Daily Archives 28th February 2019

बान्ता गरेपछि अस्पताल लगिएका भारतीय कैदीको उपचारको क्रममा मृत्यु

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको एक भारतीय कैदीको आज मृत्यु भएको छ । भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दिप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रुपमा रहेका उनलाई बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा साहको मृत्यु भएको हो ।
More

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैका परिवारलाई ओलीकाे सहानुभूति

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका सातै जना मृतकका घरमा पुगेर मृतकका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गरेका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थल निरीक्षणपछि पाथिभरा दर्शन गरी काठमाडौँ फर्कने क्रममा भएको हेलिकप्टर दुर्घटनामा उड्डयन प्राधिकरणका निर्देशक धु्रव भोछिभोया, उड्डययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको ज्यान गएको थियो ।
More

BREAKING NEWS: ऊर्जामन्त्री वर्षमान पुन अचेत, नर्भिक अस्पताल भर्ना

काठमाडौं– ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अचेत भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् । नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी बिहीबार साँझ अस्पताल भर्ना भएको बताए । ‘उहाँ अहिले बेलुका अस्पताल भर्ना हुनुभएको छ । सीसीयूमा राखेर उपचार सुरु गरिएको छ’, उनले भने । उनको उपचारमा डा यादव भट्टराईको टोली खटिएको छ ।
More

स्व–अध्ययन किन ?

शरीरलाई स्वस्थ र सुदृढ बनाउन जसरी पौष्टिक आहारको जरुरत पर्दछ त्यसैगरी मन र बुद्धिलाई स्वच्छ र स्वस्थ बनाउन सकारात्मक पुस्तकहरुको अध्ययन अनिवार्य हुन्छ । असल पुस्तकहरुको अध्ययनले हाम्रो आत्माभित्र रहेको सुसुप्त शक्तिहरुको जागरण हुँदै जान्छ । जसले गर्दानै हाम्रो जीवन सरल समुन्नत र सहज बन्दछ । सतपथ ब्राह्मण – धनधान्य सम्पन्न धर्ती दानगर्ने दातालाई जति पुण्य मिल्दछ त्यो भन्दा तीन गुणा बढी पुण्यलाभ स्व अध्ययनशील ब्यक्तिले पाउदछ । महर्षि ब्यास – स्व अध्ययनको साधना गर्ने साधकले नै परमात्मा संग साक्षात्कार गर्दछ । महाभात शान्तिपर्व – नित्य नियमित स्व अध्ययन गर्ने व्यक्तिले दुःखबाट पार पाउदछ । गीता १७÷१५ – स्व अध्ययन
More

‘प्रदीप पौडेलदेखि चन्द्र भण्डारीसम्मले यसरी सम्झिए रवीन्द्रलाई’

पर्यटनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारीको निधनलाई लिएर उनको समकक्षी नेताहरुले यसरी सम्झिएका छन्ः शंकर पोखरेल   लुम्बिनि अन्तराष्ट्रिय विमानस्थललाई सुधार गर्ने, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्ने र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई अघि बढाउने जस्ता महत्वपूर्ण कामहरु उहाँका प्रमुख विषयहरु थिए । भिजिट नेपाल २०२० लाई महत्वपूर्ण पक्ष बनाएर उहाँ अघि बढ्ने कोसिस गरिरहनु भएको थियो । त्यसमा एउटा महत्वकांक्षि लक्ष्य पनि थियो । नेपालको पर्यटनलाई दोब्बर गर्ने लक्ष्यका साथ उहाँ अगाडि बढ्नु भएको थियो । त्यस अर्थमा यो दुर्घटनामा ठूलो क्षति पुगेको छ । नेपाल सरकारले एकजना सक्षम मन्त्री मात्र गुमाएको छैन । भविष्यको एउटा सम्भवनाको नेता पनि
More

पर्यटनमन्त्रीको निधनमा नेपाली मन्च युकेद्वारा दुख व्यक्त

काठमाडौं– ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका –१० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित अन्य ६ जना ब्यक्तिको निधनप्रति प्रवासी नेपाली मन्च युकेले दुख व्यक्त गरेको छ । मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीले एक शोक सन्देश जारी गर्दै नेपालमा समाजवाद स्थापनाको आधार तयार गर्न अहोरात्र कृयाशिल एकजना नेता तथा समकालीन राजनीतीका भरपर्दो ब्यक्तित्वलाई गुमाउनु पर्दा मुलुकलाई अपुरणिय क्षति भएको उल्लेख गरेका छन् । उनले यस दुखद समयमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा उनकी राजनितीक सहयोध्दा तथा श्रीमती बिध्या भट्टराई लगायत संपूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै अधिकारी सहित सबै मृतकप्रति श्रद्धान्जली अर्पण
More

