Daily Archives 16th March 2019

क्राइस्टचर्च मस्जिद आक्रमण : मुख्य आरोपीलाई अदालतमा पेश गरियो

  क्राइस्टचर्च- न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ । अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्ट प्रहरीले बन्दीले लगाउने लुगा र हतकडीमा एउटा हत्याको अभियोगमा अदालत ल्याएको हो । उनीमाथि अरू अभियोजनहरू थपिने अपेक्षा गरिएको छ । अल नूर मस्जिदमा शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा शुक्रबार दिउँसो १ः४० मा एकजना बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध बन्दुक चलाउँदा ४९ जनाको मृत्यु भएको थियो । उक्त ४८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई वर्षीय र १३ वर्षीय बालक पनि रहेका छन् । उनीहरू सबैको क्राइस्टचर्च अस्पतालमा उपचार
More

विरामी हुँदा यी ८ चीज नखानुस्

काठमाडौं– विरामी भएको बेला प्रायः खानाप्रति अरुचि हुन्छ । विरामी भएको बेला खानेकुरामा ध्यान दिन सकेन भने उल्टै रोग बल्झने खतरा समेत रहन्छ । कस्तो रोग लाग्दा कुन प्रकारका खानेकुरा खानुपर्छ यसको बारेमा जानकारी राख्नु जरुरी हुन्छ । पेटमा जुका लागेको बेला कफी खानु हुँदैन । कफीमा रहेको काफीन तत्वका कारण लगातार पिशाव फेर्नु पर्ने समस्या हुनसक्छ र यसले शरीरमा पानीको मात्रा घटाउँछ । चिकित्सकका अनुसार पखाला र बान्ता भएका बेला कफी खान हुँदैन । काफीनका कारण शरीरमा तरलपर्दाथ कम हुनजान्छ र यसले पाचन प्रक्रियामा समेत प्रभावित पार्छ । विरामी भएको बेला प्रायः फलफूलको जुसको रुपमा सुन्तलाको जुस खुवाउने चलन
More

डेढ महिनापछि गण्डकी मेडिकल कलेजको ताला खुल्यो

  कास्की– विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा आज प्रहरीको रोहवरमा ताला खोलेका हुन् । कानूनी प्रक्रियामा आफ्ना मागहरु प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित भएको उनीहरुले बताएका छन् । शैक्षिक एवम् अस्पतालको सेवा सञ्चालनमा कुनै पनि अवरोध नरहेको विद्यार्थी अनित सिन्हाले बताए । एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा यही चैत २१ गतेदेखि शुरु हुने भएकाले पनि परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् ।
More

दुबइमा नेपथ्यसँगै जाग्यो उल्लास, भावुकता र नेपालीपन

दुबइ-शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी……, धन्यवाद दुबइ, माया र साथको लागि’ चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो । केहि समयदेखि नेपथ्यका कन्सर्टहरुमा सुनिँदै आएको त्यस गीतले भन्थ्यो– ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ गीतका यि हरफहरुलाई अमृत सँगसँगै दर्शक भीँडले पनि गाएर साथ दिएको थियो । यसरी गीतले माहोल तताइरहेकै बेला बीचमा अमृतले चिच्याएर सोधेका थिए – ‘सबैभन्दा पहिले हामी……?’ जवाफमा २५ सय दर्शकले भरिएको हल गुञ्जिने गरि सबैले चिच्याएरै जवाफ
More

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा–झापा गाउँपालिका-३ सिमलबारी बस्ने ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १६ वर्षीय बुद्धलाल मोदीलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते घरमा कोही नभएको अवस्थामा बुद्धलालले ती बालिकालई जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बुद्धलाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
More

