Daily Archives 20th March 2019

मोदी लण्डनमा पक्राउ !

लण्डन । भारतीय हिरा कारोबारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । पञ्जाव नेशनल बैंकको १३ हजार करोड भारतीय रुपैयाँ घोटालाको आरोपमा उनी पक्राउ परेका हुन् । भारतकौ सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ । सन् २०१८ को सुरुवातमा लण्डन गएका उनी त्यसपछि स्वदेश फर्किएका थिएनन् । ४८ वर्षका मोदी लण्डनको होल्बोर्न इलाकामा मंगलबार पक्राउ परेका हुन् । उनलाई बुधबार अदालत पेश गरिदैछ । लण्डन प्रहरीका अनुसार भारतको आग्रहमा उनलाई पक्राउ गरिएको हो । भारतले उनलाई सुपुर्दगी गर्न माग गरेको छ । मोदीको बैंक घोटालाको चर्चा त्यतिबेला भयो जतिबेला बेलायती एक पत्रिकाले उनले लण्डनमा ८० करोड पाउण्डमा फ्ल्याट किनेको सार्वजनिक गर्‍यो
More

मोडल पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले सामाजिक सञ्जालमा अमर्यादित तथा अश्लील कार्यक्रम सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले युटुब च्यानलमार्फत अश्लिल सामग्री प्रसारण गर्ने फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तवार्ता दिने मोडल परी तामाङलाई मङ्गलबार कलङ्कीबाट पक्राउ गरेको हो । प्रहरीले अश्लील सामग्री युटुबमा ‘मस्ती टक टाइम’बाट प्रशारित गरी सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजिक अन्तवार्ता दिएको र कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई साइबर अपराधअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

भुवन केसीको फिल्म हेर्न परिवारसहित हल पुगे केपी ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली आज साँझ उक्त चलचित्र हेर्न गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ । एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने
More

राजधानीमा बम पड्काउनेलाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौँ–काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो । उनीहरुले एक जनााको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको महाशाखाका निमित्त प्रमुख केदार
More

विप्लव नेतृत्वको नेकपाका ४ नेता पक्राउ

बारा– सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताए । यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् । यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका बाहिर
More

नक्कली सुन देखाई ठगी गर्ने ६ जना समातिए

काठमाडौँ- नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सुन देखाई ठगी गर्ने छ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मङ्गले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाई दिने भनी ठगी गर्नेलाई दुई थान नक्कली सुन र एक हजारका दरले पाँच थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए । उनीहरुले सङ्गठित गिरोह खडा गरी
More

होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए । महाशाखाले तीनजना राखेर चलाउने ७६, हेल्मेट नलगाई चलाउने ४३, कागजपत्र नलिई चलाउने ३३०, मादक पदार्थ सेवन गरी चलाउने १३५, जथाभावी लापरवाही तरिकाले चलाउने ३६, सरकारी २५
More

यसरी मनाइयो रङहरुको पर्व होली (फोटोफिचर)

काठमाडौँ– प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु (होली) बुधबार मनाइयो । आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक होली मनाइएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ । होलीका तस्बिरहरु हेर्नुहोस्
More

साफ फुटबलः फाइनलमा नेपाल र भारतसँग भिड्ने, बंगलादेश बाहिरियो

विराटनगर– पाँचौँ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गरेको छ । भारतले अब फाइनल खेल नेपालसँग खेल्नेछ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा भारतीय खेलाडी इन्दुमती कथरेसाले दुई तथा डालिमा छिबर र मनिषाले एक÷एक गोल गरिन् । भारतका लागि खेलको १७औँ मिनेटमा छिबरले पहिलो गोल गरिन् भने कथरेसाले २२औँ मिनेटमा अर्को गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । यस्तै खेलको ३७औँ मिनेटमा कथरेसाले व्यक्तिगत दोस्रो गोल गरी भारतलाई ३–० को अवस्थामा पु¥याइन् । खेल सकिन केही मिनेट बाँकी छँदा भारतीय खेलाडी मनिषाले गोल गर्दै भारतलाई ४–० गोलले जिताइन् । शुक्रबार
More

बेलायतस्थित नेपाली समुदाय बीच अझै छुवाछूत

लन्डन — बेलायतको नेपाली समुदायमा पनि जातीय भेदझाव र छुवाछुत कायम रहेको जिकिर एक कार्यक्रमका वत्ताहरूले गरेका छन्  । नेपालमा कानुनले वर्जित गर्दासमेत दलितमाथि उत्पीडन कायमै रहेको र प्रवासी दलितले पनि जातीय उत्पीडन सहनुपरेको उनीहरूको गुनासो छ  । राजनीतिक, कानुनी परिवर्तन भए पनि मानिसको सोच र धार्मिक एवं संस्कारगत परिवर्तनमा जोड नदिइएको धारणा सहभागीको थियो । नेपाल उत्पीडित जातीय समाज युरोपले ५४ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद ऊन्मुलन दिवसका अवसरमा अल्डरसटमा गरेको कार्यक्रममा वत्ताहरूले दलितले बेलायतमा कोठा भाडासमेत नपाउने दाबी गरे । कार्यपत्र प्रस्तुत गर्दै लन्डनको किङ्सटन युनिभर्सिटीका रिसर्च फेलो डा. मित्र परियारले भने, ‘नेपालमा जस्तै यूकेका धेरै नेपालीको घरमा दलितले डेरा
More