Daily Archives 22nd February 2019

डेनमार्क, बेल्जियम, लक्जमबर्ग र जर्मनीमा नेपाली एकता समाजको नयाँ कार्यसमिति

लण्डन । डेनमार्क, बेल्जियम, लक्जमबर्ग र जर्मनीमा नेपाली एकता समाजको नयाँ कार्यसमिति चयन गरिएको छ । समाजको डेनमार्कको भेला कोपेनहेगनम सम्पन्न भएको छ। राजमो पूर्वसचिव कृष्ण अधिकारी अधिकारीको विशेष उपस्थितमा सम्पन्न भेलाले फेरि ध्रुव गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समिति गठन गरेको छ। जसको उपाध्यक्षमा चन्द्रमणि पौडेल, सचिवमा कृष्ण थापा, कोषाध्यक्षमा कमला शर्मा, सहसचिवमा आर के लामिछाने चयन भएका छन् भने आशिश सूवेदी,दिप समिप पौडेल, मिलन चालिसे, शर्मिला गौतम र सूस्मिता सापकोटा सदस्य चयन भएका छन् । भेलाले यो वर्ष भित्र अधिवशन गर्ने निर्णय पनि गरेको छ। यता नेपाली एकता समाज बेल्जियमको पनि भेला सम्पन्न भएको छ । भेलाले पुनः
More

काठमाडौंको कमलपोखरीमा भेटिएको बम सेनाले निस्क्रिय बनायो

काठमाडौँ– काठमाडौँ र ललितपुरमा शुक्रबार बम आतंक फैलियो । ललितपुरमा कमलपोखरीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् । बम भेटिएको खबरलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । यता ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा तीन जना घाइते भएका छन् । बम विष्फोटमा घाइते हुनेहरुमध्ये प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
More

दुर्घटनामा १९ जनाको मृत्यु

तान्जिनिया- सवारी दुर्घटनामा परी तान्जिनियामा बिहीबार राति कम्तिमा १९ जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा पर्ने तान्डुमबाट दार–ए–सलामतर्फ आइरहेको मालबहाक मिनि ट्रकले विपरित दिशाबाट आइरहेको अर्को मिनि ट्रकलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । सोङवे क्षेत्रीय अस्पतालका मेडिकल अफिसर हेनरी काग्वाले दुर्घटनामा परी १७ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पतालमा मृत्यु भएको शुक्रबार जानकारी दिए । स्थानीय समय अनुसार बिहीबार बेलुका नौ बजेतिर सेन्जेल हिलमा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका मध्ये १५ जना महिला र चार जना पुरुष रहेका छन् । एउटा मिनि ट्रकले नियन्त्रण गुमाएर अर्को मिनि ट्रकलाई ठक्कर दिएकाले धेरै जनाको मृत्यु भएको
More

कमलपोखरीमा पनि शंकास्पद बस्तु फेला

काठमाडौं–काठमाडौंको कमलपोखरीस्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेको छ। प्रहरीले शंकास्पद वस्तु बम हुने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएको छ। यसअघि शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट हुँदा २ जना घाइते भएका थिए । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ । बम विस्फोटको कसैले जिम्मा लिएको छैन ।
More

ललितपुरकाे एनसेल कार्यालयमा बम विस्फोट

काठमाडौँ–ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् । बम बिस्फोटबाट गेटमा क्षति पुगेको छ । बम विस्फोटमा २ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु पैदल यात्रु हुन् । महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।
More

डा. गोविन्द केसी फेरि अनशन बसे म पनि अनशन बस्छु : विजय थापा

काठमाडौं । शिक्षा अभियन्ता विजय थापाले डाक्टर गोबिन्द केसीको नाममा जारी प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भिर आपत्ति रहेको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डा. केसी फेरी पनि अनशनको चेतावनी दिन्छन भने उक्त अनसनको बिरुद्धमा आफुपनि अनसन बस्ने चेतावनी दिए । उनले भने,‘डाक्टर केसी अनशन बस्छन् भने म पनि केसीको बाटो रोज्न पछि हट्दिन ।’ उनले कार्यान्वयनको चरणमा रहेको चिकित्सा शिक्षा ऐनबिरुद्ध केसीको चर्काे बिरोध रहेको भन्दै त्यसमा पनि आपत्ति जनाए । उनले भने,‘सरकारी मापदण्ड पुरा गरि आशयपत्र लिईसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा केसी छटपटाईरहेका छन्, यसबाट नै नेपालको चिकित्सा शिक्षा क्षेत्रमा अघोषित सिन्डीकेट
More