एकाएक स्थगित भयो श्रद्धाञ्जली कार्यक्रम

ताप्लेजुङको तारेभीरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि भोलि टुँडिखेलमा राखिने भएको छ । आज पोस्टमार्टनको रिपोर्ट आउन ढिलाई हुने भएपनि आजको लागि तय भएको कार्यक्रम भोलि बिहान ८ देखि ११ बजेसम्म्को लागि तय भएको महानगरीय बृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए । अहिले पोर्टमार्टमका लागि सातै जनाको शव टिचिङ अस्पतालमा राखिएको छ । बिहीबार मौसममा सुधार आएसँगै मन्त्री अधिकारीसहित सातै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट अपरान्ह १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
More

शुक्रबार यति एयरका सबै उडान बन्द

यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने भएका छन् ।ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो ।कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा शुक्रबार देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।
More

मन्त्री अधिकारीको निधनमा यस्तो छ नेकपा बैठकको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा विभिन्न निर्णय गरेको छ बैठकले एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति हार्दिक एवम् भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, उनीहरुको शोकाकुल परिवार तथा
More

दुघटना अपडेट शव काठमाण्डौ ल्याइयो

दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ । त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालतर्फ लगिएको छ ।
More

हिँउले ढाकिएको एयरपोर्टबाट मन्त्रीको शव बोकेर उड्यो हेलिकप्टर

काठमाडौंँ–दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौ ल्याइएका छ । सुकेटार विमानस्थलबाट सवैको सव बोकेर सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो । सातै जनाको शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन । सो क्षेत्रमा बाक्लो हिउँ परेको छ ।
More

प्रचण्ड पुग्दा मन्त्री अधिकारीको परिवारमा रुवाबासी

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर समवेदन प्रकट गरेका छन् । प्रचण्डले आज बिहान हरिहर भवनस्थित मन्त्री क्वार्टर पुगेर दिवंगत मन्त्री रवीन्द्रका बुबा, आमा र श्रीमतीभेटी समवेदना प्रकट गरेका हुन् । मन्त्री अधिकारीको क्वार्टमा प्रचण्ड पुग्दा परिवार र आफन्त शोकाकुल रहेका थिए । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना प्रकट गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
More

हाँसेर नमस्ते गरौं, आफ्नो साथीलाई नेपाल घुम्न पठाऔं : अध्यक्ष भट्ट

गैरआवासीय नेपाली संघले नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०१९ अभियानलाई सफल बनाउन विभिन्न कार्य योजना एवं रणनीति सार्वजनिक गरेको छ । काठमाडौंमा आज आयोजित एक कायक्रम वीच यस अघि नै घोषणा गरेको नेपाल पर्यटन प्रवद्र्धन वर्ष अन्तर्गत अघि सारेका विभिन्न प्रस्तावित गतिविधिहरुबारे जानकारी गराएको छ । कार्यक्रममा अध्यक्ष भवन भट्टले अभियान मार्फत सरकारको संघको संजाल विस्तार भएका ८० मुलुक बाट पर्यटक भित्र्याउन ३ मित्र आफ्नो मुलुक पठाऊ अभियानलाई अघि बढाउने बताउनु भयो । अध्यक्ष भट्टले नमस्ते, अतिथि देवो भवःलगायतका अभियानलाई निरन्तरता दिने, डायस्पोरा मार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवं पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको बताउनु भयो । उहाँले
More

सुनको भाउमा गिरावट

बिहीबार तोलामा ६२ हजार ४०० मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज सुनको भाउ रु २०० ले गिरावट आएको हो । बुधबार सुनको भाउ तोलामा ६२ हजार ६०० मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा ६२ हजार १०० मा कारोबार भइरहेको छ । चाँदी तोलमा ७७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
More

देशभरको अस्पताल ठप्प हुँदा किन चुपचाप छ सरकार ?

