Daily Archives 23rd February 2019

एनआरएनए स्विडेनद्वारा रोल्पाको स्कुलमा छात्रवृति वितरण

राज कुमार पाठक । स्टकहोल्म, स्विडेन । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विडेनको पहलमा चाइल्ड टु चाइल्ड सहयोग कार्यक्रम अन्तर्गत सिद्धार्थ मावि घोप्टेओढार, गंगादेव ३ रोल्पामा द्वन्दपिडित, टुहुरा तथा अनाथ बालबालिकाहरुलाई छात्र वृद्धि वितरण गरिएको छ । एनआरएनए स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठको प्रत्यक्ष सहभागितामा छात्रवृद्धि वितरण भएको हो। बिगत डेढबर्ष देखि उक्त बिद्यालयमा अध्यनरत जेहेन्दार, द्वन्द पिडित, अपाङ्ग तथा अतिबिपन्न ५३ जना विद्यार्थीहरुलाइ स्विडेनको मासिक ५० क्रोनर रकम छात्रवृत्ति स्वरुप सहयोग पाउँदै आएका छन् । एनआरएनए स्विडेनको संयोजनमा चाइल्ड टु चाइल्ड कार्यक्रम अन्तरगत स्विडेनमा वस्ने नेपालीहरुका छोरा छोरिले आफ्नो खाजा खर्चवाट वचत गरेर मासिक ५० स्विडिस क्रोनर सहयोग पठाउदै आएका
More

प्रधानमन्त्रीको निर्देशनमा पशुपति शर्माको गीत हटाइयो: कांग्रेस नेता डा. रिजाल

‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलले काँग्रेसलाई ठूलो पार्टी बनाउन सक्नुहुन्न’ लण्डन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद डा मिनेन्द्र रिजालले पार्टी नेतृत्वमा नयाँ पुस्ता आउन जरुरी रहेको बताएका छन् । पुरानै पुस्ताका नेताहरुबाट अब पार्टीलाई गतिदिन कठीन रहेको भन्दै रिजालले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व लिनुपर्नेमा जोड दिएका हुन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनस्थित फेलथाममा गरेको अन्तर्क्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रमुख अथिति रिजालले सभापति शेरबहादुर देउवाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र नेता रामचन्द्र पौडेलले पनि सहज वातावरण तयार गरिदिनुपर्नेमा जोड दिए । देउवा–पौडेललगायतका पुराना पुस्ताका नेताहरुमा अनुभव, ज्ञान र बुद्धि
More

लण्डन दूतावासमा लगानी सम्मेलन, ब्रिटिश लगानीकर्ता उत्साहित

लण्डन । अर्थमन्त्री डा युवराज खतिवडाले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन्। शुक्रबार बेलुका लण्डनस्थित नेपाली दूतावासमा “नेपालमा लगानीका संभावना” विषयक कार्यक्रमलाई संबोधन गर्दै मन्त्री खतिवडाले त्यस्तो आह्वान गरेका हुन्। आउँदो मार्च २९ र ३० तारिखमा नेपाल सरकारले काठमाडौंमा लगानी सम्मेलन आयोजना गरेको जनाउँदै मन्त्री खतिवडाले ब्रिटिश लगानीकर्ताहरुलाई नेपाल आउन आमन्त्रण गरे। उनले हाल नेपालमा स्थिर सरकार रहेको र लगानीकालागि सजीलो वातावरण बनाउन सरकारले नयाँ कानुनहरु ल्याउनुकासाथै कार्यान्वयन प्रकृयालाई चुस्तदूरुस्त पार्न लागेको पनि जानकारी दिए। अर्थमन्त्री डा। खतिवडाले यो वर्ष नेपालमा आर्थिक वृ्द्धिदर सात प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको बताउँदै लगानी मैत्री वातावरण बनाउन सरकार
More

६४ इन्सपेक्टर डीएसपीमा बढुवा, एक नम्बरमा खतिवडा (नामावलीसहित)

काठमाडौं– नेपाल प्रहरीका ६४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शनिबार बसेको बैठकले ४६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिफारिस सूचीमा हरि खतिवडाको नाम एक नम्बरमा रहेको छ । यस्तै ६४ औं नम्बरमा श्याम शंकर कोहारको नाम रहेको छ । बढुवा सिफारिस सूचीः
More

एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, कहाँ-कहाँ एनसेल निशानामा ?

