Daily Archives 17th February 2019

नेपालको यौन दुर्व्यवहार काण्डबारे बेलायतका प्राध्यापक बोले

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका एकजना सेवानिवृत्त प्राज्ञमाथि यौन दुर्व्यवहार र दुराचरण गरेको भनि लागेको आरोपको बारेमा हालसम्म कुनै छानबिन नभएकोमा बेलायत– नेपाल प्रज्ञा परिषदले आफ्नो ध्यानाकर्षण जनाएको छ । परिषदले जारी गरेको एक विज्ञप्तिमा विश्वविद्यालयभित्र यस्तो विषयको कारबाही गर्ने उचित प्रक्रियाको व्यवस्था नभएकोमा चिन्ता व्यक्र गरिएको छ । परिषद्ले यस्ता आरोपहरूको छानबिनको स्पष्ट र पारदर्शी प्रक्रियाको व्यवस्था गर्नुपर्ने, पर्याप्त विभागीय कारबाहीको व्यवस्था गरिनुपर्ने र उचित कानुनी उपचारको व्यवस्था गरिनुपर्नेमा जोड दिएको छ । समग्र देशमा नै महिलाविरुद्ध हुने हिंसालगायत लैङ्गिक हिंसा बढिरहेको, तथा दण्डहीनता पनि मौलाउँदै गएकोजस्तो देखिएको अहिलेको परिवेशमा यस्तो नीतिगत व्यवस्था हुँदा विश्वविद्यालयलाई नैतिक नेतृत्व लिन आधार मिल्ने विज्ञप्तिमा
More

लन्डनमा सामूहिक बेल विवाह

लन्डन– लन्डनमा सामूहिक बेल विवाह कार्यक्रम गरिने भएको छ । मतिना फाउन्डेसनले नेवारी परम्परामा अपरिहार्य मानिने बेलविवाह कार्यक्रमको तयारी गरेको जनाएको छ । आगामी ६ मेमा लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा नेवाः पण्डितले सामूहिक बेल विवाह गर्ने फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी दिए । फाउण्डेशनले परम्परा अपरम्पार विकारात्मक परम्परालाई निरुत्साहित गरि आफ्नो शुध्द परम्परालाई शुध्दनै कायम गरी दोश्रो सामूहिक इही, बाह्रा र कयता पूजामा आफ्ना वालिकालाई सहभागी गराउन अनुरोध गरेको छ । कार्यक्रममा सहभागी हुन निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिनेछ– JIVAN ON 07543995024 SASHI ON 07809837110 AMRITA ON 07568373862 SILU ON 07412020177 RENU ON 07999616440 RACHANA ON 07926938655 NAGENDRA ON
More

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग राष्ट्रपतिको डिनर मिटिङ

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा प्रम तथा नेकपा अध्यक्ष ओली र प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता देउवा शीतल निवास पुगेका हुन् । आइतबार साँझ भएकाे डिनरसहितको साे भेटमा काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार पनि सहभागि भएको बताइएको छ । स्रोतका अनुसार भेटमा हालै सार्वजनिक भएको पशुपति शर्माको ल्ट्न सके लुट कान्छा बोलको गीतको समेत चर्चा भएको थियो । यद्यपी राष्ट्रपतिको सचिवालयले भने समसामयिक विषयमा छलफल भएको बताएपनि यस विषयमा भने केही बताएकाे छैन ।
More

 कालिञ्चोकमा  झण्डै ७०० पर्यटक हिउँ परेपछि अलपत्र

दाेलखा- प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए । प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले आजसम्म उद्धार कार्य जारी राखेको छ ।
More