शरीरमा सानातिना अनेकौं समस्या आइरहेका छन् भने यो हैन राम्रो संकेत

मानिसको शरीरमा सानातिना अनेकौं समस्या आइरहेका हुन्छन् जसलाई उनीहरू बेवास्ता गर्छन् । तर यसो गर्नु ठीक होइन । गोडाले पनि स्वास्थ्यका बारेमा धेरै कुरा बताइदिन्छन् । गोडामा आएका परिवर्तनलाई ध्यान दिएर हेरेमा तिनले बिरामीको संकेत दिन्छन् । गोडा प्रायः सुन्निन्छ भने त्यस्तो व्यक्तिलाई मधुमेह वा स्नायु प्रणालीमा खराबी भएको संकेत हो । गोडाको पञ्जा फुल्दा रक्ताल्पता वा मृगौलाको समस्या हुन सक्छ । यो कारणले एक वा दुवै गोडाका पञ्जा फुल्छन् । शरीरमा क्याल्सियम, पोटेसियम वा भिटामिनको कमीका कारण यो समस्या आउन सक्छ । यसबाट मधुमेह, बाथ वा रक्तसञ्चारमा खराबीको संकेत पाइन्छ । शरीरमा रक्तप्रवाह राम्ररी भएन भने रंग बदलिन्छ ।
More

गोर्खा सैनिकका माग सम्वोधन गर्न वेलायती मन्त्रीलाई प्रचण्डको निर्देशन

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गर्नुभएको छ । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका बारेमा छलफल भएको थियो । त्यसैगरी अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको अध्यक्ष दाहालको सचिवालले जनाएको छ । आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले
More

बेलायती रक्षा राज्यमन्त्री ल्याङकेष्टरले भने गोर्खाको समस्या चाँडै सम्वोधन हुन्छ

काठमाडौं। बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर गोर्खा सैनिकले पुर्‍याएको योगदानलाई बेलायत सरकारले उच्च मूल्याङ्कनमा राखेको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आफ्नै कार्यकक्षमा शुक्रबार शिष्टाचार भेट गर्दै संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उनकै कार्यकक्षमा भएको भेटमा बेलायती रक्षा राज्यमन्त्री ल्याङकेष्टरले भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधन तथा त्यसको निरुपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्नेमा आफूले जोड दिएको स्पष्ट पारेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भूपू गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन आग्रह गरेको र प्रत्युत्तरमा राज्यमन्त्री ल्याङकेष्टरले सकारात्मक जवाफ दिएको उनले जानकारी दिएका छन् । भूपू
More

नेकपाका नेता शर्माको नेतृत्वमा संसदीय टोली लण्डन आउने

लण्डन । नेपालको एक संसदीय टोली वेलायत भ्रमणमा आउने भएको छ । वेलायतस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा हुने कार्यक्रममा सहभागि हुन नेकपाका नेता दीनानाथ शर्माको नेतृत्वमा सो टोली वेलायत आउन लागेको हो । आइतवार दिउसो लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने सो टोलीमा पुर्वउपसभामुख चित्रालेखा यादव, अष्टलक्षी शाक्य, खिमलाल देवकोटा लगायत छन् । सोही कार्यक्रममा भाग नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजाल वेलायत आइसकेका छन् । सो टोली मार्च २ तारिख सम्म वेलायतमा रहने वताएको छ ।
More

UK commits continued support to Nepal’s socio-economic development

Kathmandu : The United Kingdom has expressed commitment to continue its support for Nepal’s socio-economic development. The visiting Minister of State for the Armed Forces of Britain, Mark Lancaster, made this commitment during a meeting with Minister for Foreign Affairs, Pradeep Kumar Gyawali, at his office in Singha Durbar today. During the meeting, the two ministers exchanged views on Nepal-Britain relations as well as on all matters of mutual concern and interest. Foreign Affairs Minister Gyawali on the occasion extended gratitude to Britain’s continued cooperation to Nepal. “We held discussions on British support to Nepal for development and construction, the
More

वेलायती राज्यमन्त्री मार्क ल्याङ्केष्टर र राष्ट्रपति बीच भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङ्केष्टरले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा नेपाल तथा बेलायत सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।
More