विवाद मिलाउन कांग्रेस नेता पौडेल वेल्जियममा

लण्डन । वेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको पाँचौ अधिवेसन सम्वन्धी विवाद मिलाउन नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल बेल्जियम पुगेका छन् । शनिवार ब्रशेल्स विमानस्थलमा उत्रिदा उनको स्वागतको लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । यसअघि नेपाली कांग्रेस पार्टी कार्यालयले फाल्गुण १४ गते एक पत्र जारी गर्दै नेपाली जनसम्पर्क समितिको सिता सापकोटा समुह र सुभाष गुरुङले नेतृत्व गरेको अर्को समुहले यही महिनाको पहिलो साता गर्न लागेका दुवै अधिवेसन स्थगित गरेको थियो । बेल्जियम जनसम्पर्क समितिमा उत्पन्न समस्या समाधान गर्नको लागि नेपाली कांग्रेसका पार्टी आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेललाई केन्द्रिय प्रतिनिधी तोके थियो ।
More

गोर्खा प्राविधिक समितिलाई खुलापत्र

प्राविधिक समितिका प्रतिनिधिहरु मार्फत नेपाली राजदूतावास १२ ए केन्सिङटन प्यालेस गार्डेन्स लन्डन । श्री प्राविधिक समितिका सदस्यज्यूहरु, ब्रिटिश सरकारले सातौं इन्डियन पे कमिशनको रिपोर्ट पछ्याउँदै ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुका लागि गरेको पेन्सन वृद्धिले अब गोर्खा सैनिकहरुका सबै गुनासोहरु टुंगिएको दावी गरेको छ । त्यस्तो घोषणा गरिएको ब्रिटिश सरकारको पत्र सबै सम्बन्धित संस्थाहरुलाई पठाउनका लागि नेपाली दूतावासमा पठाइएको थियो, तर सो पत्र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीलाई किन पठाइएन ? प्राविधिक समितिले तयार पारेको एउटा तदर्थ प्रतिवेदनमा विभिन्न गोर्खा संस्थाहरुले उठाएका हरेक बुंदाहरुलाई समावेश गरियो । तर ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस) ले छैठौं तथा सातौं इन्डियन पे कमिशनको सुझाव अनुसार
More

विद्यार्थीको पक्षमा उच्च अदालत

बागलुङ – उच्च अदालत पोखराले बिहिबार गण्डकी मेडिकल कलेजका अध्यक्षसहित ६ जनाले दायर गरेको रिटमा अन्तरिम आदेश दिन नसकिने फैसला गरेको छ । कलेजका अध्यक्ष खुमा अर्यालसहित ६ जनाले ३ जना विद्यार्थीसहित जिल्ला प्रशासन, सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको विरुद्धमा गत फागुन २३ गते निषेधाज्ञा सहितको रिट दायर गरेका थिए । अर्यालले जिल्ला अदालत कास्की, जिल्ला प्रहरी, जिल्ला प्रशासन, सरकारी वकिलको कार्यालय र ३ विद्यार्थीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । होस्टेल, यातायात लगायत खर्चका लागि विद्यार्थीकै सहमतिमा रकम संकलन गरेको दाबी रिट निवेदनमा गरिएको छ । कलेजका विद्यार्थीहरुले ठगी मुद्धामा उजुरीसहित किटानी जाहेरी दिएपछि जिल्ला
More

सिरक उद्योगमा आगलागी, १५ लाख बराबरको क्षति

दाङ । यहाँको एक सिरक डसना उद्योगमा आज आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नुवाकोटको मेगङ गाउँपालिका–३ का अनिल गुरुङले घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित प्रकाश न्यौपानेको घरमा सञ्चालन गर्दै आइरहेको सिरक डसना उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो । कारखानामा विद्युत् सर्ट भई आगलागी हुँदा कारखानामा रहेका सिरक, डसना, कपास र मेशिनसहित करीब रु १५ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । डिसी नेपाल
More

आन्दोलनका कारण पुनःनिर्माणको काम प्रभावित

गोरखा । भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ ।विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन् । आफूहरुको मागको सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताउनुभयो । प्राविधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको
More