Daily Archives 5th March 2019

अन्तराष्ट्रिय पर्वत समाज भेला सम्पन्न (फोटो फिचर)

लण्डन । आवसिय नेपाली संघका अध्यक्ष भवन भट्टले मुलुकको समृद्धिको लागि सुरुवात आफैबाट गर्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको व्यवस्थापनमा आयोजना भएको बृहत अन्तराष्ट्रिय भेला तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गदै भट्टले यस्तो बनाउनु भएको हो । प्रवासमा बसोबास गर्ने प्रत्येक नेपाली समृद्धि मुलुकसँग जोडिने हुँदा विदेशी पुँजीसँगै ज्ञान, सिप र प्रविधि हस्तन्तरण गर्ने सके नेपाललाई समृद्धि बनाउन सकिने बताउनु भयो । गैर आवसिय नेपाली संघले मुलुकको विकासमा जस्तोसुकै त्याग गर्न तयार रहेको उहाँको भनाई छ । उहाँले अबको अभियान भनेको आर्थिक समृद्धिनै हुनुपर्नेमा जोड दिँदै त्यसको नेतृत्व लिन आफुहरु तयार रहेको जिकिर गर्नुभयो
More

जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारियो, धन्न म बाचेँः ओली

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पूरा गर्न पार्टी एकता गरिएको बताएका छन् । ४६ औं सुखानी स्मृति दिवशको अवसरमा आज झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको बताए । “म भागेर बचेँ नत्र त्यतिबेला म पनि मारिन सक्थें” प्रधानमन्त्री ओलीले भने “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।” प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको बताए । “झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका
More

पूर्व बडामहारानी रत्न अस्पताल भर्ना

काठमाडौं–पूर्व मुमा बडामहारानी रत्न शाह अस्ताल भर्ना भएकी छिन् । गत एक सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ रहेकी ९१ बर्षीय रत्न आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् । उनको विस्तृत स्वस्थ्य जाँच सुरु गरिसकिएको र उनलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
More

यसकारण युवतीलाई धोका दिन्छन् पुरुषले

अहिले पनि मान्यता छ कि विवाहित होस् या अविवाहित जोडीको सम्बन्ध टुट्नुमा परुषको स्वभाव र बानी प्रमुख कारण मानिन्छ । विवाहित जोडीबीच सम्बन्ध विच्छेद हुनुमा पुरुषको ‘धोकेवाज’ बानीलाई प्रमुख कारण मानिन्छ । यदि यस्तो हो भने पुरुषहरु किन आफ्नो पार्टनरलाई धोका दिन्छन् त ? हालै भएको एक अनुसन्धानमा पुरुषहरुले आफ्नो पार्टनरलाई धोका दिनुको कारणबारे खुलेर बताएका छन् । तर धोका दिनुको कारण त्यस्तो छैन जस्तो महिलाहरुले सोच्ने गर्छन् । यानी पुरुषहरु आफ्नो पार्टनरसँग बोर भएर उनीहरुलाई धोका दिँदैनन् । सुपरड्रग्स अनलाइन डाक्टरले गरेको सर्भेबाट पत्ता लागेको छ कि पुरुषले आफ्नो पार्टनरलाई धोका दिनुको प्रमुख कारण कोही अरु महिला अधिक आकर्षक
More

ग्याँस उद्योगी र सरकारबीच ३ बुँदे सहमति (सहमतिपत्र सहित)

काठमाडौं –आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ३ बुँदे सहमति भएको छ । मंगलवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको उपस्थितिमा आयल निगमका प्रमुख सुरेन्द पौडेल र ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीबीच भएको तीन बुँदे सहमतिसँगै उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । सहमति अनुसार गत फागुन १७ गते गठित अध्ययन समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाइने छ । यस्तै ग्याँस तथा पेट्रालियम पदार्थको समग्र सुधारको मार्गचित्र निर्माणका लागि उच्चस्तरिय समिति गठन गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गरी एलपी ग्याँस विक्री वितरणको प्रक्रिया अघि पनि बढाइने छ ।
More

प्याराग्लाईडिङ दुर्घटनामा हुँदा फेरि एक जनाको मृत्यु

कास्की–पोखरा महानरपालिका–१८ सराङकोटस्थित ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका स्लो पाईलट रसियन नागरिक ४५ वर्षीय डेमिटभिल स्टेपानिसिनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
More

राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाने

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते आईतबार अमेरिकाको न्यूर्योक जान लागेकी हु्न् । भण्डारीको सो भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने छन् ।
More

नेकपालाई फेरि अर्को शोक, नेकपा नेताको निधन

काठमाडौं– नेकपा नेता तथा पूर्व सांसद गणेश पण्डितको निधन भएको छ । नुवाकोटका उनको हृदयघातका कारण निधन भएको नेकपा नुवाकोट क्षेत्र नम्बर २ का सांसद नारायण प्रसाद खतिवडाले जानकारी दिए । पण्डितको निधनसँगै नेकपाले दुई साताको बिचमा चार नेता गुमाएको छ । यसअघि बहालवाला मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गत बुधबार निधन भएको थियो । यस्तै पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र प्रदेशसभा सदस्य उत्तरकुमार वलीको पनि निधन भएको थियो । अधिकारीको क्यान्सरका कारण निधन भएको हो भने वलीको दुर्घटनामा निधन भएको हो । २०४८ सालको निर्वाचनमा तत्काली नेकपा एमालेबाट सांसद निर्वाचित भएका पण्डित पछि राजनीतिबाट निस्क्रिय बसेका थिए । यद्यपी
More

लाजपचेका राहत शिक्षक !

