Daily Archives 13th February 2019

सरकारले रोजगार दिन नसके अब भत्ता

काठमाडाैं-रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीको क्षेत्र र दायरालाई विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने कार्यक्रमको लक्ष्य छ । कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो परिवारलाई १०० दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम निर्वाह भत्ताका रुपमा प्रदान गरी सामाजिक सुरक्षाको व्यवस्था गरिने छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सुस्पष्ट
More

नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौँ– नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सङ्घको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो । गत माघ २ गते कार्यकाल समाप्त भएसँगै सङ्घको केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । सङ्घका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिनुभएको थियो र सोही दिन उहाँको राजीनामा स्वीकृत भएको थियो ।
More

सेफ एसोसियसन युकेको दोश्रो अधिवेशन अप्रिलमा

लन्डन । नेप्लिज सेफ एसोसियसन युकेको दोश्रो राष्ट्रिय अधिबेशन आगामी अप्रिल महिनामा हुने भएकोछ । हालै यहाँ बसेको नेपाली सेफहरुको बैठकको निर्णय अनुसार लन्डनस्थित भेन्यू फाइभमा दोस्रो अधिवेशन गर्न लागिएको एसोसियसनका अध्यक्ष कृष्ण तिमल्सीनाले जनाए। तिमल्सीनाका अनुसार नेपाली सेफहरुको साझा संगठन नेप्लिज सेफ एसोसियसनको राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ । नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि यूकेमा काम गर्दै आइरहेको छ । ८ अप्रील सोमवारका दिन अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । उनले सवै सेफहरुलाई आफ्नो हक अधिकारका लागि संगठित हुन र कार्यक्रममा भाग लिन अनुरोध गरेका छन । तिमल्सेनाका अनुसार सहमति नै नेतृत्व चयन हुनेछ ।
More

विदेशबाट फर्किने नेपालीको सामान जफत गरिएको विरोधमा रेखा थापा, श्रममन्त्रीलाई बुझाइन् यस्तो ज्ञापनपत्र

काठमाडौं– विदेशबाट फकिने नेपालीको सामान जफत गरिएकोमा विरोध जनाउँदै आएकी चर्चित नायिक रेखा थापाले शश्रमन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराउँदै एक ज्ञापनपत्र बुझाएकी छिन् । श्रमिकमाथि हुने असम्मान व्यबहार र उनीहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन ध्यानाकर्षण गराउँदै आफूले मन्त्री बिष्टलाई आज मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएको थापाले जानकारी दिइन् । ज्ञापनपत्र बुझ्दै विष्टले यसबारे अर्थ मन्त्रालय सँग समन्वय भइरहेको जवाफ दिएका थिए । यस्तो छ रेखाको ज्ञापनपत्रः
More

उदयराज पाण्डे मलेसियाका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं–मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डे नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।
More

बादल लिएर आउँदै संजीव खरेल

सिड्नी–आखिर चाहेमा गर्न नसकिने भन्ने के छ र ? मान्छेमा सबैभन्दा ठूलो कुरा इच्छाशक्ति र आत्मविश्वास हो । गायक संजीव खरेललाई सानैदेखि गीत संगीतमा रुचि थियो । कला , साहित्य , संगीतलाई केवल मनोरञ्जन मात्रै सम्झिने हाम्रो नेपाली समाजमा त्यो बेला उनले प्रोत्साहन नपाएर औपचारिक संगीत अध्यन गर्न पाएनन् । स्कुल र कलेजका कार्यक्रममा आफ्नो प्रस्तुति दिएर संगीतको तिर्खा मेट्ने प्रयास गरेका यी गायक सन २००९ मा उच्च शिक्षाका लागि अस्ट्रेलिया आए। प्रविधिले सबैकुरा सम्भव बनाएको आजको समयमा उनको साथी बनेको छ, युटुव । सुन्दै सिक्दै अघि बढिरहेका यी गायकले यसअघि आफ्नो पहिलो गीत ‘तिम्रो मायामा’ सार्वजनिक गरिसकेका छन्। २
More

उद्यमशीलता सम्मेलनमा आईएमईको तर्फबाट हेमराज ढकाल सहभागि हुने

काठमाडौं– बिहीबारदेखि सुरु हुन लागेको नेपाल उद्यमशीलता सम्मेलन २०१९ मा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल सहभागि हुने भएका छन् । देशमा औद्योगिक वातावरण सिर्जन गर्ने अभिप्रायले आयोजना गर्न लागिएको सम्मेलनमा ढकालले कम्पनीको तर्फबाट धारणा प्रस्तुत गर्ने आईएमईले जनाएको छ । सम्मेलनमा होटल याक एण्ड यतिमा हुने कार्यक्रम रहेको छ । नेपाल उद्योग परिसंघ, नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्त रुपमा सम्मेलनको आयोजना गर्न लागेको हो । यस सम्मेलनले मुलुकको आर्थिक समृद्धिमा विशेषतः उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र श्रृजनशीलताको प्रमुख भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ
More

काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताउनुभएको हो । उहाँले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताउनुभयो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्यौल देखिएपनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ
More

