Daily Archives 25th February 2019

कमल थापाको प्रश्न : हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् । “यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो ?” –थापाले प्रश्न गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष
More

दर्शकको मन जित्दै मेरी आमा (भिडियो)

निर्मला पन्तले न्याय नपाएको ७ महिना बढी भैसक्यो। यो देशमा अझै पनि हाम्रा चेलीबेटीहरुका अस्मिता लुटिएका खबर संचार माध्यमहरुमा दिनानुदिन आइनैरहेका छन। बलात्कार जस्तो जघन्य अपराधका दोसि लाई कडा भन्दा कडा कार्वाही हुन पर्छ भनेर लेख साहित्य , आन्दोलन र बहस हुँदै आएको छ। दैनिक अखबारका पानाहरुमा छापिने रगतले लतपतिएका हाम्रा चेलीबेटीहरुको खबर सुन्दा कुन चाहिँ नेपालीको मन नरोला र अनि मनमा आक्रोश उत्पन्न नहोला र। परदेश अमेरिकामा बसेर पनि घरदेशका बारेमा चिन्ता र चासो राख्ने गीतकार प्रलाद शाहले लेखेको गीत मेरी आमालाई दर्शक सोर्ताले निकै मन पराएका छन। एकदमै मनछुने शब्द रहेको यस गीतमा लोकप्रीय गायिका मेलीना राईको आवाज
More

गोर्खा प्यालेसले च्यारिटीमा उठायो ४ हजार पाउण्ड

लन्डन । बेलायतको फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेण्टले आफ्नो वार्षिकोत्सवको अवसरमा गरेको च्यारिटी कार्यक्रमबाट स्थानीय २ च्यारिटी संस्थालाई ४ हजार पाउण्डको सहयोग प्रदान गरेको छ । एनआरएन यूकेका पूर्व अध्यक्ष तथा समाजसेवी सुर्य गुरुङ संचालक रहेको गोर्खा प्यालेसले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा प्यारिटी फर डिसाबिलिटी र स्टेसी एण्ड लुसी फाउण्डेसन नामका दुवै च्यारिटीलाई २ हजार १० पाउण्डको दरले सहयोग दिएको हो । रेस्टुरेण्टको बीसौं वार्षिकोत्सवको अवसर पारेर गतसाता रेस्टुरेण्टमै एक च्यारिटी साँझ आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी रेस्टुरेण्टका नियमित ग्राहकहरुको सहयोगका साथै राफल, बिङ्गो र विभिन्न सामग्रीको अक्सन लगायतबाट ४ हजार २० पाउण्ड संकलन गरिएको थियो । कोष संकलनार्थ
More

रोजगार संयोजकको नतिजा सार्वजनिक

काठमाडौँ–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय भर्ना प्रणालीमार्फत आज ५२१ रोजगार संयोजकको छनोट गरेको छ । योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र पारदर्शी ढङ्गबाट भर्ना गर्नका लागि नेपालमै पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ । कूल ७५३ स्थानीय तहका लागि भनेर रोजगार संयोजक छनोट गर्ने गरी प्रक्रिया अघि बढाइए पनि २३२ उम्मेदवारले तोकिएको अङ्क ल्याउन भने सकेनन् । सो परीक्षामा उतीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको थियो । पदपूर्ति हुन बाँकी रहेका रोजगार संयोजकका हकमा केही दिनभित्र निर्णय लिइने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश
More

विशेष अदालतका तीन न्यायाधीशको सरुवा, बढ्दैछ चोलेन्द्रमाथि आशा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गरेका छन् । प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गरेका हुन् । न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गरेका छन् भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गरेका छन् । कुनै पनि विशिष्टकृत अदालतमा प्रत्येक दुई वर्ष काम गरेका न्यायाधीशलाई अवधि पुगेको भनी सरुवा गर्ने प्रावधान छ । सो अवधिभन्दा बढी मुद्दा हेर्दा विकृति आउन सक्ने हुँदा सरुवा गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार काज सरुवा गरिएको न्याय परिषद्ले जनाएको छ ।
More

