Daily Archives 9th March 2019

प्रदेश नं २ मा तत्काल सरकार परिवर्तन नगर्ने पक्षमा नेकपा

रौतहट–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । नेकपाद्वारा आज रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार गरेको नरहेको बताए । अध्यक्ष दाहालले आफ्नो दल प्रदेश नं २ को सरकारलाई उदारतापूर्वक काम गर्न दिने पक्षमा रहेको बताए । कम्युनिष्ट सरकारका बारेमा तराई मधेश विरोधीको भ्रम फैलाउने प्रयास भइरहेको प्रति सजग रहन आम जनसमुदायलाई आग्रह गर्दैै उनले सरकारले तराई मधेशका लागि विशेष परियोजना कार्यान्वयन गरेको बताए। रौतहटको भूमि निरंकुशता विरूद्ध विद्रोह गर्ने
More

जापानी केनलाई विश्वकै सबैभन्दा वृद्धाको मान्यता

टोकियो– आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डस्ले शनिबार जनाएको छ । विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा हुन् भने उनले पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छिन् । तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनी बस्दै आएको जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भै उनको सम्मानमा एक कार्यक्रम गरी खुशियाली मनाइएको छ । उनलाई एक नर्सिङ होममा राखी रेखदेख
More

मेक्सिकोको बारमा गोली चल्यो, कम्तिमा १४ जना मारिए

मेक्सिको– मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागु औषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षाकर्मीले पुष्टि गरेको छ ।
More

१४ वर्षीया बालिकाको गुपचुप बिहे, प्रहरीमा उजुरी

नुवाकोट– बालबिबाह गराएको भन्दै अभिभावकविरुद्ध प्रहरीमा उजुरी परेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित काप्रेकी १४ वर्षीया बालिका पिंकी तामाङको गाउँकै २१ वर्षीय काले तामाङसँग गुपचुप बिबाह गराएको भन्दै अभिभावकविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला सेलमा उजुरी परेको हो । स्थानीय श्री शंखादेवी माविमा कक्षा ७ मा अध्ययनरत बालिकालाई काका सोनाम तामाङ र कान्छीआमा विमला तामाङले फूपूका छोरा काले तामाङसँग फागुन २१ गते गुपचुपरुपमा बिबाह गराएको बालिकाकी आफन्त (बालिकाकी ठूलोबाबाको छोरी) सुनिता तामाङले जानकारी दिइन् । आफू सदरमुकाममा रहेको बेला आफूलाई समेत कुनै जानकारी नदिई बालिकाको बिबाह गराएको उनको भनाई छ । बहिनीको बालबिबाह भएको जानकारी पाएपछि
More

एउटा चुनाव जित्दैमा राजपाले फुर्ती नलाए हुन्छः प्रधानमन्त्री ओली

रौतहट–प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका कारण देश विकास सहज भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको आमसभालाई आज रौतहटको गरुडास्थित इनर्वाहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका काम कुनै पनि कारणले रोकिन नसक्ने बताए । “स्थिरता र बहुमत भएकाले देशलाई अगाडि बढाउन सक्छौं,” उनले भने, “एउटा प्रदेशमात्र होइन, सिंगै देश विकास गर्ने हो ।” तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको प्रधानमन्त्रीले जानकारी दिए । संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहले विकासलाई तीब्र प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले आमसभामा लाखौंको उपस्थितिले धेरै कुराको जवाफ दिएको
More

विप्लवको हिंसा चन्दा असुलीको माध्यमः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विप्लप समुह राजनितीक आवरणमा गरिएको हिंसा चन्दा अशुलीको मध्यम बनेको अरोप लगाएका छन । कसले चन्दा दियो कसले दिएन भन्दै गरिने हिंसा राजनैतिक आवरण मात्रै हो उनले भने त्यस्ता गतिविधीले अन्तराष्ट्रिय लगानीकर्तालाई समेत त्रसाउन खोजिएको छ, यसबाट मुलुकको हित हुँदैन र सरकारले त्यस्ता गतिविधी गरिरहन दिदैन । ’ उनले त्यस्ता हिंसात्मक गतिविधीले केहि मानिसहरुलाई केहि समय जुर्मुराउने बनाए पनि धेरै दिन नटिक्ने बताए । गुल्मी क्षेत्र नम्वर १ का जनप्रतिनिधीहरुलाई सम्वोधन गर्न शुक्रवार जिल्ला आएका उनले यस्तो बताएका हुन् ।
More

सिके राउतसँग सम्झाैता अपारदर्शी : कांग्रेसका नेता प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादि अान्दाेलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झाैता गरेकाे बताएका छन् । अाज राजधानी मा काठमाडौ नेस्नल स्कुल ले अायाेजना गरेकाे कार्यक्रममा संचार कर्मि हरु काे जिज्ञासा मा नेता सिंहले कांग्रेस नेतृत्वमन जारी भएकाे संविधान मान्छु भनेर राउत अाउनु राम्राे भएपनि सम्झाैताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएकाे असन्तुष्टि जनाए । शुक्रबार सिके राउतसँग भएकाे सम्झाैतालाई लिएर नेकपाभित्रै मतभेद देखिएकाे भन्दै नेता सिंहले सहमतिकाे बारेमा भविष्यमा गतिविधि हेरेर मात्र भन्न सकिने बताए । उनले सम्झाैतामा उल्लेख भाषा त्रुटिपुर्ण रहेकाे भन्दै नेकपाभित्रै विवाद शुरू भएकाे बताए । सम्झाैता गर्दा संसदका दलहरूलाई थाहै नदिनुले केही शंका भने
More

अपहरणमा संलग्न दुई भारतीय पक्राउ

वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई पर्सा प्रहरीले गएराती पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
More

नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नम्बर २ को आमसभा रौतहटमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा हुँदैछ । नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ । नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो । आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । विभिन्न सञ्चार माध्यमले आमसभाको प्रत्यक्ष प्रशारण गर्नेछन् ।
More

सिके राउतसँग सहमतिपछि ओली मधेस पुगे

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा हुँदैछ । नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ । नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो । आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । विभिन्न सञ्चार माध्यमले आमसभाको प्रत्यक्ष प्रशारण गर्नेछन् ।
More