Daily Archives 20th February 2019

भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ–भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई आज काठमाडौँ ल्याइएको छ । मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पु¥याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो । भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्धार गरिएको थियो । मङ्गलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई आज काठमाडौँ ल्याएको प्रहरीप्रधान कार्यालयले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
More

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

बेइजिङ– चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन्
More

बेल्जियमबाट करेन्ट लागेर दुबै हात गुमेका ढुंगानालाई आर्थिक सहयोग

लण्डन । नेपाली जनम्पर्क समिति बेल्जियमको पहलमा करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका एक व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । नेपाली जनम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाका अनुसार खोटांगका हरिकाजी ढुंगानालाई १ लाख ३९ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । ढुंगानालाई पत्रकार शिसिर भण्डारी मार्फत पिडित हरिकाजी ढुंगानालाई हस्तान्तरण गरिएको हो । नेपाली जनम्पर्क समिति बेल्जियमले ढुंगानाको शिघ्र स्वाथ्यलाभको कामना गरेको छ ।
More

त्रिविका सहायक डिन निलम्बित, छात्रामाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ– केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको छ । आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएपछि साहलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो ।
More

ओलीले भने–अर्को निर्वाचनमा नेकपाको दुई तिहाई

धनगढी–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताएका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको बिशेष भेलालाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकीकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पारे । “पार्टी एकीकरणमा केही ढिलाइ भयो तर अब त्यो अवस्था रहँदैन । अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिदैछ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् । “वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन
More

उद्यमशीलतामा रमाउने पुस्ता विदेशमा तयार : जीवा लामिछाने

काठमाडौँ — प्रवासमा बसेर पौरख गरिरहेका दोस्रो पुस्ता नेपालमा उद्यमशीलताका लागि तत्पर रहेको प्रवासी अधिकारीहरूले बताएका छन् । कान्तिपुर कन्क्लेभको सामेबार भएको ‘पौरखी प्रवासी र मूल देश’ सत्र छलफलमा गैरआवसीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य जीवा लामिछाने, अर्थशास्त्री विश्व पौडेल, साउथ एसिया युनिभर्सिटीकी प्राध्यापक मल्लिका शाक्य र ब्लगर लेक्स लिम्बुले प्रवासी नेपालीको योगदानबारे चर्चा गरेका हुन् । ‘दोस्रो पुस्ता पहिलो पुस्ताको संघर्षबाट प्रभावित भएको हुन सक्छ,’ लामिछानेले भने, ‘यस्तो उद्यमशीलतामा रमाउने पुस्ता सयमा होइन, हजारौंमा छन् ।’ उनले प्रवासमा रहेका नेपालीसँग सरकारी तहबाट ठूलो अपेक्षा राखेको बताए । ‘एनआरएन अभियानको सुरुआती चरणमा हामीले पनि क्षमता बिर्सेर बढी प्रतिबद्धता जनायौं । त्यही भएर हेर्दा मूल
More

अर्थमन्त्री डा. खतिवडा बेलायतमा

लण्डन । अर्थमन्त्री डा युवराज खतिवडा संयुक्त अधिराज्य बेलायत आइपुगेका छन् । डा खतिवडा बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल विकास सम्मेलन’ मा भाग लिन स्थानीय समयअनुसार बुधवार दिउँसो यहाँ आइपुगेका हुन् । अर्थ मन्त्रीको साथमा अर्थ मन्त्रालय र लगानी वोर्डको कार्यालयवाट एक एक जना प्रतिनिधि सहभागी भएका छन् । बेलायतस्थित नेपाली दूतवासका प्रवक्ता शरदराज आरण हित्रो विमानस्थलमा डा खतिवडाको स्वागतका लागि पुगेका थिए । डा खतिवडाको स्वागतमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा वहादुर सुवेदी भने अनुपस्थित रहे । सुवेदी बेलफास्टमा प्रजातन्त्र दिवस मनाउन गएकाले अनुपस्थित रहेको बताइएको छ । डा खतिवडाको स्वागतमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कूल आचार्यसहित
More

नर्दन आयरल्याण्डमा प्रजातन्त्र दिवस भव्य रुपमा सपन्न (फोटो फिचर)

