Daily Archives 10th March 2019

ब्रिटिस कलेज माथि विद्यार्थी मारेको आरोप, घटना अतिरञ्जित : संचालक

लण्डन । शैक्षिक भ्रमणका क्रममा दुबईको समुद्रमा डुबेर विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एकपक्षीय रूपमा गरिएको समाचार सम्प्रेषणप्रति द ब्रिटिश कलेजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । थापाथली, काठमाडौँस्थित कलेजले आज एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएका विद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा अतिरञ्जित तवरले प्रचारबाजीमा उत्रेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कलेजले आफ्ना विद्यार्थीहरूलाई विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउँदै आएको र उक्त भ्रमण विद्यार्थी र अभिभावकको स्वीकृतिमै गरिने विज्ञप्तिमा जनाइएको छ । यसै सन्दर्भमा गत १२ फेब्रुअरीमा २६ जना विद्यार्थीको समूह दुबई भ्रमणमा गएको र सोही क्रममा विद्यार्थी गौरव श्रेष्ठको समुद्रमा पौडि खेल्दा उनको ज्यान
More

ग्रेटर रशमोर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस मनायो

अल्डरसट । रश्मोर क्षेत्रका नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस २०१९ शनिबार एक विशेष कार्यक्रमका साथ मनाएको छ । कमयुनिटीले विगत केहि वर्षदेखि स्थानीय नेपाली तथा अन्य समुदाय समेतलाई समेत समेट्ने गरि विभिन्न विधामा सचेत गराउने उद्धेश्यले इन्फोमेसन डे को रुपमा नारी दिवसलाई मनाउने गरेको छ । यो वर्ष अपराध र रोकथामका विषयमा पीएसओ दुर्गा थापा तथा गोर्खा वेलफेयर सम्बनधमा क्याप्टेन महेन्द्र लिम्बु र क्याप्टेन ग्यारी घलेले जानकारी गराएका थिए । मानसिक स्वास्थ्यका विषयमा सुष्मा गुरुङ र निक्की जेंकिंग, फायर एण्ड सेफ्टीबारे फायर इन्सपेक्टर ग्यारथ र उनको टिम र हेल्थी लिभिङ्गबारे निशा शर्माका साथै काउन्सिल इन्फोरमेसन
More

वेलायतमा एभ्रेष्ट रोड, अमेरिकामा ‘माउन्ट एभरेस्ट वे’

लण्डन । अमेरिकाको न्युयोर्कको एउटा बाटोको नाम माउन्ट एभरेस्ट वे राखिएको छ। स्थानीय समयअनुसार शनिबार राति न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटो माउन्ट एभरेस्ट वे भएको औपचारिक घोषणा गरिएको हो। नेपाली समुदायको सम्मानमा बाटोको नामकरण गरिएको न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बताए। घोषणा कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटकी महाबाणिज्यदुत पुष्पा भट्टराईलगायले सम्बोधन गरेका थिए । यसअघि वेलायतका विभिन्न काउन्सिलहरुले समेत रोडको नेपाली नामाकरण गरेका छन् । लण्डनस्थित हित्रो विमानस्थल नजिकको स्ट्यावेलमा समेत एभ्रेष्ट रोड देख्न पाइन्छ ।
More

आज्ञत समुहको आक्रमणबाट एकको मृत्यु

रुपन्देहीको देवदहमा आज्ञत समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मोटरसाइकलमा सवार ब्यक्तिलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ ।
More

इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपाली एकता अधिकारी

काठमाडौं– इथियोपिया विमान दुर्घटनमा मृत्यु हुने नेपाली गोरखाकी एक महिला रहेको बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्रोतका मृत्यु हुने एकता अधिकारी इथियोपियास्थित संयुक्र राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत रहेको बताइएको छ । उनी इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका एक कार्यक्रमको सिलसिलामा त्यहाँ जादै गरेको बताइएपनि आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको छ । आइतबार विहान भएको दुर्घटनाग्रस्त विमानमा ३५ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एएरलाइन’ ले जानकारी दिएको छ । विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको बताइएको छ । इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली,
More

राष्ट्रपति न्यूयोर्क प्रस्थान, कार्यबाहक राष्ट्रपति बने पासाङ

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उनले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय सभामुख , राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसहित मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार, निमित्त परराष्ट्र सचिव, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो । राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
More