बुधबार सरकारी चिकित्सकले देशभरको सरकारी अस्पतालको ओपीडी सेवा बहिष्कार गर्दा देशभरको स्वास्थ्य सेवा प्रभावित बन्यो । तर, सरकारी निकाय भने मौन देखियो । कर्मचारी समायोजन अध्यादेश २०७५ प्रति आपत्ति जनाउँदै सरकारी चिकित्सकले ओपिडी सेवा बहिष्कार गरेका थिए । जुन क्रम अनिश्चितकालसम्म जारी रहने संघले जनाएको छ । दुई महिना देखिको डाक्टरको आन्दोलनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविभावको भूमिका निर्वाह गर्न नसक्दा पटक— पटक नागरिक सेवा पाउँनबाट बञ्चिन हुनुपरेको छ । सरकारी चिकित्सकले स्वास्थ्य संस्था ठप्प पार्दा सम्म किन मौन छ स्वास्थ्य मन्त्रालय ?स्वास्थ्य सचिव डाक्टर चौधरीले चिकित्सकको माग सम्बोधनको लागि प्रयासरत रहेको बताइन् । चौधरीले भनिन् ‘ चिकित्सको मागको विषयमा
More

७ नं प्रदेशमा नयाँ जलविद्युत आयोजना निर्माणको सम्झौता सम्पन्न

नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा ने.वि.प्रा का तर्फबाट कार्यकारी निर्देशक श्री कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गर्नु भएको छ । प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मे.वा. क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाढ
More

अमेरिकामा एनआरएनको चुनावमा छ्यापछ्याप्ती किर्ते फेसबुक आईडी

विजय थापा ,आगामी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको निर्वाचनलाई मध्ये नजर गर्दै सामाजिक संजाल फेसबुकमा किर्ते ,जालसाजी ,नक्कली हुलिया ( परिचय ) बनाउने गिरोहको बिगबिगी बढेको छ । यी सबै निर्माण र परिकल्पना गर्ने कुनै बहादुर नभई अमेरिकामा सूचना प्रविधि सम्बन्धि बिशेष ज्ञान भएका र अनुहार किताव चलाउन दक्ष नेपालीहरु नै संलग्न छन् । आफ्नो स्वार्थको लागि नेपालीले अमेरिकामा यस्तो घिनलाग्दो हर्कत गर्ने गर्छन भन्ने परिकल्पना गर्न सकिदैन । यो दुखद कुरा हो । बिशेष गरि केही आर्थिक प्रलोभन प्राप्त भएको हुन् सक्ने तथा र बिशेष आफ्ना पक्षका उम्मेदवारलाई आगामी एनआरएन अमेरिकाको निर्वाचनमा बिजयी गराउन यस्ता बेनामी
More

फ्रान्सका लागि नेपाली राजदुत लुइन्टेललाई एनआरएनको विदाई

फ्रान्स – पोर्चुगल समेत कार्यक्षेत्र रहेको फ्रान्सका लागि नेपाली राजदुत अम्बिका देबी लुइन्टेल मानन्धरलाई गैर आवसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले यही सोमबार २५ फेब्रुअरीका दिन उनको ४ वर्ष २ महिना को फ्रान्सको कार्यकाल समाप्त भइ नेपाल फर्किन लागेकोमा “विशेष विदाई कार्यक्रम” सम्पन्न गरेको छ । राजदूतले आफ्नो तर्फबाट एन आर एन ए फ्रान्सलाइ मायाको चिनो प्रदान गर्दै संस्थाका का भुपु तथा बर्तमान कार्यसमितिका पदाधिकारीहरुलाइ खादा ओडाएर सम्मान गरेका थिए । संस्थाका सह–कोषाध्यक्ष अजय उप्रेतीको “द हिमालयन रेस्टुरेन्ट“ मा रात्रिभोजका साथ सम्पन्न कार्यक्रममा राजदुत लुइन्टेललाई प्रशंसा–पत्र, फुलको गुच्छा र खादा ओढाई संघका अध्यक्ष एक बहादुर मल्ल, आई सि सि
More

त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध

हेटौँडा । गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यसैगरी हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँडा, कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। आज बिहानै सूचना थाहा नपाई त्यसतर्फ गएका सवारीसाधनहरु बीच सडकमै रोकिनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए। मौसममा सुधार आउने बित्तिकै नुनसहितको प्राविधिक टोली खटाई सडक सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए। डिसी
More

१२ वर्षपछि उपत्यकामा हिमपात

काठमाडौं– उपत्यकामा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ । हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातका कारण भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिए । हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न
More