फैलिएको थियो ।
More

भारतको कोठीमा बेचिएका पाँच नेपाली चेलीको उद्धार

काठमाडौं–भारतको उत्तर प्रदेश राज्यको आग्रास्थित एक कोठीमा बेचिन पुगेका ५ नेपाली चेलीको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको पहलमा उद्धार गरिएको गरिएको छ । भारतमा १७ महिनाको नारकीय जीवन र १२ महिना भारत सरकारको संरक्षणमा रहेका उनीहरुदाई आज सम्पूर्ण प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको पाण्डेले जानकारी दिए । पाण्डले उद्दारमा सहयोग गर्ने नेपाली दूताबास, नेपाल प्रहरी, माइती ईण्डियाको टिम, मिडिया लगायत सम्पूर्ण सहयोगीप्रति धन्यवाद प्रकट गरेका छन् ।
More

राजतन्त्र फर्किन सक्छ: अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो । दुवै असफल भए । उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो ।’ उनले दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने सनसनीपूर्ण घोषणा गरे । क्लबका
More

‘मिस सुपर मोडल ग्लोब’मा नेपालको प्रतिनिधित्व गर्दै अदिति

काठमाडौं – भारतको नयाँ दिल्लीमा केही दिन देखि जारी अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोब’मा नेपालको प्रतिनिधित्व अदिति अधिकारीले गरेकी छन् । उक्त प्रतियोगिताको लागि उनी आइतबार दिल्ली पुगेकी हुन् । फेब्रुअरी १४ मा फाइनल हुने प्रतियोगितामा प्रतियोगितामा प्रत्येक दिन विभिन्नि कार्यक्रम भइरहेको छ । उनले नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गर्नेछन् । अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यसँग बिभिन्न प्रशिक्षण सहित प्रतियोगितामा सहभागी उनले ‘मिस सुपर मोडल ग्लोब’ उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको बताइन् । उनले थपे ‘कलासंस्कृतीको माध्यमबाट नेपाललाई पनि अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’ १८ बर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल
More

६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद

मार्तडी – जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ । सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । कात्तिकमै मात्र चार जुवाखालबाट रु एक लाख १६ हजार नगदसहित २५ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । भाटले भन्नुभयो,“जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा आवतजावत गराएमा उक्त व्यक्तिलाई कानूनी कारवाही गरिनेछ ।” स्थानीयस्तरमा रहेका होटल तथा पसलमा जुवातास खेल्नेलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरमा जम्मा भएर जुवा
More

क्यालिफोर्नियामा एनआरएन युएसए हेल्प डेस्कको कार्यक्रम

अमेरिका–एनआरएन युएसए हेल्प डेस्क उत्तर क्यालिफोर्नियाको आयोजनामा ‘आमने सामने कार्यक्रम’ सम्पन्न गरिएको छ । हेल्प डेस्क उत्तर क्यालिफोर्नियाका संंयोजक तथा एनआरएन एएनसीसी युएसए क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष तुलशी चौलागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एनआरएन हेल्प डेस्क केन्द्रीय समितिका सचिव मणि नेपाली पनेरुले हेल्प डेस्क सम्बन्धी प्रस्तुती दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि एनआरएन एएनसीसी चाइनाका पूर्व अध्यक्ष डिल्ली पराजुली तथा बिशिष्ट अतिथीको रुपमा नेपाल कपिलवस्तु, शिवराज नगरपालिकाका मेयर नेत्र राज अधिकारीले मनतव्य राख्दै हेल्प डेस्कका सत्प्रयासहरुको सराहना गरेका थिए । सो कार्यक्रममा बन्धु पोखरेलसहित नबिन अधिकारी, सुनिता गुरुङ, टंक रायछेत्रीलगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
More