कतारमा ३० नेपाली कामदारहरुले सुनको सिक्का पाए

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत ३० जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले १० ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेकाछन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् । सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए । यसैगरी १ देखि ६ वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाणपत्र प्रदान गरेका थिए । समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी
More

बलेवामा प्याराग्लाईडिङको सफल परीक्षण

बागलुङ – जिल्लाको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । मंगलबार पोखराको लेक भ्याली प्याराग्लाईडिङ कम्पनीले सफल परीक्षण गरेको हो । बागलुङ नगरपालिका–१३ पैञ्युँपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी बगलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा बिमानस्थलनमा सफल अवतरण गरेको पाईलट टेक बहादुर थापाले बताए । प्रथम बलेवा महोत्सवको अवसरमा मुख्य आकर्षणको रुपमा प्रस्तुत गर्न लागिएको प्याराग्लाइडिङको मंगलबार परिक्षण उडान गरिएको थियो । भुगोल र हावाको गतिका हिसाबले बलेवामा प्याराग्लाईडिङको सम्भावना रहेको पाईलट थापाले बताए । परिक्षण सफल भएपछि महोत्सव अबधिभर ६ वटा प्याराग्लाइडिङ र उडान गर्ने आयोजकले जनाएको छ । पोखरामा भैरहेको प्याराग्लाईडिङलाई बलेवामा पनि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ
More

रेडियो नेपालले मनायो – विश्व रेडियो दिवस

काठमाण्डौ । विश्व रेडियो दिवशका अवसरमा रेडियो नेपालले आज बिहान माइतीघर मण्डलादेखि नयाँबानेश्वर हुँदै सिंहदरबारसम्म प्रभातफेरी गर्‍यो । यस बर्ष यो दिवसको नारा सम्वाद , सहिष्णुता र शान्ति भन्ने रहेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक ,वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्को को अग्रसरतामा सन् २०१२ देखि विश्व रेडियो दिवस विश्वभर मनाउन थालिएको हो । प्रभातफेरी पछि रेडियो नेपालमा आयोजित समारोहमा कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विश्व रेडियो दिवस मनाएजस्तै रेडियो नेपालको स्थापना दिवस चैत्र २० गतेलाई राष्ट्रिय रेडियो दिवसका रुपमा मनाउन सबैमा अनुरोध गर्नुभयो । कार्यकारी निर्देशक कार्कीले नयाँ नयाँ प्रविधि अवलम्बन गरी देश / विदेशमा रहेका नेपाली श्रोताहरुलाई समेत रेडियो नेपाल
More

हनुमन्ते सफाइ अभियान ५१ औँ हप्तामा, प्रचण्ड र प्रकाशमान सहभागी हुने

काठमाडौं, । ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न लागौं’ भन्ने मूल नारासहित सुरु भएको हनुमन्ते नदी सफाई अभियान यही फागुन ४ गते ५१ औ हप्तामा प्रवेश गरेको छ । बुधबार हनुमन्ते नदी सफाई ५१ औ हप्ता मूल समारोह समितिले गरेको पत्रकार सम्मेलन गरेर देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यता र नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको विशिष्ट आतिथ्यतामा यही फागुन ४ गते भव्यरुपमा मनाइने जानकारी गराएको हो । भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको ‘सफा
More

अमेरिकी सरकारविरुद्ध नेपालीद्धारा ह्वाईट हाउस अगाडि प्रर्दशन

हाेमप्रसाद लम्साल, टेक्सास – नेपालले पाएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) कायम राख्न माग गर्दै तीनजना नेपालीहरुले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। नर्दन क्यालिफोर्नियाको अदालतमा अमेरिकी सरकारविरुद्ध केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले संयुक्त रुपमा विपक्षी बनाई मुद्दा दायर गरेका हुन्। अमेरिकी सरकारले प्रशासनिक कार्यविधि ऐन उल्लंघन हुने तवरले जातिगत आधारमा प्रेरित भएर नेपालीलाई दिइएको टीपीएस सुविधा हटाएपछि त्यहाँ बस्ने नेपालीहरु अमेरिकी सरकारविरुद्ध कानूनी प्रक्रिया अपनाएका छन्। अमेरिकन सरकारसहित अमेरिकन होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्चेन नेल्शन, गृहमन्त्री र पूर्व गृह राज्यमन्त्रीलाई दायर गरिएको मुद्दामा विपक्षी बनाइएको मुद्दा दर्ता गर्ने सज्जन पाण्डेले बताए। मुद्दा दर्ता गर्ने ५६ वर्षीय भट्टराई क्यालिफोर्नियाको सन्नीभिलमा
More

‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मलेसियाबाट जुट्यो ३५ लाख ७१ हजार सहयोग

सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको थियो । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफुले सकेको सहयोग पनि खुलेर गर्नुभयो । कार्यक्रम स्थलबाट हामीलाई नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख
More