काठमाडौँ– मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् । उनले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको
More

कमल थापाको पार्टीमा भाँडभैलो

काठमाडौं– कमल थापाले नेतृत्व गरेको पूर्वपञ्चको पार्टीे राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । चन्दले आफूसहितका २२ नेताले राप्रपा परित्यागको निर्णय लिएको रातोपाटीलाई बताए । उनले रातोपाटीसँग भने, ‘विगतदेखि नै हामीले ३ वटै राप्रपा एक हुनुपर्छ भन्दै र प्रयास गर्दै आएका हौं तर सो प्रयास सफल हुन नसकेपछि १४ केन्द्रीय सदस्यसहित २२ जनाले पार्टी परित्यागको निर्णय लिएका छौं ।’ पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर
More

कश्मिर आक्रमणपछि आत्तियो अमेरिका

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिर हमलापछि भारत र पाकिस्तानबीच विकसित ‘खतरनाक अवस्था’ले आफू भयभित भएको बताएका छन् । “दुई देशबीच हाल निक्कै खतरनाक अवस्था छ,” शुक्रबार ह्वाइट हाउसमा रिपोर्टरहरुसँग ट्रम्प भने । “जे भयो त्यसको कारण भारत र पाकिस्तानबीच निक्कै ठूलो समस्या उत्पन्न भएको छ,” उनले भने । आणविक हतियारसम्पन्न यी प्रतिद्वन्दी राष्ट्रबीचको तनाव अघिल्लो हप्ता भएको आत्मघाती हमला पछि निक्कै बढेको छ । भारत प्रशासित कश्मिरमा भएको आक्रमणमा परेर ४२ भारतीय सैनिकको ज्यान गुमाएका थिए । आक्रमणलाई तनावग्रस्त कश्मिरमा तीस वर्षको अवधिमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।
More

रवीन्द्र मिश्रको पार्टीलाई फेरि १० वर्षे द्वन्द्वको स्मरणले झस्कायो

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले देशका विभिन्न भागमा भएको हिंसात्मक विस्फोटका घटनाको विरोध गरेको छ । सो पार्टीले देशमा विभिन्न स्थानमा भएको विस्फोटका घटनाले फेरि तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे द्धन्द्धको स्मरणले झस्काएको उल्लेख गरेको छ । पार्टी प्रवक्ता सूर्यराज आचार्यले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘द्वन्द्वोत्तर मुलुकको कष्टकर घाउमा राम्रोसँग खाटा बस्न पनि पाएको छैन। यहि परिवेशमा भर्खरै देशका विभिन्न भागमा हिंसात्मक विस्फोटका घटनाहरुले हामीलाई पुनः त्यही नमिठो स्मरणले झस्काएको छ। भीषण द्वन्द्वबाट गुज्रिएको मुलुकमा फेरि यस्ता हिंसात्मक घटनाहरु घटित हुन थाल्नु मुलुकको संविधान, विधिको शासन तथा सम्पूर्ण लोकतान्त्रिक प्रक्रिया माथिकै चुनौती, चिन्ता र
More

एनसेलको कार्यालय विष्फोटनमा संलग्न ६ पक्राउ

ललितपुर महानगरपालिका-४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा शुक्रबार राति करिब ८ बजे विष्फोटन भएको घटनाको अनुसन्धानको क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रिफर गरिएको छ भने अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको सोही
More

