Daily Archives 6th March 2019

३५ लाख नेपाली रुपैयाँसहित २ भारतीय समातिए

बाँके– नेपालगञ्जमा ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेका दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । उनीहरू युपी ३२ ग ८२४४ नम्बरको भारतीय मोटरसाइकलमा घुम्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
More

प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं– उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ डिस्चार्ज भएका छन् । ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार बिहान अस्पताल भर्ना भएका थिए । नको स्वास्थ्य परीक्षण रिपोर्टमा खराबी नदेखिएकाले उनलाई साँझ डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्राडा। अरुण सायमीले जानकारी दिए।
More

काँग्रेस सभापति शेरबहादुर देउवा जिल्ला भ्रमणमा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ५ दिने जिल्ला भ्रमणमा निस्किने भएका छन् । सभापति देउवा फागुन २३ गतेदेखि २८ गेतसम्म जिल्ला भ्रमणमा निस्किन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए । पौडेलद्वार जारी विज्ञप्तिमा सभापति देउवा विहीबार (भोली) ११ बजे पूर्वी नेपालको मोरङ जिल्ला प्रस्थान गर्ने छन् । उनले ५ दिनको जिल्ला भ्रमणमा मोरङ, कास्की र बाग्लङमा आयोजना हुने विभिन्न कार्यक्रममा सम्बोधनका साथै कार्यकर्तासँग भेटघाट गर्न जनाइएको छ । साथै उनले काँग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग छलफलसमेत गर्नु विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समय देउवा देशदौडाहमा व्यस्त छ । उनी बढी प्रदेश
More

रेशम चौधरीलाई थुनामुक्त गर्न माग

टीकापुर हत्याकाण्डबारे कैलाली जिल्ला अदालतले बुधबार गरेको फैसलापछि थारुसम्बद्ध विभिन्न संघ संगठनले रेशम चौधरी लगायत ११ जना निर्देश भएको भन्दै उनीहरुलाई राजनीतिक मुद्दा ठान्दै थुनामुक्त गर्न माग गरेका छन् । बुधबार थारुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली, थारुहट थारुवान संयुक्त संघर्ष समिति कञ्चनपुर, थारु कल्याणकारी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरी लगायत ११ जना निर्दोष रहेकाले उनीहरुलाई थुनामुक्त गर्नेतिर राज्यको ध्यान जान जरुरी भएको बताएका हुन् । ‘सामाजिक सद्भाव कायम गर्ने हो भने निजहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिई निशर्त थुनामुक्त गर्ने वातावरण कायम गर्न राज्यसँग अनुरोध गर्दर्छौ र यस टिकापुर मुद्दा समाधानका लागि सहयोग गर्नुहुने
More

राप्रपा (संयुक्त) ले हिन्दु राष्ट्रको पूनस्र्थापना र भ्रष्टाचार विरुद्धमा आन्दोलन गर्ने

राजविराज । राप्रपा (संयुक्त) ले राजसंस्था, हिन्दु राष्ट्रको पूनस्र्थापना र भ्रष्टाचार विरुद्धमा आन्दोलन गर्ने उद्घोष गरेको छ । ‘राष्ट्रपति निष्पक्ष नहुने हुँदा सबैलाई स्वीकार्य हुने राजसंस्थाको आवश्यक्ता छ । पृथ्वीनारायण शाह, बहादुर शाह लगायतका शाह वंशले राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेको कारण राजसंस्थाको सम्मान गर्न आवश्यक छ,’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले बताउनुभयो । राजविराजमा बुधबार सम्पन्न कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष राणाले राप्रपा (संयुक्त) ले समान विचारधारा भएका सम्पूर्ण राष्ट्रवादीलाई एकीकृत गर्दै जाने बताउनुभयो । ‘आगामी चरणहरुमा राप्रपा (संयुक्त) मा अझ बढी नेता, कार्यकताहरु समाहित हुनेछन् । अब यो जुटेको पार्टी कहिले फुट्ने छैन । राष्ट्रलाई
More

रङ्गशाला निर्माण अभियानमा गायकद्धय सत्य स्वरुप राज आचार्य

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरुप राज आचार्य जोडिएका छन् । बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । सत्य स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धि गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।
More

ओली सरकारलाई झड्का, सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको निर्णय

काठमाडौं– जिल्ला अदालत कैलालीले टीकापुर घटनामा आरोपी रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आक्रोशित बनेको छ । सो पार्टीको बुधबार बसेको आकस्मिक बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । राजपाले आकस्मिक बैठकपछि जारी गरेको विज्ञप्तिमा फैसलाबाट पार्टी स्तब्ध र मर्माहित भएको उल्लेख गरिएको छ । पार्टी अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले जारी गरेको विज्ञप्तिमा सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल रहेको ठहर गर्दै सरकारलाई समर्थन दिइरहनुको औचित्य सकिएकाले आजकै मितिदेखि समर्थन फिर्ता लिने निर्णय भएको उल्लेख छ ।
More

BREAKING NEWS: रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

कैलाली– टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
More

संस्थाको जानकारी बिनै एनआरएनएको विदेशी लगानी र प्रविधी नीति पारित

‘नेपाल पोलिसी इन्स्टिच्युट विवादमा’ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपसमितिले आफ्नो मनोपलिले काम गर्दा विवादमा तानिएका छन् । संघको नेपाल पोलिसी इन्स्टिच्युटले केन्द्रीय समितिलाई खबरनै नगरि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै सरकारलाई आग्रह पुगे पछि सो उपसमिति समेत विवादमा तानिएको छ । यसअघि संघका कृषी सम्वन्धि एक समितिले संघको नीति विपरीत काम गरेपछि विवादमा आएको थियो । इन्स्टिच्युटले विदेशमा रहेका प्रवासी नेपाली र गैरआवासीय नेपालीहरूको साझा संस्थाको रूपमा रहेको अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको दावी गरेको छ । इन्स्टिच्युटले
More

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली नियमित चेकजाँचका क्रममा बुधबार बिहान १० बजे टिचिङ अस्पताल गएको र चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको जानकारी दिए । प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिएका छन् ।
More