काठमाडौं– नेकपा निकट विद्यार्थी संगठनले राहत शिक्षकहरुको नाममा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारी भइरहेको बेला भएको आन्दोलनको विरोध गरेका छन् । ‘संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारीमा छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको स्पिरिट बमोजिमको शिक्षा ऐन आउनुपर्छ भन्ने हाम्रो दृढ मान्यता छ’, विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा क्षेत्रमा देखापरेका तमाम विकृति हटाउँदै शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्ने र सार्वजनिक शिक्षाको शिर उठाउने प्रावधान सुनिश्चित हुने गरी शिक्षा एेन आउनुपर्छ ।’ देशभर रहेको करिव
More

भारतमा अभिनन्दनको चर्चा

पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि ‘राष्ट्र नायक’का रूपमा छ। त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्। पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए। शुक्रवार साँझ स्वदेश फर्कँदा उनलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तामझामपूर्ण स्वागत गरिएको थियो। उनी सामाजिक सञ्जालहरूमा यतिधेरै चर्चित भए कि धेरै भारतीयले उनको जस्तो दाह्री-जुङ्गा हुनुलाई साहसको प्रतीकका रूपमा लिन थालेको बीबीसीले उल्लेख गरेकाे छ।
More

“अब बोल्नुपर्छ”

-समर्पित प्रकाश । म बोलिरहेको छु, एकतमासले, कुनै श्रोता बिना। म भित्र कुन्ठित भएर बसेका थुप्रै कुराहरू छन्, जसलाई म कुनै भाषाको माध्यमबाट व्यक्त गर्न त सक्दिन। तर पनि म बोल्न चाहान्छुँ, आफ्ना गुनासाहरू पोख्न चाहान्छुँ, किनकि मलाई त्यो विद्रोही बन्नु छैन जो एक दशकसम्म जुन प्रणालीका विरुद्ध लड्यो तर आज त्यही प्रणालीको हिस्सा बनेर रमाएको छ। म कुनै विद्वान पनि हैन, नत हुँ कुनै लेखक। म त केवल तीन करोड नेपाली मध्य निम्न वर्गीय एक जनता हुँ, र म हरेकको अस्तित्व स्विकार्छु भलै ती सबै म जस्तै नहुन। मलाई कुनै “वाद”को ज्ञान छैन न त भविष्यमा कुनै राजनीति गर्न
More

लण्डन दूतावासमा सेना दिवस भव्य (फोटो फिचर)

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपाली सेना दिवसको अवसर पारेर एक समारोहको आयोजना गरिएको छ । सोमबार नेपाली दूतावास भवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै वेलायतका रक्षा राज्य मन्त्री मार्क लान्कस्टरले नेपाल तथा ब्रिटेनबीचको सम्बन्धका पारेमा प्रकाश पारे । लान्कस्टरले नेपाल वेलायतको सम्वन्ध २०० वर्ष भन्दा पुरानो रहेको बताउंदै दुई देशबीच निकट सम्बन्ध रहेको बताए । १४ पटक नेपालको भ्रमण गरेका लान्कस्टरले नेपाली सेनाले संयुक्त राष्ट्र संघमा शान्ति सेनामा खेलेको भुमिका प्रशंसा गरे । कार्यक्रममा वेलायती सेनाका लेफ्टिनेन्ट जेनरल निकोलस् आर्थर विलिअम पोपले संयुक्त राष्ट्रसंघ शान्ति सेनामा सबै भन्दा बढी सैनिकहरु पठाउने मुलुकहरुमा नेपाल पांचौ स्थानमा रहेको थाहा पाउंदा खुशी लागेको
More

राज्यले कलाकारितालाई मान्यता नदिएको भन्दै कलाकारहरुको गुनासो

राज्यले कलाकारिता क्षेत्रलाइ उचित सम्मान गर्न नसकेको कलाकारहरुले गुनासो गरेका छन् । नेपालको मैलिक गितको रुपमा मानिने लोकगितलाई राज्य र मिडियाले कम साथ दिएको उनिहरुको गुनासो रहेको छ । बुटवलमा पांचौ अर्ना रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतीक महोत्सवको सन्दर्भमा रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कारमा बोल्दै उनीहरुले नेपालका राज्य संचालकहरुले कलाकारिता क्षेत्रको बिकास र संरक्षणका लागि आश्वासन बाहेक कलाकारलाइ कुनै प्रकारको सम्मान र स्थान नदिएको गुनासो गरेका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष बद्री पंगेनीले नेपालको कलाकारहरु चर्चामा आउन की त कि मर्न पर्ने की बिबादमा पर्नै पर्ने ? भन्दै प्रश्न गरेका
More