विवेकशील साझा पार्टीको देश नं १ को संयोजक घोषणा

विवेकशील साझा पार्टीले झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई पार्टीको परम्परा अनुसार माटोको टिका लगाएर प्रदेश नं १ को संयोजक घोषणा गरेको छ। आज विराटनगरमा सयौं सर्वसाधारण, सो क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थितिमा उहाँको नाम सार्वजनिक गरिएको हो। सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम उमेर (२९ वर्ष) मा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बन्नुभएको थियो। हाल पनि उहाँ जेसिसको देशव्यापी प्रशिक्षक भएका कारण प्रदेश १ का सबै जिल्लाहरूमा उहाँको परिचयको राम्रो सञ्जाल छ। झण्डै ६ वर्ष स-परिवार अमेरिका बसेर सन् २००८ मा सधैंको लागि
More

चर्चित व्यक्ति तथा सेलिब्रिटीहरुको फेसबुक ह्याक हुन थाल्यो

मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । पौडेलले आफ्नो फेसवुक शुक्रवार वेलुकी ६ वजेवाट ह्यक भएको बताएका छन् । ह्याकरले राजु मास्टरको फेसबूक ह्याक गरि विभिन्न अश्लिल दृश्यह? पोष्ट गरिरहेको छ । उनको ह्याक भएको फेसवुकमा कोरिएन भाषाका शव्द लेखिएको कारण कोरियावाट ह्याक भएको अनुमान गरिएको छ । फेसवुक ह्याक भएर अनावश्यक तस्वीरह? पोष्टह? हुन थालेपछि समस्या सिर्जना भएर पौडेलले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।
More

एनआरएन कोलोराडो च्याप्टरको अध्यक्षमा कुमारजंग कार्कीको उमेद्धारी घोषणा

नातिबाबु भट्ट । कोलोराडो– एनआरएन कोलोराडो च्याप्टरको आगामी निर्वाचनको लागि वर्तमान उपाध्यक्ष कुमारजंग कार्कीले अध्यक्ष पदमा उमेद्धारी घोषणा गरेका छन् । कोलोराडोमा १५ बर्ष अगाडिदेखि स्थायी बसोबास गर्दै आएका कुमारजंगले आगामी मे महिनामा सम्पन्न हुन गईरहेको कोलोराडो च्याप्टरको निर्वाचनमा अध्यक्ष पदमा उमेद्धारी घोषणा गरेका हुन् । कोलोराडो च्याप्टरमा दुई कार्यकाल कामगरी अनुभव बटुलेका कार्की कोलोराडोमा परिचित रहेका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको उपाध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका सल्लाहकार सदस्य लगायत बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका कार्की एनआरएन हेल्पडेक्स कोलोराडो च्याप्टरका संस्थापक संयोजक हुन् । उनले आफु कोलोराडोमा प्रस्तावित नेपालीहरुको सामुदायिक भवन निर्माणकोलागी सकृय रुपमा लागीपर्ने,
More

एक नेपाली– जो रक्तदान गर्न अमेरिकाबाट ११ हजार किलोमिटर टाढा पुगे

न्यूयोर्कहरेक बर्ष अफ्रिकामा ६ लाख सुत्केरी तथा गर्ववती महिलाहरु अत्यधिक रक्तश्राव हुँदा रगत नपाई जीवन गुमाउँछन् । अझ इथियोपिया जस्तो गरीब देशमा त दुई तिहाइ बिरामीहरुले रगत नै पाउँदैनन् । यहीकुरा थाहा पाएर रक्तदान नै गर्न भनेर अर्जुन मैनाली गत मंगलबार न्यूयोर्कदेखि ११,२०० किलोमिटर टाढाको अफ्रिकाको इथियोपियामा पुगे । इथियोपिया नेशनल ब्लड सर्भिसले एडिस अबाबाको पाँच तारे होटेल क्यापिटल इन्टरनेशनलमा अर्जुन मैनाली एकजनालाई मात्र रक्तदान गराउन र रक्तदान अन्तरकृयाको लागि एउटा बिशेष कार्यक्रम नै गर्‍यो । रक्तदान गरे पश्चात मैनालीले ‘मसँग भएको मानवीय अमुल्य जीवनको भन्डारलाई तपाईंहरुसँग अलिकती बाडौंभनेर आफ्नै साधन श्रोतमा यहाँसम्म आएको हुँ’ भने । उनले अगाडि भने,
More

