Daily Archives 4th March 2019

११ महिनामा विप्लव समूहका ३७५ नेता कार्यकर्ता समातिए

काठमाडौँ– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट एक एक, इलामबाट पाँच र सिन्धुपाल्चोकबाट १७ रहेका छन् । पक्राउ परेकासँग प्रहरीले चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धका पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामाग्री बरामद गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले राज्य विरुद्धका गतिविधि गर्ने
More

प्रचण्डको दाबी– अहिले मन्त्री फेरिँदैन, हतियारबारे मुख खोले

विराटनगर– नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए । “वर्तमान सरकारले गियर परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निमार्ण घोषणाले पनि सरकारले गति लिएको प्रष्ट हुुन्छ”, उनले भने, “विकास निर्माण र समृद्धिको जनताको सपना पूरा गर्न सरकार सफल हुुनेछ ।” उनले दुुवै पार्टीको एकिकरण कार्य अन्तिम चरणमा पुुगेकाले त्यसलाई टुङ्गो
More

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा– वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन । उनले भने, “अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ ।” उहाँले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार
More

मधेसमा विवाहस्थलबाटै बेहुली यसरी प्रेमीसँग भागेपछि हंगामा

प्रदेश नम्बर २ को धनुषामा एक बेहुली विवाहस्थलबाटै फरार भएकी छिन् । गएराति धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकोहा स्थित महराटोल बस्ने दलित समुदायकी २० वर्षिय युवती स्वयंबर पछि अर्कैसँग भागेकी हुन् । आइतबार विवाहका लागि धनुषाको सबैलाबाट बेहुला सहित जन्ती बेहुलीको घरमा आईपुगेको थियो । हिन्दुपरम्परा अनुसार विवाहको विधि शुरु हुनुपूर्व नै अन्दाजी राति १ बजे स्वयंबर सम्पन्न भयो । तर स्वयंवर लगत्तै बेहुलीको भेषमा रहेकी ति बेहुली बेहुला, परिवारजन तथा जन्तीको समेत आँखा छलेर भागेको ईलाका प्रहरी कार्यालय यदुकाहाले जनाएका छन् । ईप्रका यदुकाहाका प्रहरी निरीक्षक भीम खड्काले बेहुली भगाउनका लागि सोहि टोलका केही व्यक्तिहरुले भूमिका खेलेका
More

महराले भेटे हेलिकप्टर दुर्घटनाका मृतक आङछिरिङको परिवारलाई

काठमाडौं–सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी धैर्यधारण गर्न आग्रह गरेका छन् । सोमबार (आज) दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन् । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उनको अभाव सधैं खट्किरहने बताए । पछिल्लो समय नेपालमै पाइलट ट्रेनिङ सेन्टर खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्दै सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर शेर्पाले आफूलाई भनेको बताए । सभामुख महराले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठीन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त
More

प्रेमिकालाई खुशी राख्ने उपाय

आजकलका युवायुवतीहरूमा छिट्टै प्रेम गर्ने अनि बिहे पनि गरिहाल्ने र डिभोर्स पनि भइहाल्ने चलन व्यापक भएको छ । बैंसमा होश पु-याउनु जरूरी हुन्छ । यसका लागि केही उपाय अपनाउनुपर्ने हुन्छ र पुरुषले नै यसमा ठूलो भूमिका निर्वाह गर्नुपर्छ । तपाईंले प्रेमिकाका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्छ । उनले तपाईंमाथि विश्वास गर्न र आफ्ना कुरा नडराई राख्न सक्नुपर्छ । उनले बोल्दा बीचैमा कुरा काट्नु ठीक हुन्न । झगडै प-यो भने पनि जथाभावी बोल्नुहुँदैन । धम्की दिनु हुँदैन । बरू अलि टाढा जाने अनि लामो सास लिएर शान्त हुने कोशिश गर्नुपर्छ । आफ्ना भावनालाई तथ्यबाट छुट्याएर हेर्नुपर्छ । कतै मैले उनीप्रति गरेको
More

नेपाल प्रहरीका ८२ डीएसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका ८८ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । आईजीपी सर्वेन्द्र खनालको आइतबारको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरुवाको पूर्ण सूची नेपाल प्रहरीका ६४ डीएसपीले पाए जिम्मेवारी काठमाडौं– नेपाल प्रहरीका ६४ प्रहरी नायव उपरीक्षक डीएसपीले जिम्मेवारी पाएका छन् । हालै बढुवामा परेका ती डीएसपीहरुले जिम्मेवारी पाएका हुन् ।
More

रानी र ऐश्वर्याबीच टकराव

मुम्बई – बलिउडका लोकप्रिय नायिकामध्येमा पर्छन्, ऐश्वर्या राय बच्चन र रानी मुखर्जी । कुनै समयका अत्यन्तै लोकप्रियता कमाएका यी दुवैको सुन्दरता अझै पनि उस्तै छ । विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्या र विभिन्न फिल्ममार्फत निकै माया पाएकी रानीबीच प्रगाढ सम्बन्ध थियो । यी दुई एक अर्काका असल र नजिककमा साथी थिए । तर समयसँगै यी दुईको बीचमा टकराव आयो । एक अर्कालाई माया र सम्मान गर्ने रानी र ऐश्वर्या एक अर्काका दुश्मन बने । दुश्मनीले यस्तो रुप लियो कि यी दुईले आफ्नो बिहेमा एक अर्कालाई निम्तो दिन नै उचित ठानेनन् । भारतीय मिडियामा उल्लेख भएअनुसार यी दुईको साथीत्व टुट्नुमा शाहरुख
More