बद्री पङ्गेनीले भने– पशुपति शर्माको गीत फेरि यूट्युबमा आउनुपर्छ

काठमाडौँ–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट..’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री पङ्गेनीले आज एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका शर्माको गीत सुन्न पाउनु दर्शक र स्र्रोताको अधिकार हो भन्दै शर्मालाई पुनः गीत अपलोड गर्न आग्रह गरेका हुन् । “गीतमा प्रयोग भएका शब्द सार्वजनिक सञ्चारमाध्यममा आइरहेका शब्द हुन् । गीत सङ्गीतमा आउन नहुने भन्ने मापदण्ड छैन तसर्थ, पनि सर्जकद्वारा सिर्जना गरिएको कलाकृति, गीत सङ्गीत लोकले जस्ताको तस्तै सुन्न पाउनु स्रोताको अधिकार भएकाले प्रतिष्ठान कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै
More

टेलिकमको ७ तलामाथिबाट खसेर भारतीय नागरिकको मृत्यु

  काठमाडौँ–बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आज एक कामदारको मृत्यु भएको छ । टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ । प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेका राठौरको उपचारका लागि नर्भिक अस्पताल पु¥याउने क्रममा मृत्यु भएको थियो । राठौरको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ ।
More

वृद्ध भत्ता ५ हजार पुग्ने

स्याङ्जा– भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने बताएकी छिन् । उनले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने पनि बताएकी छिन् । मन्त्री अर्यालले चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको जिकीर गरिन्। मन्त्री अर्यालले ५ वर्षमा मुलुकको विकासको स्पष्ट खाकासहित विकासले गति लिने बताउँदै सरकार अहिलेसम्म नीति निर्माणमै अल्झिनु परेकाले सोचे जति छिटो छरितो काम हुन नसके पनि अब कामले गति लिने बताइन् ।
More

आगलागीबाट बालकको मृत्यु, दुई घर जलेर नष्ट

  तेह्रथुम– तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आज दिउँसो घरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । स्थानीयवासी रुद्र खातीको घरमा आगलागी हुँदा खातीको ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

भूतपूर्व ब्रिटिश गोरखा सैनिक गुनासै गुनासो

लण्डन । भूतपूर्व ब्रिटिश गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूहरुलाई पनि ब्रिटिशसरह नै सेवा सुविधा दिनुपर्ने माग गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । भुतपुर्व ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले आफूहरुले प्रतिशतको आधारमा नभई ‘समान कामको समान दाम’ पाउनुपर्ने माग गरेको स्पष्ट पारे । उनले भने,‘ब्रिटिश सरकारले आफ्ना सैनिकसरह हामीलाई पनि सेवा सुविधा दिन्छु भनेको छ, तर यतिका वर्ष हुँदासमेत बोलेको कुरा कार्यान्वयन गरेन् ।’ आफूहरुको समस्या समाधान गर्न नेपाल सरकार र ब्रिटिश सरकारले पनि ११ महिना बितिसक्दापनि समस्याको समाधान नगरेको उनले गुनासो पोखे ।
More

सरकारको ज्यादती बिरुद्ध माइतीघरमा घन्क्यो पशुपति शर्माको ‘लुट्न सके लुट’

काठमाण्डौ – ३ दिनअघि बजारमा आएको पशुपति शर्माको भ्रष्टाचारबिरुद्धको गीत लुट्न सके लुट हिजो बेलुका नेपाल सरकारको निर्देशनमा युटुबमार्फत हटाइएको छ । सरकारको विरोध गरेको ,राष्ट्रपतिको विरोध गरेको भन्दै उक्त गीतमा प्रतिबन्ध लगाइएको हो । गीतमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा चर्को बिरोध भयो ।कलाकार ,राजनीतिकर्मी , सामान्य नागरिक तथा अगुवाहरुका प्रतिबन्ध बिरुद्ध विचारहरु सञ्जालमा पोखिए । आज अपरान्ह ५ बजे स्वतन्त्र नागरिकको समूहले माइतीघर मण्डलामा उक्त गीत प्रतिबन्ध भएको प्रति चर्को बिरोध जनाउँदै लुट्न सके लुट गीत बजाएर नाच्ने कार्यक्रम सम्पन्न गरेको छ । Geplaatst door NepalBritain.Com op Zondag 17 februari 2019
More