काँग्रेस नेताहरुलाई नयाँ शक्तिका सांसदले यसरी जिल्याए

रसुवा–नयाँ शक्ति नेपाल रसुवाका संयोजक फुर्वा वाङ्दी तामाङसहित नेता कार्यकर्ता सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस प्रवेश गर्नेमा नयाँ शक्तिका ४ केन्द्रीय सदस्य समेत रहेको दाबी गरिएको छ । नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले कार्यक्रममा नयाँ शक्तिबाट निर्वाचित प्रदेश सांसद प्रेम तामाङ र आमा छोदिङमा गाउँपालिका प्रमुख बुचुङ तामाङ भने काँग्रेस प्रवेश नगरेको बताए । उनीहरु नयाँ शक्तिको तर्फबाट जनप्रतिनिधि रहेको र काँग्रेस प्रवेश गर्दा कानुनी रुपमा पद धरापमा पर्ने भएकाले पार्टी प्रवेश गर्ने तय भएको भएपनि अन्तिम समयमा प्रवेश नगरेको उनको भनाई थियो । तामाङलाई नै पार्टीमा प्रवेश गराउने भनेर कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता
More

एनआरएनए क्यानाडाले महिला दिवस मनाउने

क्यानाडा । गैर–आवसीय नेपाली संघ एनआरएनए क्यानाडाले १०९ औं अन्तराष्ट्रि महिला दिवस मनाउने भएको छ । आगामी मार्च १ तारिखका दिन महिला सरोकारका बिषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरेर अन्तराष्ट्रिय महिला दिवस मनाउने भएको हो। नेप्लिज क्यानेडियन महिला एशोसियसनको सहकार्यमा एनआरएन क्यानाडाले आयोजना गर्ने उक्त कार्यक्रममा आफ्नो ४ वर्षे कार्यकाल सकाएर नेपाल फर्कन लागेका क्यानाडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेललाई बिदाई पनि गर्ने कार्यक्रम रहेको एनआरएनए क्यानाडाले जानकारी दिएको छ। त्यस्तै सोहि कार्यक्रममा ब्राम्टोन सिटिका मेयरका प्याट्रिक ब्राउनलाई औपचारिक स्वागत गरिने भएको छ । कार्यक्रममा ब्राम्टोन साउथका निर्वाचित एमपी सोनिया सिधु र मिसिसागा माल्टोनबाट निर्वाचित एमपीपी दिपक आनन्द लगायत नेपाली
More

प्रियंका र आयुशमान अभियन्तामा नियुक्त

नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । अभियानताको रुपमा नियुक्त भएका उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ । मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ती दिएको हो । केहि साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफुलाई पाउँदा एकदमै खुशी लागेको बताए । साथै उनीहरुले आफुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
More

के अब विप्लव अव राज्यले गर्ने कारवाहीका लागि तयार छ ?

काठमाडौं–विप्लव नेतृत्वको नेकपाका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नख्खु बम विस्फोटको जिम्मेवारी आफ्नो पार्टीले लिएको बताएका छन् । ओलीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई ’दुःख लागेको’ समेत बताए । बीबीसीलाई ओलीले भनेका छन्ः सर्वसाधारणको ज्यानै जानेगरी तपाइहरुले किन नख्खुमा बम विस्फोट गराउनुभयो ? क्रान्तिका दौरानमा यस्ता सानातिना घटना हुन्छन् । यसप्रति हामी गम्भिर रुपले समिक्षा गर्दछौ र हामी दुखित पनि छौ । एउटा बटुवा बाटो हिडिरहँदा, घर जान लाग्दा घरै पुग्न सकेन अनाहकमा ज्यान गुमायो । त्यसलाई सानोतिनो घट्ना भन्न मिल्छ ? होइन, हामीले त्यस्तो भनेकै
More

बुटवलमा आगाजानी

काठमाण्डौं । बुटवलको एक भवनमा भिषण आगालागी भएको छ । अमरपथ स्थित शंकरप्लाजा भवनमा हिजो राती ९ बजे देखि ११ बजे सम्म भिषण आगालागी भएको हो । संगै रहेको लोयल होटलमा विद्युत सर्ट भई सुरु भएको आगालागी नियन्त्रणमा सम्वन्धि निकाय एक घण्टा पछि मात्र आएको भन्दै स्थानियले आक्रोष पोख्न थाले पछि बुटवल उपमहानगरपालिकाको दुई वटा दमकल , शिद्धार्थनगर, लुम्विनी र रामग्राम नगरपालिकाको थप तीन वटा दमकल आई विद्युको लाईन काटेर नियन्त्रणमा लिन सुरु गरिएको थियो । ‘उक्त भवनमा आगालागी हुँदा भवनको बाहिरि भागमा क्षति भएको छ , त्यो संगै रहेको विन्दवासीनी फेन्सी स्टोर्सं जलेर पुर्णरुपमा नष्ट भएको छ ,– ईलाका
More