एनआरएन फ्रान्सले पठायो लाप्राक बस्ती निर्माण गर्न १२ हजार युरो

फ्रान्स । एनआरएन फ्रान्सले लाप्राक बस्ती निर्माणलाइ १२ हजार युरो पठाएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) फ्रान्सले गोरखाको लाप्राक बस्ती निर्माण सम्पन्न गर्न १२ हजार युरो आर्थिक सहयोग पठाएको छ। एनआरएनए एनसीसी फ्रान्सका पवक्ता प्रकाश सापकोटाद्धारा जारी गरिएको बिज्ञप्तिमा संघको निर्णयबाट १२ हजार युरो पठाएको कुरा उल्लेख गरिएको छ। संघको एनसीसी फ्रान्सले सो रकम लाप्राकमा बन्दै गरेको भूकम्पी पीडित बस्ती निर्माण र स्थानान्तरण कार्यका लागि पठाएको कुरा जनाएको छ। सो रकम बिगत २०१५ देखि हालसम्म जम्मा भएको रकम मध्येबाट पठाइएको हो। गैरआवासीय नेपाली संघले आफ्ना सबै एनसीसीहरुलाई लाप्राक प्रोजेक्टको लागि प्लेज गरेको रकम र सोमा थप
More

दुप्चेश्वर गाउँपालिकामा एनआरएन महिला फोरमको निशुल्क स्वास्थ्य शिविर

नुवाकोट । दुप्चेश्वर गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २८ फेब्रुवरी र १ मार्च २०१९ का दिन गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको राउटेवेसी र शिखर बेसीमा आठौं निशुल्क पाठेघर समस्या सम्बन्धि स्वास्थ्य शिविर र तेश्रो नाक, कान घाटी परीक्षण सेवा शिविर सम्पन्न भएको छ। यस स्वास्थ्य शिविरमा संघका महिला फोरमका संयोजक रजनी प्रधान र सचिवालका सहायक निर्देशक संगीता अवालेले सक्रिय रुपमा सहभागीता जनाएका थिए। उनीहरुले त्यहाँ सहभागी हुन आएका स्थानीय प्रतिनिधिहरु र समुदायसंग फोरमका गतिविधिहरु बारे जानकारी गराएका थिए। विर अस्पतालका दन्त विशेषज्ञ डा। जयेन्द्र प्रधानांग र
More

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए साउदिद्वारा सहयोग

तेज थापा। साउदि अरब । गैर आवासीय नेपाली संघ साउदि अरबले नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेकोे छ । संघको सकृय सहयोगीदाताहरुबाट संकलित नगद रकम २९१८ साउदी रियाल अर्थात ८६,७६९.०६ (छयासी हजार सात सय उनान्सत्तरी रुपिंया छ पैसा) रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेड को खातामा जम्मा गरिएको हो । सहयोगी दाताहरूको सुचि सहित रकम विप्रेषण गरिएको प्रतिलिपी हाल घर विदामा नेपालमा रहनु भएका एनआरएनए पुर्वी क्षेत्रका क्षेत्रीय कोषाध्यक्ष चित्र कुमार राइले आविष्कार केन्द्रका अभियान्ता डा. महावीर पुनलाइ भेटि हस्तान्तरण गरेका छन्। एनआरएनए पुर्वी क्षेत्रका क्षेत्रीय समन्वय समितिले आफ्नो नियमित बैठकका दौरान आविस्कार केन्द्रलाई सहयोग अभियानमा सरिक हुन
More

काठसहित तस्करीमा संलग्न पक्राउ

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले आज पक्राउ गरेको छ। वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताए। कामी कृष्णपुर– ४ का बासिन्दा हुन्। काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ। “काठ काट्ने कार्यमा संलग्न अन्य छजना वन कार्यालयको टोली देखेर भागेकाले उनीहरुको खोजी गरिरहेका छौँ”, कार्यालय प्रमुख पण्डितले भने, “काठ काट्दै गरेको सालको रुखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको छ।” डिसी
More