अवैध रुपमा लुकाईछिपाई लैजान लागेको अमेरिकी डलर सहित पक्राउ

काठमाडौं, २१ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट वैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४ बस्ने सरला खड्‍का र काठमाडौं महानगरपालिका-१६ बस्ने रिंकु गुरुङ रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा वैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला खड्‍काको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको हो ।
More

राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने दाबी

राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले बताउनुभयो । सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर संविधानप्रति हाम्रो असहमति छ । असहमति राख्ने संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको संगठन सुढृद गरेपछि हामी आन्दोलन गर्छौ । जनताको सहयोगबाटै हाम्रा मान्यता स्थापित गर्छौं, मंगलबार विराटनगरमा अध्यक्ष राणाले पत्रकार सम्मेलनको क्रममा भन्नुभयो । संविधानले असहमति राख्ने, संविधान संशोधन गर्ने अधिकार दिएको छ । यो संविधानको राम्रो पक्ष हो । यही व्यवस्थालाई टेकेर हामी राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र स्थापना गर्छौं । संविधानले दिएको हक उपयोग गर्दा कसैले
More

देउवा–पौडेललाई ५६ जिल्ला नेताको कडा चेतावनी (नामावलीसहित)

काठमाडौं– नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिले महासमिति बैठकले गरेको निर्णय विपरित केन्द्रीय समिति बैठकले विधानमा उल्लेखित ‘स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउने र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने’ भन्ने निर्णय भएपनि केन्द्रीय समिति बैठकले त्यसलाई उल्ट्याएको आरोप लगाएका छन् । उनीहरुले पार्टीको महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय समिति बैठकले उल्ट्याउनु अवैध भएको समेत दाबी गरेका छन् । महासमिति बैठकबाट पास भैसकेको विषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले आफूहरुलाई आश्चर्य चकित बनाएको ५६ जिल्ला सभापतिहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘महासमिति भन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी
More

सुन तोलामा ४ सय घट्यो

काठमाडौं– आज बजारमा सुनको भाउ घटेको छ । बुधबार ६१ हजार ५ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर ६१ हजार १०० मा कारोबार भएको हो । यस्तै आज तेजावी सुन तोलमा ६० हजार ७०० मा कारोबार भइरहेको छ ।
More

सङ्घीय समाजवादको वैचारिक श्रेष्ठताले पुराना शक्तिहरू थलापरेका छन् : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, २०७५ फागुन २० । सङ्घीय समाजवादी नेवाः सङ्घको बार्षिक सभा तथा पुनर्गठन कार्यक्रम यहि शनीवार काठमाडौँको नरदेवीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि संङ्घीय समाजबादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले उत्पीडित वर्ग तथा समुदायहरूको प्रत्येक आन्दोलनमा आफ्नो साथ र सहयोग रहन्छ भन्दै विकासका नाममा सम्पदा मासेर गरिने अतिक्रमण विकास नभई विनाश भएको बताए । उनले भने, ‘छाँयादेवी कम्प्लेस, सप्तपाताल, चिहान अतिक्रमण, खोकना–बुङमति क्षेत्रको समस्या लगायतका विविध समस्याहरूमा मेरो साथ र समर्थन छ ।’ प्रतिनिसिभाका सदस्य समेत रहेका नेता श्रेष्ठले आफ्नो पार्टीले अगाडी सारेको सङ्घीय समाजवाद नेपाल जस्तो वहुराष्ट्रिय मुलुकको जातीय तथा वर्गीय समस्या हल गर्नका लागि
More

वीर अस्पतालको भिभिआइपी कक्ष २९ वर्षदेखि सुनसान

काठमाडौं–वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधासम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरू भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरूको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख बिदेसिएको छ । वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सहरूका लागि छुट्टै कोठा छन् । यसबाहेक भान्सा र बाथरुम छन् । पञ्चायतकालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो । ०४६ सालपछि भने यहाँ भर्ना भएर
More

बागलुङका मुख्य बजारका चोक सुधारिने

बागलुङ – सदरमुकाम रहेको बागलुङ नगरपालिका वडा नं. २ ले भित्री सहड निर्माण, नाली व्यवस्थापन र चोक सुधारका काम थालेको छ । चालु आर्थिक बर्षका लागि नगरपालिकाले वडामा उपलव्धे बजेटबाट अधिकांश भित्रि सडक निर्माणको योजना बनाएको हो । ती योजना पुरा गर्न वडा कार्यालयले उपभोक्ता समिति बनाएर काम थालिसकेको छ । ‘समयमै काम सक्नका लागि उपभोक्तालाई जागरुक गराएका छौं’ पूर्वाधार बिकास संयोजक अर्जुन घिमिरेले भने, ‘जनताको लाभका लागि हामीले काममा ढीलाई गर्दैनौं ।’ ४९ लाख रुपैयाँ बिकास बजेट पाएको वडाले कृषि तथा पशुविकास कार्यक्रमका लागि ५ लाख रुपैयाँ बिनियोजन गर्दै बाँकी सबै रकम खर्चेर ६ वटा भित्रि सडक निर्माणको काम
More