Daily Archives 19th March 2019

आतंककारी भन्दै अमेरिकामा प्रचण्डविरुद्ध यी व्यक्तिले उजुरी हालेपछि चौतर्फी आलोचना

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्ड अमेरिका गएको बेला आतंककारी भएको भन्दै पक्राउ माग सहित अमेरिकी प्रशासनमा उजुरी हाल्ने व्यक्तिको नेपालमा कडा आलोचना भएको छ । नेकपासहित विपक्षी दलका कार्यकर्ताका साथै स्वतन्त्र हैसियतमा रहेका नागरिक समेतले द्धन्द्धकालीन मुद्दालाई ब्यूताउन खोजेर गलत हर्कत गरेका टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालमा प्रचण्डविरुद्ध परेको उजुरीका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा‍ तिलक श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेका हुन् । तर, प्रचण्डका लागि अमेरिकाले उजुरी परेपनि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको
More

काङ्ग्रेसको निर्वाचन समिति गठन, को–को छन् ५ सदस्सीय समितिमा ?

काठमाडौँ– नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल छन् । बैठकले नियमावली मस्यौदा समिति गठनसमेत गरेको छ । विधान अनुसार पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति गठन गरिएको हो । समितिको सदस्यमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल रहेका छन् । आजैको बैठकले पार्टी केन्द्रीय अनुशासन समितिलाई समेत
More

काभ्रेमा विप्लव समूह र प्रहरीबीच भीडन्त

काठमाडौं । काभ्रेमा विप्लव समूह र प्रहरी बीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले गोली हानाहान भएको जनाउँदै थप विवरण आउन बाँकी रहेको बताए ।
More

मदिरा सेवन आरोपमा पक्राउ परेका पेरूका पूर्व राष्ट्रपति रिहा

क्यालिफोर्निया– पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो को क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदीरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले बताएको छ । आइतबार पक्राउ परेका तोलेदोलाई एका रात हिरासतमा राखी सोमबार विहानै रिहा गरिएको थियो । सत्तामा रहेका समय पदीय दायित्वको दुरूपयोग गरी ल्याटिन अमेरिका कै सबैभन्दा ठूलो भनिएको भ्रष्टाचार गरेको आरोप पूर्व राष्ट्रपतिमाथि लागेपछि उनी सन फ्रान्सिस्कोमा बसोबास गर्दै आएका थिए । सन मेटियो काउन्टीको सेरिफ कार्यालयका प्रवक्ता रोजमेरी ब्लैंक्सवेडले तोलेदोको पक्राउबारे सोमवार भने, “७२ वर्षीय तोलेदालाई आइतबार राति मेनलो पार्क शहरको सान फ्रान्सिस्कोको सामुद्रिक क्षेत्रमा रहेको एक रेष्टुरेण्टबाट गिरफ्तार गरिएको थियो ।” “उहाँलाई कुनै आरोपमा मुद्दा नचलाई सोमबार विहानै
More

नेपाल कता जाँदैछ?

– मोहनविक्रम सिंह नेपालको समग्र स्थिति र घटनाक्रममाथि विचार गर्दा नेपाल कता जाँदैछ, यो गम्भीर प्रश्न उत्पन्न भएको छ र हामीले त्यसबारे विचार गर्नु आवश्यक भएको छ । गतकालमा हाम्रो देशमा कतिपय महत्वपूर्ण राजनीतिक उपलब्धीहरू भएका छन् । जस्तो कि संविधानसभाको निर्वाचन, गणतन्त्रको स्थापना, संविधानको निर्माण, संविधान अनुसार विभिन्न स्तरका चुनावहरू आदि । यी सामान्य कुराहरू होइनन् । यी सबै उपलब्धीहरू प्राप्त गर्नको लागि हामीले लामो समयसम्म कडा सङ्घर्ष गर्दै आउनु परेको छ । सामान्यतः त्यस प्रकारका उपलब्धीहरूपछि उज्ज्वल भविष्यतिर बढ्नु पर्दथ्यो वा देशमा उच्च प्रकारको विकास हुनुपर्दथ्यो । तर देशमा जुनप्रकारको स्थितिको सिर्जना भइरहेको छ । त्यसबाट त्यस प्रकारको
More

सिके राउत नेतृत्वको पाटीको लहानमा प्रदर्शन

डा. सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले लहानमा आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुंदैं सम्झौतालाई ऐतिहासिक सफलता मान्दै डा. राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो । प्रदर्शनका क्रममा डा. राउत लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् । अलग मधेसको मुद्दा छाडेपछि राउतका समर्थक घटेको र प्रदर्शन पनि फितलो भएको स्थानीय बताउँछन् ।
More

पूर्वडीआजी थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश

काठमाडौं–नेपाल प्रहरीका पूर्वडीआजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् । फोरम नेपालले पहिलो महाधिवेशनको तयारीमा गरिरहेको बेला थापा पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा लिएको छ । केही दिन पहिले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको थियो । योग्य भएपनि आईजीपी बन्न असफल थापा राजनीतिबाट विरक्त भएर बसेकी थिइन् ।
More

भूतपूर्व गोर्खा सैनिकद्धारा सरकारको आलोचना

भूतपूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारसँग आफूहरुले राख्दै आएको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन । बेलायती सेना सरह पेन्सन लगायतका सुविधा उपलब्ध गराउन माग गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरुको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूतपूर्व बृटिस गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बेलायत सरकारले आफूहरुमाथि गर्दै आएको विभेद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पहल नगरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले सो समस्या समाधानका लागि उच्च स्तरीय वार्ता समिति गठन गर्न पनि सरकारसँग माग गर्नु भयो । भूतपूर्व
More

निर्मला प्रकरणः तत्कालीन बर्खास्तमा परेका विष्टद्वारा आत्मसमर्पण

काठमाडौं– निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । विष्ट सोमबार जिल्ला अदालत कञ्चनपुुरमा निवेदनसहित हाजिर भएका हुन् । विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए । विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू सोमबार अदालतमा प्रमाणसहित हाजिर भएको बताए । उनी अहिले बर्खास्तीमा छन्
More

‘प्रधानन्त्रीले विप्लप समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो: पशुपति

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र पूर्नस्थापना गर्न जनतामा जाने बताएका छन् । ‘प्रधानन्त्रीले विप्लप समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो, सक्नुहुन्छ भने कारवाही गरेर देखाउन हामी चुनौति दिन्छौं,’ अध्यक्ष राणाले भने । ‘राष्ट्रियता, परम्परा, धर्म, सँस्कृतिको गौरव संरक्षण गर्दै प्रगति हासिल गर्ने राप्रपा (संयुक्त) को लक्ष्य हो । यसका लागि संविधान प्रदत्त मौलिक हक प्रयोग गरिरहने छौं । आवश्यक परे आन्दोलन पनि गर्छौं,’ सुर्खेतमा आयोजित पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै राणाले भने । ‘संविधानको कुनै दफा
More