Daily Archives 15th March 2019

विषाक्त रसायन नदीमा फाल्दा दुई हजार मलेसियाली बिरामी

क्वालालमपुर– मलेसियामा ४० टन भन्दा बढी फोहोर नदीमा फालेपछि यसबाट फैलिएको प्रदुशित हावाका कारण कैयौँ बालबालिकासहित झण्डै दुई हजार व्यक्ति विरामी भएका छन् । स्थानीय अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार नदीको पानीमा मिसाइएको विषाक्त रसायनबाट निस्केको ग्यास वातावरणमा फैलिँदा मलेसियाको दक्षिणी जोहोर राज्यमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरू विरामी परेका हुन् । हावामा विषाक्त ग्यास फैलिएका कारण बालबालिका तथा वृद्धवृद्धामा यसको प्रभाव बढी परेको बताइएको छ । घटनापछि जोहोर राज्यमा रहेका झण्डै दुई सय विद्यालय तथा पुर्व प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । गत हप्ता फालिएको विषाक्त पदार्थले असर गर्नसक्ने देखिएपछि ती शैक्षिक संस्थाहरु बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । विषाक्त
More

लभ स्टेशन २७ लाखमा अष्ट्रेलिया बिक्री

काठमाडौं –चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो । नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने चलचित्र लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ । यसै क्रममा लभ स्टेशन चलचित्रलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ । लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका
More

न्युजिल्याण्ड गोलीकाण्डमा ४९ जनाको मृत्यु

न्युजिल्याण्ड, क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका छन्। बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए। न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन्। प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ‘कालो दिन’ भएको बताएकी छन्। यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन्। ‘क्राइस्टचर्च यी पीडितहरूको घर थियो। यीमध्ये धेरै त सायद यहीँ जन्मेका थिए। धेरैका लागि न्युजिल्याण्ड उनीहरूको मनपर्ने देश थियो। आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये
More

चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान सञ्चालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण क्षेत्रमा पुग्ने गरी (स्वीप अप्रेशन) विशेष अभियान सञ्चालन गरेको छ । वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहँुच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाले विशेष अभियान शुरु गरेका हुन् । विगतका वर्षमा अधिकांश चोरीशिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि अभियानअन्तर्गत गरिएको छ । निकुञ्जलाई चार क्षेत्रमा विभाजन गरी सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्ती गरिएको उनले बताए ।
More

बस दुर्घटना : दुईको मृत्यु, २३ घाइते

जिरी : दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो । दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिनुभयो । घाइतेको दोलखाको सिङ्गटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ । बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गुडेको थियो । आज
More

गोर्खाको नयाँ बटालियन घोषणा, नेपालसँग छलफल गरिएन

ब्रिटिश सेनामा गोर्खा राइफल्सको तेस्रो बटालियन स्थापना भएर सन् २०१९ बाट भर्ती थालिने त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। पछिल्ला वर्षमा ब्रिटेनको सेनाको घटिरहेको सङ्ख्याको मारमा नेपाली गोर्खाहरू समेत परेका थिए। नयाँ निर्णयसँगै उनीहरूको सङ्ख्या ७३० ले बढेर झन्डै चार हजार पुग्ने ठानिएको ब्रिटिश फोर्सेस बोर्डकास्टिङ सर्भिसले जनाएको छ। नेपालसँग छलफल भएको थियो? फागुनको दोस्रो साता नेपाल भ्रमणमा रहेका ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले बटालियन बढाउनेबारे नेपाल सरकारसँग कुनै छलफल नगरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बीबीसी नेपाली सेवालाई बताए। उनले भने, “गोर्खा सैनिकको सङ्ख्या थप गर्ने विषयमा समग्र पुनरवलोकन नभएसम्म नेपालको सहमति छैन भनिसकेका छौँ।” मन्त्री ज्ञवाली भर्तीको सङ्ख्या थपघट हुने विषयमा
More