धर्मराज अधिकारी । बेलफास्ट । बेलायतका लागि नेपाली राजदुत डा। दुर्गाबहादुर सुबेदीले नेपालीहरु बिश्वको जुनसुकै कुनामा रहेपनि नेपाली, भाषा, कला र संस्कृतिको जगेर्नाले नेपाल झल्किएको बताएका छन् । बेलायतको नर्दन आयरल्याण्डमा मंगलबार आयोजित ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बोल्दै राजदुत डा। सुबेदीले विश्वका जुनै कुनामा रहेपनि नेपाली कला, संस्कृति र संस्कार जोगाइराख्न र नेपालीपन नभुल्न आग्रह गरे । नेपाली दुतावास बेलायतको आयोजना तथा नेप्लिज कम्युनीटि इन नर्दन आयरल्याण्डको संयोजनामा आयोजित ुराष्ट्रिय प्रजातन्त्र दिवस तथा नेपाल भ्रमण बर्ष २०२०ु को अवसरमा आयोजित सो कार्यक्रममा राजदुत डा। सुवेदीले प्रजातन्त्र मुलुकको मेरुदण्ड भएको बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याउंदै उनले
More

जनसम्पर्क समिति बेल्जियमा उपसभापतिद्धारा राजीनामा

लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियका उपसभापतिले आफ्नो पदबाट राजीनामा दिएका छन् । उपसभापति कमल सिटौलाले जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाको कार्यशैली प्रति असहमित राख्दै पदबाट राजीनामा गरेका हुन् । नेपाली कांग्रेको भातृसंस्था नेपाली जनसम्र्पक समिति बेल्जियममा सापकोटा र शुभाष गुरुगंको नेतृत्वमा रहेका दुईवटा जनसम्पर्क समिति सकृय छन् । सिटौलाद्धारा जारी विज्ञप्तिको पूर्णपाठ नेपाली जनसम्पर्क समिति बेल्जियममा आवद्ध मीत्रहरु, जय नेपाल बिषयस् उपसभापति पद बाट राजिनामा दिएको बारे१ म आफू जव राजनीति बारे जान्न र बुझ्न थालें सोही समय बाटै नेपाली कांग्रेसको भात्री संगठन अन्तर्गत विभिन्न जिम्मेवारीमा रहि काम गरें भने पार्टीको क्रियाशील सदस्यको रुपमा रहेर आफ्नो दक्षता र
More

राष्ट्रपति र प्रदेश पमुखको भेटघाट सम्पन्न

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग ६ वटा प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रदेश नम्बर १, प्रदेश नम्बर २ प्रदेश नम्बर ३, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कणाली प्रदेशका प्रमुख बुधबार शीतल निवास पुगेका हुन् । उक्त भेटका अवसरमा प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा राष्ट्रपतिलाई आ–आफ्ना अनुभवहरु जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।
More

गोविन्द केसी फेरि अनसन बस्दै, ३ बुँदे माग अघि सारे (३ बुँदेसहित)

काठमाडौं– माघ १८ गतेमात्रै अनसन तोडेर बसेका गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । केही स्वास्थ्य सम्बन्धी र केही सामाजिक तथा राजनीतिक अर्थ समेत बोकेका ३ बुँदे माग अघि सार्दै केसीले जुनसुकै बेला अनसन सुरु गर्न सक्ने चेतावनी दिएका हुन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने माग गरेका छन् । यस्तै डा. केसीले आफ्नो १६ औँ अनसनमा सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने पनि माग राखेका छन । केसीले तत्कालीन अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्की र सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि कारबाहीको
More

सरकार मात्रै होईन, कांग्रेस पनि असफल भयो : आचार्य

काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता भएको र दुई तिहाईको सरकार भएकोले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन्।’ उनले अहिले विकास खर्च २२ प्रतिशत पनि हुन नसकेको बताए । उनले भने,‘अहिले मुलुकमा भ्रष्टाचार बढेको छ । वाईडबडी काण्ड छ, अरु पनि काण्डै काण्ड छन् ।
More