पवित्र पाशुपत क्षेत्रमा स्वास्थ्य शिविर, आज बेलुकासम्मै चल्ने

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर पवित्र पाशुपत क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘विकासका लागि भिजन नेपाल’ नामक संस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। आज बिहानैदेखि सञ्चालन गरिएको सो शिविरमा हालसम्म २१० भक्तजनले स्वास्थ्य सेवा लिएका संयोजक जेपी यादवले जानकारी दिए। शिविर साँझसम्म चल्ने बताइएको छ। शिविरमा विभिन्न अस्पतालका ३५ बढी चिकित्सकले बिरामी भक्तजनको उपचार गरेका छन्। पशुपतिमा पूजाआजा गर्न आएका भक्तजनमा टाउको दुख्ने, रक्तचाप उच्च तथा न्यूनलगायत स्वास्थ्य समस्या देखिएको चिकित्सकले जनाएका छन्। बिरामी अवस्थाका भक्तजनलाई निःशुल्क औषधि वितरण गरिएको छ। शिविरमा खटिएका चिकित्सकले लामबद्ध भक्तजनलाई सोही स्थानमा पुगेर स्वास्थ्य सेवा दिएका थिए। उक्त संस्थाले शिवरात्रिका अवसरमा तीन वर्षदेखि
More

ओली सरकारले प्रजातान्त्रिक अधिकार हस्तक्षेप गर्न खोज्दैछ : देउवा

भक्तपुर – काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारहरु हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमबार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले भन,े ‘ सरकारले विभिन्न बहानमा प्रेस स्वतन्त्रता बन्देज लगाउन खोज्दै छ ।’ प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता भएकाले त्यसमाथी बन्देज लगाउन खोजे कांग्रेसले कुनै पनि हालतमा स्विकार नगर्ने देउवाको भनाई छ । ‘साइबर क्राइम देखाएर सामाजिक सञ्जाल र अनलाईन मिडियालाई बहानाबाजी गरेर बन्द गर्ने कुरालाई हामी सहदैनौं,’ देउवाको चेतावनी छ । उनले स्वर्गीय पण्डितसँग आफु विद्यार्थी राजनीति गर्दा करिब १३ वर्षसँगै जेलजीवन
More

टुँडिखेलमा नेपाली सेनाले यसरी मनायो सैनिक दिवस

काठमाडौँ–नेपाली सेनाले शिवरात्री तथा सेना दिवश विशेष कार्यक्रम गरी मनाएको छ । सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शन गरिएको थियो । यस्तै सेनाले प्यारासुटका माध्यमबाट फ्रि फल जम्पको समेत प्रदर्शन गरेको छ । कार्यक्रममा ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, उपसभामुख मन्त्रीहरु लगायतको सहभागिता रहेको थियो । दिवसका अवसरमा कला कौशलमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिएको थियो ।
More

गल्छी – केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

रसुवा। राजमार्ग निर्माण भएको ११ महीना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबेँसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिए पनि अहिलेसम्म सञ्चालनमा नल्याई राज्यको लगानीमा सडक प्राविधिकले बेवस्ता गरी बसेकाले यस्ता प्राविधिकलाई सरकारको कडा निर्देशन दिन आवश्यक देखिएको स्थानीय बासिन्दाले बताएका छन्। उक्त राजमार्गको सडक नेपाली सेनाद्वारा सरकारले तोकेको २० महीनाको समयावधिभित्रै २०७५ साल वैशाख ६ गते एक विशेष कार्यक्रमका बीच सडक विभागलाई हस्तान्तरण गरिएको थियो। तत्कालीन समयमा सुरक्षा जाँच चौकीको
More

सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि पहल गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन्। सेना दिवसका अवसरमा साेमबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु।” ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरेका छन्। “नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पुर्याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन, “
More

घुमेर र बाँडेर ओली सरकारले सक्याे एक वर्षमा २ अर्ब

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि ओलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए। ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो। त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ। सहायता माग्दै दर्ता भएका ३ हजारभन्दा बढी निवेदन अझै विचाराधीन रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन्। द्वन्द्वपीडित, विपन्न, स्वास्थ्य उपचार र
More

सुन तस्करीमा नयाँनयाँ उपाय अपनाउँदै तस्कर

काठमाडौं– गृह मन्त्रालयले सुन तस्करी सञ्जाल तोड्न सफल भएको र तस्करीमा कमी आएको दाबी गरेपनि सुन तस्करीका लागि नेपाल ‘ट्रन्जित पोइन्ट’ को रुपमा प्रयोग हुने क्रम रोकिएको छैन । गृह प्रशासन सञ्चालनको एक वर्षमा ११४ दशमलव १२३ किलो सुन पक्राउ गरिएको तथ्यांक गृह मन्त्रालयसँग छ । नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीका अनुसार नेपालमा सुन तस्करीको अनुपात घटेको छैन । बरु तस्करहरुले नयाँ नयाँ वैकल्पिक उपाय प्रयोग गरेर सुन तस्करी गरिरहेका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।
More

निर्मला हत्या अनुसन्धानान फेरि नयाँ प्रयोग गर्दै प्रहरी

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना नाघ्दासमेत प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन । अनुसन्धानमा एकपछि अर्को शैली अपनाइरहेको प्रहरीले अहिले भने ‘ह्युमन इन्टेलिजेन्स’ लाई केन्द्रमा राखेर काम गरिरहेको छ । हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने १ हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएको छ । तर, हालसम्म अपनाइएको हरेकजसो अनुसन्धानको प्रक्रियामा असफल भएपछि प्रहरीले फेरि ‘ह्युमन इन्टेलिजेन्स’ मार्फत अनुसन्धानलाई अघि बढाएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
More