Daily Archives 18th March 2019

Nepali community express condolences to the grieving families of New Zealand gun massacre

The global health & hygiene committee of NRNA and Non-resident Nepali Association New Zealand Inc. has expressed compassionate condolences to the grieving families of the victims of the mass slaughter in New Zealand on Friday, March 15 where 51 lives were cut short. Their joint statement also express outright condemnations to the gun violence that took away innocent human lives at the place of their worship. “Barely a year has gone by since the school shooting in Florida, USA when 17 innocent children were massacred and when the global health committee of NRNA had joined the march against the gun
More

ईनास युकेमा विनोद चिपालु

लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, बेलायतले तेश्रो अधिवेशनले विनोद चिपालुको अध्यक्षतामा नंया कार्यसमिति गठन गरेको छ । दक्षिण पुर्वी लण्डनको गोर्खा क्लब, प्लमस्टेडमा आइतवार सम्पन्न अधिवेशनले कलाकार तथा व्यवसायी विनोद चिपालुलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा शिम्मी पुन , महासचिवमा सञ्जय भक्त कँडेल , सचिवमा गुणदेव घिमिरे , कोषाध्यक्षमा राजेन्द्र खस , सदस्यहरुमा सर्वेन्द्र अधिकारी ,लालमणी भट्टराई, विकेशराज बस्नेत, निरु कंडेल, रोनुस ओझा, सुशिल गुरुङ , ज्ञानेन्द्र गुरुङ , सत्य प्रजापती सर्वसम्मत भए । रजनी सुनुवारको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल महासचिव मनिषकुमार श्रेष्ठ र संस्थाकै ग्लोबल सल्लाहकार दिपक श्रेष्ठको सहभागिता रहेको
More

वेष्ट मिडल्याण्डमा बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन

लण्डन । बेलायतको वेष्ट मिडल्याण्डस्थित नेपाली समुदायमा नेपाली भाषा कक्षा सञ्चालन गरिएको छ । ‘हाम्रो नेपाली समाज’ वेष्ट मिडल्याण्डले त्यहाँस्थित नेपाली बालबालिकाका लागि आइतबारदेखि नेपाली भाषा कक्षा सञ्चालन गरेको हो । ३६ जना नेपाली विद्यार्थी रहेको सो कक्षा सञ्चालनको संयोजन आरसी भुषालले गरेका छन् । समाजका अध्यक्ष शिव खरेल र निवर्तमान अध्यक्ष मिलन सापकोटाले पानसमा बत्ती बालेर सुरुवात गरेको भाषा कक्षाको सफलताको लागि बेलायतका लागि नेपाली राजदूत डा राजदूत दुर्गा बहादुर सुवेदीले टेलिफोनबाटै शुभकामना मन्तव्य दिएका थिए । कक्षा संचालन सुरु गर्दै संस्थाका अध्यक्ष शिव खरेलले नेपाली भाषाको प्रवर्द्धनका लागि समाजको सक्रियतामा भाषा कक्षा सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रमको संचालन
More

कास्कीमा बर्डफ्लु भेटियो

पोखरा–कास्कीको मादी गाउँपालिका–३, याङ्जाकोटमा कुखुरामा बर्डफ्लू भेटिएको छ । स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक शहदेव पौडेलले जानकारी दिए । सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको र त्यहाँ रहेका कुखुरा, चल्ला एवम् पक्षीजन्य पदार्थ पूर्णरुपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
More

महिला क्रिकेटको विजेताले १० लाख पाउने

काठमाडौँ– एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ । आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले रु १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौँ सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् । यस्तै चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना
More

प्रहरीले फाल्यो विप्लव समुहको पार्टीको झन्डा र बोर्ड

बुटवल–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय रातो घरमा प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले हस्तक्षेप गरेका छन् । कार्यालयमा लगाएको ताल्चा तोडि नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानर सहित झण्डाहरु समेत प्रहरीले जफत गरेको छ । जनयुद्ध कालमा राष्ट्रिय बाणिज्य बैंकको कार्यलय रहेको सो कार्यालय सुरुदेखि नै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो ।
More

काँग्रेसद्वारा केन्द्रीय अनुशासन समिति गठन

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार सर्वसम्मतिले समिति गठन गरिएको काँग्रेसले जनाएको छ । समितिको संयोजक भीष्मराज आङ्दम्वे रहेका छन् भने सदस्यहरु किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेका छन् । बाँकी सदस्य पछि थप गरिने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेको पौडेलले जानकारी दिए ।
More

हिन्दु दर्शन तथा संस्कारबारे लण्डनमा अन्तरक्रिया

लण्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले लण्डनको प्लम्स्टेडमा आईतबार ‘’अध्यात्म, संस्कृति तथा संस्कार’’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। बेलायती नेपाली समाजमा सुपरिचित विद्वान् आचार्य दुर्गाप्रसाद पोख्रेल तथा आचार्य नारायण पौडेल ‘गाउँले’ वक्ता रहेको सो कार्यक्रम सानी नानी सुश्री समृद्धि पोख्रेलको वेद मन्त्रोच्चारणबाट शुरू गरिएको थियो। आचार्य पोखरेलले धर्मको सार, जीवनमा धर्मको महत्व र सनातन हिन्दु धर्म, संस्कृतिका महत्वपूर्ण पक्षमा प्रकाश पारेका थिए। उनले सामान्य विद्यालयमा सनातन हिन्दु धर्म, अध्यात्म, दर्शन, र सोह्र संस्कारका बारेमा नपढाइने भएकोले माता पिताले नै पहिला जान्नु पर्ने र घरैबाट संस्कार र संस्कृतिको शिक्षा दिलाउने वातावरण बनाउनु पर्ने कुरामा जोड दिए । उनले कर्म,
More

