Daily Archives 24th February 2019

ईन्जिनीयरहरुले लिए जिआईएस तालिम

दिनेश कुमार परियार। लण्डन बेलायतका नेपाली ईन्जिनीयरहरुले भौगोलिक सूचना प्रणालीको तालिम लिएका छन् । सोसाइटि अफ नेपालिज इन्जिनियर्स युकेले शनिबार लण्डनको ब्ल्याकहीथको एभरेष्ट ईन रेष्टुरेन्टमा आयोजना गरेको हो । जीआईएस अर्थात भौगोलिक सूचना प्रणाली सम्बन्धि सो तालिममा लन्डन र आसपासका विभिन्न विधाका १५ जना इन्जिनीयरहरु सहभागी थिए । जीआईएस बिज्ञ डा. बिदुर घिमिरेले सहभागीहरुलाई तालिम दिएका थिए। उनले जीआईएसको इन्जिनियरिङ्ग एप्लीकेसन, बिभिन्न सप्टवेयरहरुकाबीच आपसी सम्बन्धको चर्चा गरिएको थियो । समाजका बरिष्ठ सदस्य तथा सल्लाहकार के. के. श्रेष्ठले यस किसिमका कार्यक्रम इन्जिनियर समुदायका लागि अति उपयोगी हुने धारणा राखे । समाजका सदस्य तथा तालिमका संयोजक बेद भट्टराइले कार्यक्रम संचालन गरेका थिए
More

पुर्वमन्त्री डा. रिजाल र एनआरएन यूके बीच अन्तरक्रिया

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए) ले कांग्रेस नेता, सांसद तथा पूर्वमन्त्री डा. मिलेन्द्र रिजालसँग आइतवार लण्डनमा एक अन्तरक्रिया गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. रिजालले एनआरएनले अहिले पाउने नागरिकता भनेको अधिकार राजनैतिकबाहेकको भएको स्पष्ट पारे । गैर आवासीय नेपालीले पाउने नागरिकताको विषयमा भ्रम भए पनि नागरिकतामा आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार नै भएको उल्लेख गरे । नेपाली कांग्रेस नेतृत्वको सरकारकै पालामा संविधानमा गैर आवासीय नेपालीलाई नागरिकता दिने ब्यवस्था गर्न सफल भएको रिजालले स्मरण गरे । डा. रिजालले आफूले गैर आवासीय नेपालीको अधिकारलाई संविधानमा उल्लेख गराउन ठूलो संघर्ष गर्नुपरेको पनि बताए । गैर आवासीय नेपाली नागरिकता सम्बन्धी
More

लन्डनमा ‘एटिन’ को रेड कार्पेट शो (फोटो फिचर )

लन्डन । बेलायतमा निर्माण गरिएको चलचित्र ‘एटिन’को रेड कार्पेट शो सम्पन्न भएको छ । आइतवार ह्यारो स्थित सफारी सिने हालमा सम्पूर्ण कलाकार सहित बेलायतका नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदी समेतको उपस्थिति थियो । चलचित्र ‘एटिन’ मा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राईु, सनम कुमार बैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय गरेका छन् । चलचित्रमा चन्द्र कुमार दोङ र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रमा तारा देवी लामा र पेमा डोल्करको सयुक्त लगानी गरेका छन् । फोटो : राजेन्द्र पौडेल
More

काङ्ग्रेस विधान पारित भएसँगै पार्टीमा फेरि रडाको

काठमाडौँ–नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो । बैठकले महासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीति प्रस्ताव पनि परिमार्जनसहित पारित गरेको छ । तर, पारित विधानप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको संस्थापन इतरपक्षले निर्णय प्रकृयाप्रति लिखित असहमति जनाएका छन् । पारित विधानमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चुनाव
More

कुख्यात अपराधी चार्ल्स शोभराजले पाउलान् कैद छुट ?