आर्थिक स्थिति कमजोर तथा जेहेन्दार विद्यार्थीकाे सहयोगार्थ टोकियोमा च्यारिटी

टोकियो । आर्थिक स्थिति कमजोर तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ। टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ l २०१९ फेब्रुअरी २४ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिए। निम्न आय भएका तथा जेहेन्दार विद्यार्थी हरुको सहयोगार्थ च्यारिटी बजार गर्न लागिएको र उक्त बजारमा सामानहरु बिक्री भएर जम्मा भएको सम्पूर्ण रकम विद्यार्थीहरुलाई हस्तान्तण गरिनेछ l नेपालको आर्थिक अवस्था कमजोर भएहरुको सहयोग स्वरूप हजारौं वटा राम्रा राम्रा लुगाफाटाहरु र अन्य सामानहरु च्यारिटी बजारको लागि जापानीहरुले उपलब्ध
More

अस्ट्रेलियामा अलपत्र १२ सय जना नेपाली विद्यार्थीको विषयमा छलफल

अस्ट्रेलिया-काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया(सीसा)ले अस्ट्रेलियामा उच्च अध्ययनमा आएका करिब बाह्र सय जना नेपाली विद्यार्थीले अध्ययनरत बिषयको Australian Nursing and Midwifery Accreditation Council मा मान्यता नहुनुका साथै कलेजको खारेजीसँगै अलमलमा परेपछि समस्याको समाधान र कानुनी बाटोको विषयमा विद्यार्थीहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ। अस्ट्रेलियाका लागि नेपाली राजदूतावास, महावाणिज्यदूतको कार्यालय, एनआरएन, अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी एलाइन्स र सम्वन्धित रेड्फर्न कानुनी परामर्शदातासहितको बृहत छलफलमा विद्यार्थीहरूको साझा समस्या र त्यस्को निकास को लागि सबै निकायले गम्भीरताका साथ लिएको समेत सबै सरोकार वालाहरुले बताएका थिए। एआइबिटी नामक एक निजी कलेजमा नर्सिङ पढ्न आएका करिब बाह्र सय विद्यार्थीले लामो समय पढिसक्दा पनि सम्वन्धित निकाय एन्म्याकले मान्यता
More

जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोप्नु भएको छ । बालुवाटारमा परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोप्नु भएको हो । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोप्नुभएको छ । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाउनुभएको छ । प्रधानमन्त्री ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ,अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनु भएको हो ।
More

एनआरएनए क्यानडाको आयोजनामा सप्ताहब्यापी खेलकुद सम्पन्न

क्यानाडा । गैर आबासिय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा क्यानडाको मुख्य शहरहरुमा सप्ताहब्यापी खेलकुद ऐतिहासिक रुपमा सम्पन्न भएको छ । टोरन्टो, स्कारबोरो, मिसिसागा, एडमन्टन, क्लागरी र सस्काटुनमा करिब १५ खेलहरुको आयोजना गरिएको थियो। संघले आयोजना गरेका खेलहरु मध्ये टोरन्टोमा सम्पन्न भलिबल रनिङ शिल्ड प्रतियोगिता सबैको चर्चाको बिषय बनेको छ । ८ टिमहरुको सहभागिता भएको उक्त खेलमा करिब ५०० किलोमिटरको यात्रागरी राजधानी अट्टवा देखि २ टिमहरु सहभागी भएका थिए। भलिबलमा बिजेता लालिगुरास क्लबले शिल्ड र नगद १००० डलर र उपबिजेता टोरन्टो स्पोर्ट्स सेन्टरले ७०० डलर पुरस्कार हात पारेको एनआरएनए क्यानाडाका महासचिव चिरन्जीबी घिमिरेले डिसी नेपाललाई बताए। त्यस्तै ८ टीमहरु सहभागी रहेको
More