नागरिकता प्रकरणमा एनआरएनले भन्यो: एक पटकको नेपाली सधैंको नेपाली

लण्डन । गैरआवासीय नेपाली संघले एक पटकको नेपाली सदाको नेपाली भन्ने मूल भावनालाई आत्मसाथ गर्दै विदेशमा गएका र विविध कारणले विदेशी मुलुकको नागरिकता लिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालसंग आबद्ध राख्न नेपाली नागरिकताको निरन्तरताको अभियान चलाएको जनाएको छ । संघका प्रवक्ता भुषण घिमिरेले सोमवार एक विज्ञप्ति जारी गर्दै संसदीय समितिमा रहेको नागरिकता विधेयक माथिको छलफल नसकिने वेला सम्मा संचार माध्यममा आएका कुराहरुकै आधारमै मात्र निष्कर्षमा नपुग्न सबैलाई आग्रह गरेको छ । विज्ञप्तिमा संघको आधिकारीक धारणा पर्खन समस्त गैरआवासीय नेपालीहरुमा अनुरोध गरिएको छ । संघका प्रवक्ता घिमिरेद्धारा जारी विज्ञप्तिमा पूर्ण पाठ गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने सम्बन्धमा संचार माध्यममा आएका खबरमा यस
More

गाडी दुर्घटनामा एकको मृत्यु

डोटी : डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाएको छ । साउद नेपाल प्रहरी जवान भएको बताइएको छ । घाइते दुई जनालाई थप उपचारका लागि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको तथा अन्यको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो । सडकमा रोकिराखिएको गाडीमा ओट (रोक्न राखिने वस्तु) नलगाएका
More

विप्लवलाई प्रतिबन्ध लगाएकोमा नयाँ शक्ति पार्टीको आपत्ति

काठमाडौँ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले मुलुकमा बेरोजगारी बढदै गएको, भ्रष्टाचारका कारण विद्रोहको अवस्था कायमै रहेको अवस्थामा चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारको नीति गलत भएको प्रतिक्रिया दिए । उनले चन्द नेतृत्वको नेकपालाई दमन नगरी समस्याको समाधान गरेर जनताबाट उनीहरुलाई अलग्याउने नीति लिन पनि सरकारलाई सुझाव दिए । संयोजक भट्टराईले अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई तत्काल
More

सीके राउतको छलाङ, नयाँ पार्टीमा को–को अटाए ?

काठमाडौं– सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सो समूहले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने भएको हो । जनमत पार्टीमा सीके राउतलाई अध्यक्ष चयन गरिएको छ । यस्तै केन्द्रीय सदस्यमा कैलाश महतो (महोत्तरी) राजकुमार यादव (सिरहा) अब्दुल खान (बर्दिया), चन्द सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु(मोरङ) सीताराम पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सरिता यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), सञ्जय यादव (महोत्तरी) नरेश कुशहवा( सर्लाही) वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा) सञ्जय शाह (पर्सा) धु्रव गौड (नवलपरासी) भोपेन्द्र यादव(रुपन्देही) हकिकुल्ला खान(कपिलबस्तु) राधा यादव(दाङ)
More

सीके राउतको पार्टीको नाम फेरियो, अब जनमत पार्टी

काठमाडौं– सीके राउत नेतृत्वको पार्टीका नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ । सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो।
More

कवि नवराज पराजुलीको कविता कन्सर्टमा आँशुसँगै ताली (फोटो फिचर)

लण्डन कविता कन्सर्टमा १६ लाख संकलन चिरन शर्मा । लण्डन । छोरा ! सिमेन्टको सेतो खाली बोरा बोकेर धानको सिला खोज्न जाँदा तिमी पाइलैपिच्छे भेट्थ्यौ नरुवाको घाँटीमा सुनको सिक्री बनेर निदाइरहेका धानका पहेँला बालाहरु त्यसरी नै पाइलैपिच्छे भेटिरहनु तिमीले जिन्दगीको खेतमा खोजेका सपनाका सिलाहरु हेब्बी बड्डे मेरो छोरा ! आफ्नै शैलीको मधुर आवाजमा जब कवि नवराज पराजुलीले कविता बाचन गर्न थाले एकाएक माहोल भावुक बन्न पुग्यो । कविता प्रेमीहरुले खचाखच भरिएको लण्डनस्थित ह्यारो फुटवल कल्वमा पराजुलीले ‘हेब्बी बड्डे’ छोरा शीर्षकको कवितामार्फत आफ्नो आमालाई सम्झाइरहेका थिए । उनले कविता बाचन गरिरहँदा कतिपय दर्शकको आँखाबाट आँसु नै रसाउन पुगेको थियो । क्षेत्री
More