काठमाडौँ–सर्वोच्च अदालतले कुख्यात अपराधी चाल्र्स शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुट पाउनुपर्ने माग गर्दै गत कात्तिक १९ गते रिट निवेदन दायर गरेकी थिइन् । कारागार ऐनमा असल चालचलन भएका ७० वर्ष पुगेका ज्येष्ठ कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था
More

‘ब्रेक्जिटबारे संसदमा मतदानको मिति सर्नेे’

लण्डन- यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिषयमा यस साता संसदमा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले आइतबार बताएकी छिन् । मतदानको दिन केही पर सर्ने सम्भावना भएपनि आगामी मार्च १२ सम्ममा संसदमा मतदान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएकी छिन् । प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भनिन्, “हामीले ब्रेक्जिट सम्झौताका बिषयमा हुने अर्थपूर्ण मतदानलाई यस साता गर्ने छैनौँ । तर यो आगामी मार्च १२ सम्ममा सम्पन्न हुनेछ ।”
More

आन्दोलन गर्ने बिद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिको चेतावनी

काठमाडौँ । देशभर रहेका १०५३ श्रोत ब्यक्तिहरुमध्ये स्थायी शिक्षकबाट नियुक्त श्र्रोतब्यक्तिहरुको काज फिर्ता र अस्थायी श्रोत ब्यक्तिहरुलाई अवकास दिएको भन्दै बिद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले घोर आपत्ति जनाएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे समितिले सरकारलाई तुरुन्त यो निर्णयलाई फिर्ता लिन र आफ्ना मागहरुप्रति सरकार सकारात्मक बन्नुपर्ने धारणा राखेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने पनि समितिले चेतावनी दिएको छ । समितिले आफूहरुलाई पदमुक्त गर्ने वा काज फिर्ता गर्ने दुस्साहस नगर्न समेत सरकारलाई चेतावनी दिएको छ । सरकारले दरबन्दी सिर्जना गरेर शिक्षा मन्त्रालयअन्तर्गत आफू कार्यरत रहेकै स्थानीय तहमा आफूहरुको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ
More

प्रहरीलाई घुस दिने नियन्त्रणमा काठमाण्डौ

फागुन महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ११ गते २१:०० बजे काठमाण्डौ महानगरपालिका १ नागपोखरी स्थित बा. ४१ प. ५६१५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका सुरेन्द्र पासवानले प्रहरी टोलीलाई रू. ५ सय घुस दिएकाले निजलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । यसै गरी २२:४५ बजे महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका-१७ क्षेत्रपाटी स्थित को.१४ प. २६२८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा काठमाण्डौ महानगरपालिका-२३ ओमवहालका राजनराज भण्डारीले ब्लुबुक भित्र रू १ हजार राखि घुस रकम दिएकाले निजलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
More

संसदीय टोली वेलायत भ्रमणमा

लण्डन । नेपालको एक संसदीय टोली वेलायत भ्रमणमा आएको छ । वेलायतस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा हुने कार्यक्रममा सहभागि हुन नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मिनेन्द्र रिजाल, नेकपाका नेता दीनानाथ शर्माको सहित सो टोली लण्डन आएको हो । टोलीलाई आइतवार लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदाँ वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको प्रतिनिधी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय सदस्य रामशरण सिमखडाले स्वागत गरे । सो टोलीमा पुर्वउपसभामुख चित्रालेखा यादव, अष्टलक्षी शाक्य, खिमलाल देवकोटा लगायत छन् । सोही कार्यक्रममा भाग नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल गत हप्तानै वेलायत आइसकेका छन् । डा. रिजालका अनुसार टोलीले स्कटल्याण्डको समेत अध्ययन
More

सिडिओको गाडी दुर्घटना गराउने चालक करोडौंका मालिक

बारा – प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौंको जग्गा रहेको खुल्न आएको छ। पुख्र्यौली जग्गाबाट ५ कट्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन्। सविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मीले प्रमुख जिल्ला अधिकारीको गाडी चालक हुनुभन्दा पहिले परिवार पाल्न अरुको घरमा चालकको काम गर्ने गरेका ब्रह्मपुरीका स्थानीयले बताएका छन्। उनकी श्रीमतीको नाममा कलैया, उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौं मूल्य पर्ने घडेरी र खेती
More

अन्सारीलाई जोगाउन यस्तो छ सत्तारूढ नेकपाको खेल

काठमाडौँ – सत्तारूढ नेकपाले मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई अयोग्य प्रमाणित हुनबाट जोगाउन कसरत सुरु गरेको छ । संसदीय समितिबाट अस्वीकृत हुनुअघि नै नाम फिर्ता लिने तयारी नेकपाले गरेको हो । अन्सारी नागरिकता, शैक्षिक प्रमाणपत्र र दलीय आबद्धताको विषयले विवादमा तानिएका छन् । संवैधानिक परिषद्को माघ ६ को बैठकले पाँचवटा आयोगमा अध्यक्ष सिफारिस गरेको थियो । संघीय संसदको सुनुवाइ समितिले प्रस्तावित दुई अध्यक्षको सुनुवाइ सकेको छ भने २ जनाको आइतबार हुँदै छ । कान्तिपुर दैनिकमा खबर छ ।
More

