Daily Archives 13th March 2019

एनआरएन युकेले नारी दिवस आइतवार मनाउने

लन्डन । एनआरएन यूकेले हरेक वर्ष जस्तै अन्तर्राष्ट्रीय नारी दिवस एक विशेष कार्यक्रम गरी मनाउने तयारी गरेको छ । यहि मार्च १७ तारिख आइतबार अल्डर्सटको एम्पायर हलमा १०९ औं नारी दिवस विशेष कार्यक्रम आयोजना हुँदैछ । एनआरएन यूकेको महिला विभागको संयोजनमा अन्तरक्रिया , प्रशिक्षण र विविध सांस्कृतिक कार्यक्रम सहित नारी दिवस मनाउन लागिएको हो । कार्यक्रम कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लुम्ले, चन्द्रकोटमा रहेको संगम माविको सहयोगार्थ हुने जानकारी आयोजक एनआरएन यूके महिला विभाग संयोजक लिलादेवी गुरुङले गराएकी छन् । विकट भेगमा अवस्थित उक्त विद्यालय भवन जीर्ण अवस्थामा रहेको कारण सहयोगको सोंच बनाइएको संयोजक गुरुङले बताइन् । बेलायतका लागि नेपाली
More

नेपालमै छः ३० मिनेटमै जनताको काम सक्ने सरकारी कार्यालय

‘अलिकति घूस दिएर छिटो काम गराउन सकिन्छ होला ? मलाई साह्रै हतार छ’– कन्सुलर विभागको आगनमा एकजना मानिसले सल्लाह मागे । उनले सोधेका थिए एक सेवाग्राही युवतीलाई । विभागमा कुनै कामले पुगेकी ती युवतीलाई अपरिचित मानिसले रोकेर सोधेका थिए । घूस खुवाउने कुरा सुनेर युवती सनक्क सन्किइन् । ‘तपाईं जस्तै घूस खुवाउन खोज्ने मानिसले यो देश बिगारेको हो’ यसो भन्दै हपारिन् । तिनले भनिन्– ‘यहाँ घूस नखुवाई काम हुन्छ, आधा घन्टा भित्रै हुन्छ, अनि किन घूस खुवाउने ?’ ती मानिस ‘सरी’ भन्दै अगाडि बढे । युवती आफ्नो बाटो लागिन् । ती मानिस थिए कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारी ।
More

सिके राउत पुगेको ३ दिनपछि ज्ञानेन्द्र पुगे मधेस

जनकपुरधाम– पूर्वराजा ज्ञानेन्द्र शाहको ५ दिने मधेस भ्रमण सुरु भएको छ । भ्रमणको सिलसिलामा शाह बुधबार साँझ जनकपुर आइपुगेका छन् । झापाबाट गाडीमा शाह जनकपुर आइपुग्दा राजावादीले भव्य स्वागत गरेका थिए । समर्थकहरुले राजा आउ देश बचाउन, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । शाह आज जनकपुर स्थित सिताशरण होटेलमा बास बस्नेछन् । सिके राउतलाई सरकारले मुलधारमा ल्याएको, मधेसको प्रमुख दल राजपा सरकारसँग असन्तुष्ट बनेको अवस्थामा पूर्वराजाबाट भएको मधेस भ्रमणलाई महत्वका साथ हेरिएको छ । सिके राउत सरकारसँग मूलधारको राजनीतिमा आएको ११ बुँदे सहमति गरेर आइतबार जनकपुर पुगेका थिए । उनी अहिले पनि जनकपुरमै
More

महानगरीय प्रहरी परिसर जावलाखेलका सईविरुद्ध मुद्दा

काठमाडौं–महानगरीय प्रहरी परिसर, जावलाखेलमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) प्रकाश चन्द्र घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट लिएको इन्टरमिडियट तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको र सो पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभ समेत लिएको देखिँदा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
More

विप्लवमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना, नेपाल केन्द्रीय संघर्ष समितिले सरकारले ‘विप्लव’ नेतत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिवन्ध तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ। सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको भोलिपल्ट आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै उक्त संगठनले यस्तो माग गरेको हो । जारी विज्ञप्तीमा भनिएको छ,‘देश दश वर्षे जनयुद्ध र विभिन्न समयमा भएका द्वन्द्वबाट पाठ सिक्दै निरंकुश तथा सामन्ती राजतन्त्रको समुल नष्ट गरेर संघीय लोकतान्त्रिक गणतन्त्र आएकोपनि एक दशक भैसकेको छ । यस अवधिमा संविधानसभाबाट संविधान घोषणासँगै स्थानीय, प्रदेश तथा संघीय तीनवटै तहको निर्वाचन सम्पन्न भई अहिले इतिहासकै कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमत प्राप्त सरकार संचालनमा रहेको छ ।’ कम्युनिष्ट नेतृत्वमा दुई
More

यादवले पठाए अख्तियारलाई चिठी

उपप्रधान एवंम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धरान बि.पि कोइराला प्रतिष्ठानमा भएको अनिमितताको बारेमा छानविन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएका छन् । धरानस्थित नेपालकै प्रतिष्ठित बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितता बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन गरी कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि आयोगलाई आग्रह गरेको हो । प्रतिष्ठानमा बिगतदेखि भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्याममा आएका तथा सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा स्वास्थ्य मन्त्री यादवबाट निर्णय गरी अख्तियारमा
More

सेनाले गर्यो उच्चस्तरीय सुरक्षा तालिम

काठमाडौं– नेपाली सेनाले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन गरेको छ । फाल्गुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको तालिम बुधबार समापन भएको हो । तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जनाको सहभागिता रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनैतिक स्थायीत्वले नै राष्ट्रिय सुरक्षाको चुनौति र खतरालाई सम्बोधन गर्न सक्ने भन्दै राष्ट्रिय सुरक्षाको लागि सवै नेपालीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । कार्यक्रममा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले स्वागत मन्तव्य राखेका थिए ।

मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार

काठमाडौं– मलेसियास्थित नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ति केन्द्रमा अलपत्र २३ नेपालीको उद्दार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका उनीहरुलाई उद्दार गरेर नेपाल फर्काइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार फागुन १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जना गरी कूल २३ नेपालीलाई स्वादेश पठाइएको हो । राजदूतावासले फाल्गुण महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दारगर्ने उद्देश्यले भेटघाट गरेको थियो। लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखी दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको