Daily Archives 16th February 2019

बिहेको ९ वर्षपछि श्रीमतीले हालिन् श्रीमानविरुद्ध बलात्कार मुद्दा, गाउँले चकित

डोटी– जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् । आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए । उनले भने, “श्रीमान्ले जबरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमान्लाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान शुरु गरिरहेका छौँ ।” आफ्नै श्रीमान्ले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो
More

पशुपति शर्मालाई बालुवाटारबाट दवावै आएको हो ? युट्यूवबाट हटाए गीत

काठमाडौं– गायक पशुपति शर्माले विवादित बनेपछि ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक गीत युट्यूव च्यानलमार्फत हटाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले गीतबाट कसैले चोट पुग्न गएको भए माफी मागेको बताएका छन् । उनले भनेका छन्, ‘‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो
More

यस्तो छ सेफ एसोसियसन युकेको निर्वाचन तालिका

लन्डन । नेप्लिज सेफ एसोसियसन युकेको ८ अप्रीलको दिन हुने दोश्रो राष्ट्रिय अधिबेशनको लागि निर्वाचन तालिकका प्रकाशन गरिएको छ । निर्वाचन समितिका संयोजक रामशरण सिमखडाका अनुसार एसोसियसनको सदस्यता लिने अन्तिम मिति ११ मार्च सम्म तोकिएको छ । ४ साता लामो निर्वाचन प्रकृया अनुसार २३ मार्चमा मतदाता नामावली प्रकाशन र दावी विरोध, २४ मार्चको दिन मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । नयाँ नेतृत्वको लागि निर्वाचन ८ अप्रील अपरान्ह ५ बजे हुने निर्वाचन समितिले जनाएको छ । यसअघि गत महिना सम्पन्न एसोसियसनको बैठकले एक निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिको प्रमुख आयुक्त रामशरण सिमखडा, र आयुक्तहरुमा फडिन्द्र भट्टराई र
More

काठमाडौंमा ४ रेक्टरस्केलको भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ। शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो।
More

‘कान्तिपुर कन्क्लेभ’मा एनआरएन पुर्वअध्यक्ष जीवा लामिछाने

लण्डन — आइतबार सुरु हुने कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गर्न लागेको ‘कान्तिपुर कन्क्लेभ’मा गैरआवासीय नेपालीहरुको प्रतिनिधत्व गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पुर्वअध्यक्ष जीवा लामिछाने सहभागि हुने भएका छन्  । प्रधानमन्त्री केपी शर्मा ओली, विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक आइडाह स्वाराई रिद्धिहौ र बिरला कर्पोरेसनका कार्यकारी अध्यक्ष सन्दीप घोष कान्तिपुर कन्क्लेभको मुख्य वक्ता हुन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र सात वटै प्रदेशका मुख्यमन्त्रीहरू छलफलमा सहभागी हुने कार्यक्रम छ । अर्थशास्त्रीहरू, साहित्यकार र पत्रकारहरूले विभिन्न सत्रमा छलफल गर्नेछन् । दुई दिनसम्म चल्ने कन्क्लेभमा छलफलका अधिकांश विषय अर्थतन्त्रका विद्यमान मुद्दा र अवसरमा केन्द्रित रहनेछन् । केएमजीको यो
More

बेलायती सेनामा भर्ना गरिएका महिलालाई फिर्ता बोलाउन निर्देशन

काठमाडौँ — प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेस गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाधीनतालाई सर्वोपरी राख्दै भूपू गोर्खा सैनिकले उठाएका माग र औंल्याएका समस्या समाधान गर्न उच्चस्तरबाट पहल र वार्ता आरम्भ गर्न समितिले सरकारलाई निर्देशन दिएको हो। गोर्खा भर्ती सन्धिको पुनरावलोकन गरी नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको मान्यताअनुरुप नेपालको परराष्ट्र नीति कार्यान्वयन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ। सरकारको
More

भक्तपुरमा चट्याङ पर्दा बनभोज खान आएका ६ जना घाईते

भक्तपुर । शनिबार दिउसोँ करिब २ बजेतिर भक्तपुरमा परेको चट्याङले ६ जना घाईते भएका छन् । भक्तपुर सूर्यविनायक न.पा. ७ घ्याम्फेडाँडा काठमाण्डौ कीर्तिपुर त्रिभुवन बिश्वबिद्यालयका बिद्यार्थीहरु बनभोज खान आएका विद्यार्थीहरु घाइतेँ भएका महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । चट्याङ लागी निम्न ६ जना मानिसहरु घाईते भई उपचारका लागी डा.ईवामुरा अस्पतालमा लगी उपचार भईरहेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवटी रमण पोखरेलले बताए । घाईते हुनेमा मोरङ कोशी दरैचा नपा. ४ घर भई हाल जिल्ला काठमाण्डौ कीर्तिपुर बस्ने बर्ष २५ को रबि पाण्डे, कैलाली गौरी नपा. १ घर भई कीर्तिपुर बस्ने बर्ष २५ को जिवन भण्डारी, स्याङजा कालीगण्डकी गा.पा.
More

बाराका प्रमुख जिल्ला अधिकारीको सवारी दुर्घटना रहस्यमय

काठमाण्डौं । बाराका प्रमुख जिल्ला अधिकारी र सशष्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन् । माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक उक्त सवारी दुर्घटना भएको थियो । प्रजिअ भट्टराईका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रसस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताएका छन् ।
More

नेविसंघका नेतृहरुले देउवालाई घेरे

काठमाडौँ । नेपाल विद्यार्थी संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरुले दवाव दिन थालेका छन् । उनीहरुले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई नै भेटर दवाव दिएका हुन् । नेविसंघका निवर्तमान महिला नेतृहरुको नेतृत्वमा छात्राहरुको एक समूहले पार्टी सभापति देउवालाई शनिबार भेटेका छन् । देउवा निवास पुगेका महिला नेतृहरुले महिलालाई भावी नेतृत्व दिनुपर्ने आधार र कारण पेश गरेका थिए । नेविसंघका निवर्तमान केन्द्रीय सदस्य मिरा कटवाल, पूजा उपाध्याय, गिता गुरुङको नेतृत्वमा गएको महिला नेतृहरुको समूहले सभापति देउवासँग भेटेर भावी अध्यक्ष महिलाले पाउनु पर्ने माग राखेका थिए । महिला नेतृहरुले सभापति देउवाकै पहलमा विधान
More

एनआरएनए अमेरिकाको ९ हजार साधारण सदस्य, आवेदन फारम गर्ने समय सकियो

काठमाडौं –एनआरएनए अमेरिकाको निर्वाचन प्रक्रियामा सहभागि हुनको लागि सदस्यता आवेदन फाराम भर्ने समय सकिएको छ । पूर्वीय समयअनुसार फेब्रुअरी १५ को राती ११ः५९ बजेदेखि सदस्यता आवेदन गर्ने समय सकिएको हो । जसअनुसार जम्मा ८ हजार ८२२ जनाले आवेदन दिएकोमा ४ हजार ९८४ जनाको स्वीकृत गरिएको छ । यस्तै १५ सय ८० अनपेड मेन्नरमा दरिएका छन् । केही पुराना आजीवन सदस्यहरुको प्रमाणीकरण प्रक्रिया सम्पन्न भएपछि उनीहरुको संख्या भेरिफाइड गरी सदस्य संख्यामा थपिने एनआरएनए अमेरिकासदस्यता भेरिफिकेसन समितिका रामकुमारमा सुवेदीले जानकारी दिए ।
More