Daily Archives 14th March 2019

स्वीजरल्याण्डबाट सुजन पुनलाई आर्थिक सहयोग

लामो समयदेखि स्वीजरल्याण्डमा बस्दै आएका दल बहादुर पुनले विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडितभै उपचार गराई रहेका सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन् । उनले स्विजरल्याण्डमा बस्ने नेपालीहरुबाट आर्थिक स्थिति कमजोर भएका अन्नपूर्ण गाउँपालिका कास्कीका २५ वर्षीय सुजन पुनको उपचारका लागि रु ३ लाख २३ हजार नेपाली रुपैयाँ जुटाएका हुन् । उक्त रकम दल बहादुर पुनकी बैनी माया पुन मार्फत बिरामीका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरिएको छ । पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।
More

मृतक मगरको शव नेपाल लैजान एनआरएन यूकेको सहयोग

लण्डन । लण्डनमा निधन भएका एक नेपाली युवाको शव नेपाल पठाउन एनआरएन यूकेले आर्थिक सहयोग गरेको छ । लण्डनको ह्यारोमा बस्दै आएका स्वर्गीय लेखबहादुर राना मगरको शव नेपाल लैजाने कार्यको लागि एनआरएन यूकेले १ हजार १ सय ७९ पाउण्डको आर्थिक सहयोग गरेको हो । एनआरएन यूकेको च्यारिटी विभागका संयोजक समेत रहेका उपाध्यक्ष प्रेम गाहा मगरको संयोजनमा उक्त रकम संकलन गरिएको थियो । उपाध्यक्ष गाहा मगर, महासचिव आरके त्रिपाठी, सल्लाहकार देव गुरुंग, पत्रकार शिव भण्डारी लगायतले बुधबार लण्डन ह्यारोस्थित उनको घरमै पुगेर मृतक मगरकै बाबुआमालाई सहयोग रकम हस्तान्तरण गरेका थिए । नेपाल स्थायी घर पर्वत हटिया रहेका जय बहादुर राना मगर
More

लण्डन दूतावासमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो (फोटो फिचर)

लण्डन । नेपाली दूतावास लण्डनले अन्तर्राष्ट्रिय नारी दिवस विषेश कार्यक्रमको आयोजना गरेर मनाएको छ । वेलायतमा विभिन्न पेशा र समुदायमा रहेका नेपाली महिलाहरुको उपस्थितीमा गत शनिवार दूतावास भवनमा एक विशेष समारोहको आयोजना गरिएको हो । वेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीकी धर्मपत्नी श्रीमती पुनम सुवेदीको सभापतित्वमा आयोजित सो विशेष समारोहमा नेपाली साङ्गीतिक आकाशकी एक धरोहर, वरिष्ठ गायिका तथा संगीतकार श्रीमती मीरा राणा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता राधा पौडेल, वेलायतको जोनमोर विश्वविद्यालय की प्राध्यापक डा. सारा पर्कर विशिष्ट अतिथिका रुपमा उपस्थित थिइन्। कार्यक्रमलाई सम्वोधन गर्दै श्रीमती सुवेदीले नेपालको संविधानले नेपाली महिलाहरुलाई समान हक, अधिकार र सुविधा प्रदान
More

विप्लव समूहलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीको साहसिक निर्णय

नयाँ दिल्ली, ३० फागुन । नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रायले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएर र सिके राउतसँग राजनीतिक सहमति गरेर साहसिक निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् । नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजदुत रायले यस्तो बताएका हुन् । उनले भने,‘विप्लव समूहलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीजीको साहसिक निर्णय हो, म स्वागत गर्न चाहन्छु।’ राउतलाई मूल प्रवाहमा ल्याएर ओलीले मुलुक विखण्डन हुनबाट बचाएको भन्दै रायले प्रशंसा गरे । उनले ओली नेतृृत्वमा नेपाल–भारत सम्बन्ध धेरै राम्रो भएको पनि विश्वास दिलाए । नेपालमा आफूले विकास र समृद्धिको लागि प्रधानमन्त्री ओलीको विकल्प नदेखेको
More

निर्मला हत्या प्रकरणका ६ प्रहरलिाई रिहा गर्न आदेश

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको हो । अदालतले भर्खरै डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको छ । एक साताअघी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुर्व डिएसपी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिएको थियो ।
More

रंगशाला निर्माण स्थलमा धुर्मुस सुन्तलीको श्रमदान

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलमा मंगलवार र बुधवार धुर्मुस सुन्तली श्रमदानमा ब्यस्त भए । बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौसिएका थिए । भरतपुर महानगरपालिका वडा नं १५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याईनभ्याई छ । सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम गरेका थिए । टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार धुर्मुस सुन्तली सँगै सिमेन्टको मसला बनाउने र बोक्ने उनीहरू दंग पनि परिरहेका थिए । निमार्ण स्थल पुगेका धुर्मुस देखेर
More

निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं

नयाँ दिल्ली, ३० फागुन । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् । उनले भने,‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ । सम्बन्ध गतिशिल बनाउनुपर्छ । भारत सँधै नेपालको हित चाहन्छ।’ आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् । फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपश्चात् नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने स्पष्ट पारे । उनले भने,‘अहिले हामी निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं ।’
More

मलाई मार्ने षड्यन्त्र गरियो – प्रचण्ड

३० फाल्गुन , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले विप्लव पार्टीलाई हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छ अनी परिस्थिति हेर्नु पर्दैन पर्दैन भनेर प्रश्न गरेका छन् । ‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो, उनले भने, सजिलो छैन प्रचण्ड बन्न पनि’, उनकाे भनाइ थियाे । प्रचण्डले भने कसैले चाहेर पनि भैहाल्ने
More

दश वर्षे जनयुद्धले जनवादी क्रान्ति पुरा गर्योः योगेश भट्टराई

काठमाडाैं । वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मा कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको दावी गरेका छन् । सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे । उनलले यसमा थप्दै उनले भने, कम्युनिष्ट मात्रै नभएर मधेसी समुदाय समेत गोलबद्ध हुन थालेका छन् । जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्यदिशा तिर जान सहयोग गर्ने भन्दै केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको भन्दै विप्लवलाई इंगित गर्दै यस्ता
More

तारुका श्रीकृष्ण क्याम्पस सञ्चालनको लागि शैक्षिक महोत्सव

काठमाडौं–नुवाकोटको तारकेश्वर गाउँपालिका–२ मा अवस्थित तारुका श्रीकृष्ण क्याम्पस तथा श्रीकृष्ण माविको आयोजनामा आगामी चैत २३ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत सप्ताह वृहद धार्मिक शैक्षिक महोत्सव गरिने भएको छ । क्याम्पसको निम्ति जग्गा खरिद र भवन निर्माणका साथै श्रीकृष्ण माविमा सूचना प्रविधि कक्षा सञ्चालन गर्ने उद्देश्यका साथ सप्ताह तथा वृहद धार्मिक तथा शैक्षिक महोत्सव गर्न लागिएको महाेत्सव मूल समारोह समितिका अध्यक्ष समर बहादुर आलेले जानकारी दिए । उनका अनुसार सप्ताहमा नेपालकै चर्चित कथाबाचक बालतपस्वी पण्डित उत्तम भट्टले कथा बाचन गर्नेछन् । कृष्ण माविको प्राङ्गणमा चल्ने सो सप्ताह तथा धार्मिक महोत्सवमा हरेक दिन संकेतमय श्रीमदभागवत कथा पितृमुक्ति, शालिग्राम पूजन अर्चना, ब्रतबन्ध तथा तुलसी
More