भारतीय लोकसभा निर्वाचन ७ चरणमा गरिने घोषणा

नयाँ दिल्ली–भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन् । मुलुकभर जम्मा ५४३ सदस्यका लागि विभिन्न सात चरणमा गरिने निर्वाचनलाई शान्तिपूर्ण एवम् स्वच्छरूपमा सम्पन्न गर्न दलहरूलाई आयुक्त आरोडाले आग्रह गरे । उनका अनुसार निर्वाचन सात चरणमा हुनेछन् । अप्रिल ११ मा पहिलो चरणको निर्वाचन हुनेछ भने १९ मेसम्म सातौ चरणको निर्वाचन हुनेछ भने सबै निर्वाचनको परिणाम मे २३ मा सार्बजनिक गरिने भारतीय निर्वाचन आयोगले जनाएको छ । पहिलो चरण अर्थात् अप्रिल ११ मा हुने निर्वाचनबाट
More

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा नेपालीको पनि मृत्यु भएको पुष्टि

लण्डन– इथोयोपियन एयरलाइन्सको विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । एयरलाइन्सले दिएको जानकारीअनुसार नेपालीको मृत्यु भएको हो । एयरलाइन्सले नेपाली पासपोर्टबाहक ती नेपालीको परिचय भने खुलाएको छैन । आइतबार विहान दुर्घटनाग्रस्त विमानमा नेपालसहित अरु ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि रहेको पनि एयरलाइनसले जनाएको छ । विमानमा सबैभन्दा धेरै केन्याका ३२ जना नागरिक रहेको खुलेको छ । यस्तै १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ । इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा सबैको मृत्यु भएको छ । कुन
More

जनमतसंग्रहको कुरा अस्वीकार्य मात्र होइन राष्ट्रघाती होः नेता केसी

काठमाडौं– काँग्रेस प्रभावशाली नेता तथा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतसँग भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्। शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएको थियो । एक ट्वीटमार्फत केसीले पृथकतावादी राजनीतिमा संलग्न रहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागतयोग्य भएपनि सार्वभौमिकता अविभाज्य भएको बताएका छन् । यसबारे जनमतसंग्रहको कुरा गरिनु अस्वीकार्य मात्र होइन राष्ट्रघातीहो भन्दै नेता केसीले सरकारले यसबारे तुरुन्त स्पष्ट गर्नुपर्ने माग गरेका छन् । ‘पृथकतावादी राजनीतिमा संलग्नरहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागत योग्य हो।तर ताजा पूर्वस्मृतिहरू चटक्कै बिर्सन सकिन्न, कार्यबाटै प्रमाणित गरिनु पर्छ’ उनले भनेका छन्, ‘ सार्वभौमिकता अविभाज्य छ। यसबारे जनमतसंग्रहको कुराअस्वीकार्य
More

सिकेको मधेस इन्ट्री, तस्बिरमा हेर्नुहोस्

जनकपुर– सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउत आइतबार जनकपुर पुगेका छन् । उनी आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए । राउत विमानस्थलमा उत्रिदा समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी गरेका थिए । शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि मधेसका जिल्लाहरुमा दीपावली समेत गरिएको थियो ।
More

हाम्रै नेपालमा १० वर्षको उमेरमा प्रेम चक्कर, अनि जन्मियो बच्चा

बुटवल– ‘उनीसँग मेरो भेट हुँदा म १० वर्षकी थिएँ । हामी एउटै स्कुलमा पढ्थ्यौं । उनी बस्ने र मेरो घर नजिकै थियो । उनी मेरो घरमा आइरहन्थे । यस्तो होला भन्ने मलाई थाह थिएन । मैले माइतीमै तीन हप्ताअघि छोरी जन्माएकी छु’, आइतबार बर्दियाकी १२ वर्षीया बालिका सविता (नाम परिवर्तन) ले भनिन् । सविताको बिहे भएको छैन । तर कलिलो उमेरमै प्रेम र त्यसपछिको शारीरिक सम्बन्धबाट उनले कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी छिन् । बर्दियाको गेरुवा गाउँपालिका–४ खनपुरस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सविताले जुम्लाका श्याम (नाम परिवर्तन) सँगको प्रेम र त्यसपछिको सम्बन्धबाट कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी
More

