Daily Archives 1st March 2019

वेल्जियम कांग्रेसको दुबै अधिवेसन स्थगित (पत्र सहित)

लण्डन । वेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको पाँचौ अधिवेसन स्थगित भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयले फाल्गुण १४ गते एक पत्र जारी गर्दै नेपाली जनसम्पर्क समितिको सिता सापकोटा समुह र सुभाष गुरुङले नेतृत्व गरेको अर्को समुहले यही महिनाको पहिलो साता गर्न लागेका दुवै अधिवेसन स्थगित गरेको हो । पत्रमा, नेपाली जनसम्पर्क समिति बेल्जियमको पाँचौ अधिवेशन आगामी मार्च ३, २०१९ मा गर्ने भनी प्राप्त पत्र र नेपाली कांग्रेस निकट व्यक्तिहरुकै संलग्नतामा नेपाली जनसम्पर्क समितिकै नाम राखी छुट्टै संगठनको स्थापना गरी सो संगठनको अधिवेसन भनी मार्च १०, २०१९ का दिन गर्ने भनिएको कार्यक्रमका सम्वन्धमा पार्टी कार्यालय तथा पार्टी नेतृत्वको
More

छोराहरुसँगै श्रीमानको पार्थिव शरीरमा विद्याले दिइन् दागबत्ती

पोखरा– हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको रामघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, पुत्रद्वय विराज र स्वराजले दागबत्ती दिए । दिवङ्गत अधिकारीप्रति नेपाली सेनाको एक टोलीले सलामी दिएको थियो । हजारौँ सर्वसाधारणको उपस्थितिसहित नयाँबजारबाट शुरु शवयात्रा महेन्द्रपुल–रानीपौवा–हस्पिटल चोक हुँदै सेती नदी किनार रामघाट पुगेको थियो । शवयात्रामा हजारौँ पोखरेलीले उहाँप्रति श्रद्धा प्रकट गरेका थिए ।
More

दार्चुलामा जीप दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं– दार्चुलाको दुहुँ गाउँपालिकाको राताकाठा भन्ने स्थानमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । म.१ ज २८० नम्बरको जिप दुर्घटना हुँदा ११ जना यात्रुको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । जीप सडकबाट ५०० मिटर तल महाकाली नदीमा खसेको छ । जीप राती ८ बजेतिर दुर्घटना भएको हो ।
More

सेनाका जमदार घिमिरेको परिवारलाई प्रधानसेनापतिले भेटे

काठमाडौं – बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले भेटेका छन् । थापाले जमदार घिमिरेको निवासमा पुगेर परिवारलाई भेटेका हुन् । भेटमा सेनापति थापाले स्वर्गीय घिमिरेको परिवारलाई समवेदना प्रकट गरेका थिए । सो क्रममा थापाले घिमिरेको परिवारलाई सान्त्वना दिँदै यो दुखको घडीमा सेना साथमा रहेको भन्दै आवश्यक सहयोग गर्ने आवश्वासन दिएका थिए । बुधबार ताप्लेजुङको तारेभीरमा भएको एयर डाइनेस्टीको हेलिप्कोटर दुर्घटनामा हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका
More

२१ वर्षीया युवतीको बलात्कारी तीन जनालाई १० कैद

काठमाडौँ–ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही १० वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश धनसिंह महराको इजलासले आज सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको होे । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । सामूहिक बलात्कारपछि ज्यान मार्ने मनसायले युवतीको टाउकोमा ढुङ्गा
More

ऊर्जामन्त्री पुनको भोलि डिस्चार्ज

काठमाडौँ– ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका थिए । उनका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ । उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन् । पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । यस्तै आज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
More

