Daily Archives 18th February 2019

एनआरएन अमेरिकाको अध्यक्षमा ५ जनाको दावी, सदस्य संख्या १० हजार

होमप्रसाद लम्साल। अमेरिका – गैरआवासिय नेपाली संघ अमेरिकाको सदस्यता लिने समय सकिएको छ। अन्तिम नामावली आउने दिनसम्म सदस्यको सख्या १० हजारको हाराहारीमापुग्ने अनुमान गरिएको छ। त्यसमा पुरानाआजिबन सदस्यको केहि सख्याजोडिने छ। यो सख्या अघिल्लो पटकको तुलनामा झण्डै पाँच हजार कम हो। अघिल्लो पटक विश्वभरीकै एनआरएनको राष्ट्रिय समन्वय समितिमध्ये सबै भन्दा धेरै १५ हजार सदस्यसहितको ठुलो शाखा बनेको थियो। सदस्यता फारम भर्ने समय सकिएपछि अहिले समितिले फारमलाई भेरिफकेसन गर्ने कामलाई तिब्रता दिएको छ। समितीका सदस्य बालजोशीका अनुसार भेरिफिकेसन समितिलाई ३१ तारेखसम्म सदस्यता फाइनल गरी निर्वाचन समितिलाई बुझाउने समय दिइएको छ। समन्वय समिति अमेरिका उपाध्यक्ष सुनिल शाहले विगतमा सदस्यता बनाउन खुकुलो भएको
More

अमेरिकामा संस्कृत भाषा तथा ज्ञानकाे प्रचार गर्ने प्रतिबद्धता

सानफ्रानसिस्को । जयतु संस्कृतम् अमेरिका तथा विश्व अध्यात्म केन्द्रको आयाेजनामा अमेरिकाको क्यालिफोर्निया स्थित सानफ्रान्सिस्काेमा आइतबार एक छलफल कार्यक्रम सम्पन्न भयो । सो छलफलमा जयतु संस्कृतम् एवम् विश्व अध्यात्म केन्द्रको हालका गतिविधि एवम् भावी योजनाका बारेमा चर्चा भयो । कार्यक्रममा जयतु संस्कृतम् अमेरिकाका संयोजक तथा नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका गुरु चूडामणि पाठकले संस्कृतले समाजसाई सुसंस्कृत पार्न खेलेकाे भूमिका बारे चर्चा गर्दै संस्कृत भाषालाई विश्वव्यापी रूपमा प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विश्व अध्यात्म केन्द्रका संयोजक तथा वाल्मीकि विद्यापीठका पूर्व सहायक प्राध्यापक पीपलमणि सिग्देलले विश्वशान्तिका लागि संस्कृत भाषा र ज्ञानले अतुलनीय भूमिका खेल्नसक्ने बताउनुभयाे । छलफलमा वाल्मीकि विद्यापीठका पूर्व विद्यार्थी
More

कांग्रेस नेता डा. मिनेन्द्र रिजाल लण्डन आउने

लण्डन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल लण्डन आउने भएका छन् । नेपाली जनम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङका अनुसार डा. रिजाल वेष्ट मिनिष्टर फाउण्डेसन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा आयोजना हुने एक कार्यक्रममा भाग लिन वेलायत आउन लागेका हुन् । डा. रिजाल २० तारिख बुधवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने समितिका महामन्त्री सूर्य तामाङले जनाए । तामाङका अनुसार डा. रिजाल अगामी २ साता वेलायतमै रहने छन् । यसै बीच नेपाली जनसम्पर्क समिति वेलायतले उनको सम्मान लण्डनमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ । २३ फेव्रोवरी, शनिवार फेलथामस्थित नमस्ते गोर्खा रेष्टुरेन्ट सो कार्यक्रमको आयोजना गरिने नेपाली जनसम्पर्क
More

१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

लन्डन । विश्वका ८ हजार उचाईं माथिका सबै १४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मल पूर्जालाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । उक्त कम्पनीले 
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए । ए स्टारले पूर्जाको अभियान जारी भएसम्म प्रत्येक एक मोर्गेज डिलबाट दश पाउण्डका दरले दिने दर्लामीले जनाए । पूर्जाले यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने महत्वकांक्षी योजनामा छन् । पूर्जाको यो महत्वकांक्षी प्रोजेक्ट एकदम खर्चिलो छ । उनलाई यो प्रोजेक्ट सम्पन्न
More