यसरी घटाउन सकिन्छ पेट

काठमाडाैं-पेटमा बोसो भरिन थालेपछि शरीर भद्दा देखिने मात्र नभई यसले स्वास्थ्यमा समेत असर पु-याइरहेको हुन्छ । तसर्थ, पेटमा जमेको बोसो अर्थात् बढेको भुँडीलाई घटाउन आवश्यक छ । त्यसका लागि निम्न कुरा पालना आवश्यक हुन्छ : – भोजनमा फाइबरयुक्त खानेकुरा बढी समावेश गर्नुहोस् । जसले आन्द्रालाई स्वस्थ राख्नुका साथै पेट भरिएको महसुस गराएर तौल घटाउन सहयोग गर्छ । – प्रशस्त मात्रामा पानी पिउनुहोस् । नियमित पानी पिउँदा पाचन प्रणाली सन्तुलित हुनुका साथै शरीरमा रहेका विषाक्त वस्तुलाई पानीले बाहिर निकाल्छ । – हरेक दिन बिहान कागती पानीको सेवन गर्दा पनि तौल नियन्त्रण हुन्छ । – मासु वा बोसोजन्य पदार्थको सेवन एकदमै कम
More

समानान्तर प्रतिवेदन बुझ्न अध्यक्ष ओलीले दिएनन् समय

काठमाडाैं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबारको सचिवालय बैठकले संगठनात्मक एकीकरण कार्यदल भंग गरेपछि समानान्तर प्रतिवेदन बुझाउने योजना बनाएका कार्यदलका बहुमत सदस्यलाई शनिबार अध्यक्ष केपी ओलीले समय नै दिएनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समानान्तर प्रतिवेदन बुझ्न आलटाल गरेका हुन् । ‘शनिबारका लागि समय मागिएको थियो, तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष व्यस्त बन्नुभएकाले प्रतिवेदन बुझाउन सकिएन,’ कार्यदलका सदस्य लेखराज भट्टले भने, ‘उहाँले समय दिनुभयो भने आइतबार बुझाउँछौँ ।’ केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले कार्यदलको समय थप नगरेपछि असन्तुष्ट बहुमत सदस्यहरूले संयोजक रामबहादुर थापा बादलले बुझाएको प्रतिवेदनको अर्को समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
More

२० वर्षमा १९ प्रधानमन्त्री फेरिए, तर आएन मेलम्चीको पानी

काठमाडौं–०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ । आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । ०४७ : प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा ०५५ : मेलम्ची खानेपानी विकास समिति गठन ०५६ : एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन ०५८ : एडिबीसँग ऋण सम्झौता ०५८ : निर्माण सुरु ०५८ : हेनिल कोनको जेभीलाई सुरुङ बनाउन चाहिने प्रवेशमार्ग निर्माणको ठेक्का
More

घाइतेको उद्दार पहिला कि मुलुल्का पहिला ? बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी पुग्यो

  काठमाडौं। ललितपुरको नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोटन गरायो । विस्फोटमा तीन सर्वसाधारण घाइते भएकोमा शनिबार एक जनाको निधन भएको छ । सर्वसाधारणका अनुसार, त्यहाँ बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो । बमको त्रासले सर्वसाधारणको भिड लागेको थियो । तर, उद्धार गर्न कोही अगाडि सरेका थिएनन् । केही ढिलो गरी आएको प्रहरी पनि घाइतेकोे उद्धारभन्दा पनि मुचुल्का उठाउन लागे । यसबीचमा १० मिनेट मुचुल्का उठाउँदै लाग्यो । स्थानीयका अनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर त्यहाँ जान रोक लगाएको थियो । चोटपटक लागेको तथा रगत बगिरहेको अवस्थामा समेत प्रहरीले मुचुल्का उठाइरहँदा घाइतेको उद्धारमा ढिलाइ
More