British State Minister calls on President

Kathmandu, : The visiting Minister of State for the Armed Forces of Britain, Mark Lancaster, has paid a courtesy call on President Bidya Devi Bhandari at the Office of the President at Shital Niwas today. On the occasion, discussions were held on relations between the two countries and various topics of mutual interest and concern, the Office of the President stated in a communiqué. High officials of the government of Nepal and the government of Britain were present during the courtesy call.
More

नेपाल वायु सेवा निगमले कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं– नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि कर्मचारी माग गरुेको छ । बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो ।
More

दुर्घटनामा घाइते सांसद वली रहेनन्

काठमाडौं– दुर्घटनामा घाइते भएका प्रदेश नम्बर पाँचका नेकपा सांसद उत्तर कुमार वलीको निधन भएको छ । गएको माघ २४ गते दाङको घोराही लमही सडक खण्डमा भएको कार दुर्घटनामा घाइतले वलीको उपचारको क्रममा काठमाडौंस्थित मेडिटिसी अस्पतालमा निधन भएको हो । उनी तत्कालीन नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद थिए । वलीको शुक्रबार बिहान निधन भएको हो । दाङको तुलसीपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको वली सवार बा १८ च ६८३६ नम्बरको कार घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने मुसोटको चिसापानी नजिक आपसमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो
More

श्रीमतीको काटिएको टाउको लिएर थाना पुगे श्रीमान्

भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर थाना पुगेका छन् । घटना बुधबारको हो । मुरैनाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । पुलिस अधिकारी रियाज इकबालले भने, ‘घटना बुधबारको हो । कल्याण शाक्यवार आफ्नी श्रीमतीको टाउको काटेर थाना पुगेका थिए । उनले आफ्नी श्रीमती पंकजको हत्या गरेको हामीलाई बताए । ’ उनलाई तुरुन्त पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिएको छ । उनी बसेको गाउँमा पुलिसले छानबीन गरिरहेको इकबालले जानकारी दिए । श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको कल्याणले पुलिसलाई बताएका छन् । स्थानीयलाई उद्धृत गर्दै पुलिसले उनीहरुको दैनिक जसो झगडा हुने गरेको
More

निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै, काठमाडौं आउने

काठमाडौं–बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिचितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाबा बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले धर्ना तोड्ने भएका हुन् । यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिन लागेको हो । निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थालेपछि श्रीमान् श्रीमती उपचारका लागि काठमाडौं जाने भएका
More

सुनकाण्डको शंकास्पद आदेश, न्यायपरिषद् मौन

काठमाडौं– न्यायपरिषद्ले सुन तस्करी मुद्दामा शंकास्पद आदेश गरेको भनी उच्च अदालत विराटनगरका ८ न्यायाधीशमाथि प्रारम्भिक छानबिनपछि समिति नै गठन गरेर विस्तृत अनुसन्धान सुरु गरेको छ । दुई वर्षअघिको त्यस्तै घटनामा शंकास्पद आदेश गर्ने न्यायधीशहरुले भने उन्मुक्ति पाइरहेका छन् । उनीहरुमाथि प्रारम्भिक छानबिन समेत हुन सकिरहेको छैन । ‘२ वर्षअघि ३३ किलो सुनकाण्डमा भएको आदेश अहिलेको भन्दा कम छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘अनुसन्धानका क्रममा पेस भएका प्रमाण न्यायधीशले नदेख्ने, न्यायाधीशका यस्ता आदेश न्यायपरिषदले नदेख्ने अवस्था बनेको छ।’ कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले समाचार लेखेका छन् ।
More

तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

काठमाडौं–जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले भने, ‘उनका अनुयायी यही छन्, भन्छन् तर हामीसँग उनी यही छन् भन्ने केही आधार छैन ।’ आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यहार भएको जस्तो आरोप लागेपछि बम्जन सार्वजनिक भएका छैनन् । गत माघ ६ गते ३ महिने मैत्री धर्म प्रज्ञा
More

विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू फोन अफ गरेर बेपत्ता

काठमाडौं-मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआईबीटी० मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सम्बन्धन नै नदिएको एआईबीटी कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट रहेको छ । एक्सपर्टबाट मात्रै करिब २ सयको हाराहारीमा विद्यार्थी गएका छन् । त्यसपछि मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत तीन दर्जन कन्सल्टेन्सीबाट ती विद्यार्थी सिड्नीस्थित एआईबीटीमा पढ्न पुगेका हुन् । बढी कमिसन आउने
More