छुवाछुतविरुद्ध डेढ महिना पदयात्राको घोषणा

काठमाडौं । जातीय छुवाछुतको व्यवहारिक अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले मेची–महाकाली पैदल यात्राको घोषणा गरेका छन् । ‘नेपाल पदयात्रा – २०७५’ को नाम दिइएको यो यात्रा अगामी शनिबारबाट गर्ने उनीहरुले बताएका छन् । दोधारा चाँदनीबाट शुरु गर्ने पदयात्र ४५ दिनभन्दा लामो रहने यात्री आचार्यले जानकारी दिए । करिव एक हजार तीन सय २१ किलोमिटर पदयात्रा गर्ने उनीहरुको योजना छ । ‘कानुन छन्, अधिकारकर्मी छन्, प्रोजेक्ट पनि आइरहेको छ, आन्दोलन पनि भइरहेको छ । तर, कनि विभेद कायम नै छ ?’, आचार्यले भने, ‘गाउँ गाउँ गएर हामीले यसैको जवाफ खोज्ने छौ‌ं ।’ उनले कुनै एनजिओ आइएनजिओको लगानीमा नभई नेपालीकै
More

कोरला नाकाको चीनतर्फ पूर्वाधार निर्माण तीब्र

बागलुङ – अन्तराष्ट्रिय व्यापार नाकाका लागि नेपाल र चीनबीचको प्रमुख नाकामध्येको एक उपल्लो मुस्ताङको कोरलामा चीनले पूर्वाधार निर्माणका सम्पूर्ण कामहरु सकिँदा पनि नेपालतर्फको तयारी भने शून्य देखिएको छ । नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा गत भदौमै सहमति बनिसकेको थियो । सहमतिलगत्तै चीनले आफ्नो सीमा क्षेत्रमा व्यापार तथा पारवहनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छ । तर, कोरला नाकामा नेपाली पक्षको तयारी शून्य बराबर छ । चीनले आफ्नो सीमासम्म १२ चक्के ट्रक आउन सक्ने कालोपत्रे सडक निर्माण गर्नुका साथै भन्सारका लागि सुविधासम्पन्न भवन निर्माण पनि गरिसकेको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले जानकारी दिए ।
More

तनावका बिच भारत र पाकिस्तानबीच वार्ता

नयाँ दिल्ली । जम्मू कश्मीरको पुलवामा आक्रमणपछि तनावपूर्ण सम्बन्ध रहेका बेला भारत र पाकिस्तानबीच बिहीबार वार्ता भएको छ । यो वार्तालाई दुईदेश स्तरीय वार्ता नभनिए पनि सीमा क्षेत्रमा गोली हानाहान भइरहेका बेला भारतको अमृतसरमा दुईदेशका प्रतिनिधिबीच भएको कुराकानीलाई महत्वपूर्ण मानिएको छ । करतारपुर करिडोरका विषयमा बिहीबार अटारी सीमामा दुईदेशका अधिकारीबीत वार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो एक प्रकारको धार्मिक वार्ता हो । वार्ताक्रममा भारतले करतारपुरस्थित शिख धर्मालम्बीहरुको पवित्र स्थलमा जानका लागि पाकिस्तानले भिजा प्रक्रियामा सहजा गर्नुपर्ने प्रस्ताव राखेको छ । पाकिस्तानमा रहेको सो शिख धर्मावलम्बीहरुको पवित्र स्थलमा भारतीय शिखहरुलाई सहज प्रवेशका लागि भारतले प्रस्ताव राखेको जनाइएको छ ।
More

के हुन् विप्लव समूहका माग, किन भएन वार्ता ?

काठमाडौं – संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संवाद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ। गत भदौमा विप्लव समूहसँग वार्ता गर्न संघीय संसदमा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो। सरकारी वार्ता टोली स्पष्ट धारणाका साथ नआएकोले वार्ता गर्नुको कुनै औचित्य नदेखेको विप्लव समूहको दाबी छ। वार्ताको वातावरण बनाए पनि विप्लव समूहले धोका दिएका कारण वार्ता हुन नसकेको सरकार पक्षकोछ। बिहीबार मात्रै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारका तर्फबाट वार्ताको प्रयास भए पनि उनीहरूले आफ्ना नेता
More