एनआरएन पोर्तुगल अल्गार्व क्षेत्रिय अध्यक्षमा पुनः अनिल शर्मा

अल्गार्व । गैरआवासीय नेपाली संघ प्रोतुगल अलगार्व क्षेत्रिय समन्वय समितिको अध्यक्षमा अनिल शर्मा निर्वाचित भएका छन् । आइतवार सम्पन्न अधिवेशनले १५ सदस्यिय कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचनमा अध्यक्ष शर्माले ३१३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी निरन्जन सेढाईले २८८ मत प्राप्त गरे । त्यस्तै तिन जनाको उपाध्यक्ष पदका लागि अल्बुफेराका राम चन्द्र श्रेष्ठ (निमेस),राजेश श्रेष्ठ,र देवेन्द्र पुुन मगर निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि दुई जना सचिव पदको निर्वाचनमा कमल थापाले सर्वाधिक ४२६ मतल्याएर विजयी भएका छन् । त्यस्तै सन्दिप अर्याल ४०४ मतका साथ विजयी भए भने अष्ट मान द्द्वारे २०८ मतमै सिमित भए । साथै
More

सुनचाँदीको मूल्यमा गिरावट

केही दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ५९ हजार ५०० मा कारोबार भइरहेको छ । चाँदी भने आज तोलामा रु ७३० रहेको महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि आइतबार चाँदी तोलामा रु. ७३५ मा कारोबार भएको थियो ।
More

यूके वासी बाँसुरी बाँधकहरुको दोस्रो भेला सम्पन्न

यूके- गत १७ तारीख २०१९ को दिन एम्पायर हल, अल्डरसटमा “बाँसुरी समुह यूके”ले दोस्रो भेला सम्पन्न ग¥यो । बेलायतमा यस समुहको स्थापना सन २०१७ तिर फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन । यूकेमा रहेर पनि नेपाली लोक बाँदनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त ग्रुपको मुख्य उदेस्य रहेका हो । त्यसै अनुरुप सदस्यहरु बड्दै गए सँगै बेलायतमा हुने कार्यक्रमहरुमा निमन्त्रणा आउन थाले पछि कार्य समिती खडा गरेर साङ्गठनिक रुपले अघि बड्न सजिलो हुने भएकोले आजको मिती देखि कार्य समितीको चयन गरिएको छ । उक्त “बाँसुरी समुह यूके” ले गत वर्ष “बासुरी चौतारी बेलायत” को नामले पहिलो भेला सन
More

नेपाली चलचित्र ‘तुलसी’ को ‘सिम सिम पानी’ सार्वजनिक

बोधी एचडी तथा 8848 मिडियाको डिजिटल माध्यमबाट विश्वव्यापि प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘तुलसी’ को ‘सिम सिम पानी’ ( ‘सिम सिमे छपै छपै सिम सिम पानी’) बोलको गीत आज यूट्युबमा सार्वजनिक गरिएको छ । बरिष्ठ चलचित्र तथा नृत्य निर्देशक राजु साहको कोरीयोग्राफी रहेको यो गीतमा आशा भोसले – भ्वाईस अफ वलिवुड ले स्वर दिएकी छिन भने बरिष्ठ संगीतकार रंजीत गजमेर संगीत भरेका छन । मिजास ईन्टरटेनमेन्ट एण्ड मिडीया प्रा. लि.को ब्यानरमा चलचित्रको शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ भने ऋचा घिमिरे एवं धम्पुस, कास्कीका स्थानीय बाल बालिकाहरुका साथमा छायाकन गरिएको यो गीत सबै उमेरका दर्शकहरुले
More

पूर्व मुमा बडामहारानी डिस्चार्ज

नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज भएकी छिन् । रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह सहित राजपरिवारका अन्य सदस्य पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए । रुघा, खोकी लगायतले ग्रस्त भई पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो । उनको डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार गरिएको थियो ।
More

आगलागीमा एकजनाको मृत्यु, ३२ लाख बराबरको धनमाल नष्ट

काठमाडौं । आगलागीमा परेर १ जनाको मृत्यु भएको छ। दोलखामा आगलागी हुँदा भिमेश्वर नगरपालिका ४ सार्केश्वरा बस्ने ६० वर्षीय खड्गप्रसाद चौलागाई शनिबार राति जस्ताको टहरामा सुतिरहेको अवस्थामा टहरामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको छ। यसैगरी सुनसरी, तेह्रथुम र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। सुनसरीको धरान उपमहानगरपालिका १५ महादेब चोकस्थित अमृत लिम्बुको लुना हार्डवेयर पसलको गोदाममा आइतबार दिउसो आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको हार्डवेयरका समान जलेर नष्ट भएको छ। त्यस्तै तेह्रथुमको लालिगुँरास नगरपालिका ६ श्रीचन बस्ने ५५ वर्षीय सुकबहादुर लिम्बुको घरमा सोही ठाउँस्थित सालघारी सामुदायिक बनमा आइतबार दिउसो
More