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक

सिड्नी– अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरुलाई जानकारी दिएका छन् । यसै महिनाको शुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । अस्ट्रेलियाले सुरक्षा निकायहरुले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् ।
More

बालिकाको सामूहिक वलात्कारपछि हत्या भएको खुलासा

धनुषा– आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो । “हत्यारा नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भने । घटनामा संलग्न रहेको आशङ्कामा केही व्यक्ति पक्राउ परेका छन् ।
More

गुल्मीमा बावुको चौरासी गर्न हेलिकप्टरमा घर आए छोराहरु

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास चिदचौर माथीको आकाशमा हेलिकप्टर घुम्न के पाएको थियो हेर्नका त्यस तर्फ दौडिने मानिसहरुको संख्य उत्ति खेरै बढ्यो । हिजो वामीटक्सारमा पुर्व प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आएकोले उनै आए होलान् भन्ने अड्कल गर्न थालियो । कसैले कोही विरामी परेर हेलिकप्टर मगाईएको होला भन्न पनि थालियो । जब हेलिकप्टर चिदिचौरमा बस्यो । ओर्लिएर हेर्दा तम्घास क्याम्पसरोड स्थित मानबहादुर श्रेष्ठका छोराहरु, बुहारी र नातिनीहरु पो आएका रहेछन् । बाबु श्रेष्ठको आजैदेखि चौरासी पुजा सुरु हुने भएकोले अमेरिकाबाट आएका जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ , माईला हिरण्य श्रेष्ठ , कामाण्डौमा रहेका साईला छोरा नगेन्द्र र अमेरिकामा रहेका
More

प्रजातन्त्र दिवसमा शुभकामना दिँदै के– के भने ज्ञानेन्द्रले ?

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्रशाहले राष्ट्र दिनप्रति दिन कमजोर बन्दै गएको बताएका छन् । सोमबार ६९ औं प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै शाहले भनेका छन्, ‘राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको छ ।’ जनताको हित, सूरक्षा र विकासको मूलभूत साधन नै प्रजातन्त्र भएको भन्दै शाहले सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने उल्लेख गरेको छन् । शूभकामना सन्देश नेपाली दिदीबहिनी तथा दाजूभाइहरु, प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र
More

राजसंस्था राख्ने सहमति भएको खुलासा

हेटौँडा,६ फागुन । राजसस्थाबादी बृहत समुहका केन्द्रीय संयोजक किशोरी महत्तोले राजसस्थालाई राख्ने सहमति भएको बताएका छन् । आज हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक महत्तोले तात्कालिन राजा ज्ञानेन्द्र र दलहरुसँग राजसस्था राख्ने सहमति भएको दाबी गरे । उनले उक्त कागज अब चाँडै नै जनताको हातहातमा हुने दाबी समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै उनले राजाको सहयोगलेनै गणतन्त्रको आन्दोलन सफल भएको बताए । यदि राजाले चाहेको भए दमन गरेर भएपनि राजसस्था जोगिने बताए । उनले तत्कालिन गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल सहितको नेतासँग आन्तरिम संविधानमा राजतन्त्र राख्ने सहमति भएको बताए । राजालाई हटाएर नेपालको राजनीतिक दलहरुले धोका दिएको भन्दै
More

अख्तियारका आयुक्तलाई घुस खुवाउनेमाथि पनि कारबाहीको माग

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेजका शिक्षक तथा कर्मचारीहरुले गैरनाफामुलक रुपमा सञ्चालनमा रहेको कलेजलाई निजी बनाउन खुस खुवाउनेमाथि कारबाही गर्न माग गरेको छ । नेपाल इन्जिनियरिग कलेज शिक्षक तथा कर्मचारी संघर्ष समितिले संयुक्त विज्ञप्ति प्रकाशित गरी कलेजलाई निजीकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस खुवाउने कलेजका तत्कालिन अध्यक्ष लम्वोदर न्यौपानेसहितको समूहमाथि कारबाहीको माग राखेको हो । संयुक्त विज्ञप्तिमा शिक्षक संघर्ष समितिका संयोजक दुर्गाप्रसाद भण्डारी र कर्मचारी संघर्ष समितिका अध्यक्ष मनोहर खनालको हस्ताक्षर रहेको छ । कलेजको विषयमा समयसमयमा विभिन्न संचार माध्यमहरुमा आर्थिक अनियमिताबारे प्रकासित अडियो तथा भिडियोका समाचारहरुको सन्दर्भमा आफनो ध्यानाकर्षण भएको जनाउँंदै विज्ञप्तिमा कलेजका तत्कालिन
More