तिगेलालाई क्यानडामा स्वागत तथा सम्मान

क्यानडाको क्यालगरि शहरमा किरात याक्थुङ चुम्लुङ क्यानडाले साहित्यकर्मी तथा समाजसेवी विश्वास दीप तिगेलालाई स्वागत तथा सम्मान गरेको छ । क्यालगरिको एक कोरियन रेष्टुरेष्टमा आयोजित भेटघाट कार्यक्रममा चुम्लुङ क्यानडाका अध्यक्ष मविन्द्र नाल्बोले तिगेलालाई खदा लगाई दिएर स्वागत गरे भने भेला भएकाहरु मध्ये जेष्ठ तथा पूर्व कोषाध्यक्ष भिम लिम्बुले क्यानडाको मायाको चिनो प्रदान गरे । किरात याक्थुङ चुम्लुङ युकेको सचिव समेत रहेका तिगेलाको स्वागतमा आयोजित रात्रीभोज कार्यक्रममा पूर्व अध्यक्ष वाल नाल्बो, सचिव विश्वराज लुम्फूवा, कोषाध्यक्ष सुरेन्द्र लिम्बु, पूर्व उपाध्यक्ष विजय चेम्जोंग लगायतका उपस्थिती थियो ।
More

अष्ट्रेलियामा १ हजारबढी नेपाली विद्यार्थी अलपत्र

काठमाडौँ । नेपाली काँग्रेसले अष्ट्रेलियामा अध्ययनरत १ हजारभन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा पीडित विद्यार्थीहरुको उद्धार तथा उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्ने नेपाल सरकारसँग अपलि गरिएको छ । ‘हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ । तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि
More

ठूला माछा समाउ भन्दै अख्तियार अगाडि प्रदर्शन गर्ने ३० जना पक्राउ

काठमाडौं– बढ्दो भ्रष्टाचारको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका विवेकशील साझा पार्टीका ३० जना कार्यकर्ता पक्राउ परेका छन् । “अख्तियार, सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिक रूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये ३० जनाभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेको साझा विवेशकील पार्टीका प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो प्रतिकात्मक माछामा “वाइडबडी काण्ड, सुन काण्ड, एनसेल काण्ड, फोरजी काण्ड, स्वीस काण्ड” आदि लेखिएको थियो। पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुर जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ पनि छन्। उनीहरूलाई तुरून्तै रिहा गर्न
More

तोलामा ६०० बढ्यो सुन

सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । सुन एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
More

ट्याक्सीमा छुटेको पैसा प्रहरीले बुझायो धनीलाई

काठमाडौं–बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको छ । बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी उक्त रूपैयाँ बराबरको धनमाल ट्याक्सीमा छुटेको थियो । सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालक काठमाडौं भिमसेनगोला बस्ने सुनसरी
More

एक्काइस फरार प्रतिवादी पक्राउ

वालिङ : विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको हो । चालू आर्थिक वर्षमा मात्रै प्रहरीले सार्वजनिक अपराध मुद्दाअन्तर्गत पाँच, बहुविवाहमा पाँच, कर्तव्य ज्यान मुद्दामा चार, अंशवण्डामा दुई तथा जर्बजस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध र ठगीमा एक÷एक फरार प्रतिवादीलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको हो । रासस
More

म आउँदा त्यहाँ घर थिएन ,छत थिएन : सुर्य पौडेल (गजल)

म आउँदा त्यहाँ घर थिएन, छत थिएन । जब बन्यो त्यो बास मेरो जरूरत थिएन ॥ भित्रभित्रै यो मुटु यति धेरै टुक्रा प¥यो बाहिर कसले पो देख्ने कुनै खत थिएन ॥ त्यै बगरमै तड्पिन्थ्यो माछा पानी खोजेर, पासमै नदी तर जान इजाजत थिएन ॥ त्यो सानो गाई पैसेले दिन्थ्यो बरू धेरै खुशी, सम्झेर के गरूँ खै साथमा विगत थिएन ॥ खुकुरी सम्झँदै खुब रोयो त्यो आखिर किन, सायद अचानो चोटले मर्माहत थिएन ॥ सूर्य पौडेल बा.न.पा. १३ बागलुङ । हाल कीर्तिपुर ।
More

सांसद प्रेम तामाङमाथि नयाँ शक्तिले गर्यो कारबाही

रसुवा– नेपाली काँग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ । मंगलबार बसेको नयाँ शक्ति जिल्ला कार्यसमितिको बैठकले कारबाहीको लागि सिफारिस गरेको हो । तामाङलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला संयोजक दावा तामाङले बताए । तामाङ १३ फागुनमा हुने कार्यक्रममार्फत काँग्रेसमा प्रवेश गर्न लागेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
More