रक्सी खाएर प्रहरीका असईको पेस्तोल आतंक

काठमाडौं– महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत असई कपिल शाहीलाई वानेश्वर प्रहरीले पक्राउ गरेको हो । मंगलबार काठमाडौं महानगरपालिका १० स्थित बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टमा पुगेका शाही राती अवेरसम्म साथीहरुसहित मापसे गरेर बसेको राती अबेरसम्म पनि उनीहरु बसिरहेपछि सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले पेस्तोल ताकेका थिए । त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेसँगै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गरेको बताइएको छ । सो क्रममा शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित
More

एकै पटक नेपाल प्रहरीका १२ एसपीको काज सरुवा

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एकैपटक नेपाल प्रहरीका १२ एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा काज सरुवा गरिएको छ । यस्तै मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागणमा सरुवा भएका छन् । यस्तै बागलुङ प्रहरी प्रमुखमा कृष्णहरी शर्मा काज सरुवा हुँदा योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् । खरेल यसअघि विशेष ब्यूरोमा कार्यरत थिए । यस्तै कञ्चनपुर प्रहरी प्रमुखमा दिनेश आचार्य, रौतहट प्रहरी प्रमुखमा भूपेन्द्र खत्री, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र दंगा नियन्त्रण
More

सुत्केरीलाई भत्ता वितरण

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले छ महिनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ। नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो। ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप रु तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए। नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण गरेका र सुत्केरी भएका आमालाई मात्र भत्ता उपलब्ध गराएको आचार्यले बताए। नगरपालिकाभित्र गैँडाकोट र पितौजीमा दुई मात्र बर्थिङ सेन्टर सञ्चालनमा छन्। रतनपुर र अमरापुरीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी छ। भरतपुरका सुविधासम्पन्न अस्पताल नजिकै भएका कारण अधिकांश महिला सुत्केरीका लागि भरतपुर जाने गरेका छन्। तर नगरपालिकाको सुत्केरी भत्ता
More

दाङमा स्कुले छात्रमाथि खुकुरी प्रहार

दाङ : दाङको तुलसीपुरमा एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । यहाँको लिटिल हेवन विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी दिनेश ओलीलाई विद्यालय समय सकेर बाहिर निस्कँदै गर्दा विद्यालयको गेटै नजिक युवाहरुको एक समुहले खुकुरी प्रहार गरेको लिटिल हेवन विद्यालयका शिक्षक यमकान्त खरेलले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएका दिनेशको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्नेमध्येबाट एकजनालाई पक्राउ गरेको प्रहरी जनाएको छ । पछिल्लो समय दाङमा आपराधिक घटना बढिरहेका छन् । अघिल्लो दिन सोमबार मात्रै दाङमा ३ वर्षीया एक बालिकाको अपहरण भएको थियो । अन्नपूर्ण पोष्ट
More

विद्यार्थीको धरौटी शुल्क यसरी पचाउँछन् ल क्याम्पसका लाइब्रेरियनले

काठमाण्डौ – प्रदर्शनीमार्गमा रहेको ल क्याम्पसमा एक शैक्षिक सत्रमा हजारौँ विद्यार्थीहरु भर्ना हुन्छन् तर पढ्न आउने सय बराबर पनि हुँदैनन् ।तिनै हजारौँमा सय बराबरका विद्यार्थीलाई पनि पढ्न कक्षा नपुगेर बाहिर उभिएर पढ्न पनि नमिल्ने अवस्था भएको देखिन्छ । कानुन पढाई हुने क्याम्पसमै नियम छैन । त्यतिमात्र होइन ,कानुन क्याम्पसकै कर्मचारीहरु भ्रष्ट छन् ,प्रशासन भ्रष्ट छ । विद्यार्थी भर्ना हुँदा पुस्तकालय धरौटी शुल्क तिर्छन् तर पुस्तकालयमा पुस्तक छैन भनेर पढ्ने पुस्तक पाउँदैनन् विद्यार्थीहरु । जब धरौटी फिर्ता हुने समयमा सूचना प्रकाशित गरिन्छ अनि विद्यार्थी धर्राटी फिर्ता लिन जाँदा अनेक जालझेल गरेर लाइबे्ररीका कर्मचारीले धरौटी शुल्क खाने गरेको खुल्न आएको छ ।
More

चट्याङ लागेर टेलिकमको टावरमा क्षति पुगेपछि फोन सेवा अवरुद्ध

बाजुरा । चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ। खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए। टावर र सोलारमा क्षति पुगेपछि सो क्षेत्रको नमस्ते फोन सेवा अवरुद्ध भएको छ। तीन दिनदेखि साविक आँटीचौर, गुदुखाती, डोगडीलगायतका आसपास क्षेत्रको सम्पर्कविच्छेद भएको छ। टावरमा जडान गरिएका १५ वटै सोलारका पाता चट्याङ लागेर जलेको बताइएको छ। डोगडी प्रहरी चौकीबाट गएको प्रहरीको टोलीका अनुसार पाता काम नलाग्ने गरी जलेको र टावरमा समेत क्षति पुगेको वडाध्यक्ष रावतले बताए। उनका अनुसार टेलिकमको टावरमा खबर गर्दा प्राविधिक
More