एनआरएनएको आयोजनामा पोर्चुगलको अल्गार्भमा रक्तदान कार्यक्रम

r पोर्चुगल ।पोर्चुगलको अल्गार्भमा नेपालीहरुको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति अल्गार्भको आयोजना र Loulé Sem Fronteiras परियोजनाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। अल्गार्भको युनिभर्सिटी हस्पिटलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा आल्बुफेरा, भिलामोरा, मोण्टे गोर्दो र क्वार्तेरा आदि स्थानमा बसोवास गर्ने नेपालीहरु बिहानैदेखि भेला भएका थिए। रक्तदान कार्यक्रममा २५ जनाभन्दा बढी नेपालीहरुले रक्तदान गरेका थिए।
More

पीडित विद्यार्थीको पूरै पैसा फिर्ता दिइयोस् : एनआरएनए अष्ट्रेलिया

सिड्नी । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाले हालै दर्ता खारेजी गरिएको एआईबीटी कलेजको गलत रवैयाका कारण पीडित बनेका नेपाली विद्यार्थीहरुको सम्पूर्ण रकम फिर्ता गर्न माग गरेको छ । एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले एक विज्ञप्ति जारी गर्दै एआईबीटी सिड्नी, ब्रिसबेन र ईटीईए भिक्टोरियामा नर्सिंङ पढ्नका लागि आएका विद्यार्थी विचल्लीमा परेको खबरलाई आफुहरुले चासोपूर्वक लिएको जनाएका छन्। जारी विज्ञप्तिमा भनिएको छ ‘ नर्सिंङ पढाउनका लागि चाहिने न्यूनतम मापदण्ड समेत पूरा नगरी विद्यार्थीलाई भर्ना मात्रै गर्ने र अलपत्र पार्ने किसिमको गतिविधिबाट पीडित बनेकाहरुलाई सहयोग गर्न एनआरएनए तत्पर छ ।’ विज्ञप्तिमा एनआरएनले अष्ट्रेलिया र नेपालको सरकारी निकायहरुले यो प्रकरणको पूर्णत छानविन गरिनुपर्ने माग
More

संगीतमा नारी पहिचानको पलेँटी

काठमाडौं । मेलवादेवीदेखि सुरुभएको नेपाली संगीतमा नारी स्वरको स्तुती गर्दै पलेँटीको पुनर्उदय भएको छ । आधुनिक नेपाली संगीतको सम्झना र सम्वद्र्धनमा समर्पित यो कार्यक्रम बीचमा केहि समय स्थगित थियो । अब भने यसलाई विषयगत रुपले प्रस्तुत गरिने यसका प्रस्तोता आभाषले जनाएका छन्। त्यसै सिलसिलामा पहिलो प्रस्तुती नेपाली संगीतका नारी नक्षत्रहरुलाई सम्झँदै शुक्रबार थालनी भएको छ । पछिल्लो समयकी गायिका मिनाको स्वर र प्रस्तोता आभासको संस्मरणमा यो कार्यक्रम चलेको थियो । कार्यक्रमको सुरुवात मेलवादेवीकै ‘न घरलाइ घर कहिन्छ’ बाट सुरुभएको थियो । शहिद शुक्रराज शास्त्रीले रचना गरेको यो गीत सुनाएपछि आभाषले नेपाली गायिकाहरुसँगको आफ्ना सम्झना सुनाउदै कार्यक्रमलाई अघि बढाएका थिए ।
More