Daily Archives 3rd March 2019

एनआरएन युएईका अध्यक्ष श्रेष्ठ छुटे, भने– मलाई सोधपुछका लागि बोलाइएको थियो

काठमाडौं–गैरआवासीय नेपाली संघ (युएई) का अध्यक्ष रमेश श्रेष्ठ प्रहरीबाट छुटेका छन् । उनले आफूलाई दुई प्रहरीले सामान्य सोधपुछका लागि मात्रै बोलाएको आज आइतबार बताए । उनले गत शुक्रबार आफूलाई दुबई प्रहरीले सामान्य सोधपुछका लागि बोलाएको र सो क्रममा आफूले आवश्यक सहयोग गरेको उनले एक विज्ञप्तिमार्फत बताएका छन् । ‘प्रवासमा नेपालीहरुको हितको लागि सामाजिक कार्य गर्ने शिलशिलामा यहाँको स्थानीय निकायले आवश्यक छानबीन गर्नु सामान्य हो र यो सर्वविदितै छ’, उनले भनेका छन्, ‘ सोही क्रममा मलाई दुबई प्रहरीले सामान्य सोधपूछका निमित्त बोलाएको र मैले मेरो तर्फबाट आवश्यक सहयोग गरेको थिएँ ।’ उनले अगाडि भनेका छन्, ‘गत शुक्रबार बिहान मलाई दुबई प्रहरीले
More

एनआरएन युकेले पुर्वमन्त्री शर्मा र चित्रलेखासंग अन्तरक्रिया गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले पुर्व मन्त्री तथा राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दीनानाथ शर्मा र पुर्वउपसभामुख चित्रलेखा यादवसंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार उक्त अन्तरक्रिया मंगलवार साँझ अल्डरशटमा आयोजना गरिन लागिएको हो । अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा साँझ ७ बजे देखी सुरु हुने सो कार्यक्रममा उपस्थित हुन वेलायतस्थित नेपाली समुदायतलाई गैरआवासीय नेपाली संघ युकेले आग्रह गरेको छ । शर्मा र यादव लण्डनस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा आयोजना भएको एक कार्यक्रममा सहभागि वेलायत आएका हुनु । शर्मा आगामी बुधवार साँझ नेपाल फर्किने तयारीमा
More

पूर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । उनको शनिबार राती निधन भएको थियो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान दिए । अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए । अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
More

नेपालमा फेसबुक ट्वीटर बन्द गरिन लागेको हल्लामात्रै भएको खुलासा

काठमाडौं– नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको सरकारले स्पष्ट पारेको छ । सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गरिन लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण पोस्ट गरिएको पाइएको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रायका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित नभएको स्पष्ट पारेका छन् । ‘नेपाल सरकार, सूचना तथा सञ्‍चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक
More

प्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनमा दुःख व्यक्त

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । हिजो राती उपचारको क्रममा निधन हुनुभएका ८३ बर्षीय अधिकारीलाई प्रधानमन्त्री ओलीले आज बिहान पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा पुगेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ । अधिकारीको पार्थीव शरिरमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओडाएर सम्मान गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री अधिकारी चारपटक अर्थ मन्त्री र एकपटक निर्माण तथा यातायात मन्त्री हुनुभएको थियो । यसैबीच नेकपाको आज बिहान बसेको सचिवालय बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । अध्यक्ष ओली
More

एनआरएनए युएईका अध्यक्ष श्रेष्ठ पक्राउ

लण्डन ।गैर आवसिय नेपाली संघ युएई (एनआरएनए) का अध्यक्ष रमेश श्रेष्ठ शुक्रबार विहान ५ बजे दुबई प्रहरी द्धारा पक्राउ गरेको खवर प्राप्त भएको छ । उहाँलाई ड्रिङ एण्ड ड्राइभको केशमा पक्राउ गरेको हो । उक्त गाडीमा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट र अर्का केन्द्रीय उपाध्यक्ष कुल आचार्य सवार थिए । भट्ट र आचार्यलाई भने दुबई प्रहरीले साधारण सोधपुछ पछि छाडेका थिए । श्रेष्ठ पक्राउ भएपछि उहाँहरु ट्याक्सी मार्फत आफु बसेको होटलमा आएका थिए । श्रमिकहरुको श्रम सीप र ज्ञानको बिकाश सामुहिक लगानी समृद्दीको निकासू गरौँ भन्ने मुल नाराको साथ एनआरएनए युएईले आयोजना गरेको अन्तर्कृिया कार्यक्रममा सहभागी हुन युएई आइपुगेको एनआरएनए
More

रसुवाका २ किशोरीलाई भारत लैजाने ३ जना पक्राउ

बर्दिया–किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा यार्चा गाउँपालिका १ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका १२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका ५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्कीलाई बर्दिया बढैयाताल गाउँपालिका ८ कर्णालीपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई रसुवा यार्चा गाउँपालिका ५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पुलमा पुग्दा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
More

फेवा तालमा प्याराग्लाइडिङ खस्दा विदेशी नागरिक घाइते

पोखराको फेवातालमा प्याराग्लाइडिङ खसेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना विदेशी नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
More

जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती, विखण्डनको आवाज उठ्दा सरकारको मौनतामा पनि असन्तोष

१९ फागुन, जनकपुर । राप्रपा अध्यक्ष कमल थापाले खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण बताएका छन् । पार्टीद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै जनकपुर पुगेका अध्यक्ष थापाले रामजानकी मन्दिरमा धार्मिक अनुष्ठान गर्ने क्रममा सडकमै आयोजित पत्रकार सम्मेलनमा पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएकोमा दु:ख समेत व्यक्त गरेका छन् । म यहि भूमिबाट प्रधानमन्त्री केपी ओलीलाइ अनुरोध गर्दछु कि नेपालमा पहिलोपटक राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्, विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समयमै निस्तेज पार्नुस्, राप्रपाले सरकारलाई पूर्ण सहयोग गर्नेछ । अध्यक्ष थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि
More

अधिकारीको निधनको शोकमा पार्टीको झण्डा झुकाउने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले अधिकारीको परिवारप्रति श्रद्धाञ्जली दिंदै पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो ।
More