पशुपतिको गीतमा काँग्रेस र नेकपा सांसदको जुहारी !

काठमाडौं–गायक पशुपति शर्माले गाएको छुट कान्छा लुट बोलको गीतलाई लिएर संसदमा दुई सांसदबीच भनाभन भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेसका संसद अमरेश कुमार सिंह र नेकपाका सांसद झपट रावल बीच भएको भनाभनले जुहारी जस्तै चल्यो । कांग्रेस सांसद सिंहले गायक शर्माले गाएको गीतलाई प्रतिबन्ध लगाइएको भन्दै सरकारको आलोचन गर्दै गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरे । सांसद सिंहभन्दा पछि बोलेका नेकपाका सांसद रावलले कांग्रेस संसद् सिंहको प्रत्युत्तरमा यो गीत माननीय सांसदले गाएमा आफुले २५ हजार पुरस्कार दिने घोषणा गरे । गायक शमाले ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीत
More

दुर्घटनामा घाइते सिडिओको मृत्यु

दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज सोमबार निधन भएको छ । गएको माघ ११ गते भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो । एसपी पोखरेलको घटनास्थलमै ज्यान गएको थियो भने भट्टराई गम्भीर घाइते भएका थिए । भट्टराईको उपचारका क्रममा आज दिउँसो काठमाडौं त्रिवि शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
More

अमरेशमाथि खनिए प्रमोद

काठमाडौं– चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले लोक गायक पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा काँग्रेस सांसद अमरेश कुमार सिंहले गायक शर्माले गाएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । सांसद सिंहभन्दा पछि बोलेका नेकपाका अर्का सांसद झपट रावलले कांग्रेस संसद् सिंहको प्रत्युत्तरमा यो गीत अमरेशले नै गाएमा आफूले २५ हजार पुरस्कार दिने घोषणा गरे । यसरी एउटा सर्जकको गीतलाई लिएर नेताहरुबीच नै जुहारी चलेपछि गायक खरेलले काम गर्न अनुरोध गर्दै गीतमाथि राजनीति नगर्ने सुझाएका हुन् । खरेलले सामाजिक
More

विद्यार्थीको घेराऊ लगत्तै त्रिविले स्ववियुको केन्द्रीय निर्वाचन समिति घोषणा

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सन्पन्न गर्न केन्द्रीय निर्वाचन समन्वय एवम् निरिक्षण समितिको घोषणा गरेको छ । आज स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दवाव दिन त्रिभुवन विश्वविद्यालय घेराऊ गर्न पुगेका सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी ) को घेराउ कार्यक्रमै सो समितिको नामावली सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमितिको नामावली सार्वजनिक गरिएको हो।समितिको सहसंयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती रहेका छन्। समितिका अन्य सदस्यहरुमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसि, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगावहादुर थापामगर रहेका छन् । केन्द्रीय निर्वाचन समिति वन्नुलाई सकारात्मक रुपमा लिएको अनेरास्ववियू (क्रान्तिकारी ) का उपाध्यक्ष
More

ओली नेतृत्वको सरकारले भ्रष्टाचार ,बेथिति र विसगतिको जग बसाल्यो : रामचन्द्र पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसालेको गम्भीर आरोप लगाएका छन् । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको उल्लेख गरेका थिए । सोमबार तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने दाबी गरे । पौडेलले भने,‘ओली जीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ । सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन । मुलुक अहिले
More