भारतीय वायुसेनाका चालकलाई पाकिस्तानले बुझायो

इस्लामावाद–पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउँसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहरू लाहोर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अधिकारीलाई बुझाएको पाकिस्तानले जनाएको छ । यद्यपि यसबारे भारतीय अधिकारीबाट औपचारिक पुष्टि भइसकेको छैन । तर भारतीय टेलीभिजन आजतकले भने अभिनन्दन स्वदेश फर्किएको दृश्यलाई प्रत्यक्ष प्रशारण गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका थिए । । “पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद
More

पुल बन्नलाग्दा स्थानीयवासी हर्षित

बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण पनि शुरु गरिएकाले यहाँका बासिन्दामा खुशियाली छाएको हो । धार्मिक एवं पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिएको यो क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सके आर्थिक विकासमा पनि टेवा पुग्ने अनुमान स्थानीयवासी बताउँछन् । वर्षौंदेखि पक्की पुल नहुँदा स्थानीयवासीले समस्या झेलीरहेका थिए । उक्त पुल निर्माणका लागि गएको वैशाखमा खम्पाचेटी टिडिआर जेबीले रु छ करोड ४२ लाखको लागतमा निर्माण गर्ने ठेक्का पाएको थियो । सो पुल दुई वर्षभित्र निर्माण गरिने भएको छ ।
More

मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले मन्त्री अधिकारीसहित सो दुर्घटनामा परी निधन हुनु भएका सातै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। प्रधानमन्त्री एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदन व्यक्त गरेको छ। बैठकले सो हेलिकप्टर दुर्घटनामा परी निधन भएकाका परिवारको अवस्था
More

जीवित बाबुलाई मरेको भन्दै नागरिकता लिने भारतीय पक्राउ

काठमाडौं : ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए। २०५६ पुस १३ मा जारी नागरिकतामा साहको बुबा स्वर्गीय अनुपलाल साह लेखिएको छ। तर उनका बाबु विश्वनाथ साह हुन्। उनी जीवितै छन्। नगर पञ्चायत जोगबनीले तयार पारेको आमनिर्वाचन नामावलीमा साहको बाबुको नाम विश्वनाथ लेखिएको छ। मोरङ जिल्ला, विराटनगर ठेगाना उल्लेख गरेका साहले सुरुमा बनाएको नागरिकता हराएपछि वंशजका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०६४ पुस १७ प्रतिलिपि लिएको पाइएको छ। साहविरुद्ध गृह मन्त्रालयमा
More

लण्डनमा नेपालीको पौरख: युरोपेली बजारमा नेपाली दालदेखि कोदोको पिठोसम्म

लण्डन – लण्डनका नाम चलेका सुपरमार्केटहरुमा तपाईँले आकर्षक प्याकमा भान्सामा प्रयोग हुने नेपाली उपभोग्य सामान देख्नु भयो भने तपाईँले अनौठो नामाने हुन्छ । किनकी पछिल्लो समय बेलायतमा नेपालबाट आयात गरिएका दैनिक उपभोग्य बस्तुले राम्रो बजार लिन थालेको छ । १० वर्ष अघि बेलायत आएका एक नेपाली युवा विकास नेपाल (३०) को पहलमा अहिले लण्डनका बजारमा तीब्र रुपमा नेपाली उत्पादनको मार्केटिङ भइरहेको हो । लण्डनमा यसअघि नै दुई नेपाली सप्लासर्य भएपनि उनको उपस्थितिले नेपाली उपभोग्य बस्तुको माग ह्वात्तै बढेको छ। दिनरातको मेहनत र जनसम्पर्क र कुशल बजार व्यवस्थापकका रुपमा दरिएका विकासको मार्केट डाइरेक्ट नामको कम्पनी हाल लण्डनमा परिचित छ । यही
More

सात महीनामा १५जबर्जस्ती करणीको उजुरी

वालिङ। चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी परेपश्चात प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको छ । बलात्कृत हुने उमेर समूहमा १० वर्षीया बालिकादेखि २७ वर्षीया महिलासम्म छन् भने धेरै १३–१७ उमेर समूहका बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार २०७५ असार २४, साउन ३, भदौ ७, भदौ २०, भदौ २१, भदौ २२, असोज ६, असोज १९, कात्तिक २७, मङ्सिर ४, पुस ७, पुस
More

हेलिकप्टर दुर्घटनाका मृतकप्रति टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ–ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार नै हुने भनिएपनि शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलि कार्यक्रम आजको लागि सारिएको थियो । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा
More

साउदी जेलभित्र तीन सुत्केरी नेपाली महिला, बाबु को ?

