Daily Archives 26th February 2019

क्याम्पस अक्षयकोषको लागि उठ्यो १ करोड २९ लाख

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि सञ्चालन गरिएको ‘प्रथम बलेवा महोत्सव’मा रु एक करोड २९ लाख सङ्कलन भएको छ । नारायणस्थान सामाजिक प्रतिष्ठानको आयोजनामा कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासको लक्ष्यसहित आयोजना गरिएको उक्त महोत्सवको विविध कार्यक्रमसहित आइतबार समापन भएको छ । बलेवा क्षेत्रको प्रचारप्रसार गरी क्याम्पसको शैक्षिक उन्नयनका लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा बढी रकम सङ्कलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक भरत पौडेलले बताउनुभयो । महोत्सवको अन्तिम दिन आइतबार रु ५० लाखभन्दा बढी रकम सङ्कलन भएको छ । सबैभन्दा बढी रकम बलेवाका स्व धनबहादुर घर्ती क्षत्रीको परिवारले रु २५ लाख ५१
More

कांग्रेसमा गुट बलियो बनाउने होड

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन्। पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए। नागरिक दैनिकमा खबर छ । पार्टी नेतृत्व सम्हालेको तीन वर्ष बित्न लाग्दा पनि केन्द्रीय विभागसहितका विभिन्न समिति गठन गर्न नसकेको आरोप खेप्दै आएका सभापति देउवा बाँकी समय बहुमतको आधारमा पार्टी चलाउने तयारीमा देखिएका छन्। संगठन सुदृढ गर्न नसकेको आरोप पार्टीभित्रकै असन्तुष्ट पक्षबाट खेपिरहेका देउवा
More

एनआरएनसँगको सम्झौता तोडिँदै, १५ दिने स्पष्टीकरण मागियो

काठमाडौं। सरकारले गैरआवासीय नेपाल संघ (एनआरएन)सँग गरेको एक सम्झौता तोड्ने तयारी गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गुह्येश्वर फाँट काठमाडौं र एनआरएनबीच २०७१ सालमा भएको उद्यान निर्माणसम्बन्धी एउटा सम्झौता तोड्ने तयारी भएको हो । सरकारले सम्झौता तोड्नका लागि १५ दिने स्पष्टीकरणसमेत मागेको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए कानुनबमोजिम अघि बढ्ने सरकारले चेतावनीसमेत दिएको छ । बाग्मती नदीको बंगलामुखी जाने पुलको दायाँबायाँ, बायाँमा एन्फा फुटबल ग्राउन्डदेखि दायाँ काठेपुलसम्मको ४ सय मिटर लम्बाइको पाटन शंखमूलबाट अगाडिको जग्गा एनआरएनबाट प्राप्त डिजाइन प्रपोजलबमोजिम उद्यान निर्माण गर्न समझदारी भएकोमा समितिबाट बारम्बार उद्यान निर्माणको प्रगतिका साथै समितिलाई हस्तान्तरण
More

प्रदेश र स्थानीय तहका कर्मचारीले ट्रेड युनियन खोल्न नपाउने

काठमाडौं–संघीय निजामती कर्मचारीले पाएको ट्रेड युनियन अधिकार प्रदेश र स्थानीय तहका कर्मचारीले नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहको सेवा ऐनमा प्रस्ताव गरेको न्यूनतम मापदण्डमा ट्रेड युनियन अधिकार राखिएको छैन । मापदण्ड परामर्शका लागि कानुन र अर्थ मन्त्रालयमा पठाइएको छ । प्रदेश र स्थानीय तहले बनाउने कर्मचारी सेवा ऐनलाई संघीय निजामती सेवा ऐनको मर्म र भावनासँग मिल्दो बनाउन मन्त्रालयले न्यूनतम मापदण्ड बनाएको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
More

पार्टी कार्यालयमै विद्यार्थीबीच कुटाकुट प्रकरण, किन मौन छ काँग्रेस ?

काठमाडौं–कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे । झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुप–यो । तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मात्रै बसे । झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन् । झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो । तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन । बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले रुलिङ गरेर बस्न लगाए । सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको थियो । पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख
More

लागुऔषधसहित पक्राउ

काठमाडौँ : चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडाँै आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा आज बिहान उनको साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । नागढुङ्गाबाटै बुटवल उपमहानगरपालिका–१२ का २५ वर्षीय किसन छन्त्याललाई नियन्त्रित लागुऔषध नाईट्राभेट १७ ट्याब्लेट, डाईजेपाम चार एम्पुल, फेनारगन चार एम्पुल, नोर्फिन चार एम्पुलसहित आज प्रहरीले पक्राउ गरेको जनाएको छ । लुम्बिनीबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको बसलाई जाँच
More