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गर्यो

युवा स्ट्राइकर केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गरेको छ । एमबाप्पेले ७३औं मिनेटमा ड्यानी आल्भेसको पासमा उत्कृष्ट गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट इटिनेले पीएसजीलाई केही दवाव दिएपनि गोल फर्काएन सकेन । स्टार खेलाडी नेमार र एडिन्सन काभानी घाइते हुँदा पीएसजीलाई अहिले गाह्रो परिरहेको छ । तरपनि लिगमा पीएसजीले शीर्ष स्थान थप बलियो बनाउँदै लगेको छ । जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लिलेभन्दा १२ अंकले अगाडी छ । लिलेले २५ खेलबाट ५० अंक बनाएको छ
More

फेशन शोमा नायिका निताको यस्तो लुक्स

पछील्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा फर्किएकी छिन् । पछील्लो समय उनी फरिया डिजाईनले आयोजना गरेको “ईलिजेन्ट ब्राईडल फेयर” नामक फेशन शो तथा फेयरमा आकार्शक रुपमा प्रस्तुत भएकी हुन । फरिया डिजाईनले काठमाडौं ठमेल स्थित छाया कम्प्लेक्समा आयोजना गरेको उक्त फेशन शोको शो स्टपर्सको रुपमा प्रस्तुत भएकी निताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु उत्कृष्ट रहेको बताईन। उक्त फेशन शोमा ४० जना बिभिन्न उमेर समुहका मोडलहरुले र्याम्प नापेका थिए। कार्यक्रममा ५ बर्ष देखी ३५ बर्ष उमेर समुहका मोडेलहरुको सहभागी थियो । वेष्टर्न वेडिङ्ग गाउनका बिभिन्न आकार्शक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो
More

सेवा हैन व्यापार वनिदियो, राजनिती : वि.वि. श्रेष्ठ

लामो समयदेखि राजनैतिक व्यवस्थाका कारण देशअख विकास र समृद्धि आउन नसकेको नेताहरु गणतन्त्रप्राप्ति पछिको यो सन्दर्भमा नजिकवाट नियाल्ने हो भने तार्किक भिन्नता पाउन सकिदैन । न्याय र समानताको नारा दिने नेताहरु पदमा आसिन भएपछि सर्वथा सहज देख्ने मनोवृत्तिले ग्रसित भएको पाईन्छ । नेपालको राजनैतिक परिदृश्यलाई नियाल्ने हो भने यो मनोरोगले आम राजनैतिक दललाई गाँजेको पाईन्छ । सत्तासीन र सत्ताईतरको राजनिती गर्ने नेपालको राजनैतिक दलका नेताहरुको असक्षमताले दल विशेषलाई दोषारोपण गर्ने खुवी वाहेक केहि देखिएन । स्पष्ट दृष्टिकोण र कार्ययोजना विनाको राजनिती ले देशको हरेक क्षेत्र नै कलंकित वनाईदियो । व्यक्ति र नेताको व्यक्तिगत टकराव मात्र नभई असमक्षता ढाक्ने प्रवृत्ति आम
More

शिवम् सिमेन्टस् लिमिटेडको सार्वजनिक निष्काशन खुल्ला

सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्मा शिवम् सिमेन्टस् लिमिटेडकोे प्रति शेयर रु.१००÷– अंकित दरमा प्रिमियम वापत रु.२००÷– थप गरी प्रति शेयर रु.३००÷– का दरले ४१,२०,००० कित्ता साधारण शेयर सर्वसाधारणका निमित्त मिति २०७५÷११÷०६ गतेदेखि बिक्री खुल्ला गरिएको छ । साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियम सहित शेयर निष्काशन मूल्य रु.२००÷– तोकिएको हुँदा यस अघि रु ३००÷– मा ८,८०,००० कित्ता शेयर निष्काशन गरी २,००,२४० कित्ताको मात्र आवेदन परेको र सोलाई बाँडफाँड गरिएकोमा हाल तोकिएको निष्काशन मूल्य बमोजिम बाँडफाँड भएका शेयरधनीहरुलाई कुल १,००,१२० कित्ता शेयर थप प्रदान गरिने र बाँकि रहेको ५,७९,६४० कित्ता शेयर रु २००÷– मा आवेदन गर्न चाहने स्थानीयलाई
More

कालिञ्चोकको हिउँमा अलपत्र सात सय पर्यटकको उद्धार

प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए । प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले आजसम्म उद्धार कार्य जारी राखेको छ । रासस
More