गैर आवसीय नेपाली संघ महिला फोरमले मनायो १०९ औँ नारी दीवस

गैर आवासीय नेपाली संघ महिला फोरम अष्ट्रियाले १०९ औं अन्तराष्ट्रिय नारी दिवस अष्ट्रियाको भियनामा भव्य रुपमा सम्पन्न गरेको छ । बेटर फर ब्यालेन्स भन्ने अन्तर्राष्ट्रिय नारालाई समेट्दै गरिएको सो कार्यक्रमको औपचारिक उद्घाटन अष्ट्रियाका लागि नेपाली राजदुत प्रकाश कुमार सुवेदी, गैर आवासीय नेपाली संघ युरोप क्षेत्रकी महिला संयोजक संगीता मरहट्टा, एनआरएनए महिला फोरम अष्ट्रियाकी महिला संयोजक भवानी तिवारी र एनसिसि अष्ट्रियाका अध्यक्ष जीवन जंग कुंवरले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत सुवेदीले महिला फोरम अष्ट्रियाले अष्ट्रियावासी महिलाहरुका लागि गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिन सुझावदिनुभयो । कार्यक्रमका बिशेष अतिथि एनआरएनए युरोप क्षेत्रीय महिला
More

१४९ जना यात्रु बोकेको विमान दुर्घटनामा

इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ। एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ। उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन्। एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।
More

१४९ जना यात्रु बोकेको विमान दुर्घटनामा पर्यो

इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ। एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ। उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन्। एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।
More

जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना

काठमाडौं । रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘ तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै ’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ । योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनुहुने ब्यक्तिले भुक्तानी पाएको दिन देखी रु पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुने कम्पनीले जनाएको छ । सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेहरु
More

सिके राउतसँग सरकारले आत्मसमर्पण नगरेको दाबी

काठमाण्डौ– गृहमन्त्री रामबहादुर थापा बादलले सिके राउतसँग सरकारले गरेको सहमति आत्मसमर्पण नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले सरकारले सहमति गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा र राष्ट्रको स्वाधिनतालाई सुदृढ गरेको दावी गरेका हुन् । ‘देशमा केही बर्षयता स्वतन्त्रताको नाममा विखण्डन गर्ने शक्तिहरु थिए । यही क्रममा स्वतन्त्र गठबन्धनका नाममा आन्दोलन गर्दै आएको एक समूह थियो । यसलाई राज्यले नियन्त्रण गर्ने र देशको अखण्डता रक्षा गर्ने प्रयास गर्दै आएको थियो’ जवाफ दिने क्रममा गृहमन्त्री थापाले भने, ‘यहाँसम्म आइपुग्दा यो समुहसँग सरकारले फागुन २४ गते राजनीतिक सहमति गरेको छ । र उसले पुरानो लक्ष्य
More

कुलेन्द्र बिकसँगै रवि ओडले दुबईमा गाए ‘सालको पातको टपरी’ (भिडियो)

युएई युएईको दुबईमा आयोजना गरिएको गोर्खाली साँझ–२०१९ मा नेपाल आइडलका दोस्रो सिजनका टप ४ प्रतियोगीले आफ्नो प्रस्तुति दिए। नेपाल आइडलका टप ४ प्रतियोगी – रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो साङ्गीतिक प्रस्तुतिले दर्शक नचाए। प्रस्तुतिको क्रममा नेपाल आइडल रवि ओडले लोकगायक कुलेन्द्र बिकसँगै चर्चित गीत ‘सालको पातको टपरी’ गाए। अष्ट्रेलियामा भ्रमणको क्रममा रविले उक्त चर्चित लोकदोहोरीलाई ‘बिगारेपछि’ उनी विवादमा मुछिएका थिए। कुलेन्द्र उक्त गीतका वास्तविक गायक हुन्। हेर्नुस् भिडियो।
More

फेरि बढ्यो सुनको भाउ

काठमाडौं– आज छापावाल सुनको भाउ तोलमा ६० हजार ५०० पुगेको छ । शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार बढेर ६० हजार ५०० पुगेको हो। यस्तै आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ । चाँदी तोलमा ७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
More

मिलमा बेरिएर महिलाको मृत्यु

राँझा : बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिनुभयो । शनिबार साँझ धान कुटाउने मिलको धुरामा उहाँले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताउनुभयो । सल बेरिएर मिलको पट्टामा अल्झिन पुग्नुभएकी थारूको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करीब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ । मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ । रासस
More

१४ करोडका कारगेड बाइक किन्दै सरकार

काठमाडौं – सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन्। राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो। उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता
More