काठमाडौं– साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर (जेल) पठाएको छ । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले प्रहरीको सहयोगमा सेन्टर पठाएको राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए । बच्चाको बाबु पहिचान नभएकाले उनीहरू तत्काल स्वदेश फर्कन पाउने स्थिति छैन । ‘आमालाई पठाउन समस्या छैन, शिशुलाई पठाउन समस्या हो,’ राजपुतले भने, ‘बाबुको पहिचान भएको छैन । यस्तो अवस्थामा कसरी ट्राभल डकुमेन्ट जारी गर्ने भनेर हामी अलमलमा
More

नक्कली बिहे गराएर युरोप मावन तस्करी

काठमाडौँ — जर्मन प्रहरीले भारतीय र नेपाली मानव तस्करीको संगठित गिरोहका पाँच सदस्यलाई पक्राउ गरेको छ । त्यहाँको म्युनिखस्थित संघीय प्रहरीले युरोपेली नागरिकसँग नक्कली बिहे गराएर तस्करी धन्दा चलाउने समूहको पहिचान गर्न रोमानिया, पोल्यान्ड र डेनमार्क प्रहरीसँग मिलेर अप्रेसन सुरु गरेको थियो । भारतीय अनलाइन पोर्टल फस्ट पोस्ट र हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीको ‘कोभर्ट अप्रेसन’मा युरोपको आवासीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरूसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको देखिन्छ । अहिले जर्मनीकेन्द्रित रहे पनि अनुसन्धान युरोपका अन्य देशमा पनि विस्तार गरिने प्रहरीले जनाएको छ । अहिलेसम्म १२ हजार युरो अर्थात् १५ लाख रुपैयाँभन्दा धेरै बुझाइ करिब २ सय नेपाली र भारतीयले
More

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’ हुने गरेकाे खुलासा

काठमाडौं–इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेपछि घटना बाहिरिएको हो । पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार लक्ष्मी नेपालमै बसेर इराक जाने युवती खोज्ने र श्रीमान् नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे । बस्नेतदम्पतीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरू फरार रहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
More

११ वर्षसम्म बाख्रा फार्ममा बन्धक, ११ वर्षपछि रुँदै घर फर्किए

काठमाडौँ – अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो । सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो ?’ उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरू बाहिर आइरहेका छन् । खै हाम्रा मान्छेनिस्किएका छैनन् ।’ ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जबर्जस्ती श्रम गराई बाख्रागोठमा काम लगाइराखेको थियो । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए । त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भलवाडी, रूपन्देहीबाट रातारात आइपुगेकी थिइन् । एक घण्टा कुर्दा पनि सत्यनारायण बाहिर निस्किएनन् । खबर साँचो थियो
More

अब देशले मुहार फेर्छ : डा. उपेन्द्र महतो

काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् प्रमुख सरंक्षक डा. उपेन्द्र महतोले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतोले यस्तो बताएका हुन् । उनले भने, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, सफल प्रधानमन्त्री हो। उहाँलाई हामीले असफल भन्यौं भने हामी पनि असफल नै हो नि ।” महतोले नेपाल स्वर्गको देश भएकोले अबको दश वर्षभित्र नै समृद्ध हुनेमा आफू विश्वस्त रहेको सुनाए । उनले भने, ऋषिजी तपाईले २० वर्ष भन्नुभयो, यो त धेरै लामो समय हो, मलाई लाग्छ
More